syangyong
cg

यस्तो मार्मिक पत्र लेख्दै रियल मड्रिड छाडेर यूभेन्ट्समा गए रोनाल्डो ( पत्रसहित )


Wednesday, 11 Jul, 2018 2:25 PM
बर्तमान फुटबल हस्तीहरूमा क्रिस्टियानो रोनाल्डोको नाम अग्रपंतिमा आउँछ । उनका नेपालमा मात्र होइन विश्वभर ठुलो संख्यामा फ्यानहरू रहेका छन् । विगत ९ वर्षदेखि स्पेनिस क्लब रियल मड्रिडकामा रहेक ायीने स्टार खेलाडी रोनाल्डो विश्वको चौथो महंगो खेलाडी बन्दै  इटालियन क्लब यूभेन्ट्ससँग अनुबन्धित भएका छन् । १ सय १२ मिलियन यूरोमा रोनाल्डो चारवर्षका लागि यूभेन्ट्स पुगेसँगै उनको रियल मड्रिडको ९ वर्षे करिअर अन्त्य भएको छ। २००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४ सय ५१ गोल गर्दै कीर्तिमान राख्न सफल भए । रियल छाड्ने क्रmमा उनले एउटा मार्मिक पत्र लेखेका छन् क्लव र सुवेच्छुकप्रति ।

यस्तो छ उनको पत्र । 

‘रियल मड्रिड क्लब र मड्रिड शहरसँग बिताएका यी वर्षहरु मेरा जीवन कै सबैभन्दा खुशीका क्षणहरु थिए। यस क्लब र यस शहरप्रति ममा सधै कृतज्ञताको भावमात्रै रह्यो। मलाई मायाँ र सद्भाव देखाउने सम्पूर्णप्रति आभारी छु।

मलाई लाग्यो कि, यो मेरो जीवनको नयाँ चरणमा प्रवेश गर्ने समय हो र मैले क्लबलाई मेरो सरुवाको अनुरोध ग्रहण गरिदिन भनेको थिएँ। हाम्रा समर्थकसँग मलाई बुझिदिन अनुरोध गर्दछु।

यहाँ बिताएका यी ९ वर्ष उत्साहपूर्ण रहे। तिनीहरु रोकिएर हैन, लगातारका बिताएका ९ वर्ष थिए। यी वर्षहरु मेरा लागि उत्साहजनक रहे र उत्तिकै गार्‍हो पनि।

किनकी, रियल मड्रिडमा रहन कडा मेहनत गर्नुपर्थ्यो। तर, यस क्लबमा रहँदा मैले अद्धितीय हिसाबले फुटबलमा रमाएको कुरा म कहिलै बिर्सने छैन।

मैदानमा अनि ड्रेसिङ रुममा म सधैँ उत्कृष्ट सहकर्मीहरुले घेरिएको हुन्थेँ। हामीले पाँच वर्षमा चार पटक अनि लगातार तीनपटक च्याम्पियन्स लिग जित्दा समर्थकहरुको न्यानो र अविश्वसनीय मायाँ पायौँ। व्यक्तिगत रुपमा पनि यस उत्कृष्ट र असाधारण क्लबमा रहँदा मैले ४ गोल्डेन बल र ३ गोल्डेन बुट जितेँ। यो उपलब्धिप्रति म निकै सन्तुष्ट छु।

रियल मड्रिडले मसँगै मेरो परिवारको पनि हृदय जित्यो। त्यसैकारण पनि म क्लब, क्लबका अध्यक्ष, निर्देशकहरु, सहकर्मी, प्राबिधिकहरु, चिकित्सकहरु र कामदारहरुलाई धन्यवाद भन्न चाहान्छु।

पुनः हाम्रा समर्थक र स्पेनिस फुटबललाई धन्यवाद दोहोर्‍याउन चाहान्छु। यी ९ वर्षमा मेरा अगाडि उत्कृष्ट खेलाडीहरु पनि रहनुभयो। उहाँहरुप्रति मेरो सदा आभार रहनेछु।

म धेरैपटक क्लबको प्रतिबिम्बका रुपमा पनि चिनिएँ। तर, अब क्लबका लागि नयाँ चरण आइसक्यो। म जादैँछु, तर, मेरो जर्सी, ती ट्रफी र सेन्टियागो बेर्नाबेउलाई म जहाँ भएपनि सधैँ आफ्नो महसुस गरिरहनेछु।

सबैलाई धन्यवाद१ अनि, ९ वर्ष अघि यहाँ आउँदा स्टेडियममा मैले भनेको शब्द दोहोर्‍याउन चाहन्छु’


Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​गुणस्तरीय शिक्षा प्रवद्र्धनमा लागिपरेका छौँ : मन्त्री पोखरेल

३० कात्तिक, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रवद्र्धनमा नेपाल सरकार लागिपरेको बताएका छन् । दक्षिण कोरियाको राजधानी सोलमा भएको सूचना तथा सञ्चार प्रविधि नेतृत्वसम्बन्धी कार्यशालालाई बिहीबार सम्बोधन गर्दै उनले शैक्षिक उन्नयनका निम्ति सरकारले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरिरहेको बताए।मन्त्री पोखरलले गुणस्तरीय

​राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ : नेता शर्मा

३० कात्तिक, बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ गएका उनले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिएका हुन् । नेकपा बागलुङका नेता तथा जनप्रतिनिधिसँगको छलफलमा 

​कोलम्बो प्रोसेस उच्च अधिकारीस्तरीय बैठक शुरु

२९ कात्तिक, काठमाडौँ । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ । प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री 

अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्रीद्धारा राजीना दिन अस्वीकार

लण्डन ।  बेलायती प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिट मुद्धालाई लिएर आफुले पदबाट राजीनामा दिन अस्विकार गरेकी छन् । ईयूबाट बेलायतको बहिर्गमनसम्बन्धी सम्झौताको मस्यौदालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेसँगै उत्पन्न विवादपछि राजनीतिक बृत्तमा राजीनामाको चर्चा चले पनि प्रधानमन्त्री मेले यसलाई ठाडै अस्वीकार गरेकी हुन् ।

​संसद भवनभित्रै सांसदहरुबीच गोदागोद

२९ कार्तिक, काठमाडौं । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकार सभामुखसँग नभएको बताएलगत्तै सांसदहरुबीच हात हालाहाल र धक्कामुक्की भएको हो।

​पर्खाल नाघेर अमेरिका : १९ वर्षीया गर्भवतीले पनि नाघिन् यति अग्लो पर्खाल !

२९ कार्तिक, काठमाडौं । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top