siddhartha
chunaav bises

​दोस्रो रुस्लान कपः आज नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्दै


Tuesday, 10 Jan, 2017 9:12 AM
२६ पुस काठमाडौं । दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ ।  समूह ‘ए’ मा रहेको पुलिसले आफ्नै समूहको हिमालयन क्रिकेट एकेडेमीसँग खेल्न लागेको हो । खेल कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा हुनेछ । यस्तै अर्को खेलमा समूह ‘बी’ का त्रिभुवन आर्मी क्लबले न्यु राइजिङ स्टार क्लबको सामना गर्नेछ ।
रुस्लान कप क्रिकेट प्रतियोगितामा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पुलिस, हिमालयन एकेडेमी, हिमालयन ह्वाइट हाउस कलेज, पिसी फाइटर, न्यु होराइजन किकेट क्लब भैरहवा, कुलेश्वर क्रिकेट क्लब, नेपाली राइनोज, सशस्त्र प्रहरी बल ९एपिएफ० छन् ।
त्यसैगरी समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, न्यु राइजिङ स्टार, खहरी क्रिकेट क्लब धादिङ, रोयल पिसी फाइटर, एसपिए धनगढी, अनुभूति एजुकेसन फाउन्डेसन वीरगन्ज, रुस्लान केसिटिसी र क्यानोन क्रिकेट क्लब छन् ।
प्रतियोगितामा दुवै समूहबाट एक एक टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले दुई लाख रुपैयाँ पाउने छन् । त्यसैगरी सेमिफाइनमा प्रवेश गर्ने दुई टोलीले जनही २५ हजार रुपैयाँ पाउने छ ।
 


Ruslan

paicho

bussewa

राजनीति

जनतासँग गरिएका वाचा पूरा गर्नेछ : नेता नेम्वाङ

२७ मंसिर, इलाम । नेकपा एमालेका नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताएका छन् । मतदातालाई धन्यवाद ज्ञापन गर्न आज इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा उनले भने, “हामी जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छौं, जनतालाई आश्वासन होइन, विकास दिन्छौँ ।” 

​वाम गठबन्धन सरकारले आर्थिक क्रान्तितर्फ लैजान्छ : नेता श्रेष्ठ

२७ मंसिर, काठमाडौ । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले वाम गठबन्धन नेतृत्वको सरकारले जनताको चाहना सम्बोधन गरी मुलुकलाई अब आर्थिक क्रान्तितर्फ लैजाने बताएका छन् । काठमाडौ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि दहचोक तथा त्यस आसपास क्षेत्रका स्थानीयसँगको भेटघाट (घरदैलो) कार्यक्रमपछि आज आयोजित सभामा

​नेतृत्वको राजीनामा समस्याको समाधान होइन : महामन्त्री कोइराला

२७ मंसिर, चितवन । नेपाली काँग्रेसका महामन्त्री प्रा डा शशांक कोइरालाले काँग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताएका छन् । गैँडाकोटस्थित आफ्नै निवासमा आज बिहान विशेष कुराकानी गर्दै उनले अहिलेको अवस्थामा हामी खण्डित होइन एकीकृत हुनुपर्ने बताए ।केन्द्रमा बृहत् छलफल गरेर पार्टीले रणनीति तयार गरी अघि बढ्ने भन्दै उनले

अन्तर्राष्ट्रिय

न्यूयोर्कमा विस्फोट गराउन खोज्ने बंगलादेशी युवाले दिए ट्रम्पलाई यस्तो चेतावनी

२७ मंसिर । अमेरिकाको न्यूयोर्कस्थित बस टर्मिनलमा बम विस्फोट गराउने बंगलादेशी युवकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएको खुलासा भएको छ । बम विस्फोट गराउनुपूर्व बंगलादेशी २७ बर्षीय युवक अकायद उल्लाहले फेसबुकमा राष्ट्रपति ट्रम्पलाई चेतावनी दिएको खुलेको हो ।

​भेनेजुयलामा विपक्षी पार्टीहरुलाई राष्ट्रपति निर्वाचनमा भाग लिन प्रतिबन्ध

२५ मंसिर, काठमाडौं ।  भेनेजुयलाका मूख्य विपक्षी पार्टीहरुलाई अर्को वर्षको राष्ट्रपति निर्वाचनमा भाग लिनबाट प्रतिबन्ध लगाइको छ । राष्ट्रपति निकोलस मडुरोले मेयरको निर्वाचनमा भाग लिएका पार्टीले मात्र राष्ट्रपति निर्वाचनमा भाग लिन पाउने बताएका हुन् । उक्त निर्वाचनमा जस्टिस फस्र्ट, पपुलर विल, डेमोक्रेटिक एक्सन पार्टीका नेताहरुले निर्वाचन प्रणाली नै पक्षपात पूर्ण 

​बेलायतमा भारी हिमपात, यातायात सेवा अवरुद्ध

२५ मंसिर, काठमाडौं ।  बेलायतमा भारी हिमपात भएपछि त्यहाँको जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण बेलायतका अधिकांश विद्यालय र क्याम्पस बन्द भएका छन् । लण्डनको वेल्समा ३० सेन्टिमिटरसम्म हिउँ जम्दा यातायात सेवा अवरुद्ध बनेको छ । अधिकांश सडकमा हिउँ जमेकाले सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् ।

विचार / ब्लग

यसकारण खेर जान्छ विकाउ नारा दिएर भोट माग्ने साना दललाई दिएको भोट

नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान विजुक्छे सधै  सांसद बने तर कहिल्यै सरकारमा गएनन् । उनको दलले सधैं सरकारका खराब काममा खबरदारी गरी रह्यो । संसदमा सधैं निष्ठाको राजनीति गर्ने अर्का पात्र चित्र बहादुर के.सी. पनि जनताले भरोसा गर्न लायक नेता हुन् । एकपटक उपप्रधानमन्त्री भएका यी नेताले देशलाई बेथितिबाट मुक्त गर्न नखोजेका कहाँ हुन र ? स्वच्छ छविका, केही गरौं भन्ने भावना भएका एकदुई सिटे दलले संसदमा

कर्मकाण्डी चुनावी घोषणा पत्रमा भरिएका झुटा आश्वासन

नोपलमा आम मतदातामध्ये कतिले राजनीतिक दलका  चुनावी घोषणा पत्रलाई  आधार मानेर दल वा उमेद्वारलाई मत दिन्छन् होला ? यसको अनुमान सायद राजनीतिक दल र तिनका उमेरद्वारलाई पनि हेक्का छैन  होला । तर यो कुरा सबैलाई थाहा छ कि यदि मतदाताले स्वतन्त्र रुपमा मताधिकारको प्रयोग गर्न पाउँने हो भने उनिहरुको घोषणापत्र होइन उमेद्वारको इमान्दारिता, उसले विकासमा गरेको योगदान, समाज ससंगको घुलमेल

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । 
Top