cg electronics
nlic

सामूहिक लगानी कोषमा गिरावट


Monday, 12 Mar, 2018 4:03 PM
रमेश लम्साल 
२८ फागुन, काठमाडौ
। धितोपत्र बजारमा सामूहिक लगानीका लागि स्थापना भएका १३ म्युचुअल फण्डमध्ये सात कम्पनीको प्रतिएकाइ मूल्यभन्दा न्यून रहेको छ । 

म्युचुअल फण्डको प्रतिएकाइको मूल्य रु १० रहने गरेको छ । प्रतिएकाइ मूल्यभन्दा तल ओरालो लागेर म्युचुअल फण्डको कारोबार भएका कारण पनि धितोपत्र बजारमा त्यसले प्रभाव पारेको छ । 

नेपाल स्टक एक्सचेन्जमा सूचीकृतमध्ये छ कम्पनीको मात्रै प्रतिएकाइ मूल्य आधारभूत मूल्यभन्दा माथि रहेको छ । धितोपत्र बजारमा सामूहिक लगानीका लागि त्यस्ता फण्डको कारोबार हुने गरेको छ । शेयर बजारमा आएको निरन्तर गिरावटको प्रभाव म्युचुअल फण्डको कारोबारमा समेत देखिएको छ । 

स्टकमा सूचीकृत भएका मध्ये सिदार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको मात्रै प्रतिइकाई मूल्य रु २० रहेको छ । यो नै सामूहिक लगानी कोषको सबैभन्दा बढी मूल्य भएको स्मिक हो । दोस्रोमा नबिल ब्यालेन्स फण्ड रहेको छ । त्यसको प्रतिएकाइ मूल्य १५ रुपैयाँ ७५ पैसा रहेको छ । तेस्रोमा एनएमबी सुलभइन्भेस्टमेन्ट फण्ड रहेको छ । सो फण्डको प्रतिएकाइ मूल्य १२ रुपैयाँ २१ पैसा रहेको छ । 

चौथोमा सिद्धार्थ इक्विटी स्किम रहेको छ । त्यसको प्रतिएकाइ मूल्य ११ रुपैयाँ ७५ पैसा रहेको छ । पाँचौँमा लक्ष्मी भ्यालु फण्डको प्रतिएकाइ मूल्य ११ रुपैयाँ ५० पैसा रहेको छ । छैटौँमा रहेको एनआइबिएल समृद्धि फण्डको प्रतिएकाइ मूल्य रु ११ रुपैयाँ १० पैसा रहेको छ । 

त्यसबाहेक अरु सबै सामूहिक लगानी कोषको प्रतिएकाइ मूल्य आधार मूल्यभन्दा पनि तल पुगेको छ । कूल सामूहिक कोषमध्ये आधाभन्दा बढी सामूहिक लगानी कोष प्रतिएकाइ मूल्य ओरालो लाग्दा शेयर बजारमा समेत त्यसले प्रभाव पारेको जानकारको भनाइ छ । स्टकमा सूचीकृत भएको ग्लोबल आइएमई स्किम एकको प्रतिएकाइ मूल्य नौ रुपैयाँ ९० पैसा रहेको छ भने लक्ष्मी इक्विटी फण्डको नौ रुपैयाँ ६० पैसा प्रतिएकाइ मूल्य रहेको छ । 

यस्तै, नबिल इक्विटी फण्डको नौ रुपैयाँ ४० पैसा, एनआइबिएल प्रगति फण्ड रु नौ, एनएमबी हाइब्रीड फण्डको नौ रुपैयाँ २२ पैसा, सानिमा इक्विटी फण्डको नौ रुपैयाँ ८० पैसा र सिद्धार्थ इक्विटी फण्डको नौ रुपैयाँ ६८ पैसामा प्रतिएकाइ बिक्री भइरहेको छ । 

नेपाल धितोपत्र बोर्डमा अझै दुई सामूहिक लगानी कोष बिक्रीका लागि आवेदन दिइएको छ । बोर्डका अनुसार ग्लोबल आइएमई ब्यालेन्स फण्ड र एनआइबिएल सहभागिता कोषले आवेदन दिएको हो । ग्लोबल आइएमई ब्यालेन्स फण्डको रु एक अर्ब २० करोड बराबरको १२ करोड एकाइ र एनआइबीएल सहभागिता कोषको रु एक अर्ब ७० करोड बराबरको १७ करोड एकाइ सामूहिक लगानी कोष बिक्रीको तयारी गरिएको छ । 

जलविद्युत् कम्पनीको शेयर सयमुनि 

सामूहिक लगानी कोषको मात्रै नभई जलविद्युत् कम्पनीको शेयर पनि आधारभूत मूल्यभन्दा तल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेशनल हाइड्रोपावर कम्पनीको प्रतिकित्ता रु १०० को शेयर घटेर रु ९८ मा आएको छ । यस्तै स्टकका सूचीकृत कूल १७ जलविद्युत् कम्पनीमध्ये १० वटा कम्पनीको शेयर प्रतिकित्ता रु २०० भन्दा तल रहेको छ । 

