huwai hospital
nlic

संगीतमा ‘झरी’ विम्वको प्रयोग : कतै ‘रोमान्स’, कतै ‘विरह’


Saturday, 28 Jul, 2018 1:33 PM
१२ साउन, काठमाडौं । संगीत र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्ध छ । संगीत प्रकृतिमै छ, कलाकारले त्यसको अनुकरण गरेका मात्र हुन् । कलकल बग्ने खोलाको पानी होस् वा आकाशबाट बर्सने थोपा, पानी आपैंmभित्र संगीत छ । यसभित्र संगीतको सातै सुर र साहित्यको नवरस पनि छ । यो कहिले छिटाउँछ त कहिले बर्सिन्छ, घरी सिमसिम गर्दै झर्छ त घरी झमझमे भाकामा दर्किन्छ । विचित्र छ पानी । संसारभरका कलाकारले यस्तो विचित्र पानीका फरक–फरक चित्र कोरिएका गीत–संगीत सिर्जना गरेका छन् । खोज्दै जाने हो भने हरेक मौसमका गीत हामी सुन्न पाउँछौँ । साउन–भदौ महिना पानीमय समय हो ।  पानीको प्रकृति हेरेर हामी कहिले रमाउँछौं त कहिले उदास हुन्छौं । यही पानीले नै हामीलाई बचाउँछ र बगाउँछ पनि । हाम्रा लागि यो राहत र आहत दुवै हो ।

लन्डनबाट प्रकाशित हुने वेदर जर्नलमा हालै प्रकाशित अनुसन्धानमूलक लेखअनुसार मौसमबाट प्रेरित भै सिर्जना गरिएका गीत–संगीत निकै लोकप्रिय हुन्छन् । रुचाइएका ती गीत–संगीतमा बब डिलन, जोन लेनन, पल म्याक कार्टिनीका सिर्जनाहरू अगाडि छन् । 

हामीकहाँ वर्षातको मौसम छ । वर्षतको समयमा मौसमअनुकूल संगीतको सान्दर्भिकता हुने नै भयो । अहिले नेपाली मिडियामा पनि वर्षा वा झरीको विषयलाई केन्द्रीय वा सहायक विषय बनाई तयार पारिएका अनेकौं गीत घन्किरहेका छन् । नेपाली संगीतमा पनि कतिपय राम्रा गीत–संगीत जन्मनुको भावभूमि मौसमले तयार पारेको पाइन्छ । आधुनिक र सुगम संगीत, लोक, पप आदि सबै विधामा झरी वा वर्षा श्रोतासँग संवाद गर्ने माध्यम बन्दै आएको छ । 

नेपाली चलचित्रका गीत
नेपाली चलचित्रका गीतमा पनि यसको व्यापक प्रयोग भएको छ । नेपाली सर्जकहरूले पनि पानी वा वर्षालाई केन्द्रमा राखेर वा सहायक विषय बनाई अनेक शब्द कोरेका छन्, धुन भरेका छन् र तिनलाई स्वरमा सजाएका छन् । यी सिर्जनाले निजी भावनात्मक अनुभूतिदेखि रोपाइँजस्ता सामूहिक कामसम्मलाई समेटेका कारण यस्ता गीत लोकप्रिय छन् । सामयिक यी गीतले रोपाइँका बेला कामले गलित किसानहरूको तन र मनको थकान पखेल्दै आएको छ, ठिटाठिटीको मनमा प्रेमको बीउ रोप्ने माध्यम बन्दै आएको छ । संगीतले प्रेममा मनमात्र रुझेकाहरूको तन पनि रुझाउँदै आएको छ । 

एकैसाथ रोमान्स अनि विरह 
मौसमको सन्दर्भ जोडेर रचिएका यस्ता गीत मौसमी कुरामा मात्र सीमित छैनन् । जसरी पानीको बर्साइमा विविधता छ, यससम्बन्धी गीतमा पनि उत्तिकै विविधता पाइन्छ । यस्ता गीतले हाम्रो जनजीवन, मायाप्रेम, सुखदुःख, रोमान्स र विरह सबैजसो भावलाई समेटेका छन् । बहुचर्चित लोकगीत ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ होस्, चाहे पानी पर्यो असिना झर्यो हाम्रो जनजिब्रोमा झुन्डिएका गीत हुन् । ‘असारै महिनामा पानी पर्यो रुझाउने’देखि ‘झरी परेको दिन आकाश हेरिरँहे’ गीतहरू पनि उसैगरी लोकप्रिय छन् । ‘मिर्मिरे साँझमा सिमसिमे पानी’ पानीको रिमझिम वर्षातको बेलाजस्तो गीत होस् वा साउने झरीमा त्यो गाउँको गोरेटोजस्तो, वर्षा वा झरीको प्रसंगले गीतलाई सुन्दर बनाएको छ । वर्षा अर्थात् पानी बिम्ब बनेर आउँदा पानी पानी भयो मेरो मन पनि श्रृङ्गारिक छ । धेरै गीतमा असार र साउनको पानी पर्ने मौसम आफ्नो मायालुको सम्झनाको प्रतीकका रूपमा पनि आएको छ । जस्तै, झझल्को लिएर आएछ सावन फेरि आँखामा । फेरि, झरी विरह बनेर पनि आएको छ, झरी परेको दिन आकाश हेरिरहेँ, तिमी आउने दिन भनी कति पर्खिएँ र झरी परिरह्यो मनमा थामिएन आँसुजस्ता गीतमा । यस्ता गीतको सूची निकै लामो छ । 

