रुसको राजधानी मस्कोमा सम्बोधी बौद्धस्तुपको प्राणप्रतिष्ठा समारोह


Wednesday, 20 Sep, 2017 9:57 AM

मस्को । रूसको राजधानीको उत्तरी क्षेत्रमा पर्ने ओत्राद्नोए इलाकामा खोल्सोसहितको रमणीय पार्ककै छेउमा रूसी चर्च र मुस्लिम मस्जिद समेत रहेको ठाउँमा मस्को बौद्ध समाजको अग्रसरतामा निर्मित संबोधी बौद्धस्तुपको प्राण प्रतिष्ठा र समुद्घाटन समारोह सुसम्पन्न भएको छ ।

रूस महासंघअन्तरगतका बौद्ध धर्माबलम्बीहरूको बाहुल्य रहेका तीन संघटक क्षेत्र (बु-यातिया, काल्मिकिया, तुभा) का साथै तिब्बत, भारत, श्रीलंका, म्यानमार (बर्मा), थाइल्याण्ड, भियतनाम आदि देशका बौद्ध भिक्षुहरूको समेत समुपस्थितिमा बिहानैदेखि बौद्धस्तुपमा पाठपूजा सम्पन्न गरिएको थियो ।

मध्यान्ह १२ बजे संबोधी स्तुपको औपचारिक उद्घाटन समारोहको शुभारम्भ गर्दै मास्को बौद्ध समाजकी अध्यक्ष दुल्माशाग्दारोभाले सम्मानित अतिथिहरू तथा समारोहमा भेला भएका रूसलगायत विभिन्न देशका बुद्धधर्मका अनुयायी जनसमुदायको हार्दिक स्वागत गर्नुका साथै मास्कोमा संबोधी स्तुप (रूसी भाषामा – स्तुपाप्रोस्वेत्लेनिया), बौद्धस्तुप निर्माणार्थ विभिन्न प्रकारले सहयोग गर्ने विख्यात गायक इओसिफ कोब्जोन र चन्दा प्रदान गरेर भौतिक तथा नैतिक समर्थन पु¥याउने सम्पूर्ण दाताहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो र यसै स्थलमा भविष्यमा निर्माणाधीन बौद्धविहार बनाउने पुनित कार्यमा पनि यस्तै सक्रिय सहयोग प्राप्त भइरहने आशा व्यक्त गर्नुभयो ।

महामनाभिक्षु खुन्दालिन रिन्पोचेबाट दलाई लामाको आशिर्वचनका साथै शुभेच्छा सन्देश सुनाइएको थियो भने बु-यातियाली भिक्षु लामा दाशेइनिमाबाट रूसको बौद्धधर्म संघको प्रतिनिधित्व गर्दै शुभकामना व्यक्त गरिएको थियो । मास्को सरकारअन्तर्गतको राष्ट्रिय नीति विभागका प्रमुखले रूसका चार प्रमुख धर्महरूमध्ये मास्कोको भूमिमा अर्थाडक्स क्रिश्चियन, इस्लाम, यहुदीधर्मका गिर्जाघर, मस्जिद र सिनागोग मन्दिरहरू भएता पनि बुद्धधर्मको प्रतीक स्तुपको अभाव खट्किरहेको थियो, तर आज मास्को बौद्ध समाजकी अध्यक्ष दुल्माशाग्दिरोभाको अथक प्रयासबाट मास्कोमा पनि सेन्ट–पिटर्सबुर्गमा जस्तै बौद्धस्थल देखापरेकोमा अपार हर्ष लागेको छ भन्ने अभिव्यक्ति दिएका थिए ।

मास्कोमा बौद्धस्तुपको उदघाटन समारोहमा उपस्थित रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरेले आफ्नो मन्तव्यमा ‘बुद्धको जन्मभूमि नेपालको प्रतिनिधित्व गर्दै यहाँ उपस्थित हुन पाएकोमा ज्यादै खुशी लागेको छ’ भन्नु हुँदै निमन्त्रणाका लागि आयोजकहरूप्रति कृतज्ञता जनाउनुका साथै आतङ्क, उग्रवाद, भोकमरी आदि विभिन्न समस्याहरू सामना गरिरहेको आजको विश्वमा बुद्धको उपदेश ज्यादै उपयोगी सिद्ध हुनसक्ने संङ्केत गरिएको थियो । महामहिमको सारगर्भित मन्तव्यको अनुवाद गैरआवासीय नेपाली संघ रूसका निवर्तमान अध्यक्ष दीनानाथ राजभण्डारीबाट गर्नु भएको थियो ।

समारोहमा विभिन्न आमन्त्रित व्यक्तिहरूले मन्तव्य दिनुका साथै मास्को बौद्ध समाजकी अध्यक्ष दुल्माशाग्दारोभाले क्रमशःनिक्खर सेतो पवित्र खादा पहिराइ दिएर सम्मान–सत्कार गर्नुभएको थियो ।

