cg electronics
nlic

राप्रपा विभाजन : दुई दिनको पिरती टुट्यो बरिलै...

यमन पौड्याल


Monday, 7 Aug, 2017 1:31 PM


२०४६ सालको परिवर्तनपछि राजतन्त्र संवैधानिक हैसियतमा पुग्यो । पञ्चायती व्यवस्थाको अन्त भयो । बहुदलीय व्यवस्थासँगै पञ्चायतका हस्तीहरु राजावादी रुझानका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीको नाममा विभिन्न पार्टी गठन गरी राजनीति सुरु गरेका हुन् । यी राजावादी पार्टीहरुबीच पार्टी एकता र विभाजनको लुकामारी त्यस बेलादेखि नै चल्दै आएको छ ।

‘एलिट’ स्वार्थका साथ स्थापित राप्रपा सुरुमै लोकेन्द्र बहादुर चन्द र सूर्यबहादुर थापाको नामबाट संचालित भएको थियो । कहिले मिलन कहिले विछोडको राप्रपा राजनीतिको १८औं प्रहसनमा पुग्दा फेरि फुट भएको छ ।

राप्रपा अध्यक्ष कमल थापालाई माया मार्दै पशुपति शमशेर जबराको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक दल निर्वाचन आयोगमा दर्ता भएको छ । १४ जना मात्र सांसदसहितको पार्टी गुठी चलाएका राणाले आठ महिना अघि २४ सांसदका धनी कमल थापासँग एकीकरण गरेका थिए । अहिले पार्टी विभाजन गर्दा राणाले थापाका कैयौं सांसद र नेताहरुलाई आफ्नो पोल्टामा पार्न सफल भएका छन् ।


कमल थापाको उदय

तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ सालबाट सत्ता हत्याए पछि कमल थापालाई सत्रका दाउ लाग्न थालेको थियो । चरम राजावादी रुझानमा विश्वास गर्ने थापा २०६१ साल माघ १९ को ‘कु’ पछि गृहमन्त्री बनेपछि थप सक्रिय भएका थिए ।

जनआन्दोलनको सफलतापछि बनेको पहिलो संविधान सभामा अस्तित्व जोगाएका कमल थापाले दोस्रो संविधानसभामा भने अभूतपूर्व सफलता हासिल गर्दै चौंथो ठूलो पार्टी बन्न सफल भए । स्पष्ट वक्ता र कुटिल राजनीतिका खेलाडी थापा अहिले भने आफ्नै सहकर्मीहरुबाट खेदिएका छन् ।


विभाजन र एकता

सत्ता र शक्तिकै लागि राप्रपा समयसमयमा एकीकृत हुने र समयसमयमा विभाजित हुने गरेको छ ।

संवैधानिक राजतन्त्रलाई स्वीकार गरेर स्थापना भएको राप्रपामा कमल थापा प्रवृत्ति मौलाउँदै गएपछि कट्टर राजतन्त्रको पक्षपोषण हुँदै आएको थियो । तर, दोस्रो जनआन्दोलन पछि फेरिएको शासकीय स्वरुप पछि भने राप्रपामा विभाजित मत रहँदै आएको थियो । राजतन्त्र र जनताले स्वीकार गरेको गणतन्त्रको फरकफरक ओकालत गर्ने समुहरुहरु छुट्टाछुट्टै भए । स्वर्गीय सूर्यबहादुर थापा, पशुपति शमशेर जबरा लगायतको समूह राप्रपाको नाममा गणतन्त्रको पक्षमै लाग्यो भने कमल थापा समूह राप्रपा नेपालको नाममा कट्टर हिन्दु राष्ट्रवाद र राजतन्त्रको वकालत गर्दै आयो ।

दुईथरी रुझानका बीच आठ महिना अघि दुई पार्टीबीच एकता पनि भयो । एकतापछि कट्टटर राजावादी मानिने कमल थापाले हिन्दुराज्य र राजतन्त्रको उच्चारणै गर्न छाडे भने गणतन्त्रबादी नेता डा. प्रकाशचन्द्र लोहनी कट्टर राजवादी र हिन्दु राज्यको पक्षमा लागे । यता एकताको एकवर्ष पनि नवित्दै वरिष्ठ नेता पशुपति शमशेर राणाले भने पुनः औपचारिक रुपमा गणतन्त्रलाई नै पछाउँदै पार्टी विभाजन गरेका छन् ।


