सार्क स्थापनाको पैँतीऔँ वर्ष : १९ औँ शिखर सम्मेलन अन्योलमा


Sunday, 8 Dec, 2019 12:17 PM
२२ मंसिर, काठमाडौं । दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको ‘दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन’ (सार्क) विभिन्न आरोहअवरोह पार गरी ३५ औँ वार्षिकोत्सव मनाउँदैछ । 

सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा प्रथम सम्मेलन गरी सार्कको यात्रा सुरु भएको हो । सार्कको स्थापनाका समयमा भूमिका निर्वाह गर्ने तत्कालीन राष्ट्ररसरकार प्रमुख नेपालका तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेव, बङ्गलादेशका राष्ट्रपति हुसेन मोहम्मद एर्शाद, भूटानका राजा जिग्मेसिङ्गे वाङचुक, भारतका प्रधानमन्त्री राजीव गान्धी, माल्दिभ्सका राष्ट्रपति मौमुन अब्दुल गयुम, पाकिस्तानका राष्ट्रपति जियाउल हक र श्रीलङ्काका राष्ट्रपति जुलियस रिचर्ड जयवर्द्धने थिए । 

आर्थिक समृद्धि र भौतिक विकासका निम्ति आवश्यक पर्ने अपार स्रोत साधनयुक्त दक्षिण एशियाका आठ देशको साझा सङ्गठनले यहाँका करिब दुई अर्ब जनताको समृद्धिको सपना साकार पार्ने प्रयास गर्दै आएको छ । सार्कमा अफगानिस्तान, बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य छन् । सार्कको कान्छो सदस्य अफगानिस्तान सन् २००७ अप्रिलबाट सार्कको आठौँ सदस्य राष्ट्र बनेको हो ।

दक्षिण एशियाको समृद्धि र यस भेगका गरीब जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ स्थापना भएको सार्कले केही सदस्य देशका द्विपक्षीय विषयका कारण अपेक्षित गति भने लिन सकेको देखिँदैन । आर्थिक एवं सामाजिक क्षेत्रमा केन्द्रित सार्कले लक्षित उद्देश्य हासिल गर्ने इमान्दार प्रयत्न भने नगरेको होइन । सार्क बीउबिजन र खाद्यान्न भण्डार, सार्क प्रवेशाज्ञा, दक्षिण एशियाली विश्वविद्यालयलगायत पारस्परिक सहयोग अभिवृद्धिका लागि संयन्त्र निर्माणलाई सकारात्मक मान्नुपर्छ । 

मानव संसाधन विकास तथा पर्यटन, कृषि तथा ग्रामीण विकास, वातावरण, प्राकृतिक विपत्ति र जैविक प्रविधि, अर्थ, व्यापार, वित्त, सूचना तथा सञ्चार प्रविधि एवं गरिबी निवारण, ऊर्जा, यातायात, विज्ञान तथा प्रविधिका साथै शिक्षा, सुरक्षा र संस्कृति सहयोगका क्षेत्रमा सार्कले काम गरिरहेको छ । क्षेत्रीय सहयोग प्रवर्द्धन र सदृढीकरणका लागि सार्कमा विषयगत क्षेत्रीय केन्द्रहरु कृषि केन्द्र (ढाका), ऊर्जा केन्द्र (इस्लामावाद), सांस्कृतिक केन्द्र (कोलम्बो), क्षयरोग तथा एचआइभीरएड्स केन्द्र (काठमाण्डौ), विपद् व्यवस्थापन केन्द्र (नयाँ दिल्ली) स्थापना गरिएका छन् ।  

सार्क बडापत्रमा हस्ताक्षर भएको र सार्क स्थापना भएको ३५ औँ वार्षिकोत्सवका अवसरमा बङ्गलादेशका परराष्ट्रन्त्री डा. ए के अब्दुल मोमेनले बङ्गलादेश सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सार्क शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत सार्कले स्थापनाको तीन दशकभन्दा लामो उतारचढाव यात्रामा आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उपलब्धि हासिल गरेको उल्लेख गरेका छन् ।