चिलिमे, सानिमा माई, अपि पावर कम्पनी र हिमालयन पावर पार्टनर कम्पनीको मात्रै दोस्रो बजारमा शेयरको मूल्य रु २०० भन्दा माथि रहेको छ । अपि पावर कम्पनीको प्रतिकित्ता शेयर मूल्य रु ३३७ रहेको छ । अरुण काबेली पावर लिमिटेडको रु २५२, अरुण भ्याली हाइड्रोपावर कम्पनीको रु १७४, बरुण हाइड्रो पावरको रु १७१, बुटवल पावर कम्पनीको रु ४८५, छ्याङदी हाइड्रो पावरको रु १५८ र चिलिमे हाइड्रो पावरको रु ७६६ प्रतिकित्ता शेयर कारोबार भएको छ । 

यस्तै दिव्यश्वेरी हाइड्रोको रु १२१, हिमालयन पावर पार्टनरको रु ३१६, खानीखोला हाइड्रो पावरको रु १३६, नेशनल हाइड्रो पावरको रु ९८, नेपाल हाइड्रो डेभलपर्सको रु १९४, ङदी हाइड्रोको रु २०६, रिडी हाइड्रो पावरको रु १३०, सानिमा माई हाइड्रो पावरको रु ३३६, सिनर्जी हाइड्रोको रु १४० र युनाइटेड मोदीको रु १८५ प्रतिकित्ता शेयर कारोबार भइरहेको छ । 

‘क’ वर्गका बैंकको पनि उस्तै हालत 

शेयर बजारमा ‘क’ वर्गका वाणिज्य बैंकको हालत पनि उस्तै रहेको छ । जनता बैंक लिमिटेड, सेञ्चुरी कर्मसिएल बैंक र सिभिल बैंक लिमिटेको शेयर रु २०० भन्दा कम रहेको छ । 

जनता बैंकको प्रतिकित्ता शेयर रु १६२, सेञ्चुरी कर्मसिएल बैंकको शेयर प्रतिकित्ता रु १७७ र सिभिल बैंक लिमिटेडको प्रतिकित्ता रु १५० मा कारोबार भइरहेको छ । रासस



Ruslan

sponserworldcup

राजनीति

प्रशासकीय अदालतसम्बन्धी विधेयक पेश

३ असार काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले ‘प्रशासकीय अदालतका सम्बन्धमा बनेको विधेयक, २०७५’ पेश गरेका छन् । विधेयक प्रस्तुत गर्दै उनले कर्मचारीका सरुवा, बढुवा र अवकाशका विषयमा प्रशासकीय अदालतले नै छिनोफानो गर्न सक्ने बनाउन विधेयक ल्याइएको बताए । यसअघि राष्ट्रियसभाको विशेष समयमा नरपति लोहार, जीतेन्द्रनारायण देव, विमला राई, कमल ओली, हरिचरण 

सरकार मधेशसँग अनुदार भएको आरोप

३ असार काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।  विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विषयमा भएको छलफलमा भाग लिँदै सांसद दुर्गाबहादुर रावलले सरकार नीति, विधि र थितिअनुसार नचलेको आरोप लगाए । सांसद राजकिशोर यादवले सरकार 

​संविधान संशोधन नभएसम्म सरकारमा जाँदैनौं : महतो

२ असार, लहान । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा नजाने बताएका छन् । सिरहाको चोहर्वामा शनिबार आयोजित कार्यकर्ता भेटघाटमा महतोले संविधान संशोधन, नेता कार्यकर्तामाथि लगाइएको झुटो मुद्दा फिर्ता र रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म सरकारमा नजाने कुनै सम्भावना नरहको बताएका हुन् ।

अन्तर्राष्ट्रिय

ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी विस्फोट, मृत्युहुनेको संख्या ७५ नाघ्यो, १७ लाख मानिस प्रभाव

२३ जेठ काठमाडौ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ

अमेरिकी विदेशमन्त्री मनुसीनमाथि जवाफी हमला, व्यापार युद्धका लागि तयार रहन चेतावनी

अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनले स्टील र एलुमिनियममा कर लगाउने आफ्नो सरकारको निर्णयलाई लिएर क्रुद्ध बनेका औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका अर्थमन्त्रीहरूबाट कडा आलोचनाको सामना गरेका छन्। जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको थियो। क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए भने 

रूसी राष्ट्रपति पुटिनका कट्टर आलोचक खोज पत्रकारको हत्या

१६ जेठ काठमाडौ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक रहेका एकजना चर्चित रुसी खोज पत्रकारको युक्रेनको राजधानी किएभमा गोली हानी हत्या गरिएको छ।प्रहरीको विज्ञप्तिमा आर्काडी बाब्चेन्कोलाई मंगलवार साँझ गोली हानिएको र त्यसको केहीबेरपछि नै उनको ज्यान गएको उल्लेख गरिएको छ। अहिलेसम्मका प्रमाणहरूले सुनियोजित हत्या भएको संकेत गरेका छन्। बाब्चेन्कोकी श्रीमतीले मंगलवार साँझ बाहिर गोली चलेको सुनिन्। 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top