ghaderi
esewa

यस्तो छ ऋषिपञ्चमीको शास्त्रीय व्रतकथा


Friday, 14 Sep, 2018 8:06 AM
२९ भदौ, काठमाडौं । तीज तथा हरितालिकाको जति महत्व छ त्यति नै महत्व ऋषिपञ्चमीको पनि छ । पौराणिक कथनअनुसार नारीहरु रजस्वला हुदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरु छन् तीबाट मुक्ति पाउनका लागि यसको व्रत गर्दछन । श्रीमद्भागवत, गरुड पुराणलगायत अन्य पुराणहरुमा लेखिएअनुसार देवराज इन्द्रलाई ब्रह्महत्याबाट लागेको पापलाई मुक्त गर्नका लागि चार भाग लगाई एक भाग नारीहरुको मासिक रक्तमा प्रवेश गराएकोले त्यसैका कारण उनीहरु चौथो दिनसम्म अशुद्ध रहन्छन् । यसै रजस्वलाबाट नै नारीहरूमा सन्तानोत्पादन गर्नसक्ने शक्ति उत्पन्न भएको मानिन्छ । सम्पूर्ण मानवीय चक्रको सुरुआत नै नारीको मासिक रजस्वलाबाट सुरु हुन्छ । यस पर्वमा व्रतालु महिलाहरूले नदी, ताल, पोखरी लगायतका जलाशयमा ३ सय ६५ वटा दतिवनले दात माँझेर , चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धती सहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने र कर्कलाको तरकारी बनाई एकछाक खाना खाने गर्दछन् ।
ऋषिपञ्चमीको व्रतकथा
एकपटक विदर्भ देशमा उत्तङ्क नामका ब्राह्मण आफ्नी पतिव्रता पत्नीका साथमा निवास गर्दथे । उनको परिवारमा एउटा पुत्र र एउटी पुत्री थिए । पुत्रको नाम सुविभूषणथियो, नामजस्तै ऊ बुद्धिद्वारा विभूषित थियो । ब्राह्मणले आफ्नी छोरीको विवाह एकजना असल ब्राह्मणसँग गरिदिएका थिए तर भाग्यवश उनकी पुत्री विधवा हुन पुगेकी थिइन् । उनी आफ्नो वैधव्य माइतमैं बसेर गुजार्दै थिइन् । उत्तङ्क ब्राह्मण आफ्नो आउँदो वृद्धावस्था र दुःखी कन्यालाईसमेत लक्षित गरी पुत्रलाई घरव्यवहार जिम्मा लगाएर आफ्नी स्त्री र पुत्रीका साथमा गङ्गाका तटमा आश्रम बनाएर बस्न थाले । कन्याले पनि आफ्ना वृद्ध मातापिताको सेवाका साथै आफूलाई ईश्वर आराधनामा लगाउन थालिन् । एक दिन दिनभरि काम गरेर थाकेकी ती ब्राह्मणपुत्री आश्रम नजिकै एउटा ढुङ्गोमा अडेस लागेर आराम गर्ने उद्देश्यले पल्टिइन् ।

आधा रातमा ती कन्या निदाएकै बेला उसको शरीरमा किरा उत्पन्न भए । बिहान बिउझँदा आफ्नी छोरीको शरीरमा किरा परेको देखेर ब्राह्मणी असाध्यै विलाप गरी रुन थालिन् र रूँदारुँदै बेहोस भइन् । होश फर्किएपछि कन्यालाई बोकेर आफ्ना पति ब्राह्मण उत्तङ्क ऋृषि भए ठाउँमा लिएर गइन् अनि पुत्रीको अवस्था किन त्यस्तो हुन गयो भनी अनुरोध गरिन् । ब्राह्मणीका कुरा सुनेर उत्तङ्कले आफ्ना आँखा थुनी ध्यानदृष्टिले विचार गरी भने–हाम्री छोरी पूर्वजन्ममा कुनै एउटी ब्राह्मणी थिइन् । यिनले एक पटक रजस्वला हुँदा घरका समस्त भाँडाकुँडा चलाउनुका साथै स्पृश्यास्पृश्यको ख्यालै राखिनन् ।
 
