syangyong

​सगरमाथा आरोहणमा कामीरिताको नयाँ कीर्तिमान


Wednesday, 16 May, 2018 5:05 PM
२ जेठ, काठमाडौ । नेपाली पर्वतारोही कामीरिता शेर्पा बुधवार बिहान सगरमाथाको चुचुरोमा पुगेको नेपाल सरकारले खटाएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताएका छन्।

अठचालीस वर्षीय शेर्पाको बाइसौँ आरोहणसँगै सगरमाथा आरोहणको इतिहासमा नयाँ कीर्तिमान स्थापित भएको छ।

यसअघि आप्पा शेर्पा, फुर्वाटासी शेर्पा र उनले २१ पटक सगरमाथा चढेको कीर्तिमान थियो। तर आप्पा र फुर्वाटासीले पर्वतारोहणबाट यसअघि नै अवकाश लिइसकेका छन्।

श्रेष्ठका अनुसार कामीरिता अहिले तल्लो शिविरतिर ओर्लिँदै छन्।

एकै दिन ४० जना
अधिकारीहरूका अनुसार बुधवार ४० भन्दा बढी पर्वतारोहीले सगरमाथाको आरोहण गरेका छन् ।

यो सँगै यो याममा झन्डै एक सय जना आरोहीहरू सगरमाथाको शिखर पुग्न सफल भएका छन् ।

यो याममा झन्डै पाँच सय गाइड र शेर्पाहरूको सहयोगमा तीन सयभन्दा बढी पर्वतारोहीहरूले सगरमाथा आरोहणको प्रयास थालेका थिए ।

मौसम
तर आरोहणका लागि मौसम अनुकूल हुन नसकेको अधिकारीहरू बताउँछन् ।

सगरमाथाको शिखरतिर हिँडेका एक सयभन्दा बढी पर्वतारोहीहरू प्रतिकूल मौसमका कारण मङ्गलवार राति बाटोमै अड्किएको बताइएको छ ।

श्रेष्ठ भन्छन्, ‘तर आज बिहान राम्रो मौसम भएका कारण धेरै आरोहीहरूले शिखरसम्म पुग्ने मौका पाए ।’

२५ पटकको लक्ष्य
एप्रिलको पहिलो साता आधार शिविर पुगेका कामीरिताले मे २९ मा सगरमाथा आरोहण गर्ने लक्ष्य बनाएका थिए ।

‌कीर्तिमानी आरोही
यस पटकको अभियान थाल्नुअघि एउटा विदेशी समाचार संस्थासँग कुरा गर्दै २५ चोटि सगरमाथाको चुचुरोमा पुग्ने इच्छा व्यक्त गरेका थिए ।

उनले भनेका थिए, ‘यो वर्ष कीर्तिमान राख्न सफल भए पनि म सगरमाथा चढिरहनेछु । म २५ पटक सगरमाथाको आरोहण गरेर इतिहास बनाउन चाहन्छु ।’

कामीरिताले सन् १९९४ मा सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए ।
 


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

देवानी र अपराध संहिता विषयमा भ्रमपूर्ण प्रचार नगर्न प्रधानमन्त्रिको आग्रह

३१ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय ध्रम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, “मुलुकी देवानी र मुलुकी अपराध संहिता लागू गर्ने कुरामा निकै भ्रमपूर्ण हल्ला चलाइएको छ, तर यो त पोहोर साल नै व्यापक छलफल गरेर संसद्ले पारित गरेको

कानूनमन्त्री भानुभक्त ढकालको विधेयक पेश

३१ साउन, काठमाडौंँ । आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ पेश गरेका छन्। बैठकसमक्ष विधेयक पेश गर्दै मन्त्री ढकालले अपराध पीडितको हक संरक्षण, क्षतिपूर्ति र उनीहरुलाई समाजमा पुनस्र्थापित हुन विधेयकले मद्दत पु¥याउने बताए । बैठक राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको अध्यक्षतामा बसेको थियो । राष्ट्रियसभाको अर्को बैठक भदौ ४ गते बिहान 

​गृहमन्त्री र वनमन्त्रीबीच छलफल

३१ साउन, काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गृहमन्त्री रामबहादुर थापासँग जाजरकोटमा भएको क्षतिका विषयमा छलफल गरेका छन् । बुधबार भएको छलफलमा क्षतिको यकिन विवरण राहत र पुनःस्थापनाका कार्यक्रम तत्काल बुझेर घोषणा गर्ने विषयमा छलफल भएको मन्त्री बस्नेतले जानकारी दिए। जिल्लाको सबै ठाउँमा असिनाका कारण बालीनालीमा भएको क्षति, बाढी पहिरोबाट भएको क्षति लगायत विवरण स्थानीय 

अन्तर्राष्ट्रिय

‘बोल्ड डिसिजन’ गर्दै मलेसियाका प्रधानमन्त्री महाथिर : चीनको अर्बौँ डलर सहयोग नलिने !

२८ साउन, काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनियाँको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिए।अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई ऋणको बोझबाट मुक्त राख्ने प्रयासमा महाथिर छन्।

​पूर्व मुख्यमन्त्री करुणानिधिको अन्त्येष्ठिका विषयमा विवाद

नयाँ दिल्ली । भारतको तमिलनाडु राज्यका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको अन्त्येष्ठिका विषयमा विवाद भएको छ । चेन्नइस्थित कावेरी अस्पतालमा उपचाररत करुणानिधिको ९४ वर्षको उमेरमा हिजो निधन भएको हो । 

​इरानमाथि नयाँ प्रतिवन्ध लगाउँदै अमेरिका, मनोवैनिक युद्ध भएको इरानको प्रतिक्रिया

२२ साउन, न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताबाट हटेपछि नयाँ प्रतिबन्धको घोषणा गर्न लागेका छन् ।यो प्रतिबन्ध केही घण्टापछि लागु हुने जनाइएको छ । नयाँ प्रतिबन्ध अटोमोबाइल क्षेत्रसँगै इरानको सुन र बहुमुल्य धातुको व्यापारमा सम्बन्धित छ ।आर्थिक दबाबका कारण इरान नयाँ सम्झौताका लागि तयार हुने र आणविक गतिविधि रोक्ने ट्रम्पको विश्वास छ ।अमेरिकी राष्ट्रपतिले प्रतिबन्ध 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top