siddhartha

बलिउडका बादशाह : ५२ बर्षका शाहरूखका ५२ नसुनिएका खास कुराहरू

शाहरूखको मन्त्र – ‘सुत्नु भनेको जीवनलाई बर्बाद गर्नु हो’ ।


Friday, 3 Nov, 2017 11:51 AM
बलिउडमा किङ्ग खानको रूपले चिनिने शाहरुख खानलाई अहिले कसैको नाम दिइराख्नु पर्दैन । बच्चा देखि बृद्धासम्म सबै उमेरका मानिसहरु उनका फ्यान छन् । २ नोबेम्बर १९६५ मा जन्मेका शाहरुख खान बिहीबार ५२ बर्षका भएका छन् ।
उनको जन्म दिनको उपलक्ष्यमा हामीले उनीसँग जोडीएको ५२ वटा खास कुरा सार्बजनिक गर्दैछौँ । 

१. शाहरूख खानको जन्म २ नोबेम्बर १९६५मा ताज मोहम्मद खान र लपीफ फातिमा को घरमा भएता पनि सुरुको ५ बर्षसम्म उनकी मामाघरकी हजुरआमाले कहिले म्याङ्गलोर त कहिले ब्याङ्गलोरमा पालेकी थिइन् ।
 
२. शाहरुख आफ्नो मामाघरमा बस्थे । उनको मामाघरको हजुरबुवा म्याङ्गलोर पोर्टका मुख्य अभियन्ता थिए । उनी म्याङ्गलोरमा हुदाँ हार्बर हाउसमा बसे गर्थे जसको अवलोकनकन लागि अहिले पर्यटकहरू आउने गर्छन् ।

३. शाहरुखकी आमा हैदराबदकी कि थिइन् भने पिता पेशावर र दादी कश्मीरका थिए ।

४. दिल्लीमा हुर्के बढेका शाहरुखले सेन्ट कोलंबस पढेका थिए र स्कूलमा उनको पढाईमा भन्दा पनि खेलकुदमा बढी रूची थियो । उनले हंसराज कलेजबाट अर्थशास्त्रमा बिए गरेका थिए भने जामिया मिलिया इस्लामिकमा मास कम्यूनिकेशनको पढाइको लागि भर्ना भएका थिए तर पढाइ भने पूरा गरेनन् ।

५. फुटबल खेल्दा घाइते भएका शाहरुखलाई एक पटक थियटर डमयरेक्टर बेरी जोनले आफ्नो नाटकका लागि अडिशन दिन भनेका थिए । जसमा उनले एउटा डायलगको साथ प्रमुख डान्सरको भुमिका निभाउने अवसर पाएका थिए । 

६. शाहरुख १५ बर्षको हुँदा उनको पिताको क्यान्सरको कारणले मृत्यु भएको थियो । उनका पिता वकिल र स्वतन्त्रता सेनानी थिए । उनी १४–१५ बर्षको हुँदा स्वतन्त्रता अन्दोलनको समयमा जेल परेका थिए । पछि उनले मौलाना अबुल कलाम आजादको विरुद्धमा चुनाव लडेका पनि थिए तर सफलता भने पाएनन् । उनले थुप्रै बिजनेसमा पनि हात हालेका थिए तर असफल भए ।

७. शाहरुख नेशनल स्कुल अफ ड्रामासँग निकै नजिकिएका थिए । उनका पिता १९७४ सम्म एनएसडीमा मेस चलाउँथे । शाहरुख पनि उनीसँग त्यहाँ जाने गर्थे र थुप्रै कलाकारहरूको रिहर्सल हेर्ने गर्थे । यसरी उनी अभिनय र सिनेमासँग जोडिएका थिए ।

८.शाहरुखको पहिलो कमाई ५० रुपैंयाँ थियो जुन उनले पंकज उधासको कन्र्सटमा कमाएका थिए । यही पैसाले उनी ट्रेनबाट आगरा घुम्न गएका थिए ।