फरक धारको यूटर्न

राजनीतिक परिवर्तनलाई आफुअनुकुल प्रयोग गर्न सिपालु राप्रपा अध्यक्ष कमल थापाको नेतृत्वमा रहेको राप्रपाले अझै पनि राजासहितको प्रजातन्त्र भन्दै आएको छ । तर, अध्यक्ष थापाले यसैलाई मूल एजेण्डा बनाका छैनन् । किनकी, उनलाई सत्ताको भर्याङ् पनि समात्नु जो छ ।

सनातन हिन्दुराज्य र राजासहितको प्रजातन्त्र थापाको राप्रपाले उठाउँदै आएको राजनीतिक एजेण्डा त हो, तर अहिले त्यसलाई दस्तावेजमा सीमित गरिएको छ । तैपनि, थापाका कैयौं नेता कार्यकर्ताहरु राजासहितको हिन्दु अधिराज्यका लागि प्रष्ट हुनुपर्ने धारणा राख्छन् ।

२०६२/६३ सालको परिवर्तनपछि ज्यान जोखिममा राखेरै भए पनि थापाका नेता कार्यकर्ताहरु हिन्दुराज्य र राजासहितको प्रजातन्त्रकोे पक्षमै उभिएका थिए । र, अहिले पनि उनीहरु त्यसमा नै प्रतिवद्ध  देखिन्छन् ।

राप्रपा महामन्त्री राजेन्द्र लिङदेन भन्छन्, ‘राजतन्त्रको आवाज उठाउँदा ज्यान जोगाउन गा-हो भएको समयमा त आफुहरु यो एजेण्डाको पक्षमा लाग्यौं । अहिले त यो एजेण्डा झनै स्थापित हुदै गएको छ ।’

राष्ट्रियता, सुशासन, दिगो विकास र लक्ष्य प्राप्तिमै यतिवेला जनताको ध्यान गएकाले अध्यक्ष थापा विकासकै गतिविधिमा केन्द्रित भएको भन्दै महामन्त्री लिङ्देनले अध्यक्षको बचाउ गरेका छन् ।


लोहनीले पार्टी फुटाउँदा थापा पक्ष खुशी

पार्टी एकीकरण लगत्तै राप्रपाबाट अलग भै नयाँ पार्टी गठन गरेका डा. प्रकाशचन्द्र लोहनीसँग राप्रपाकै नेताहरु खुशी छन् । दोस्रो जनआन्दोलन पछि गणतन्त्रको पक्षमा खुलेर लागेका डा. लोहनी विस्तारै विस्तारै राजतन्त्रको पक्षमा लागेको भन्दै कमल थापा पक्षधर कट्टर राजावादीहरु खुशी भए । महामन्त्री लिङ्देनकै भनाइलाई आधार मान्ने हो भने गणतन्त्रको पक्षमा मतदान गरेका व्यक्तिहरु पुनः राजतन्त्रको मुद्दामा आउनुले मुद्दा औचित्यलाई पुष्टि गर्छ ।


एकीकरण पछिको पहिलो फुट लोहनी नेतृत्वमा

राप्रपा एकीकरण पछिको एकताको महाधिबेशन सम्पन्न भएको ६ महिना पुरा भएको छ । तर महाधिबेशनलाई एकताको रुपमा लिइएको भए पनि लामो समय टिक्न भने सकेन । केही हप्तामै राप्रपाबाट अलग भएको घोषणा गरे डा. प्रकाशचन्द्र लोहनी । अलग भएको घोषणा गरेको केही हप्तामा अलग पार्टी समेत घोषणा गरे । पार्टी घोषणाको ४ महिना भैसकेको छ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी–राष्ट्रवादी नाममा नयाँ पार्टीबाट यतिबेला नेताहरु देश दौडाहामा छन् । जसको नेतृत्व गरेका छन् डा. लोहनीले ।

