१३ औँ साग : यी हुन् आज हुने १२ खेल


Monday, 2 Dec, 2019 10:33 AM
१६ मंसिर, काठमाडौं । सागमा सोमबार तेक्वान्दो, कराँते, पुरुष फुटबल, ब्याडमिन्टन, भलिबल, खो(खो, महिला क्रिकेट, टेबल टेनिस, टेनिस, गल्फ, ट्रायथलन र उसुको प्रतिस्पर्धा हुँदै छन्। ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन पोखरामा हुनेछन् भने अन्य खेल काठमाडौंमा हुनेछन्। सोमबार तेक्वान्दो, कराते, ब्याडमिन्टन र ट्रायथलनमा स्वर्णको छिनोफानो हुनेछ।


पुरुष फुटबल : पुरुष फुटबलमा सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा बंगलादेश र भुटान तथा दोस्रो खेलमा माल्दिभ्स र श्रीलंका भिड्नेछन्। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंंगशालामा हुनेछन्। बंगलादेश र भुटानबीचको पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ। माल्दिभ्स र श्रीलंकाबीचको दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ।

भलिबल : भलिबलमा महिला र पुरुष दुवै स्पर्धामा कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। सेमिफाईनलमा हारेका दुई टिम तेस्रो स्थानका लागि भिड्नेछन्। पुरुष भलिबलमा तेस्रो स्थान हासिलका लागि बंंगलादेश र श्रीलंका भिड्नेछन्। त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ। महिला भलिबलमा तेस्रो स्थानका लागि श्रीलंका र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन्। खेल अपराह्न ४ बजे सुरु हुनेछ।

खो खो : खो–खोमा दोस्रो दिन पुरुष स्पर्धामा श्रीलंका र बंगलादेश तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ। श्रीलंका र बंगलादेश अहिले बिहान ९ बजे र नेपाल र भारत बिहान १० बजे प्रतिस्पर्धा गर्नेछन्। कीर्तिपुरको नयाँ बजारमा सोही दिन श्रीलंका र नेपाल अपराह्न ४ बजे र भारत र बंगलादेश साँझ ५ बजे भिड्नेछन्। महिला स्पर्धामा नेपाल र भारत बिहान ११ बजे र श्रीलंका र बंगलादेश मध्यान्न १२ बजे प्रतिस्पर्धा गर्नेछन्। सोही दिन श्रीलंका र नेपाल साँझ ६ बजे र भारत र बंगलादेश साँझ ७ बजे भिड्नेछन्। आइतबार नेपालका दुवै टिमले सफलता हात पारेका थिए। नेपालको पुरुष र महिला टिमले बंगलादेशलाई हराएका थिए।

कराँते : सागअन्तर्गत कराँते सोमबार सुरु हुनेछ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा हुने खेल अहिले बिहान ९ बजे सुरु हुनेछ । सोमबार ५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। जसमा नेपालका ९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

तेक्वान्दो : सागमा नेपालले सर्वाधिक स्वर्णको आशा गरेको तेक्वान्दो सोमबार सुरु हुँदै छ। सातदोबाटोस्थित तेक्वान्दो हलमा खेल बिहान ९ बजे सुरु हुनेछ। तेक्वान्दोमा सोमबार सर्वाधिक १३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

ब्याडमिन्टन : पोखरामा हुने ब्याडमिन्टनतर्फ सोमबार पुरुष टिम इभेन्ट र महिला टिम इभेन्टको सेमिफाइनल र फाइनलको खेल हुँदै छ। नेपालले सेमिफाइनलमा श्रीलंकासंग प्रतिष्पर्धा गर्नेछ। नेपालको लागि पुरुष टिम इभेन्टमा दीपेश धामी, प्रिन्स दाहाल र रत्नजित तामाङले खेल्ने छन् भने महिला टिम इभेन्टमा रसिला महर्जन, नङ्सल तामाङ र जेसिका गुरुङले प्रतिस्पर्धा गर्ने छन्। यस्तै टिम इभेन्टको फाइनल खेल पनि भोलि नै हुने छ। सेमिफाइनल पुगेको नेपालले यसअघि नै टिम इभेन्टमा पदक पक्का गरिसकेको छ। सेमिफाइनलको खेल पोखरा रंगशालाको कभर्ड हलमा बिहान १० बजे सुरु हुनेछ।

महिला क्रिकेट : पोखरामा हुने महिला क्रिकेटमा नेपालले सोमबार माल्दिभ्सको सामना गर्नेछ। पोखरा रंगशालामा हुने खेल बिहान ११ बजे सुरु हुनेछ। यस खेल नेपाली महिला क्रिकेट टिमका लागि घरेलु मैदानमा पहिलो अन्तराष्ट्रिय खेल समेत हुनेछ। महिला क्रिकेटको १२ वर्षे इतिहासमा महिला क्रिकेट टिमले घरेलु मैदानमा अन्तराष्ट्रिय खेल खेल्ने अवसर पाएको छैन। टेबल टेनिस स् टेबल टेनिसका खेल सोमबारबाट सुरु हुनेछ। बिहान १० बजे औपचारिक उद्घाटन गरेर टेबल टेनिसका खेलहरुको सुरुवात गरिनेछ। खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुनेछ।

टेनिस : लन टेनिसको प्रतिस्पर्धा पनि सोमबारबाट सुरु हुनेछ । सातदोबाटोस्थित टेनिस कोर्टमा नेपालले महिला तथा पुरुष दुवैतर्फ प्रतिस्पर्धा गर्नेछ । बिहान नेपालले टिम इभेन्टको पुरुष र महिलामा क्वाटरफाइनल खेल खेल्नेछ। पुरुषतर्फ नेपालले बंगलादेशको सामना गर्नेछ भने महिलातर्फ माल्दिभ्सको सामना गर्दै छ।

गल्फ :  साग अन्तर्गत गल्फ सोमबारबाट सुरु हुनेछ। गल्फको प्रतिस्पर्धा गोकर्ण गल्फ क्लबमा हुनेछ।

उसु : उसुको औपचारिक उद्घाटन सोमबार हुनेछ। उद्घाटन लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ।

ट्रायथलन : पोखरामा आयोजना हुने ट्रायथलन खेलको प्रतिस्पर्धा सोमबार बिहान हुनेछ। सोमबार ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलंका र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन्। पुरुषतर्फ नेपालका नितेश मानन्धर र बशन्त थारु तथा महिलातर्फ सोनी गुरुङ र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्ने छन्।

 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top