syangyong
nlic

​भारतद्वारा अन्तरिक्षमा रकेट प्रक्षेपणः प्रधानमन्त्री मोदिद्वारा खुसी व्यक्त


Friday, 12 Jan, 2018 1:58 PM
२८ पुष, काठमाडौंं । गत वर्षको असफल प्रयासपछि भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ।३१ वटा भूउपग्रह सहितको पीएस्‌एल्‌वी ‘सी’ ४० नामक उक्त रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ उडेको थियो। नक्साङ्कन र चित्राङ्कन गर्ने अन्तरिक्षयानसहितको उक्त रकेटमा अरू छ देशका भूउपग्रहहरू पनि छन् । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रवार श्रीहरिकोटाबाट यो रकेट प्रक्षेपण गरेको हो ।

संयुक्त राज्य अमेरिका, ब्रिटेन, फ्रान्स, क्यानेडा, दक्षिण कोरिया र फिन्लेण्डका ती भूउपग्रहले मुख्य रूपमा पृथ्वीको अवलोकन गर्ने बताइएको छ । त्यसबाहेक सञ्चार सम्पर्कका लागि पनि तिनको प्रयोग गरिने छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त प्रक्षेपण भारतका लागि गौरवपूर्ण उपलब्धि भएको बताएका छन्। यसअघि अघिल्लो वर्ष पीएसएलवी‘सी’ ३९ नामक मिशन विफल भएको थियो। विज्ञान मामिलाका जानकार भारतीय पत्रकार पल्लव बागला भन्छन्, ‘कुनै पनि रकेट विफल भएपछि त्यसलाई मर्मत गरेर पुनस् प्रक्षेपण गर्नु एकदमै ठूलो कुरा हो ।’उनका अनुसार यो रकेटको प्रक्षेपण विफल भएको भए त्यसले भारतीय पक्षलाई चिन्तित बनाउने थियो ।
 


Ruslan

machha bank

ime

samajik surachhya

राजनीति

भूमि समस्या निराकरणका लागि योजनाबद्ध काम हुँदै : मन्त्री अर्याल

२७ मंसिर, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमिसम्बन्धी सबै समस्या निराकरण गर्न योजनाबद्ध काममा लागेको बताईन् । आज महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडामा आयोजित अव्यवस्थित बसोबास व्यवस्थापनसम्बन्धी संवाद कार्यक्रममा मन्त्री अर्यालले अहिले भूमिबारे नीति निर्माण र कानूनसम्बन्धी काम भइरहेको बताईन । महोत्तरी जिल्लाका बर्दिवास र भङ्गाहा एवम् धनुषा जिल्लाको मिथिला नगरपालिकाका 

भूमि समस्या निराकरणका लागि योजनाबद्ध काम हुँदै : मन्त्री अर्याल

२७ मंसिर, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमिसम्बन्धी सबै समस्या निराकरण गर्न योजनाबद्ध काममा लागेको बताईन् । आज महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडामा आयोजित अव्यवस्थित बसोबास व्यवस्थापनसम्बन्धी संवाद कार्यक्रममा मन्त्री अर्यालले अहिले भूमिबारे नीति निर्माण र कानूनसम्बन्धी काम भइरहेको बताईन । महोत्तरी जिल्लाका बर्दिवास र भङ्गाहा एवम् धनुषा जिल्लाको मिथिला नगरपालिकाका 

शहीदको सपना पूरा गराउन लागिपरेका छौँ : अध्यक्ष दाहाल

२७ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनक्रान्तिका शहीदको सपना पूरा गराउन आफ्नो पार्टी प्रयासरत रहेको बताएका छन् । थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’(मुक्तिको बाटो) को आज काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गर्दै उनले शहीद, बेपत्ता तथा घाइते योद्धाको सपना पूरा गराउन आफूले कोही कसैसँग पनि सम्झौता गर्न नसक्ने बताएका हुन् । नेपालको समग्र परिवर्तनका लागि शहीदले बगाएको रगत

अन्तर्राष्ट्रिय

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

२७ मंसिर, ब्रसेल्स । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट सम्झौता र आफ्नो करिअर जोगाउन सङ्घर्षरत बेलायती प्रधानमन्त्री थेरेसा मे तीन दिनको बीचमा दोस्रो पटक ब्रसेल्स आइपुगेकी छिन् । युरोपेली युनियनको मुख्यालयमा हुने वार्तामा युरोपेली मध्यस्थकर्ताहरुले प्रधानमन्त्री मेका पछिल्ला धारणाहरुका बारेमा विचारविमर्श गर्नेछन् । तर, यसअघि नै युरोपेली युनियनसँग भएको ५८५ पृष्ठको बहिर्गमनसम्बन्धी सम्झौतामा 

भियतनाममा बाढीका कारण १३ जनाको मृत्यु

२७ मंसिर, हनोइ ।  भियतनाममा यसैसाता आएको भारी वर्षा र त्यसपछिको बाढीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको मध्य भूभागमा आएको बाढीका कारण ठूलो भौतिक क्षति पुगेको भियतनामको प्राकृतिक प्रकोप नियन्त्रण समितिले जानकारी दिएको छ । मध्य भियतनामका पाँच ओटा प्रान्तमा बाढीले १४ जना व्यक्तिलाई बगाएर लगेको र तीमध्ये १३ जनाको शव भेटिएको तथा एकजना अझै बेपत्ता रहेको समितिले जनाएको छ । सो बाढीले करिब १२ हजार 

पपुआ विद्रोहीबाट आत्मसमर्पणको प्रस्ताव अस्वीकार

२६ मंसिर, जकार्ता ।  इन्डोनेसियाली सेनाले आत्मसमर्पण गर्न गरेको आग्रहलाई पृथकतावादी पपुआ विद्रोही समूहले बुधबार अस्वीकार गरेको छ । पपुआ विद्रोहीले गत साता निर्माण कार्यमा संलग्न कम्तीमा १६ जना कामदारको नृशंस हत्या गरेका थिए । कामदारको हत्यापछि सेनाले गरेको कारबाहीमा निर्दोष गाउँले मारिएको विवरण सार्वजनिक भएको छ । पपुआ विद्रोही समूह र सेनाबीच पछिल्लो एक दशकदेखि सङ्घर्ष जारी छ । यद्यपी दुबै पक्षबाट मानव अधिकारको गम्भीर 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top