संविधान दिव मनाउने की नमनाउने भन्ने विषयमा प्रदेश २ मा विवाद


Sunday, 8 Sep, 2019 11:45 AM
२२ भदौ जनकपुर । असोज ३ गते नजिकिदै गर्दा प्रदेश नम्बर २ को सत्तारुढ दलहरु संविधान दिवस मनाउने वा नमनाउनेमा दुई कित्तामा विभाजित भएका छन् । प्रदेश २ सरकारले मन्त्रिपरिषद्बाटै संविधान दिवस मनाउने निर्णय गरेपछि सत्तारुढ दलहरुभित्र विवाद देखिएको हो ।
संविधानसभाबाट संविधान जारी भएपछि आन्दोलनरत मधेशवादी दलहरुले विरोधस्वरुप संविधान जलाएका थिए । देशका बाँकी भागमा दिपावली गरिरहँदा तराई–मधेशमा भने ‘ब्ल्याक आउट’ गरिएको थियो । त्यसयता, मधेशवादी दलहरुले असोज ३ लाई कालो दिवसको रुपमा मनाउँदै आइरहेका छन् । मधेश आन्दोलनले उठाएका मागहरु सम्बोधन नभएको भन्दै उनीहरुले संविधान संशोधनको माग उठाइरहेका छन् ।

यसपटक भने मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वको प्रदेश नम्बर २ को सरकारले संविधान दिवस मनाउने तयारी गरेपछि सत्तारुढ दलहरु कित्तामा विभाजित भएका छन् ।

गत वर्ष संविधान दिवसलाई वेवास्ता गरेको सरकारले यसपटक भने संविधान दिवस औपचारिकरुपमा मनाउने तयारी गरेको छ । तर, सत्ता सहयात्री राजपा नेपालले भने संविधान दिवसको विरोध गर्दै मनाउने कार्यक्रम घोषणा गरिसकेको छ ।

प्रदेश नम्बर २ सरकारका मन्त्रीपरिषद्का सदस्यहरु अहिले संविधान दिवस मनाउने वा नमनाउने विषयलाई लिएर धु्रवीकृत बनेका छन् ।

मुख्यमन्त्री राउतलगायत समाजवादी पार्टीबाट बनेका मन्त्रीहरु २२ भदौ जनकपुर । प्रदेश नं. २ मा संविधान दिवस मनाउने की नमनाउने भन्न्ेबारे विवाद देखिएको छ । नेकपा तथा कांग्रेसी दल संविधान दिवस मनाउने पक्षमा छन् भने सत्ता सहयात्री राजपा नेपालका मन्त्रीहरु संविधान दिवसका दिन विरोध दिवस मनाउने अडानमा छन् । 

राजपा नेपालले संविधान दिवसलाई विरोध दिवसकै रुपमा मनाउने निर्णय गरेपछि प्रदेश २ सरकारमा सहभागी राजपा नेपालका मन्त्रीहरुसमेत पार्टीकै लाइनमा अगाडी बढ्ने बताउँदै आइरहेका छन् ।

प्रदेश नम्बर २ सरकारमा राजपा नेपालको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश २ सरकारले असोज ३ गते संविधान दिवस औपचारिकरुपमा मनाउनेबारे आफू लगायत राजपा नेपालका कुनै पनि मन्त्रीलाई जानकारी नगराइएको बताउँछन् । प्रदेश २ सरकारको मन्त्रीपरिषद्बाट संविधान दिवस भव्यतापूर्वक मनाउने निर्णय गरिएको दिन राजपा नेपालबाट मन्त्री बनेकाहरुको उपस्थिति नरहेको उनको दावी छ ।

संविधान संशोधनको मुद्दा यथावत नै रहेकोले यथास्थितिमा संविधान दिवसका दिन हर्षोल्लास गर्न सक्ने स्थिति नरहेको मन्त्री सोनलले बताए । मन्त्री सोनलले भने, ‘जुन संविधान जारी गर्नका लागि मधेशी जनता माथि लाठी चार्ज गरियो, कर्फ्यु लगाइयो, गोली दागियो, त्यसमा रहेका विभेदपूर्ण बुँदा संशोधन नभएसम्म हामी विरोधस्वरुप विरोध दिवस मनाउछौँ ?’

