siddhartha

सहज छैन शीर्ष नेतालाई, कस्तो छ प्रदेश ४ को अवस्था ?


Wednesday, 15 Nov, 2017 7:58 AM
२९ कात्तिक ,काठमाडौँ ।  प्रधानमन्त्री बनिसकेका, पटकपटक प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरेका, बारम्बार मन्त्री भएका, युवा नेतादेखि डन को समेत पहिचना बनाएका उम्मेदवार प्रदेश न. ४ का जिल्लाम चुनावी मैदानमा छन् । उनै चर्चित उम्मेदवारका कारण यी जिल्लाको निर्वाचन परिणामप्रति  धेरैको चासो छ ।
लोकतान्त्रिक र वाम गठबन्धनबाट उम्मेदवार बनेका हेभीवेट नेताको आरजितको आलन अहिले धेरैतिर चलिरहेको छ । माओवादी छाडेर नयाँ शक्तिको संयोजनगरेका डा. बाबुराम भट्राई र अर्का नेता नारायणकाजी श्रेष्ठका कारण गोरखा सबैभन्दा बढी चर्चामा छ ।

दुवै नेता चर्चित भएका कारण उनीहरुमध्ये कसले जित्ने भन्ने अनुमान गर्न सहज छैन । त्यस्तै तनहुँ कांग्रृसका वरिष्ठ नेता रामचन्द्र पौडेलका कारण चर्चामा छ । पटकपटक प्रधानमन्त्रीको दाबेदार बनिसकेका पौडेलका लागि पाटृिको आन्तरिक गुटबन्दीले अप्ठ्यारो पारिदिएको छ ।
युवा नतो रवीन्द्र अधिकारीका कारण कास्कीले थोरै भए पनि चर्चा बटुलेको छ । नागरिकमा खबर छ ।


Ruslan

paicho

bussewa

राजनीति

​काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार

९ फागुन, काठमाडौ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहीबार फागुन १० गते बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी संसदीय दलको विधानलगायत समसामयिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

संघीय संसदका सांसदको सपथग्रहण फागुन २० गते

९ फागुन, काठमाडौं । संघीय संसदका सांसदहरुको सपथग्रहण फागुन २० गते हुनेभएको छ । संसद सचिवालयले बुधबार सूचना प्रकाशित गरी फागुन २० गते अपरान्ह ४ बजे संघीय संसदको प्रतिनिधिसभा बैठक कक्षमा पद तथा गोपनीयताको सपथ ग्रहण हुने जनाएको छ । संघीय संसदमा प्रतिनिधिसभाका

मन्त्रालय भागवण्डा गर्न ओली प्रचण्ड छलफलमा

९ फागुन, काठमाडौं । मन्त्रिपरिषद बैठकलाई पूर्णता दिन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । प्रस्ताविन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय समेत रहेका ओली र प्रचण्डबीच मन्त्रालय बाँडफाँडको

अन्तर्राष्ट्रिय

​रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्नेबारे म्यानमारमा द्विपक्षीय बैठक

९ फागुन, एजेन्सी । बंगलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच मङ्गलबार छलफल भएको समाचार छ । यसअघि बंगलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । उक्त सहमतिको पूर्ण कार्यान्वयन नभए पनि केही शरणार्थीहरु स्वदेश फर्केका छन् । 

सिरियामा हवाई हमला, बालबालिकासहित ७७ जनाको मृत्यु

८ फागुन, काठमाडौं । सिरियाको राजधानी दमास्कसनजिक सरकारी सेनाले गरेको हवाइ आक्रमणमा ७७ जनाको मृत्यु भएको छ ।  ३ सय जना घाइते भएका छन् । सरकारी सेनाले विद्रोहीलाई मारेको दावी गरे पनि मृत्यु हुनेमा २० जना बालबालिका र सर्वसाधारण छन् । राजधानी दमासकस नजिक गुटा भन्ने स्थानमा हवाइ र रकेट आक्रमण गरिएको हो । 

अमेरिकी राष्ट्रपति बन्दुक राख्न पाउने नियम सुधार गर्ने पक्षमा

८ फागुन,वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बन्दुक राख्न पाउने नियममा सुधारको पक्षमा समर्थन जनाएका छन् । नागरिकलाई बन्दुक राख्न इजाजत दिनु अघि उसको पृष्ठभूमिलाई सूक्ष्म ढंगबाट जाँच गर्नु पर्ने प्रस्तावमा उनले समर्थन गरेका हुन् । ह्वाइट हाउसकाअनुसार ट्रम्पले रिपब्लिकन सीनेटर जोन कार्निङले प्रस्तुत 

विचार / ब्लग

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 

१२ वर्षपछि प्रचण्डले सम्झिएकी दिपा

आफ्नो बच्चा बिरामी भएर धौलागिरी अन्चल अस्पताल बागलुङमा उपचार गराउँदै थिइन् दिलमाया रोका दिपा । बिहानको समय, त्यस्तै सवा आठ भएको हुँदो हो, उनको मोवाईलमा घण्टी वज्यो । उनले मोवाईल हेरिन कुनै परिचित नम्वर त थिएन, तै पनि फोन उठाईन । उनले हेलो भन्दा नभन्दै उताबाट आवाज आयो कतै परिचित जस्तो । हेलो दिपा जि हो ?

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :
Top