cg electronics
nlic

नदी किनारैमा क्रसर उद्योग संचालन, कारवाही गर्ने निकाय मौन

हुमाकान्त पोखरेल


Monday, 8 Jan, 2018 11:21 AM
२४ पुस, गुल्मी । सरकारले वातावरण प्रदुषण न्यूनिकरण तथा चुरे संरक्षणका लागि भन्दै चुरे क्षेत्र तथा नदी किनारामा क्रसर उद्योग संचालनमा रोक लगाएको छ । तर, क्रसर उद्योगीहरुले भने सरकारी नीति नियमको उल्लंघन गर्दै आफुखुशी उद्योग संचालन गरिरहेका छन् । गुल्मीको रुरु गाउँपालिका ७ मा अनियमित तरिकाले क्रसर उद्योग संचालन भएको छ ।

रुरु गाउँपालिकाको रिडी खोला किनारामा एक ठेकेदारले राज्यको नीति नियम विपरित क्रसर उद्योग संचालन गरिरहेका छन् । गुल्मीको रिडी–अर्घाखाँची सडकसँगै खोला किनारैमा जोडेर गैरकानुनी क्रसर उद्योग संचालन भएपनि राज्य संयन्त्रले भने देखे पनि नदेखे जस्तै गरेर बसेकाछन् ।

समान्यतया कुटानी–पिसानी गर्ने मिल राख्दा पनि जग्गाको चारैतिर पर्ने जग्गावालाको सँधियारको सहमति लिनुपर्ने कानुनी व्यवस्था छ । अझ, क्रसर जस्ता उद्योगका लागि त सँधियारको सहमति अनिवार्य हुन्छ । यतिमात्र हैन, क्रसर उद्योगले सम्बन्धित निकायबाट वातावरणीय प्रभाव मूल्यांकन ईआईए गरेकै हुनुपर्छ ।

रिडीमा संचालन गरिएको क्रसर जस्तो ठूलो उद्योग संचालन गर्दा ठेकेदारले सँधियारलाई सामान्य जानकारी समेत दिएका छैनन् भने गाउँपालिकाबाट अनुमति समेत लिएका छैनन् । क्रसर उद्योगकै छेउमा तीन वर्षदेखि संचालित खाद्य उद्योग रहेको छ ।

संवेदनशील खाद्य उद्योग छेवैमा क्रसर उद्याग संचालन गरेर आफुहरुलाई मर्कामा पारेको त्यस उद्योगका महाप्रबन्धक सुमन बराल बताउँछन् । बरालका अनुसार क्रसर उद्योग संचालन गर्नुअघि आफुहरुसँग सामान्य परामर्श समेत गराइएको छैन । बराल भन्छन्, ‘तत्कालै यो गैरकानुनी उद्योग स्थानान्तरण गरिनुपर्छ ।’

बाटो पिच गर्दा आवश्यक पर्ने निर्माणसमाग्रीका लागि २ बर्ष उद्योग संचालन गरिने सडकको समेत ठेक्का लिएका ठेकेदार भागवत गिरी बताउँछन् । आफूले क्रसर उद्योग राख्दा संधियारको अनुमतिमा वडा, गाउँपालिका कार्यालय जिल्ला प्रशासनसँग पनि कागजी सम्झौता गरेको उद्योग संचालक गिरी दाबी गर्छन् ।

स्थानीय तहको गठन भइसकेपछि गाउँपालिकाभित्र हुने सबै कामको विवरण गाउँपालिकामा हुनुपर्छ । गिरीले अनुमति लिएको बताए पनि रिडीमा संचालन गरिएको क्रसर उद्योगबारे गाउँपालिकालाई कुनै जानकारी छैन ।

क्रसर उद्योगको बारेमा आफूले संचारकर्मीमार्फत मात्र थाहा पाएको रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम बताउँछन् । अध्यक्ष गौतम भन्छन्, ‘अनुमति बिना संचालन गरिएका त्यस्ता उद्योगलाई कारवाही गरिन्छ ।’ 

जिल्लामा संचालन हुने कुनै पनि किसिमका विकास निर्माणका कार्यहरुको अनुगमन गर्ने दायित्व जिल्ला समन्वय समितिको हुन्छ । जिल्लामा रहेका गैरकानुनी उद्योगको अनुगमन र कारवाहीको जिम्मा पाएको जिल्ला समन्वय समितिले भने 'वेच्न नपाउने गरी आफूले काम गरुञ्जेलसम्म क्रसर उद्योग संचालन गर्न पाउने' तर्क गर्छ । संधियार र गाउँपालिकालाई समेत जानकारी नगराई खोलिएको, ईआईए नगरिएको क्रसर उद्योग संचालन गर्दा कारावाही गर्ने निकाय कसरी मौन बस्न सक्छ ? प्रश्न त स्वभाविक जन्मिन्छ ।

सरकारले रोक लगाएका यस्ता उद्योग संचालनमा आएसँगै वातावरणीय प्रदुषण बढ्नुका चुरे र महाभारत पहाडलाई दोहनको बाटो समेत खुल्ला गरेको छ । सधैंभरी ठेकेदारको रकमबाट प्रभावित हुने सरकारी कर्मचारी र तिनका निकायले अब यो गैरकानुनी उद्योगलाई के गर्छन त्यो भने हेर्न बाँकी नै छ ।

 


Ruslan

sponserworldcup

राजनीति

प्रधानमन्त्री ओलीलाई चीनमा गार्ड अफ अनर प्रदान

७ असार, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर प्रदान गरिएको छ । भ्रमणको तेस्रो दिन चीनको ग्रेट हल अफ दि पिपुल्समा उनलाई गार्ड अफ अनर दिइएको हो । उक्त कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि सँगै थिए । लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो प्रतिनिधिमण्डललाई गरेको स्वागतप्रति धन्यवाद दिँदै द्वीपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउनेमा जोड दिए  । 

​नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसाथ गर्ने –प्रधानमन्त्री

७ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गरेका छन् ।चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा राजनीतिक पार्टीको भूमिका’ विषयमा सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको उतारचढाव 

​नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्नुपर्ने : कावा प्रधानमन्त्री

७ असार, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताएका छन् । चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योगपीठले आज बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा गरेको कार्यक्रममा उनले आम जीवन पद्धतिका रुपमा योगको महत्वलाई उजागर गर्दै स्वस्थ नागरिक तयार पार्नका लागि नेपाललाई योग 

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्की प्रधानमन्त्रीलाई पुत्रीलाभ, ६ दिन लिइन् सुत्केरी बिदा

केही महिनाअघि आफू गर्भवती भएको खुलासा गरेकी न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले छोरीलाई जन्म दिएकी छिन्। अकल्याण्ड शहरको एक अस्पतालमा छोरीलाई जन्म दिएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै उनले अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छिन्। नवजात शिशु स्वस्थ रहेको र उनको तौल ३.३१ किलोग्राम रहेको जानकारी दिँदै आर्डर्न र उनका प्रेमी क्लार्क गेफोर्डले लेखेका छन्, (वी वान् ) तिमीलाई हाम्रो गाउँमा स्वागत छ। अहिले हामी 

युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

४ असार सोल  । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिनुभएको छ । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले उक्त 

ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी विस्फोट, मृत्युहुनेको संख्या ७५ नाघ्यो, १७ लाख मानिस प्रभाव

२३ जेठ काठमाडौ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top