यता, प्रदेश नम्बर २ को सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले भने संविधान दिवस मनाउनुु पर्ने बताए । उनले भने, ‘प्रदेश सरकारले संविधान दिवस औपचारिकताका लागि भएपनि मनाउनु नै पर्ने हुन्छ ।’
मन्त्री यादवले प्रदेश सरकारले संविधान दिवस मनाउने निर्णय राजपा नेपालका मन्त्रीहरुलाई पनि जानकारी गराइने बताए । 
उनले संविधान दिवस मनाउदैमा संविधान संशोधनको मुद्दा छाडेको रुपमा अर्थ्याउन नमिल्ने जिकिर गरे ।


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

प्रधानमन्त्री ओलीलाई हटाउने तयारी

१५ फागुन, काठमाडौँ ।
नेकपाका स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ‍ओलीले  बुधबार बसेको सचिवालय बैठकको निर्णय नमाने ओलीलाई प्रधानमन्त्रीबाटै हटाउने गृहकार्य भएको छ ।

संकटमा प्रधानमन्त्री, निर्णय उल्टाए गम्भिर अवस्था आउने चेतावनी

१५ फागुन, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेसँगै नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्रीले भने मेराविरुद्ध खेल भए, मुकाबिला गर्न तयार छु

१४ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध षड्‌यन्त्र भएको बताएका छन् । बुधबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओली षड्‌यन्त्रपूर्वक चालिएका खेलहरूको  मुकाबिला गर्न आफू तयार रहेको बताए । 

अन्तर्राष्ट्रिय

इटालीमा कोरोना २५ प्रतिशतले वृद्धि, बहराइनमा पनि संक्रमण

१५ फागुन, काठमाडौँ ।
कोरोना भाइरसको संक्रमण चीन हुँदै विश्वभर देखिन थालेको छ ।  कोरोना नियन्त्रणका लागि विश्वव्यापी प्रयास भइरहेका बेला युरोपका इटाली, अस्ट्रिया, क्रोएशिया, ग्रिस, नर्वे र स्विट्जरल्यान्डमा संक्रमण भेटिएको छ। कोरोनाबाट सबैभन्दा बढी इटली प्रभावित भएको छ ।

दिल्ली हिंसामा ज्यान गुमाउने २० पुगे, मुख्यमन्त्री केजरीवालद्वारा सेना परिचालनको माग

१४ फागुन, काठमाडौं । भारतको राजधानी दिल्लीमा नागरिकता कानुनको विषयमा जारी दुई पक्षीय झडपमा मृत्यु हुनेको संख्या २० पुगेको छ। बुधबार बिहानसम्म उत्तरपूर्वी दिल्लीमा मृतकको संख्या बढेर २० पुगेको हो भने २ सय ५० भन्दा बढी घाइते भएका एएनआइले जनाएको छ। दिल्लीमा हिंसा बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय सरकारलाई सेना परिचालन गर्न आग्रह गरेका छन्। 
 

दिल्ली तनाव साप्रदायिक हिंसामा परिणत, १३ को मृत्यु, १ सय ५० बढी घाइते

१४ फागुन, काठमाडौँ ।
भारतको राजधानी दिल्लीमा जारी नागरिकता कानूनविरुद्ध चर्किएको आन्दोलन साम्प्रदायिक हिंसामा परिणत भएको छ । भारत सरकारले ल्याएको नागरिकतासम्बन्धी कानुनको विरोध र समर्थन गर्नेहरुबीच उत्पन्न तनाव, हिन्दु र मुस्लिम समुदायबीच को हिंसामा बदलिएको हो।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top