यद्यपि, अपेक्षा र सम्भावनाको स्तरमा भने उक्त उपलब्धि न्यून रहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री मोमेनले सार्क सदस्य राष्ट्रहरुको आपसी सहयोग, सम्मान र प्रतिबद्धताले इच्छित उद्देश्य हासिल हुने दृढ विश्वास व्यक्त गरेका छन् ।  

यसैगरी सार्कका महासचिव अमजद हुसैन बी सियालले शुभकामना सन्देशमार्फत यस क्षेत्रका जनताको जीवनस्तरमा सुधार ल्याउने स्थापित सार्क प्राथमिकताका सहयोगका क्षेत्र प्रवर्द्धन गर्न स्थिर प्रगतिमा रहेको उल्लेख गरेका छन् । विभिन्न सम्झौतामार्फत यस क्षेत्रमा आर्थिक, क्षेत्रीय र जनस्तरमा सम्बन्ध विस्तार गर्ने उद्देश्यमा उपलब्धि हासिल भएको उनको भनाइ छ । 

सार्क बडापत्रले सार्कका जनताको कल्याण अभिवृद्धि र उनीहरूको जीवनस्तरमा सुधार, तीव्र आर्थिक वृद्धि, सामाजिक रूपान्तरण र सांस्कृतिक विकासको गति तीव्र पारी सम्मानपूर्वक जीवनयापनसहितको सदस्य देशको सामूहिक आत्मनिर्भरतालाई संवद्र्धन र विस्तार गर्ने उद्देश्य लिएकोे छ ।

पारस्परिक विश्वास र समझदारी बढाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक र वैज्ञानिक क्षेत्रहरूको सक्रिय सहयोगलाई अभिवृद्धि गरी अन्य विकासशील देशहरूको सहयोगलाई दरिलो पार्दै साझा लक्ष्य भएका अन्य अन्तर्रा्ष्ट्रिय संस्थाको सम्बन्ध जोड्ने कामलाई पनि बडापत्रले प्राथमिकता दिएको छ ।

उन्नाइसौँ शिखर सम्मेलन अन्योलमा 

विसं २०७१ मङ्सिर १० र ११ गते काठमाडौँमा आयोजना भएको सार्कको १८औँ शिखर सम्मेलनमा सार्कको १९औँ शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा हुने तय भएको थियो । भारत र पाकिस्तानबीचको आपसी मनमुटावका कारण १९औँ शिखर सम्मेलन अझै हुने निश्चित भइसकेको छैन । शिखर सम्मेलन आयोजनामा विलम्ब भए पनि मन्त्रीस्तरीय बैठक भने भइरहेका छन् । बडापत्रको धारा ३ मा राष्ट्ररसरकार प्रमुखको बैठक वर्षमा एकपटक वा सदस्य राष्ट्रहरुले आवश्यक ठानेमा यसभन्दा बढी पटक बस्ने उल्लेख छ ।

सार्कका सदस्य देशहरू आपसी विवादमा नपरी द्विपक्षीय मामिला तथा विवादास्पद र राजनीतिक मामिलाबाट अलग रहने भन्ने यसको बडापत्रमा उल्लेख छ । साथै सदस्य राष्ट्रका राष्ट्ररसरकारप्रमुखबीच हुने शिखर सम्मेलनमा पनि कुनै राष्ट्रले भाग नलिए त्यस्तो सम्मेलन हुन नसक्ने व्यवस्था बडापत्रमा उल्लेख छ । यी संवैधानिक कमजोरीका कारण सार्क शिखर सम्मेलन सदस्य राष्ट्रका राष्ट्ररसरकार प्रमुखहरुसँगै भेला हुने एक औपचारिक समारोहमात्र बन्न पुगेको भनेर आलोचना गर्नेहरु पनि नभएका होइनन् । 

यसका बाबजुद सार्कको दक्षिण एशियाली पहिचानलाई शीर्षनेताको ‘रिट्रिट’ले आपसी मनोमालिन्य र कटुतालाई मैत्रीमा परिणत गर्ने गरेको छ भने विपद्का बेला आपत्कालीन सहयोग गर्ने परम्परा पनि बढेको छ । बितेका ३४ वर्षमा सार्कले सुखदुःखका बेला सदस्य राष्ट्रलाई एकअर्कालाई नजीकमात्र ल्याएन कृषि, लगानी, व्यापार, यातायात, सञ्चार र जनस्तरको सम्पर्क विस्तारको क्षेत्रमा सह्रानीय काम पनि गरेको छ ।

सार्क सम्मेलन कहिले कहाँ ?