यत्ति दोषका कारण यस जन्ममा यिनको शरीरमा किरा परेका हुन् । शास्त्रअनुसार रजस्वला भएर बिटुलिएका स्त्रीहरू पहिलो दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघाती, तेस्रो दिन पवित्र धोबिनीसमान हुने गर्दछन् र चौथो दिन स्नानपश्चात् शुद्ध हुने गर्दछन् । घरव्यवहारमा शुद्ध मानिए पनि पाँचौं दिनमा मात्र देवकार्यका निम्ति र सातौ दिनमा पितृकार्यका निमित्त योग्य हुने गर्दछन् । पछि जब ऋषिपञ्चमीको व्रतको अवसर प्राप्त भयो र आफ्ना सँगीसाथीले व्रत लिन सुझाव दिँदा समेत वास्ता गरिनन् । व्रत र पूजाआजाको दर्शन मात्रले गर्दा यिनले ब्राह्मण कुल प्राप्त गरिन् । तर यिनले व्रत लिन तिरस्कार गरेकी हुनाले यिनको शरीरमा किरा परे । ब्राह्मणीले पतिका कुरा सुनेपछि यस्तो आश्चर्यमय व्रतका बारेमा, जुन लिनासाथ पाप नष्ट हुने गर्दछ, हजुरले कृपा गरी मलाई बताउनुहवस् । त्यसपछि श्री कृष्णले युधिष्ठरलाई सुनाउनुभएको कथा ब्राह्मणले पत्नी र पुत्रीलाई सुनाए ।
सत्ययुगमा विदर्भ नगरीमा श्येनजित नामक राजा सुखपूर्वक राज्य गर्दथे । ती ऋृषितुल्य थिए । उनको राज्यमा एक जना सुमित्र नामका कृषक थिए । किसानकी पत्नीको नाम जयश्री थियो, उनी अत्यन्त पतिव्रता थिइन् ।

एकपटक वर्षा ऋृतुमा खेतीको काममा व्यस्त रहेका बेला ती रजस्वला भइन् । उनले आफू नछुने भएको त थाहा पाइन् तर त्यसलाई वास्ता नगरी उनी आफ्नो काममा खटी रहिन, छोइछिटोमा पनि यादै गरिनन् । समय बित्दै गयो । आयु पूर्ण भएपछि ती दुबै मृत्युवरण गर्न पुगे । अर्को जन्ममा रजोवती हुँदा नियम र मान्यतालाई पालना नगरेकाले जयश्रीले कुकुर्नी भएर र परसरेकी स्त्रीको सम्पर्कमा आउनाले सुमित्रले गोरु भएर जन्मनु पर्यो । बास्तबमा ऋृतुदोषबाहेक ती दुबैले केही अपराध र पापकर्मा गरेकै थिएनन् । उनीहरूलाई पूर्वजन्मका समस्त विवरणको सम्झना थियो । संयोगले ती दुबै कुकुर्नी र गोरुका रूपमा आफ्नै छोरो सुचित्रका घरमा बस्नथाले । उनीहरूको छोरो धर्मात्मा थियो । ऊ शास्त्रीय मर्यादालाई पालना गर्नुका साथै समस्त जीवजन्तुमा समेत दयाभाव राख्दथ्यो । एकपटक आफ्ना पिताको श्राद्धका दिन उसले ब्राह्मणभोजनका लागि ब्राह्मणहरूलाई निमन्त्रणा गरेको थियो र उसकी पत्नी उक्त प्रयोजनका लागि अनेक परिकार तैयार गर्न व्यस्त थिई । त्यसै समयमा उसकी स्त्री कुनै काम विशेषले भान्साबाट बाहिरिएकै अवसरमा एउटा सर्पले भान्साघरमा प्रवेश गर्यो  र पायस पकाएको भाँडोमा विष वमन गरेर अलप भयो । उता कुकुर्नीका रूपमा ढोकामा बसेकी सुचित्रकी आमाले त्यो घटनालाई नियाली रहेकी थिइन् ।