राप्रपा राष्ट्रवादीका वरिष्ठ नेता हुन् केशरबहादुर विष्ट । विष्टका अनुसार मुख्य चार एजेण्डा स्थापित गर्न नयाँ पार्टी गठन गरिएको हो :
  • संविधान संशोधन गरि नेपालमा सनातन हिन्दु राष्ट्र घोषणा गर्न दवाव दिने ।  
  • संवैधानिक राजतन्त्रको व्यवस्था स्थापना गर्ने ।
  • भष्ट्राचारको नियन्त्रण गरी मुलुकका सुशासन कायम गर्ने ।
  • आर्थिक समृद्धिका लागि विकास र पछाडि परेका जाति, वर्ग, क्षेत्र, लिङग र भूगोलका आधारमा अधिकार स्थापित गर्ने ।

लोहनीका नेताहरु कमल थापा पक्षलाई खिस्सिट्युरी गर्छन् । नयाँ पार्टी गठनपछि ६४ जिल्लामा सम्र्पक समिति स्थापना गरेका राष्ट्रवादीका नेताहरु अहिले संगठन विस्तारमै लागेका छन् । राप्रपा अध्यक्ष कमल थापाबाट झुटो बोल्ने र दुनियाँलाई छल्ने मात्र काम भएको दाबी गर्ने राष्ट्रवादीका वरिष्ठ नेता विष्ट भन्छन्, ‘गणतन्त्रको संविधान विश्वको उत्कृष्ट भनेर भन्ने, अनि राजतन्त्र ल्याउछु भनेर जोक्कर कुरा गरेर जनता झुक्काउने काम भयो । अहिले कोही जनता नबुझ्ने छैनन् । त्यही भएर स्थानीय तहको निर्वाचनमा उहाँको के हालत भयो देख्नुभयो नि ।’


फेरी फुट

डा. लोहनीहरुले पार्टी विभाजन गरेको केही समय पछि फेरि राप्रपा फुटेको छ । पार्टी फुटमा सैद्धान्तिक कारण कुनै देखिदैन । तर, सरकारमा सहभागी हुने विषयमा दुई नेताहरुबीच बढेको इगोका कारण पार्टी एकीकरणको आठ महिना पछि पार्टीमा ठूलै विभाजन भएको छ ।

डा. लोहनीहरुले गरेको विभाजन भन्दा यसपटकको विभाजनको आयातन बढी छ । राणा समुहले पूर्व राप्रपा नेपालसम्वद्ध नेता र सांसद्हरुलाई समेत आफुमा तान्न सफल भएका छन् ।


विभाजन किन ?

फागुन ६ देखि ९ गतेसम्म राजधानीमा एकता महाधिवशेन गरेको राप्रपाको इतिहासमा यो विभाजनको १८ औं प्रहसन हो ।

फागुनमा एकता महाधिवेशन गरेको राप्रपामा यति छिट्टै ठूलो विभाजन भएको यो पहिलो पटक हो । वरिष्ठ नेता राणाले १९ सासंद्सहित आफ्नो नेतृत्वमा राप्रपा (प्रजातान्त्रिक) गठन गरेर निर्वाचन आयोगलाई जानकारी समेत गराइसकेका छन् । १९ सांसदले संसद् सचिवालयलाई समेत औपचारिक जानकारी गराइसकेका छन् ।

कांग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारमा कसले नेतृत्व गर्ने भन्ने विवाद साम्य पार्न नसक्दा राप्रपा विभाजन भएको नेताहरूले दाबी गरेका छन् ।

अध्यक्ष थापाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित आफैंले नेतृत्व गर्न खोज्दा राणा समूहले उपप्रधानमन्त्री पद नदिन सत्ता गठबन्धनलाई दबाब दिएको र आफूले नेतृत्व नपाउने भएपछि सरकारबाट सम्मानजनक व्यवहार नभएको भन्दै थापाले राणा समूहका सांसदलाई सरकारमा जानबाट रोकेपछि विवाद चुलिएको थियो ।

आफूलाई उपप्रधानसहित मुख्य मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार नभएपछि थापा सरकारलाई दिएको समर्थन फिर्ता लिनेमा पुगेका थिए । थापालाई रोकेर मन्त्रीको सपना देखेका सांसदहरू चिढिएर पार्टी विभाजन गरेको थापानिकट नेताहरूले दाबी गरेका छन् ।


