​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो


Saturday, 7 Jan, 2017 1:21 PM

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म २८ अप्रील १९३७ मा बगदादको उत्तर स्थितीत अल–ओजाको गाउँमा भएको थियो । किसान पिता उनी जन्मन भन्दा अगाडिनै भएको थियो ।
सद्दामसँग आम नरसंहारकारी हतियार रहेको आरोपमा १९ मार्च २००३ मा अमेरिकाले इराकमाथि आक्रमण सुरु गरेको थियो र सद्दाम बगदादबाट भागेर टिक्रिटनजिक पुगेका बेला १३ डिसेम्बर २००३ मा एक सुरुङभित्र पक्राउ परेका थिए। तर न त अमेरिकाले इराकमा छ भनेको आमनरसंहारकारी हतियार रहेको प्रमाण जुटाउन सक्यो, न इराकमा शान्ति स्थापना गर्न नै। बरु त्यहीँबाट सल्किएको आगो डढेलोमा परिणत भयो र हाल पूरा मध्यपूर्व त्यसको चपेटामा छ। बरु इराक युद्ध थालनी गरेका पात्रहरु नै एकएक गरी त्यो आक्रमण गल्ती भएको स्वीकार्न थालेका छन्।

यसै मेसोमा अमेरिकी गुप्तचर सँस्था सिआइएका एक पूर्वअधिकारी जोन निक्सनले यसै महिना एक पुस्तक प्रकाशन गर्दैछन्। २९ डिसेम्बरमा प्रकाशित हुने ‘डिब्रिफिङ द प्रेसिडेन्टः द इन्टोरोगेसन अफ सद्दाम हुसेन’ नामक सो पुस्तकमा लेखक निक्सनले यदि सद्दामको शासन नउल्ट्याएको भए इस्लामिक स्टेटको जन्म ‘असम्भव’ हुने दाबी गरेका छन्। त्यस्तै सद्दामका बारेमा सिआइए थुप्रै तथ्यहरुमा गलत रहेको निश्कर्ष पनि निक्सनले निकालेका छन्।

१६ डिसेम्बरमा ‘टाइम’ र १७ डिसेम्बरमा डेली मेलमा प्रकाशित उनको पुस्तकअंशका अनुसार निक्सन सद्दाम हुसेन पक्राउ परेपछि उनलाई सबैभन्दा सुरुमा सोधपुछ गर्ने व्यक्ति थिए। उनैले हातमा रहेको टाटु, गोडामा रहेको गोलीको खत र बाहिर निस्केको तल्लो ओठको आधारमा सद्दामको पहिचान गरेका थिए।

निक्सनका अनुसार १३ डिसेम्बर २००३ को मध्यरातपछि उनी पक्राऊ परेका सद्दाम हुसेनसामु पुगेका थिए। उनले अनुवादकमार्फत सोधेको पहिलो प्रश्न थियो, ‘तिमीले आफ्ना छोराहरुलाई अन्तिम पटक कहिले भेटेका थियौ?’ दुनियाँभर खतरनाक तानाशाहीका रुपमा चित्रित सद्दामले के उत्तर दिए त? डेली मेलमा प्रकाशित पुस्तक अंशको अनुदित र सम्पादित अंशः

सद्दामले मेरो प्रश्नको उपेक्षा गर्ने आशा मैले गरेको थिएँ तर उनको प्रतिउत्तरको आक्रमकताबाट म छक्क परेँ, ‘तिमीहरु को हौ? सैनिक गुप्तचर कि नागरिक गुप्तचर? उत्तर देऊ।’


‘मैले उनको टाटु र बाहिर निस्किने तल्लो ओठ पहिचान गरिसकेको थिएँ, अब गोलीको खत मात्र हेर्न बाँकी थियो।

हामी धेरै कुरा जान्न चाहन्थ्यौँ, सद्दाम कसरी बगदादबाट उम्किन सफल भएरु उनलाई कसले सहयोग गर्यो? तर उनी उत्तर दिँदैनथे। मन लागेको प्रश्नमा मात्र जवाफ फर्काउँथे।