आफ्ना छोराबुहारीलाई ब्रह्महत्याको पापबाट जोगाउन त्यस कुकुर्नीले बुहारी भान्सामा फिर्ता आएपछि उसले देख्दादेख्दै त्यस खिरको भाँडोमा मुख गाडिदिई । सुचित्रकी पत्नी चन्द्रवतीले कुकुर्नीको त्यो कृत्य देख्न सकिन र उसले चुलोबाट बल्दै गरेको दाउरो झिकेर त्यस कुकुर्नीलाई हिर्काई । कुटाइ र पोलाइबाट तिलमिलाएकी त्यो कुकुर्नी यताउता कराउँदै कुद्न थाली । सम्पूर्ण पक्वान्न फ्यालेर सुचित्रकी पत्नीले पुनः खाद्यसामाग्री तयार गरी ब्राह्मणभोजन गराई ।
 
ब्राह्मणहरू आशीर्वाद प्रदान गर्दै ती जोइपोइसित विदावारी भैइ आआफ्ना गन्तव्यतर्फ लागे । उता दिनभरि व्यस्तरहँदा र कुकुर्नीको कृत्य सम्झँदै त्यस दिन कुकुर्नीलाई खान पनि दिएनन् भने गोरुलाई पनि घाँस हाल्न बिर्सिए । राती भोक र प्यासले व्याकुल भई त्यो कुकुर्नी गोरुका रूपमा रहेका आफ्ना पतिसामु गई बिलौना गर्न थाली– हे स्वामी! आज म असाध्यै भोकाएकी छु, हुन त मेरो छोरो सधैं मलाई बोलाएर खानेकुरा दिने गथ्र्यो, तर आज सम्झँदा पनि सम्झिएन । छोराबुहारीलाई ब्रह्महत्याको दोष नलागोस् भनेर मैले विषयुक्त भोजनमा जुठो हालेकाले वास्तविकता नबुझी बुहारीले पनि बेस्सरी कुटी । पत्नीका कुरा सुनेर त्यस गोरुले भन्यो –हे भद्रे! तेरा पापका कारणले नै म पनि आज यस योनिमा जन्मन पुगें अनि भारी बोक्दाबोक्दा हत्तुहैरान भैसकें ।
 
आज त अझ बढी भारी बोक्नु परेकाले मेरो कम्मरै भाँचिएको छ । अझ मैले यस्तो अवस्थामा समेत आज दिनभरि हलो जोत्नु पर्यो । कार्यव्यस्तताले हो कि किन हो आज मलाई घाँसपात समेत दिएको छैन । विचरा उसले हामीलाई चिनेको छैन, हाम्रै लागि गरेको आजको श्राद्ध पनि हाम्रो अपकार भएकाले निष्फल हुनेभयो । सुचित्र धर्मात्मा थियो, ऊ पशु बोलीलाई बुझ्दथ्यो । उसले कुकुर्नी र गोरुको संवादलाई प्रष्ट सुन्यो र ती दुई त आफ्ना बाबुआमा भएको थाहा पायो । त्यसपछि सर्वप्रथम उसले दुबैसित क्षमायाचना गर्दै पेटभरि खान दियो । अनि मातापिताको दुःख निवारणको उपाय पत्ता लगाउन ऊ वनतर्फ प्रस्थान गर्यो । वनमा गएर ऋृषिहरूसँग जिज्ञाशा राख्यो– मेरा मातापिता कुनकुन कर्मका कारणले यस्तो नीच योनिमा प्राप्त भएका हुन् र अब कसरी वहाँहरूले छुटकारा पाउन सक्नुहुनेछ ।

