siddhartha
gharjaggakosathi

​गायक महेन्द्र भण्डारीले गाए मनछुने गीत ‘सन्चो छैन र’ (भिडियो सहित)


Friday, 15 Dec, 2017 7:11 PM
चर्चित गायक तथा सञ्चारकर्मी महेन्द्र भण्डारीको आवाजमा नयाँ लोकदोहोरी गीत 'सन्चो छैन र' सार्वजनिक भएको छ । धर्मराज पौडेलको दोस्रो प्रस्तुतीको रुपमा बजारमा आएको उक्त गीतलाई योग्सना डिजिटलले बजार व्यवस्थापन गरेको छ । गीतमा गायक महेन्द्र भण्डारी र चर्चित गायिका देवि घर्तीको श्वर रहेको छ ।

प्रस्तोता धर्मराज पौडेलको शब्द रहेको उक्त गीतमा लय भने गायक भण्डारीले नै भरेका छन् । स्मृती तिमिल्सिना‘गुरुआमा’को निर्देशन सुधन बस्नेतको सम्पादन तथा सुरेश श्रेष्ठको छायांकनमा गीतको म्युजिक भिडियो निर्माण भएको छ । म्युजिक भिडियोमा अविरल बोहोरा र सुष्मा बस्नेतको अभिनय रहेको छ । 

गायक महेन्द्र भण्डारी पछिल्लो समय चर्चामा रहेका गायक हुन् । यसको साथै उनी एक चर्चित तथा कुशल संचारकर्मी समेत हुन् । गुल्मीको सामुदायिका रेडियो स्काईका कार्यक्रम प्रमुख समेत रहेका महेन्द्र बहुमुखी प्रतिभाका धनी हुन् । गुल्मीको धुर्कोट गाँउपालिका बस्तुमा जन्मिएका गायक २०६८ सालदेखि लोकदोरीको क्षेत्रमा प्रवेश गरेका हुन् । भने २०६७ सालदेखि संचारको क्षेत्रमा प्रवेश गरेका हुन् ।

संचार र संगीतमा अत्यन्तै रुचाइएका महेन्द्रले हालसम्म २ दर्जनबढी गीतमा आवाज दिएका छन् । जसमध्ये ‘चोखो माया’, ‘बिरामी छु म’ ‘यति सजिलै भुल्छौ भनेर’, ‘अझै कती बाँच्ने हो’ लगायतका सदाबहार गीत तथा भदौरे झरीले’, ‘चरिले पिएर’ जस्ता तिजका गीतहरु स्रोता दर्शकद्धारा धेरै रुचाइए । जुन गीतले उनलाई चर्चाको शिखरमा पुर्यायो । साथै अवको क्रममा केहि गीतहरु पनि आउने क्रममा रहेको उनले जानकारी दिए ।
हेर्नुहोस् भिडियो

 


Ruslan

paicho

bussewa

राजनीति

एमालेसँग चाँडो एकता हुन्छः प्रवक्ता भुसाल

४ माघ, काठमाडौ । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेकपा (एमाले)संगको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताएकी छिन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको बताइन् । दुवै पार्टीबीच एकता भएपछि दुवै दलका नेताहरु एउटै पार्टीको हुने भएकाले पार्टी

​संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भएको छ : प्रधानमन्त्री देउवा

४ माघ, काठमाडौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताएका छन् । आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकको प्रारम्भमा उनले संविधान निर्माणपछि तराई 

जनकपुरको विरोधमा वीरगन्जमा प्रदर्शन

४ माघ, वीरगन्ज । सरकारले प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगन्जमा विरोध सुरु भएको छ । वीरगन्जलाई प्रदेशको राजधानी बनाउनुपर्ने माग राख्दै वीरगन्जबासीले बिहानैदेखि वन्दको आह्वान गर्दै प्रदर्शन गरका छन् ।

अन्तर्राष्ट्रिय

अब दुई कोरियाको साझा झण्डा हुने, मिल्ने भए छुट्टिएका दुई मुलुक

४ माघ । आउँदो फेब्रुअरीमा हुने विन्टर शीतकालीन ओलम्पिकमा आपसमा दुश्मनजस्तै रहेका दुई कोरिया उत्तर र दक्षिणले साझा झण्डा लिएर मार्च गर्ने भएका छन् । सीमावर्ती गाउँ पान्मुन्जोममा भएको दुई कोरियाका उच्च नेताको वार्तामा आउँदो फेब्रुअरी ९ देखि दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर 

​क्यालिफोर्नियामा १३ बालबालिकालाई बन्धक बनाउने एक दम्पत्ति पक्राउ

२ माघ, काठमाडौं ।  अमेरिकाको क्यानिफोर्नियामा आफ्नै १३ जना बालबालिकालाई बन्धक बनाउने एक दम्पत्तिलाई प्रहरीले पक्रेको छ । अमेरिकी नागरिक डेभिड ऐलेन र लोइसे आन्ना तर्पिनलाई बालबालिकालाई बन्धक बनाएको आरोपमा घरबाटै पक्राउ गरिएको हो ।क्यालिफोर्नियाको प्यारिसस्थित घरमा उनीहरुले बालबालिकालाई साङ्लाले बाँधेर राखेका थिए । 

प्लेग रोगको महामारीबारे नयाँ तथ्य , जुम्रा र उपियाँबाट पनि संक्रमण !

२ माघ । मानव इतिहासकै भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात ब्ल्याक डेथका लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
प्लेगको संक्रणले 

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top