९.दिल्लीका एक लेख टंडनले उनलाई १९८८ मा उनको कपाल काट्नुपर्ने शर्त सहित दिल दरिया सिरियलमा काम दिएका थिए ।

१०. तर , उनको पहिलो टि.भी सिरियल भने कर्नल कपुर द्वारा १९८९ मा निर्देशित फौजी  थियो । 

११. शाहरूख सानो छँदा उनलाई सेनामा भर्ति हुने ठूलो रहर थियो त्यसैले उनले आर्मी स्कूल कोलकत्तामा भर्ना पनि भएका थिए तर उनकी आमा यसको विरुद्धमा थिइन् । 

१२. स्कूलमा शाहरुखको ४ जना साथीसहितको एउटा प्रसिद्ध ग्याङ्ग थियो जसलाई उनीहरु सी ग्याङ्ग भन्ने गर्थे । प्रतिद्धन्द्धि स्कूलका ग्याङ्गहरु पीएलओ ग्याङ्ग, सरदार ग्याङ्ग सँग मुकाबला गर्थे । पछि अभिनयको क्रममा फिल्म जोशमा उनले त्यस्तै भूमिका निभाएका थिए ।

१३. स्कूलको एक डान्स पार्टीमा  उनको एक आर्मीको छोरी गौरी छिब्बासँग भेट भएको थियो र सोही पार्टीमा उनीहरुको बीचमा मित्रता भएको थियो । एक पटक गौरी छुट्टी मनाउन मुंबई गएकी थिइन र शाहरुख पनि केही नजानी उनलाई खोज्दै त्यहाँ गएका थिए । शाहरुखलाई गौरीलाई समुद्र तटमा बस्न मनपर्छ भन्ने मात्र थाहा भएका कारणले उनले गौरीलाई मुंबईको सबै तटमा खोजे र भेटे पनि तर उनले त्यो रात रेलवे स्टेसशनमा नै बिताउनु परेको थियो । पछि उनीहरु दुबैको बिहे २५ अक्टोबर १९९१ मा भएको थियो ।

१४. शाहरुखलाई अझै गौरीसँग भेट भएको मिति  १९८४÷ ०९÷०९ याद छ किनकी यहि दिन उनले ड्राइभिङ्ग लाइसेन्स् पनि पाएका थिए ।

१५. बमगले बी दुनियाँ, दूसरा केवल सरीखे सिरियलमा काम गरेपछि शाहरुखलाई टि.भी सिरियल सर्कस(१९८९–९०) मा रेणुका शहानेसँग काम गर्ने मौका मिलेको थियो । उनले आफ्नी आमालाई सर्कसको एक एपिसोड देखाउने खास अनुमति दिइएको थियो तर उनकी आमा यति बिरामी थिइन कि उनले शाहरुखलाई चिन्दा पनि चिनिनन् । अप्रिल १९९१ मा उनको मृत्यृ भयो ।

१६. आमाको मृत्युको पिडा भूल्नको लागि १ बर्षको लागि मुंबई आएका शाहरुख त्यहाँबाट कहिल्यै फर्केनन् ।

१७. १९९१ मा शाहरुखले मणि कौलकने टि.भी फिल्म इडियटमा नकारात्मक भूमिका निभाए । तर  पहिलो पटक क्यामरा फेस भने प्रदिप किशन र अरूंधती रायको फिल्म इन विच एनी गिब्स् इट दोज वन्स मा गरेका थिए । यद्यपी फिल्ममा उनको भूमिका कम गरिदिएको थियो 

१८. १९९१ मा उनले आफ्नो पहिलो फिल्म दिल आसना है को लागि हेमा मालिनीसँग गरेका थिए । तर मूख्य अभिनेताको रूपमा भने उनले २५ जुन १९९२ मा फिल्म दीवाना गरेका थिए ।

१९. राहुल नाम त सुनुभएको नै होला– डर, दिल तो पागल है, कुछ कुछ होता है, जमाना दिवाना, यस बोस, कभी खुसी कभी गम, चेन्नई एक्सप्रेस समेत ९ फिल्ममा शाहरुखको नाम राहुल थियो ।