‘तिमीहरु किन मलाई राजनीतिको प्रश्न सोध्दैनौरु मबाट तिमीहरुले धेरैथोक जान्न सक्छौ,’ उनी गर्जिए। पक्राउ पर्दा सैनिकहरुले गरेको दुव्र्यवहारबारे पनि उनी खुलेर बोलिरहेका थिए। उनी लामो समय गुनासो गरिरहे।

मलाई विश्वास लागिरहेको थिएन। मेरो अगाडि आफ्नै मान्छेलाई मार्नुअघि दोस्रो पटक नसोच्ने व्यक्ति केही धक्कामुक्कीको बारेमा गुनासो गरिरहेको थियो। उनले आफ्नो गोडाको चोट देखाउनका लागि कपडा माथि सारे। मैले एउटा पुरानो खत पनि देखेँ। त्यो गोलीको खत हो भनेर मैले सोधेँ। उनले स्वीकार गरे। त्यो अन्तिम प्रमाण थियो। हामीले सद्दामलाई पक्रेका थियौँ।

सद्दामलाई समात्नु ठूलो कुरा थियो तर अब उनको शासनका बारेमा सत्य पत्ता लगाउनु थियो। खासगरी नरसंहारकारी हतियारको बारेमा, जुन इराक आक्रमणको कारण बनेको थियो। तर उनको प्रतिक्रिया हामीलाई जिस्क्याउने खालको थियो।

‘तिमीहरुलाई सद्दाम हुसेनसम्म ल्याइपु¥याउने विश्वासघातीलाई भेट्यौ। उसैले नरसंहरकारी हतियार कहाँ छ भनेर बताएन?’ उनी यस विषयमा तात्तिए। अमेरिकीहरु अज्ञानी गुण्डाहरुको हूल भएको र उनीहरुले इराकलाई नबुझ्ने तथा उनीहरुको उद्देश्य इराक ध्वस्त पार्ने भएको उनले बताए।

‘इराक आतंककारी राष्ट्र होइन,’ उनले भने ‘बिन लादेनसँग पनि हाम्रो कुनै सम्बन्ध छैन र नरसंहारकारी हतियार पनि हामीसँग छैन । हामी हाम्रा छिमेकीहरुका लागि खतरा पनि थिएनौँ। तर अमेरिकी राष्ट्रपति बुसले इराकले उनको बाबुमाथि आक्रमण गर्न चाहन्छ र हामीसँग नरसंहारकारी हतियार छ भने।’

उनको उग्रतालाई बेवास्ता गर्दै हामीले उनले साउदी अरबमा रहेको अमेरिकी सेनामाथि नरसंहारकारी हतियार प्रयोग गर्नेबारे सोचेका थिए कि थिएनन् भनेर सोध्यौँ। ‘हामीले नरसंहारकारी हतियार प्रयोग गर्नेबारे कहिल्यै सोचेनौँ। यसबारेमा छलफलै भएन। संसारका विरुद्ध रासायनिक हतियार प्रयोग गर्नेरु हामीमाथि यो हतियार कसैले प्रयोग गरेन भने कसले चाहीँ प्रयोग गर्ला?’

त्यो कुरा सुन्ने आशा हामीलाई थिएन। उसोभए अमेरिका कसरी गलत हुन पुग्यो?

सद्दामसँग उत्तर थियोः ‘सुन्ने र बुझ्ने भावना त्यहाँ छैन– म आफैँलाई पनि यो आरोपबाट मुक्त गर्न चाहन्नँ।’ यो एक दुर्लभ आत्मस्वीकृति थियो। के उनी हामीसँग खेलिरहेका थिए? सत्यहरुलाई उल्टोपाल्टो गरिरहेका थिए?