अबको एजेण्डा !
पशुपति शमशेर जबरा नेतृत्वको नयाँ दल राप्रपा (प्रजातान्त्रिक) ले गणतन्त्रको पक्षमा उभिने बताएको छ । राप्रपा नेपाल र राप्रपाबीच एकता गर्दा राजसंस्थासहितको लोकतन्त्र पार्टीको मुख्य राजनीतिक कार्यदिशा थियो ।

पार्टीको महाधिवेशनबाट राजतन्त्र र हिन्दुराष्ट्रसहितको राप्रपाको विधान निर्वाचन आयोगले समेत अस्वीकार गरेको अवस्थामा जनता र आयोगको चाहनामा पार्टी चल्ने राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) की नेतृ सरोज शर्मा बताउँछिन् ।

शर्माका अनुसार नयाँ पार्टीको मुख्य एजेण्डा संघीय लोकतान्त्रिक गणतन्त्र र सनानत हिन्दु राष्ट्र हुनेछ । मुलुकको परिवर्तनलाई स्वीकार गरिसकेकाले गणतन्त्रको पक्षमा उभिने उनको तर्क छ ।

नेतृ शर्मा भन्छिन्, ‘धर्मनिरपेक्षताको सट्टा सनानत हिन्दु राष्ट्र हुनुपर्ने मत अघि सार्ने विषयमा भने पार्टीमा छलफल हुनेछ तर, अहिले नै टुंगो भने लागि सकेको छैन ।’ राणा पार्टीले डा. लोहनीको पार्टीसँग पनि एकताको प्रयास गर्ने बताएको छ ।
 


Ruslan

sponserworldcup

राजनीति

डा देवकोटाप्रति राष्ट्र सँधै ऋणी : नेकपा

५ असार काठमाडौँ, ।  नेपाल कम्युनिष्ट पार्टीले न्युरो साइन्सका विख्यात चिकित्सक प्रा।डा। उपेन्द्र देवकोटाको निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ । डा. देवकोटाले न्युरो सर्जरीका क्षेत्रमा प्राप्त गरेको उचाइँ कुनै एक व्यक्तिका लागि नभएर सिंगो नेपाल र नेपालीले गर्व गर्न लायक रहेको सो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । “स्रोत, साधन र प्रविधिको सीमितता भएको बेलामा खुल्ला प्रतिस्पर्धामार्फत योग्यताका

​पार्टीको विधान पालना गरे गुटउपगुटको अन्त्य : नेता सिंह

४ असार, चितवन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले विधानमा उल्लेखित कुरा अक्षरशः पालना गरे पार्टीभित्रको गुट उपगुट अन्त्य हुने बताएका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको प्रदेश नं ३को प्रदेशस्तरीय भेलालाई  सम्बोधन गर्दै उनले पार्टीको वास्तविकतालाई आधार मानेर कमीकमजोरी सुधार्नुपर्ने आवश्यकता औल्याएका हुन् । प्रजातन्त्रिक पद्धति पार्टीभित्रबाट थाल्नुपर्नेमा जोड दिँदै उनले भने, “यो अवस्थामा पार्टी 

​काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्नेमा नेत्री कोइरालाको जोड

४ असार, काठमाडौँ । नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताएकी छिन्। 
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले महासमिति बैठकमा आएका राय सुझावलाई समेटेर काँग्रेस चाँडो महाधिवेशनमा जानुपर्नेमा जोड दिएकी हन् ।“काँग्रेसभित्र हारको जिम्मा लिनेसम्म व्यक्ति नहुँदा समस्या परेको छ”, नेत्री कोइरालाले भनिन्, “संसद्मा बोल्ने विषयमा

अन्तर्राष्ट्रिय

युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

४ असार सोल  । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिनुभएको छ । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले उक्त 

ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी विस्फोट, मृत्युहुनेको संख्या ७५ नाघ्यो, १७ लाख मानिस प्रभाव

२३ जेठ काठमाडौ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ

अमेरिकी विदेशमन्त्री मनुसीनमाथि जवाफी हमला, व्यापार युद्धका लागि तयार रहन चेतावनी

अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनले स्टील र एलुमिनियममा कर लगाउने आफ्नो सरकारको निर्णयलाई लिएर क्रुद्ध बनेका औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका अर्थमन्त्रीहरूबाट कडा आलोचनाको सामना गरेका छन्। जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको थियो। क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए भने 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top