किसानपुत्र सुचित्रका जिज्ञाशा सुनेपछि ऋषिसमूहमा व्यापक चिन्तनमनन भयो । अन्त्यमा ती मध्ये एकजना सर्वतमा नामक ऋृषिले भने– हे भद्र! तिमी आफ्ना मातपिताको मुक्तिका निमित्त पत्नीसहित भई ऋृषिपञ्चमीको व्रत लेऊ र त्यसको फल आफ्ना माता–पितालाई अर्पण गरिदेऊ । भाद्र महिनाको शुक्लपक्षको पञ्चमीका दिन शुद्धाचरण गरी मध्यान्हकालमा नदीको पवित्र जलमा स्नान गर्नू र नयाँ रेसमी लुगा लगाएर अरूधन्तीसहित सप्तऋृषिहरूको पूजा गर्नू । ऋषिका यस्ता आज्ञा प्राप्त गरेपछि सुचित्र आफ्नो घर फर्कियो र आफ्नी पत्नीसहित विधिविधानपूर्वक पूजा र व्रत गर्यो । यसको पुण्य मातापितालाई समर्पण गरेपछि ती दुबै पशुयोनिबाट मुक्त भए ।
 
त्यसैले जुन स्त्रीले श्रद्धापूर्वक ऋृषिपञ्चमीको व्रत लिन गर्दछिन, ती समस्त सांसारिक सुखलाई भोग गरी अन्त्यकालमा वैकुण्ठ पुग्दछिन् । जुन स्त्रीले रजस्वला हुँदा घर नित्यकर्ममा संलग्न हुने गर्दछिन तिनले नरक जानुपर्दछ, किनकि पूर्वजन्ममा वृत्रासुरको बधको परिणामले इन्द्रलाई ब्रह्महत्याको महान् पाप लागेको थियो । त्यस समय ब्रह्माजीले इन्द्रमाथि कृपा गर्दै त्यस पापलाई चार स्थानमा बाँडे । पहिलो अग्निमा (धुँवामिश्रित प्रथम ज्वालामा), दोस्रो नदीमा(वर्षाकालको गाँज र मैलोयुक्त पानी), तेस्रो पर्वतमा(जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छन) र चौथो स्त्रीमा (रजस्वला अर्थात् मासिक धर्ममा) । स्त्रीमा रहेको यही ब्रह्महत्याको दोष निवारण गर्न प्रत्येक स्त्रीले ऋषिपंचमीको व्रत गर्नु अनिवार्य छ । पतिदेवका मुखारविन्दबाट ऋषिपञ्चमीको महात्म्य सुनेर ती ब्राह्मणी र उनकी छोरी दुबैजनाले विधिविधानपूर्वक ऋषिपञ्चमीको व्रत लिए र उक्त व्रतको प्रभावले कन्याको शरीर स्वस्थ भयो । तिनीहरूले जीवनभरी सुखसम्मृद्धि पाउनुका साथै मरणोपरान्त उत्तमलोक प्राप्त गरे ।


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

महाधिवेशन गर्न ढिलाई गर्न नहुने-राजपा नेता

११ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले पार्टीको राष्ट्रिय महाधिवेशन तत्काल गर्न नेतृत्वलाई दवाव दिन सुरु गरेका छन्। तीन दिनयता काठमाडौंमा जारी राष्ट्रिय जनता पार्टी, नेपालको पदाधिकारी समितिको बुधबारको बैठकमा नेताहरुले राष्ट्रिय महाधिवेशन तत्काल गर्न पार्टी नेतृत्वलाई दवाव दिएका हुन्। बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको महासचिव केशव झाले जानकारी दिए। राष्ट्रिय जनता पार्टी, नेपालको यही वैशाख ७, ८ र ९ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन 