मैले इरान–इराक युद्धका क्रममा कुर्दिस सहर हालाब्जामा सद्दामले प्रयोग गरेको रासायनिक हतियारको बारेमा सोधेँ। उनी क्रोधित भए। ‘म तिमी र तिम्रो राष्ट्रपतिदेखि डराउँदिन। म मेरो देश बचाउन जे गर्नुपर्छ त्यो गर्छु’ त्यसपछि उनले  मतिर फर्केर तिरस्कारपूर्वक भने, ‘तर त्यो निर्णय पनि मैले गरेको होइन।’


हामीले सोधपुछ अन्त्य गर्ने निर्णय ग¥यौँ। कोठाबाट बाहिरिँदै गर्दा सद्दामले मलाई फर्केर राँकिएको आँखाले हेरे। मैले जीवनमा धेरै मानिसलाई क्षुब्ध बनाएको छ। तर कसैले पनि मलाई त्यस्तो ज्यानमारा घृणाको साथ फर्केर हेरेको थिएन।

मभन्दा माथिका मानिसहरु हाम्रो प्रगतिबाट खुसी भएका थिए। यद्यपि सद्दामसँगको भेटपछि मलाई केही कुराले घोचिरहेको थियो। सद्दामको कुरामा केही सत्यता रहेको मेरो अन्तरात्माले बताइरहेको थियो।

उनी हलाब्जाका बारेमा खुसी थिएनन्। उनका अधिकारीहरुले रासायनिक हतियार प्रयोग गरेकामा होइन, बरु यसले इरानलाई प्रोपोगण्डाको आधार दिएकोले।

मलाई अचम्मित तुल्याउने कुरा यो मात्रै थिएन। उदाहरणका लागि, वर्षौँसम्मको सद्दामबारे मेरो अध्ययनमा टिक्रिटका उनका झड्केलो बाबुले सद्दामलाई पिट्ने गरेको कुरा मैले थाहा पाएको थिएँ र यसमा मलाई कुनै शंका थिएन। टाढैबाट सद्दामको बारेमा अध्ययन गरेका मनोविश्लेषकहरुले त्यही कारण उनी त्यति क्रुर भएको र आणविक हतियार प्राप्त गर्न लागिपरेको बताएका थिए।

तर सोधपुछका क्रममा सद्दामले हाम्रो धारणालाई उल्टोपाल्टो गरिदिए। उनले आफ्ना झड्केलो पिता सबैभन्दा दयालु व्यक्ति भएको बताएः ‘इब्राहिम हसन– इश्वरले उनको आत्मालाई शान्ति देओस्, –यदि उनीसँग कुनै गोप्य कुरा हुन्थ्यो भने पनि त्यसको साझेदार मलाई बनाउँथे। उनको आफ्नै छोरो इधामभन्दा म उनका लागि बढी प्रिय थिएँ।’


मैले सिआइएले उनका बारेमा विश्वास गर्ने अर्को तथ्यका बारेमा सोधेँ। सद्दामलाई ढाडको समस्या थियो र उनले रातो मासु र सिगार छोडेको कुरा सिआइएमा विश्वास गरिन्थ्यो। मैले जहाँसुकैबाट त्यो जानकारी पाएको भए पनि गलत भएको उनले बताए। आफूले दैनिक चार ओटा सिगार तान्ने र रातो मासु खुब मन पराउने कुरा उनले मलाई बताए। उनी अचम्मलाग्दोगरी स्वस्थ थिए।

सिआइएमा रहेको सद्दामको प्रोफाइलमा उनी एक नम्बरको झुठो थिए भन्ने बताइएको थियो। यद्यपि उनी एकदम स्पष्टतावादी लाग्दथे। उनले फलामे पकडका साथ इराकमा शासन गर्ने गरेको हाम्रो धारणा पनि गलत निस्कियो। आफ्ना अन्तिम वर्षहरुमा सद्दाम इराकभित्रै के भइरहेको छ भन्ने कुराबाट एकदम बेखबर रहेको हाम्रो सोधपुछबाट प्रमाणित भएको थियो। आफ्नो सरकारले के गरिरहेको छ भन्ने कुरामा उनलाई खास ध्यान थिएन र उनीसँग इराकलाई रक्षा गर्ने कुनै योजना पनि थिएन। आँउदै गरेको तुफानको विशालतालाई उनले बुझ्न सकेका थिएनन्।



