syangyong
cg

महिलाको शरीरमा हुने रहस्यमय हिस्सा : किन भएन अहिलेसम्म कुनै अध्ययन ?


Thursday, 2 Aug, 2018 10:54 AM
महिलाहरू पुरुषको तुलनामा बढी बाँच्छन् भन्ने गरिन्छ । विज्ञानका अनुसार यसको कारण महिलाको जटिल शारीरिक संरचना हो । यसमा सबैभन्दा बढी जटिल छ, उनीहरुको कोख अर्थात प्रजनन अंगको संरचना, जसलाई अंग्रेजीमा पेल्भिक फ्लोर भन्ने गरिन्छ ।
अक्सर भेल्भिक फ्लोर बलियो हुनुपर्छ भन्ने सल्लाह दिने गरिन्छ । तर पेल्भिक सिस्टमले काम कसरी गर्छ, यसका बारेमा पर्याप्त जानकारी अहिलेसम्म प्राप्त भइसकेको छैन । पेल्भिक फ्लोर पुरुषमा पनि हुन्छ । तर महिलाहरूको जस्तो उनीहरूले बच्चा जन्माउनु पर्दैन । त्यसैले उनीहरुले महिलाले जस्तो समस्याहरूको सामना पनि गर्नु पर्दैन ।

के हो पेल्भिक फ्लोर ?
पेल्भिक फ्लोर शरीरको त्यो हिस्सा हो, जसमा ब्लेडर, यूटेरस, भजाइना र रेक्टम हुन्छ । यो हिस्सा महिलाहरुको शरीरको सबैभन्दा महत्वपूर्ण अंगहरूलाई सजाएर राख्छ । त्यसलाई सही ढंगले काम गर्न सहयोग गर्छ । तर, संसारभरमा लाखौ महिलाहरूको पेल्भिक फ्लोरमा कुनै न कुनै समस्या हुने गर्दछ । यो महिलाहरूको शरीरको निकै महत्वपूर्ण हिस्सा हो, यसका बावजुद यसमा रिसर्च शुन्य बराबर गरिएको छ।

अमेरिकाको मेशिगन युनिभर्सिटीमा पेल्भिक फ्लोर रिसर्चर तथा गाइनोलजिस्ट जेनिस मिलरका अनुसार शारीरिक संरचनामा दिमागपछि पेल्भिक फ्लोर नै सबैभन्दा जटिल छ। यसको काम गर्ने तरिकामाथि अहिलेसम्म स्पष्ट रुपमा कुनै अध्ययनको नतिजा आइसकेको छैन ।
शोधकर्ताहरुका लागि यो अहिलेसम्म शरीरको रहस्यमय हिस्सा बनेको छ। पेल्भिक सिस्टम कोखको हड्डीहरूका बिचमा लुकेको हुन्छ, जहाँसम्म पुग्नु सहज छैन । यसका साथै शारीरिक संरचनामा हरेक कुरा एकअर्कासँग अन्तरसम्बन्धित हुन्छन् । चर्चित जोन्स हापकिन्स युनिभर्सिटीमा गाइनोलजीका प्रोफेसर भिक्टोरिया हाँडाका अनुसार पेल्भिक फ्लोरको कुनै पनि समस्याले महिलाको जीवनभर असर पार्दछ ।
यद्यपि यो समस्याहरुले जीवनलाई खतरामा भने पर्दैन, त्यसैले न त आम मानिसले यसमा ध्यान दिन्छन् न त अध्ययनकर्ताहरुले यसलाई अहिलेसम्म गम्भीरतापूर्वक लिएका छन्।

अध्ययनको कमीको कारण

विज्ञानले हरेक ढंगले हरेक क्षेत्रमा निर्धक्क प्रगति गरेको छ। तर के कारण छ कि महिलाहरुको शरीरको यति महत्वपूर्ण हिस्सामाथि अहिलेसम्म कुनै सार्थक अध्ययन हुन सकेन । प्रोफेसर हाँडाका अनुसार दुर्भाग्यबस स्वास्थ्य क्षेत्रमा अहिलेसम्म जति अध्ययन भएको छ, त्यो पुरुषमा भएको छ। करिब करिब सबै अध्ययन पुरुष र महिला दुवैको शारीरिक संरचनालाई एकसमान मानेर गरिएका छन् । महिलाहरुको शरीरमा अलग्गै अध्ययनको आवश्यकतालाई कमै आँकिएको छ।
यसका साथै महिलाहरुको शरीर वा उनीहरुको गुप्त अंग र यौन अंगहरुको रोगका बारेमा कुरा गर्न हिच्किचाहट महशुस गर्ने गरिन्छ, जसका कारण कहिल्यै खुलेर आवाजै उठ्न सकेन कि महिलाहरूको शरीरलाई पुरुषकोभन्दा अलग्गै मानियोस र त्यसमा फरक ढंगले अध्ययन गरियोस ।
अवस्था यो छ कि अमेरिकी कंग्रेसमा कहिल्यै पनि कुनै सांसदले महिलाहरुको पेल्भिक फ्लोर प्रणालीमाथिको अध्ययनका लागि कुनै कोष माग गरेनन्। यद्यपि हालैका वर्षमा यस दिशामा केही अध्ययन भएका छन् । प्रोफेसर मिलर र उनका साथीहरु मिलेर एम.आर.आई. को माध्यमबाट पत्ता लगाएका छन् कि बच्चालाई जन्म दिएका कारणबाट पेल्भिक फ्लोरमा कयौप्रकारका चोट लाग्ने गर्दछ।