विद्यालयको सुधार अभियानमा सबै जुट्नु पर्छ-शिक्षामन्त्री पोखरेल

११ वैशाख, काठमाडौं । सरकारले आगामी १० वर्षलाई सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०७६ सालदेखि २०८५ सालसम्मको एक दशकलाई सरकारले सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरिरहेको जानकारी दिए। बुधबार भक्तपुरमा सुरु भएको सार्वजनिक विद्यालय रुपान्तरण अभियानसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले ‘हामी सुर्धाछौं हाम्रो सार्वजनिक विद्यालय’ भन्ने नारालाई सार्थक बनाउने गरी सार्वजनिक विद्यालयहरुको सुधार 

राष्ट्रिय पूँजीको विकासका लागि निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्छ-मुख्यमन्त्री शाही

११ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय पूँजीको विकास नगरी मुलुकले समृद्धि प्राप्त गर्न नसक्ने बताएका छन् । सुर्खेतमा सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले राष्ट्रिय पूँजीको विकासका लागि निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए। ‘हामी अहिलेसम्म आयातमा निर्भर छौँ’, मुख्यमन्त्री शाहीले भने, ‘अब निर्यातलाई वृद्धि गर्न उत्पादन वृद्धिको योजना ल्याउन जरुरी छ ।’ कर्णालीको विकासको पहिलो प्राथमिकता भौतिक पूर्वाधारको विकास भएको 

अन्तर्राष्ट्रिय

हात बाँधिएका किशोर भाग्न खोजेपछि सेनाद्वारा गोली प्रहार

११ वैशाख, काठमाडौं । इजरायलका सेनाले आँखामा पट्टी लगाइएका र हात बाँधिएका एक प्यालेस्टाइनी किशोरमाथि गोली प्रहार गरेका छन्।१५ वर्षीय किशोर ओसामा अल–बादेनले इजरायलका सेनालाई ढुंगा प्रहार गरेको सेनाको आरोप छ। ढुंगा आक्रमणपछि सेनाले उनलाई पक्राउ गरेको थियो। सेनाले नियन्त्रणमा लिएपछि उनको आँखामा पट्टी लगाइदिएका थिए, हात बाँधिदिएका थिए। यद्यपी उनी त्यस्तो अवस्थामा समेत भाग्न खोजेका थिए। भाग्न खोज्दा सेनाले पेस्तोलले उनको खुट्टामा गोली प्रहार गरे। उनको दुवै खुट्टामा गोली लागेको छ। यस घटना गत 

उत्तर कोरियाली नेता किम रुसमा

११ वैशाख, भ्लादिभोस्तक । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–अन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका छन् । राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले यसअघिनै घोषणा गरिसकेको छ । यस भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कुटनीतिक समाधानको पहलका विषयमा छलफल हुने कार्यक्रम तय भएको क्रेमलिनका विदेश नीति हेर्ने युरी उसाकोभले बताएका छन् ।  तर उनले  

चीनको रासायनिक कारखानामा विष्फोट, ३ जनाको मृत्यु

११ वैशाख, चीन । चीनको भित्री मङ्गोलिया क्षेत्रमा रहेको एक रासायनिक कारखानामा भएको विष्फोटमा तीन जनाएको ज्यान गएको छ । भित्री मङ्गोलियाको उलानचाब शहरमा रहेको एक निजि रासायनिक कारखानामा विष्फोट हुँदा अरु ५ जना घाइते भएका चिनको समाचार संस्था सिन्ह्वाले जनाएको छ । बुधबार सबेरै २ बजेर ५५ मिनेटको समयमा उलानचाब शहरमा रहेको डोङ्सीङ केमीकल कारखानामा विष्फोट हुँदा आगलागी समेत भएको थियो । चीनमा बेलाबेला औद्योगिक दुर्घटनाहरु हुँदै आएका छन् । गत मार्च महिनामा मात्रै चीनको जियाङ्सु प्रान्तमा रहेको 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top