सेप्टेम्बर ११ को आक्रमणमा आफ्नो संलग्नतालाई पनि सद्दामले तत्काल अस्वीकार गरे। ‘हेर, को संलग्न छ,’ उनले भने, ‘तिनीहरु कुन देशबाट आएका हुन्? साउदी अरब। र यो मुहम्मद अत्ता, के ऊ इराकी होरु होइन, ऊ इजिप्सियन थियो। तिमीहरु किन म त्यो आक्रमणम संलग्न थिएँ भन्ने सोच्छौ?’

वास्तवमा सद्दामलाई सेप्टेम्बर ११ को आक्रमणले इराक र अमेरिकालाई नजिक ल्याउँछ भन्ने कुरामा विश्वास थियो किनभने कट्टरपन्थका विरुद्ध लड्न अमेरिकालाई सद्दामको सेक्युलर सरकारको सहयोग आवश्यक थियो। उनी कति दुःखदायी तरिकाले गलत थिए।

सोधपुछका क्रममा प्रायः हामीले विष्फोटका आवाज सुन्थ्यौँ। सद्दामले अमेरिकी सैनिक अफ्ठ्यारोमा परेको निश्कर्ष निकालेका थिए र यो तथ्यबाट आनन्द उठाए। ‘तिमीहरु असफल हुँदै छौ,’ उनले भने, ‘इराकमाथि शासन गर्न सजिलो छैन भन्ने कुरा तिमीहरुले थाहा पाउनेछौ।’ इतिहासले उनलाई सही साबित गरेको छ। तर त्यसबेला उनी किन त्यस्तो सोच्छन् भन्ने कुराप्रति मलाई चासो थियो।

‘किनभने तिमीहरु भाषा, इतिहास र अरब मानसिकता बुझ्दैनौ,’ उनले उत्तर दिए, ‘यहाँको मौसम र यहाँको इतिहास नबुझी इराकी मानिसलाई बुझ्न कठिन छ। यो दिन र रात अनि जाडो र गर्मीको फरक हो। गर्मीका कारण नै इराकीहरुलाई हठी मानिन्छ।’

उनी हाँसे र थपे, ‘अर्को वर्षामा जब गर्मी चढ्छ, तिनीहरुले तिमीहरुविरुद्द विद्रोह गर्न सक्छन्। १९५८ को गर्मी पनि अलि चर्को थियो। १९६० को दशकमा पनि जब गर्मी चढ्यो तब क्रान्ति भयो। तिमीले यो कुरा राष्ट्रपति बुसलाई सुनाए हुन्छ।’सद्दामको आँखामा आँशु देखियो, जब उनका छोरीहरुको चर्चा चल्यो .


मसँगको कुराकानीमा सद्दामले एक पटक मात्र आफ्नो भावना व्यक्त गरे, जब हामी उनका दुई छोरी राना र रागिदका बारेमा कुरा गरिरहेका थियौँ।

उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो। ‘उनीहरुको सम्झनाले मलाई नराम्ररी सताउँछ,’ उनले भने, ‘उनीहरुसँग मेरो गजबको सम्बन्ध थियो। उनीहरु मलाई निकै माया गर्थे र म पनि उनीहरुलाई निकै माया गर्थेँ।’

सद्दामले आफ्ना दुई छोराहरु उदय र कुशयप्रति पनि आफूले गौरव गर्ने बताए। यद्यपि उनीहरुमा रहेको कमीप्रति सद्दाम सचेत थिए। कहिलेकाहीँ उनीहरुलाई सजाय दिनपर्ने आवश्यकता उनी पनि महसुस गर्थे।

खासगरी उनका लागि उदय एक समस्या थिए। उदयले बेन्टले, जगुवार र मर्सिडिजको झुण्ड रिपब्लिकन गार्डको सुरक्षामा राखेको थाहा पाएपछि उनी क्रुद्ध भएका थिए, ‘हामी इराकी जनतालाई कस्तो सन्देश दिँदै छौँ?’