२०. राजु नाम पनि शाहरूख प्रिय भयो । राजू, डीडीएलजे, बालशाह, मोहब्बते, रबले बनाएको जोडीमा उनको नाम यहि थियो । 

२१. कैयौँ पर्दामा उनको मृत्यु हुन्छ । बाजीगर, डर, अंजाम, दिलसे, राम जाने, डुप्लिकेट, देवदास, शक्ति, कल हो ना हो, ओम शान्ति ओम, रा–वन, करन अर्जुन जस्ता फिल्ममा उनको पुनर्जन्म पनि भएको छ । 

२२. शाहरुख धेरै मिहिनेत गर्नेमा चिनिन्छन् । उनी केवल ४–५ घण्टा मात्रै सुत्छन् । उनको चर्चित लाइन हो– सुत्नु भनेको जीवनलाई बर्बाद गर्नु हो । 
२३. शाहरुख आफ्नो छोरीको लागी एक किताब लेखिरहेका छन् । जसमा उनी अभिनय प्रति आफ्नो दुष्टिकोण बताउने छन् । अनुपम खेरको टिभी शो मा उनले आफ्नो किताबको नाम खुलासा गरे – टू सुहाना, अन एक्टिङ, फ्रम पापा । उनले यस शोमा यो पनि बताए की उनी आफ्नी छोरीलाई एक अभिनेत्रीको रुपमा देख्न चाहान्छन् । 

२४. उनी एक दशक समय भन्दा बढी आफ्नो जीन्दगीमा एक किताब लेखिरहेका छन् । उनले यसलाई निर्माता –निर्देशक महेश भट्टेको अनुरोधमा लेख्न सुरु गरे । 

२५. शाहरुख अनी सलमानले १९९६ मा ‘दुश्मन दुनिया’मा एकसाथ काम गरे । 

२६. पत्नि अनी बच्चाहरू बाहेक उनीसँग उनीकी दिदी लालारूख बस्छिन् । 

२७. दिलवाले दुल्हनीया ले जाएंगे को कथा सुनेपछि धेरैलाई लाग्यो की शाहरुख शाहरुखले फिल्म स्विकार गर्दैनन् । उनी सेफअली खानलाई लिने सोँचमा थिए । शाहरुख एक रोमान्टिक फिल्ममा काम गर्न चाहादैनथे । तर उनले फिल्म स्विकार गरे अनी फिल्मको एक्शन– फाइट सिन सँग जोडिए । 

२८. डीडीएलजे को सुटिङ खेतहरुमा गरीँदा जब किसानहरुले बिरोध गरे तब शाहरूखले खास हरियाणामा उनीहरुलाई यसको लागी राजी गरे । त्यसपछि ‘तुझे देखा तो ये जाना सनम’ सुट भयो । 

२९. डीडीएलजे को सुटिङको केहि भाग सुट गरेपछि उनी त्रिमूर्तीको पनि सुटिङमा समाबेश भएका थिए । 

३०. शाहरुख खानले फिल्म जोश मा ‘अपुन बोला...’ गीत पनि गाएका छन् ।

३१.एक युवाको रूपमा शाहरुख खान कुमार गौरवसँग भेट्न चाहान्थे । किनकी उनलाई लाग्थ्यो की उनी कुमार गौरव जस्तै देखिन्थे । 

३२. शाहरुख खानलाई फौजीको दौरान पहिलो पटक आफ्नो फ्यानको सामना गर्नु पर्यो । एक पटक उनी दिल्लीको पञ्चशिलमा थ्रीह्लिरमा गएका थिए । त्यतिबेला दुई महिला चिच्याए ‘हेर अभिमन्यु राय’ । फौजीमा उनको पात्रको यहि नाम थियो । 

३३. शाहरुखको पेशावरसँग पनि सम्बन्ध थियो । उनी १९७८–७९ मा त्यहाँ थिए । बीबीसीलाई दिएको एक अन्तरवार्तामा उनकी बहिनी नूर जहां ले बताइन् की उनी त्यहाँ आएर धेरै खुसी थिए । किनकी पहिलो मौका थियो जब उनी आफ्ना बुबाको परिवारसँग भेटेका थिए । भारतमा केबल उनकी आमाका परिवारसँग सम्बन्ध रहन्छ । 