प्रजननका क्रममा चोट
एम.आर.आई. इमेजको माध्यमबाटै थाहा भयो कि डेलिभरीका क्रममा कयौ महिलाहरुको लेभेटर एनी नामको मांसपेशी फुट्ने गर्दछ, जसका कारण कोखको एउटा हिस्सा ठुलो भएर भजाइनाबाट बाहिर आउने गर्दछ । यसबाट पेल्भिक फ्लोर कमजोर हुन्छ।

यद्यपि यो कति महिलाहरुमा र कसरी हुन्छ, यसको आँकडा अलग छ । एउटा अध्ययनका अनुसार १३ देखि ३६ प्रतिशत महिलामा यस्तो भजाइनाको माध्यमबाट बच्चा जन्मने क्रममा हुन्छ । जबकि प्रोफेसर मिलरको अध्ययनका अनुसार यो आँकडा ५ देखि १५ प्रतिशत महिलाहरुमा छ। रोचक कुरा त यो छ कि लेभेटर एनी मांसपेशी फुटेको खबर विरामी वा डाक्टर दुवैले थाहा पाउँदैनन् । बच्चा जन्माउने बेला महिलाहरुको भित्री अंगमा कयौ प्रकारको ससाना चोट लाग्ने गर्दछ, जसलाई सामान्य मान्ने गरिन्छ ।तर नयाँ अध्ययनपछि पेल्भिक फ्लोरसँग सम्बन्धित समस्याहरु सुल्झाउने सहयोग पुग्नेछ ।
यद्यपि पेल्भिक फ्लोर बलियो बनाउनका लागि केगल एक्सरसाइज गर्न सुझाव दिने गरिन्छ । तर महिलाहरुका लागि घाइते मांसपेशीहरुका साथ यस्तो कुनै एक्सरसाइज सफल हुँदैन । अहिलेसम्मको अध्ययनका अनुसार पेल्भिक फ्लोरसँग सम्बन्धित विषयका लागि उमेर, मोटोपन र भजाइनाको बाटो बच्चा जन्माउनु महत्वपूर्ण छ।

पेल्भिक फ्लोर डिसअर्डर


प्रोफेसर हाँडाका अनुसार अधिकांश कमिलाहरुमा पेल्भिक फ्लोर डिसअर्डरसम्बन्धी समस्या हुँदैन । केहीमा निकै कम हुन्छ । तर त्यो खतरनाक हुँदैन । त्यसैले सन्तोषको कुरा यो छ कि वैज्ञानिकहरुले महिलाहरुको शारीरिक संरचनाका साथसाथ पेल्भिक फ्लोर प्रणाली र त्यससँग सम्बन्धित रोगका बारेमा खोजि थालेका छन् । वैज्ञानिकहरु यस्ता रोग निवारणका लागि औषधि बनाउने काम गरिरहेका छन्।

पेल्भिक फ्लोरसँग सम्बन्धित समस्याहरु निकै आम हुन्छ । अमेरिकामा करिब एक चौथाई महिलामा यो समस्या छ । पेल्भिक डिसअर्डर भएपछि पिसावका लागि दबाव चाँडोचाँडो हुन्छ । मज्जाले हाँस्दा, खोक्दा वा हाच्छिऊ गर्दा पिसाव चुहिन्छ । यसका साथै पेल्भिक फ्लोरमा रहेको अंग बाहिरतर्फ निस्कन्छ । एउटा अर्को अध्ययनका अनुसार त ब्रिटेनमा ४२ प्रतिशत महिलामा पिसाव चाँडो खुस्किने गुनासो छ।