मास्को महानगरीमा बौद्धस्तुपको उदघाटन समारोहमा बु¥यातिया, काल्मिकिया र तुभाकाकलाकारहरूबाट आ–आफ्नो राष्ट्रिय पहिरनमा लोकनृत्य, ‘ओम मणि पद्मे हुँ’ को बोलमा धार्मिक नाचगान पनि प्रस्तुत गरेका थिए । आमन्त्रित पाहुनाहरूका लागि चियापानको पनि व्यवस्था गरिएको थियो ।

मास्कोमा बौद्ध स्तुपको प्राणप्रतिष्ठा समारोहको समाचार रूसका विभिन्न आम संचार माध्यमहरूले प्रसारणार्थ टेलिभिजन क्यामरा माखिचिरहेका थिए । यस महत्वपूर्ण परिघटनाको जीवन्त प्रत्यक्ष समाचार रूसको केन्द्रीय टेलिभिजन ‘रसिया–१’ कार्यक्रममा प्रसारित गरिएको थियो ।

समारोहको औपचारिक खण्डको समाप्तिपश्चात् यसै केन्द्रीय टेलिभिजनकी संवाददाता आन्नाले मसित सानो अन्तवार्ता लिएकी थिइन् । मैले उनका प्रश्नको उत्तर दिने क्रममा यहाँ हाल अस्तित्वमा आइसकेको रञ्जना नेपालाक्षरमा बौद्ध मूलमन्त्र ‘ओम मणि पद्मे हुँ’ अङ्कितधातुको विशाल माने घुमाउँदै ५ फन्को लगाएर नजिकै रहेको सामान्य चैत्यसंग हूबहू मिल्ने एउटा चैत्य म जन्मेको काठमाडौं उपत्यकाको थान्कोट (शोणितपुर) मा पनि छ भन्ने जनाउनुका साथै मास्को महानगरीको यस पवित्र स्थलमा भविष्यमा बौद्धविहार समेत निर्माण गरिने योजना रहेको जनाउ दिएर त्रिरत्न (बुद्ध, धर्म, सङ्घ), त्रिलोक (स्वर्ग, मर्त्य, पाताल) तथा त्रिकाल (भूत, वर्तमान, भविष्य) को प्रतीक बौद्धस्तुपको धार्मिक महत्वबारे समेत संक्षेपमा प्रकाश पारेको थिएँ ।

बौद्धस्तुपको उद्घाटन समारोहका अतिथिहरूलाई स्तुपभित्र प्रवेश गर्न दिइएपछि मैले प्रवेशद्वारबाट भित्र पसेर हेर्दा सहस्रबुद्ध प्रकट भएभैंm चारैतिरका भित्तामा पंक्तिबद्ध गरी लहरै राखिएका समान आकार–प्रकारका धातुका बुद्धप्रतिमाहरू देखेर छक्क पर्दै तर्कना गर्न थालें ः ‘परिक्रमा गर्दा बीचमा पर्ने मध्यस्थलमा अग्लो मण्डप खाली नै रहेछ । त्यस अग्लो मण्डपमा नेपालका प्रख्यात शिल्पकारहरूले बनाएको ढलौटको ठूलो बुद्धमूर्ति राख्नपाए क्या राम्रो हुन्थ्यो ! तर कसले राखिदेला र ?..’ मनमनै यस्तो सोच्दै भित्ताका बुद्धप्र्रतिमाहरू र दर्शकहरूको फोटो खिंच्न थाल्दा मेरा चिरपरिचित दुल्मा साग्दारोभा एक भारतीय अतिथिको साथमा मेरो अगिल्तिर झुल्किइन् । ‘मेरा चिरपरिचित नेपाली मित्र’ भनेर उनले मेरो परिचय दिंदा मलाई निकै खुशी लाग्यो । वास्तवमा म चार दशक पहिलेदेखि नै उनीसंग परिचित छु । त्यतिखेर नेपाली विद्वान् भिक्षु अमृतानन्द मास्को आउँदा जहिले पनि उनी सोभियत संघको तत्कालीन धर्मसम्बन्धी विभागको तर्फबाट उनको स्वागत सत्कार गर्दथिन् भने म नेपाली भिक्षु अमृतानन्द, सुदर्शन वा मैत्रैय मास्को आउँदा भेट्न गएको अवसरमा पनि उनीसंग मेरो भेट हुन्थ्यो र यसरी हाम्रो परिचय भएको थियो ।

मास्कोमा यस वर्षको मौसम सुनिश्चित रहेको छैन र बारम्बार अकस्मात् झरी वर्षा भइरहन्छ । एक दिनअघि मात्र पानी परेको थियो, तर संंबोधी स्तुपको प्राणप्रतिष्ठाको अवसरमा मास्कोमा शरदकालीन घमाइलो दिन हुनु पनि एक आकस्मिकता नै थियो । यसरी मास्कोमा रमाइलो वातावरणमा बौद्धस्तुपको उद्घाटन समारोहमा नेपालीहरूको प्रतिनिधित्व गर्ने तीन जनामध्ये एक भई उपस्थित हुने सौभाग्य पाइएको थियो र आफ्नो रंगीन अनुभूति नेपाली पाठकवृन्दसमक्ष पोख्तैछु… ।

कृष्णप्रकाश श्रेष्ठ
मास्को, रूस महासंघ ।


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top