३४. उनले रामलीलामा पनि काम गरेका छन् । छाबरा रामलीला नयाँ दिल्दी सँग । उनी बाँदर सेनामा रहन्थे । 

३५. रामलीलामा ब्रेकको समयमा उर्दूको शायरी भन्ने गर्थे । यसबापत उनलाई १ रुपैयाँ पुरस्कार प्राप्त हुन्थ्यो । 

३६. आफ्नो फ्यानबाट बच्नको लागी एक पटक उनलाई कारको डिक्कीमा पनि सवारी गर्नु परेको थियो । 

३७. लास एंजिल्समा एक स्टेज शो को बेला मैडोनालाई देखेर उनले आफ्नो स्टेप भुले । 

३८. बलिउडको एक कमेडी छ ‘आमिर सलमान शाहरुख’ जसमा आमिर, सलमान अनी शाहरुखका डुब्लिकेट ले काम गरेका थिए । 

३९. शाहरुख, आमिर अनी सेफले एकसाथ १९९३ मा फिल्म ‘पहला नशा’मा भूमिका निभाएका थिए । 

४०. बेंगलरूमा आफ्नो हजुरबुबा हजुरआमा सँगबस्ने समयमा उनका छिमेकी अभिनेता महमूद थिए । 

४१. शाहरुखलाई खेलौनासँग अहिले पनि धेरै लगाव छ । 

४२. शाहरुख बुबाको घरमा हिन्द भाषा बोल्दथे । यो पाकिस्तानमा बोलीने एक पन्जाबी बोली हो । 

४३. स्कुलको बेला उनी हिन्दीमा कमजोर थिए । जब उनलाई एकसमय १० मा दश अंक प्राप्त भयो उनकी आमा उनलाई देवानंदको फिल्म देखाउन लगीन् । 

४४. एक टिभी शो मा शाहरुखले बताए की जन्मपछि उनले पहिलो शब्द चम्पा बोलेका थिए । यो त्यो महिलाको नाम हो जो उनको छिमेकी थिइन् । 
४५. शाहरुखलाई उनको जन्ममा चाँदीको टप उपहारमा दिइएको थियो । 

४६. शाहरुखको ट्विटरमा करिब ३ करोड फलोअर छन् । 

४७. शाहरुखलाई फिल्ममा घोडासवारी अनी किसीङ सिनबाट डर लाग्छ । 

४८. उनका बुबा अनी बहिनी घोडासवारी गर्थे । दुबै भाइको नाम उनको बुबाका घोडाको नामबाट राखिएको थियो । 

४९. शाहरुख यस्ता पहिला बलिउड कलाकार हुन् जसलाई मलेशियाको प्रतिष्ठित पुरस्कार बाट सम्मान गरीयो । २०१४ मा उनलाई फ्रान्सको सर्वोच्च नागरीक पुरस्कार लिजन अफ अनर दिइयो । २००५ मा उनले पद्यम श्री पाए । यूनिभर्सिटि अफ एडिनबर्गबाट डाक्टर उपाधी पनि पाए । 

५०. १९९८ मा जी सिने अवार्डको लागी सर्वश्रेष्ठ अभिनेता चुन्ने समयमा उनले स्टेजमा सलमान खानलाई बोलाए अनी उनको तर्फबाट सबैको आभारी हुन भने । किनकी सलमानलाई लाग्छ की सबै अवार्डहरु शाहरुखले पाउँछन् उनले हैन । 

५१. २००४ मा शाहरुख खान टाइम म्यागजीनको कभरमा पनि आए । 

५२. फोब्र्स म्यागाजीनले शाहरुख खानलाई संसारको १० सर्वाधिक कमाई गर्ने अभिनेतामा आठौँ नम्बरमा राखेको थियो । 


 



Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

चुनावको मुखैमा एमाले अध्यक्ष केपी ओलीले किन लेखे यस्तो पत्र ?