केही अध्ययनले पेल्भिक फ्लोर डिसअर्डरका लागि बढ्दो उमेरलाई जिम्मेवार ठहराउने गरेको छ भने केहीले केही पनि मानेका छैनन् । उनीहरुको अध्ययन अनुसार जवान युवतीमा पनि यो समस्या हुनु आम कुरा हो । यहाँसम्म कि महिला खेलाडीहरुलाई पनि पिसाव चुहिने समस्या हुन सक्दछ । कतिपय अवस्थामा भने पेटमा दबाव सिर्जना हुँदा पनि पिसाव निस्कन सक्दछ।

जरुरी छ जागरुकता
पेल्भिक मांसपेशीहरु बलियो बनाउनका लागि कयौ प्रकारका एक्सरसाइज गर्न भन्ने गरिन्छ । साथै दिचर्यामा बदलाव ल्याएर पनि यो समस्या नियन्त्रण गर्न सकिन्छ। यसका साथै कयौ प्रकारका डिभाइसको साहरा पनि लिइन्छ । ब्लैडरलाई सपोर्ट गर्नका लागि भजाइनाको माध्यमबाट पेसरी नामको डिभाइस शरीरमा राख्ने पनि गरिन्छ ।

मिडुरेथ्रल स्लिन्ज नामको डिभाइस पनि एउटा राम्रो विकल्प हो । तर यसका लागि अपरेशन गर्नु आवश्यक पर्दछ । पेल्भिक फ्लोरसँग सम्बन्धित अहिलेसम्म जति पनि अध्ययनको नतिजा आएका छन्, त्यसबाट सबै जना खुसी छन् । उनीहरुका अनुसार सुगर, मुटु र दिमागसम्बन्धी रोगमा लामो समयदेखि अध्ययन भइरहेको छ। तर महिलाहरुको कोखलाई लिएर अध्ययनको क्षेत्र नयाँ हो । यसका बावजुद अध्ययन तिब्रताका साथ अघि बढिरहेको छ र नतिजा पनि निकै राम्रो छ।

प्रोफेसर मिलरका अनुसार यदि युवतीहरुलाई किशोरावस्थामै उनीहरुको शरीरको आन्तरिक संरचना र मांसपेशीका बारेमा जानकारी दिइने हो भने धेरै समस्याहरुलाई समय रहँदै समापत गर्न सकिनेछ ।

यदि पेल्भिक मांसपेशीहरुसम्बन्धी जानकारी सबैलाई समयमै भएको खण्डमा केगल एक्सरसाइजको माध्यमबाट उनीहरुले यी मांसपेशीहरुलाई बलियो बनाउन सक्दछन् । कतिपय अवस्थामा जानकारी अभावकै कारण पनि रोगहरु बढ्ने गरेका छन् । बीबीसी हिन्दी


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना :तिमिल्सिना

२८ असोज, बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए। उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा

​प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाउछौँ – मुख्यमन्त्री राई

२६ असोज, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन् । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च 

​हाम्रो कर्णाली हामी बनाउँछौ : इन्चार्ज शर्मा

२६ असोज, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् । प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताए। “हाम्रो कर्णाली हामी आफैँ 

अन्तर्राष्ट्रिय

भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदै

थिम्पु । भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदैछ।  भदौ अन्तिम साता भएको पहिलो चरण चुनावमा पहिलो र दोस्रो भएका दुई दलबीच यो निर्णायक प्रतिस्पर्धा हुन गइरहेको हो ।यो निर्वाचनमा विजयी हुने दलले हिमाली अधिराज्य भुटानमा पाँच वर्षका लागि सरकार निर्माण गर्नेछ ।  

निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु

जर्मनी । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन्

फिलिपिन्सको माओवादी युद्ध : लड्दालड्दै ५० वर्ष

फिलिपिन्समा करीब ४५ हजारको ज्यान लिइसकेको माओवादी विद्रोहले ५० वर्षमा पनि गन्तव्य पहिल्याउन सकेको छैन । अमेरिकाको अन्तरिक्ष कार्यक्रम (नासा) को मानव सहितको यान चन्द्रमामा अवतरण गरेर फर्केको ५० वर्ष पूरा हुँदैछ । चन्द्रमाको सतहमा नील आर्मस्ट्रङले पहिलो मानव पाइला राख्नुभन्दा केही महीना अघि दक्षिण पूर्वी एशियाली मुलुक फिलिपिन्समा माओवादीहरूले सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्न ‘जनयुद्ध’ शुरू गरेका थिए । धनी र गरीबबीच अचाक्ली ठूलो खाडल रहेको टापुहरूको यो मुलुकमा निरन्तर युद्ध लडिरहेका माओवादीहरूले ५० वर्षमा न सत्ता–प्राप्तिको लक्ष्य पूरा गर्न

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top