सार्कको पहिलो शिखर सम्मेलन ७–८ डिसेम्बर १९८५ मा  बङ्गलादेशको ढाकामा, दोस्रो १६–१७ नोभेम्बर १९८६ मा भारतको बेङ्गलोरमा, तेस्रो २–४ नोभेम्बर १९८७ मा नेपालको  काठमाडौँमा,  चौथो २९–३१ डिसेम्बर १९८८ मा पाकिस्तानको इस्लामावादमा, पाँचौँ २१–२३ नोभेम्बर १९९० मा माल्दिभ्सको मालेमा, छैटौँ २१ डिसेम्बर १९९१ मा श्रीलङ्काको कोलम्बोमा, सातौँ १०–११ अप्रिल १९९३ मा बङ्गलादेशको ढाकामा, आठौँ २–४ मे १९९५ मा भारतको नयाँ दिल्लीमा र नवौँ १२–१४ मे १९९७ मा माल्दिभ्सको मालेमा सम्पन्न भएको थियो ।

यसैगरी सार्कको दशौँ शिखर सम्मेलन २९–३१ जुलाई १९९८ मा श्रीलङ्काको कोलम्बोमा, एघारौँ ४–६ जनवरी २००२ मा नेपालको  काठमाडौँमा, बाह्रौँ २–६ जनवरी २००४ पाकिस्तानको इस्लामावादमा, तेह्रौँ १२–१३ नोभेम्बर २००५ मा बङ्गलादेशको ढाकामा, चौधौँ ३–४ अप्रिल २००७ मा भारतको नयाँ दिल्लीमा, पन्ध्रौँ १–३ अगस्त २००८ मा श्रीलङ्काको कोलम्बोमा, सोह्रौँ २८–२९ अप्रिल २०१०  मा भूटानको थिम्पूमा, सत्रौँ  १०–११ नोभेम्बर २०११ मा माल्दिभ्सको अड्डुमा र अठारौँ  २६–२७ नोभेम्बर २०१४ मा नेपालको काठमाडौँमा सम्पन्न भएको थियो ।


global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा सचिवालय बैठकः मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

४ असोज, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल सुरु भएको छ । आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनबारे आवाज उठ्दै आएकोमा आजको बैठकमा औपचारिक यस विषयले प्रवेश पाएको हो । यस्तै बैठकले संवैधानिक राजनीतिक 

पेरिसडाँडामा नेकपा सचिवालय बैठक बस्दै

४ असोज, काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो ।  यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा 

​अब नेपाल समृद्धिको दौडमा अगाडि बढ्नेछ : प्रचण्ड

३ असोज, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताएका छन् ।  संविधान दिवस, २०७७ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले आगामी दिनमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता अझै सुदृढ हुँदै जाने विश्वास दिलाए ।  ‘राष्ट्रिय स्वाधिनता र एकताको दृष्टिले 

अन्तर्राष्ट्रिय

पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ

३० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्तामा भने, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ ।’

कोरोना मुक्त भएका भारतका पूर्वमन्त्री सिंहको निधन

२८ भदौ, काठमाडौँ ।
भारतका पूर्वकेन्द्रीय मन्त्री तथा जनता दलका वरिष्ठ नेता रघुवंश प्रसाद सिंहको निधन भएको छ। उनको दिल्लीको एम्स अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो। उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। जूनमा उनी कोरोना संक्रमित भएका थिए। उपचारपछि उनी कोरोनाबाट मुक्त भएका थिए तर सेप्टेम्बरको सुरुवातमा उनको स्वास्थ्यमा समस्या आएको थियो। दुई दिन पहिला उनले लालु प्रसाद यादवको चिठ्ठी लेखेर

भारतमा एकै दिन ९७ हजार बढीमा कोरोना पुष्टि

२७ भदौ, काठमाडौँ ।
भारतमा एकै दिन ९७ हजार बढीमा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ९७ हजार ५७० जना सङ्क्रमित भएको छ ।  योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्या अहिलेसम्म ७७ हजार ४७२ पुगेको छ ।  कुल मृतकमध्ये एक 

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top