​नयाँ संविधान २०७२ को प्रचार प्रसार अभियान पाल्पामा पनि सुरु


Monday, 14 Dec, 2015 12:57 PM
२८ मंसिर,काठमाडौं ।     नयाँ संविधान २०७२ को प्रचार प्रसार अभियान पाल्पामा शुरु भएको छ । संविधान सभाका ९० प्रतिशत जनप्रतिनिधीहरुले जारी गरेको नयाँ संविधानको विशेषताहरुको बारेमा स्थानीय शान्ती समितीले पाल्पाका ३ वटै निवार्चन क्षेत्रमा प्रचार प्रसारको अभियान शुरु गरेको हो ।

संविधान जारी गरेको ३ महिना पछि सरकारी निकायहरु संविधानको प्रचार प्रसार अभियानमा लागेका हुन । नयाँ संविधानमा भएका राम्रा राम्रा कुराहरु जनताको माझमा लैजाने, देखिएका कमिकमजोरी तथा गुनासोहरु टिपोट गर्ने सदनमा छलफलको लागी लैजाने अभियानका साथ संविधानको प्रचार प्रसार अभियान थालिएको हो । नयाँ संविधान प्रचार प्रसार अभियानको शुभारम्भ गर्दै उधोगमन्त्री सोम प्रसाद पाण्डेले नेपालको संविधान २०७२ संसारकै उत्कृष्ट संविधान भएको जनताको आवश्यकता माग अनुसार परिमार्जन गर्दै जाने बताउनु भयो ।  

    सांसद तुलसा रानाले नेपालका जारी भएका संविधानहरु मध्ये अहिलेको संविधान उत्कृष्ट, व्यबहारिक, अग्रगामी, महिला मैत्रि भएको बताउनु भयो ।नयाँ संविधान अनुशिक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, स्थानीय शान्ती समितीका सदस्य यादव बहादुर रायमाझी, नागरिक समाजका अध्यक्ष बासुदेव अर्यालले हाल सम्मको नेपालको संविधान, नयाँ संविधानमा भएका मुख्य मुख्य बिशेषताहरु मौलिक हक, आदिवासी, जानजाति, दलित पिछडा बर्गका हक अधिकारको बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा स्थानीय विकास अधिकारी कृष्ण प्रसाद पाण्डेले जनता लाई नयाँ संविधान जानकारी गराउने उद्देश्यले स्थानीय शान्ती समिती लाई २ सय ५० थान नयाँ संविधान हस्तानतरण गर्नुभयो ।

अनुशिक्षण कार्यक्रममा पाल्पाका राजनितिक दल, दलका भातृ संघ संघठन, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधीहरु, गाविस स्तरका शान्ती समितीका संयोजकहरु, पत्रकार, मानवअधिकारकर्मी, कानुन व्यबसायी, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top