 उनले लेखेका छन्, ‘अन्त्यमा यहाँहरू सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको समृद्धिको पक्षमा मतदान गर्नुहोस् र समृद्धिको महायात्रामा सहभागी बन्नुहोस् । यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौँला । धन्यवाद । उही तपाईंको केपी शर्मा ओली ।’

आज धनगढीको चुनावी सभालाई ओली र प्रचण्डले संवोधन गर्ने

८ मंसिर,कैलाली । संयुक्त चुनावी सभालाई संवोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् ।आज  आज मध्यान्न १२ बजे धनगढी स्थित कर्भड हलमा हुने चुनावी सभालार्इ ओली र प्रचण्डले संवोधन गर्नेछन् । 

प्रधानमन्त्रीले जब यसरी व्यंग गरे

८ मंसिर,काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीलगायत विकट र दुर्गम क्षेत्रको विकासलाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।  बिहीबार कालीकोट, रोल्पा, रुकुम लगायतका जिल्लामा सुरक्षा अवस्था

अन्तर्राष्ट्रिय

जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति

७ मंसिर । जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने निश्चित भएको छ । जिम्बाबेका सभामुखले शुक्रवार एमर्सनलाई नयाँ राष्ट्रपतिको रुपमा सपथ दिलाइने बताएका छन् । सत्तारुढ जानु पीएफ पार्टीले मनाङ्गाग्वा अर्को वर्षको सेप्टेम्बरमा हुने चुनावसम्मका लागि राष्ट्रपतिको बाँकी कार्यकाल सम्हाल्ने जनाएको छ ।

जिम्बाबेका राष्ट्रपति मुगाबेले दिए राजीनामा

६ मंसिर ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिएका छन् । ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन । उनको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । मुगावेको राजीनामा सम्बन्धी पत्र संसदमा सभामुखले पढेर 

​जर्मनीको राजनीतिक संकट : गठबन्धन सरकार बनाउने वार्ता भङ्ग

५ मंसिर, काठमाडौं । जर्मन चान्सलर एंगेला मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा आफूले ताजा चुनावको विकल्प रोज्ने बताएकी छन् । गठबन्धन सरकार बनाउने वार्ता भङ्ग भएपछि जर्मन राजनीतिक संकटमा फसेको छ । चान्सलर मर्केलले वार्ताहरु विफल भए पनि आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नदेखेको बताइन् ।

विचार / ब्लग

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । 

विप्लवको अराजनीतिक हर्कत, हिम्मत भए घोषणा गरेर युद्धमा जाउ, कायरता देखाएर आतंकित नपार

विष्णु पोखरेल
पछिल्लो समय निर्वाचनको माहोल नजिकिँदै जाँदा उमेद्वारहरूमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेका छन् । दैनिक तीनचारवटासम्म माइन विस्फोट भइरहेका छन् । हालसम्म कसैको मृत्यु भइनसकेको भएपनि आक्रमणको शैली कसैलाई तर्साउने हैन, घात लगाएर मार्ने उद्देश्यले नै आक्रमण गर्न खोजिएको देखिएको छ । पश्चिम रुकुममा माओवादी केन्द्रका उमेद्वार जनार्दन शर्मामाथि गरिएको बम आक्रमणबाट सुरु भएको यो सिलसिला रोल्पामा बर्षमान पुन,

‘जन्मभूमी’मा देउवाका पाँच गल्तीहरु : महाकाली सन्धिदेखि बस्ती विस्थापितसम्म !

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन । २०४८ सालदेखि हालसम्म उनले सुदुरपश्चिमबाट मात्रै चुनाव लडे । उनी कहिल्यै पराजित भएनन् । घाम पनि अस्तान मात्रै पश्चिम आउछ भन्ने नेपाली समाजका लागि डडेल्धुराजस्तो विकट पहाडी जिल्लाको व्याक्ति पटक–पटक प्रधानमन्त्री बन्नु सुदुरवासीका लागि गौरवकै विषय हो । 
Top