त्यसपछि इराकमै कैयौँ पोस्टिङ र कैयौँ वर्षपछि मैले राष्ट्रपति बुसलाई आमनेसामने भएर सद्दामसँगको यथार्थ कुरा सुनाउन पाएँ। त्यतिञ्जेलसम्ममा सद्दामलाई फाँसी दिइसकिएको थियो।



सद्दाम सुरुमा वशमा ल्याउन सक्ने र तपाईंलाई सहज बनाउने इमान्दार खालको वाक्पटुता भएको व्यक्ति थिए भनेर मैले बताएँ।

मेरो उत्तर सुनेर राष्ट्रपति आफ्नो शान्ति गुमाउन लागेकाजस्तो देखिए। मैले तत्कालै वास्तविक सद्दाम व्यंग्यात्मक, अभिमानी र परपीडक थिए भनेँ। त्यसपछि बुस शान्त देखिए।

उनले उपराष्ट्रपति डिक चेनीको आँखामा हेरे र उनीहरुले परिचित तरीकाले आँखा जुधाए। म निस्किँदै गर्दा उनले मजाक गरे, ‘सद्दामले एन्थ्रेक्सका सिसी कहाँ राखेको छु भनेर तिमीलाई बताएनन् भन्ने कुरामा तिमी ढुक्क छौरु’ सबैजना हाँसे तर मलाई उनको मजाक अनुचित लाग्यो। अमेरिकाले इराकमा ४ हजार सैनिक गुमाएको थियो।


थुप्रै महिनापछि मलाई फेरि ह्वाइट हाउसमा डाकियो। यसपटक राष्ट्रपति रिसाइरहेका देखिन्थे र उनले सिया अधिकारी मुक्तदा अल सदरका बारेमा बताउन भने, जुन एजेन्डामै थिएन। अल सदर गठबन्धन सेनाविरुद्ध अभियान सञ्चालन गरिरहेका थिए। केही समय आर्जन गर्ने उद्देश्यले मैले भनेँ, ‘वेल, यो ६४ हजार डलरको प्रश्न हो।’ बुसले मलाई हेरे र भने, ‘तिमी यसलाई किन ७४ हजार डलरको प्रश्न बनाउँदैनौरु अथवा तिम्रो जति तलब छ त्यति नै बनाएर यसको उत्तर किन दिँदैनौ?’ कस्तो गधा

आफ्नो २०१० को सँस्मरणमा बुसले लेखेः ‘इराकबारेको गलत सूचनाका लागि मैले सिआइएका मेहनती देशभक्तहरुको आलोचना नगर्ने निर्णय गरेको छु।’ तर उनले ठ्याक्कै त्यही गरे। उनले जति पनि गलत भए त्यसको दोष सिआइएलाई दिए र यसको विश्लेषणलाई ‘अनुमान’को संज्ञा दिए, जबकि उनले आफूले सुन्न चाहेको बाहेक कुनै कुरा सुनेका थिएनन्।

सद्दाम निर्दोष थिए भन्न म चाहन्नँ। उनी निर्दयी तानाशाह थिए, जसले सो क्षेत्रमा रक्तपात र अराजकता निम्त्याए। तर परिस्थितिलाई नियाल्दा बर्दी पहिरिएका त्यत्तिका व्यक्तिको प्रयास असफल हुनु र इस्लामिक स्टेटको उदय हुनुभन्दा बुढो हुँदै गएको असम्बद्ध सद्दामलाई शक्तिमा रहेको कल्पना गर्नु आरामदायी लाग्छ। इराकको पुननिर्माणमा खर्च भएको २।५ ट्रिलियन पाउन्डको त कुरै भएन। एजेन्सीको सहयोगमा 



Nmc

bijuli

paicho

bussewa

राजनीति

प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्री तथा विज्ञसँग भेट, चिन भ्रमणको बारेमा छलफल

१० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण थाल्नुअघि पूर्व प्रधानमन्त्री तथा विज्ञसँग छलफल गरेका छन । प्रधानमन्त्री दाहालले सरकारी

चुनावबारे निर्णय लिन वैद्य माओवादीद्धारा केन्द्रीय समितिको बैठक आव्हान

१०,चैत,काठमाडौं ।  मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय निकायको चुनावसम्बन्धी निर्णय लिनका लागि केन्द्रीय समितिको विस्तारित बैठक आव्हान गरेको छ । बुधबार पार्टी कार्यालय बुद्धनगरमा बसेको

​डडेल्धुुराको निर्वाचन कार्यालयमा चुनावको तिव्र तयारी

१० चैत, डडेल्धुरा । वैशाख ३१ गते हुन गइरहेकोे स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले सबै किसिमका तयारी तीव्र पारेको छ । डडेल्धुरा निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने, दल दर्तासहित मतदानस्थल निर्धारण कार्य 

प्रवास/अन्तर्राष्ट्रिय

​लण्डन हमलामा संलग्न रहेको आशंकामा ८ जना पक्राउ

१० चैत । लण्डन हमलाको अनुसन्धानका क्रममा वरिष्ठ प्रतिआतंकवादी अधिकारीहरुले ६ घरमा छापा मारी आठ जनालाई पक्रन सफल भएको छन् । पक्राउ पर्नेहरू लण्डनमा गरिएको आतंकवादी हमलामा संलग्न भएको अनुमान गरी अनुसन्धान भइरहेको छ ।

बेलायती प्रधानमन्त्री टेरेसा मेद्वारा लन्डन आक्रमणको कडा शव्दमा निन्दा

१० चैत्र, लन्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले गतः बुधबार राति राजधानी लन्डनको संसद् भवनबाहिर एक जना आतङ्ककारीले सर्वसाधारण उपर जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणको घोर निन्दा गरेका छन । उक्त आक्रमण, लन्डनको इतिहासमा सन् २००५ 

सात वर्षीय ‘आत्मघाती’ लडाकु ! चेल्सी फुटबल क्लवको जर्सीभित्र आत्मघाती बम

१०,चैत,बग्दाद । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट आइएस विरुद्ध इराकमा सुरक्षा फौजले निर्णायक कारवाही गरिरहेकै समयमा बालबालिकालाई समेत आइएसले आत्मघाती बनाउन थालेको रहस्य सार्वजनिक भएको छ । हालै इराकी सेनाले एक सात वर्षीय बालकलाई 

बिचार

ओली र नेपालले यसरी गराएका थिए राष्ट्रघाती महाकाली सन्धि : एमालेकै नेताको बयान

केपीले असहमति जनाएका हुन्थे भने माधवले मात्र राष्ट्रघाती कदम अनुमोदनको हिम्मत गर्ने थिएनन् । पछि झलनाथ खनाललगायत अन्य नेताहरुलाई पनि माधव–केपीहरुले मनाए । मनमोहन अधिकारी अन्तिम समयसम्मै सम्झौताको विरोधमा थिए । पार्टीभित्र विवाद चुलिएपछि एमाले केन्द्रीय कमिटी बैठकमा पक्षरविपक्षमा भोटिङ गर्नुपर्ने अवस्था आयो । २०५२ साल माघ पहिलो हप्ता महाकाली सन्धिबारे एमालेमा अग्निपरीक्षा भयो । 

​स्मरण रहोस क्याम्पस युद्ध अभ्यास गर्ने अखडा होइन

एलिजा उप्रेती
विचार/टिप्पणी ।
 स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिदै गर्दा विभिन्न क्याम्पसहरुमा झडप, आगलागी जस्ता घटना हुनु समान्य जस्तै भइसकेको छ । एकअ हिसवाले क्याम्पसहरुमा आगो लगाउनु र विद्यार्थी संगठनका कार्यकर्ताहरुले एकआपसमा भिडन्त गर्नु 

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

Top