रोमान्स–यौन, आँसु–हर्ष, उदासी–उमंगजस्ता विषयलाई पानी वा वर्षाका माध्यमबाट प्रतीकात्मक र विम्बात्मक रूपमा प्रस्तुत गरिएकाले यस्ता गीतले फरक फरक मुडलाई समातेका छन् । 

पुरानादेखि नयाँ पुस्ता
पुरानामा मास्टर रत्नदास, फत्तेमान, नारायणगोपालदेखि नयाँमा सुनिल गिरी र विराट कडरियासम्मले वर्षायामलाई संगीतको विषय बनाएका छन् । रत्नदासको झमझम पानी पर्यो असारको रात दशकौंपछि पनि धेरैको ओठमा झुन्डियो । एकल गायन होस् वा सामुहिक गायन वर्षा र झरीका गीतहरू लोकप्रिय छन् । 

पानी कहिले गड्केर–झर्केर दर्कने पानी हेभी मेटल संगीत जस्तै हुन्छ । भिजूँ–भिजूँझैं लाग्ने वर्षा र नाचूँ–नाचूँझै लाग्ने संगीत उस्तै हुन् । मधुर आवाजमा पर्ने झरी र शास्त्रीय संगीतमा भेटिने माधुर्यमा पनि तादाम्यता हुँदो हो । जसरी सांगीतिक आलापले विरही भाव जगाउँछ, झरीले पनि घरी घरी विरही धुन गाउँछ । वर्षा वा झरीले तन–मनको थकान मेटेजस्तै संगीत श्रवणले पनि अदृश्य रुपमा यस्तै काम गर्छ । वर्षा र संगीतबीचको यस्तो अन्तरसम्बन्धकै कारण झरीको तीव्रता र मन्दताले सर्जकको मुडलाई पनि नौलो प्रयोग गर्ने उर्जा प्रदान गरिरहेको पाइन्छ । वर्षा वा झरी सुख–दुःख बनेर हाम्रो भावनामा मिसिएको छ । संगीतले हाम्रा यिनै भावनाका तन्तुहरूलाई झङ्कृत गर्छ । 

वर्षा आनन्दमात्र होइन, व्यक्ति र सिंगो समाजकै लागि चुनौती पनि बनिदिन्छ । यसले घरबार डुबाइदिन्छ, बस्ती बगाइदिन्छ । त्यसैले यो त्रासदीको विम्ब पनि हो । नेपाली संगीतमा यस्तै त्रासदीका कारण मनै चिर्ने सिर्जनाहरू जन्मिएका छन् । विप्लप प्रतीकको शब्द र दीप श्रेष्ठको आवाजको हर रात सपनीमा ऐठन हुन्छ गीतमा यो विम्ब सशक्त रूपमा आएको छ । कोसीले बाढीले हजारौंलाई विस्थापित गराएको विषयमा युवा पुस्ताका सर्जकहरूले निकै मार्मिक गीत बनाएका छन् । संगीत श्रोता र अन्जान बाबुको चरी लैजा समाचार र नाइट ब्यान्डको बासै बगायो त्यसकै अब्बल उदाहरण हुन् ।

 


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

प्रतिनिधिसभा बैठक: गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न माग

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाबहादुर राउतले गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । उनले गुठी जमीनलाई रैकरमा लैजाने प्रक्रियालाई वैधानिकता प्रदान नगरेसम्म किसानलाई सधैँ मर्का पर्ने बताए । विसं २०६४ माघ १० गते सर्वोच्च अदालतले गुठी जमीनलाई रैकरमा परिणत गर्न नमिल्ने फैसला गरेको थियो । सांसद नरबहादुर धामी, नारायणप्रसाद खतिवडा र पवित्रा निरौलाले कृषिमा राज्यको लगानी बढ्दै गए पनि उत्पादन वृद्धि

बेलायती रक्षामन्त्री र प्रचण्ड बिच भेट, गोर्खा सैनिकको समस्याबारे चासो व्यक्त

१० फागुन, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गरेका छन् । आज आफूसँग शिष्टाचार भेटका लागि पुगेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राखेका थिए । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती सहयोगका

स्वतन्त्रताको सीमा हुँदैन– मन्त्री बाँस्कोटा

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गरेका थिए । सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताए । सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गरिन् । सांसद गगन थापाले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक नरहेको 

अन्तर्राष्ट्रिय

पाकिस्तानी दुई संस्था प्रतिबन्धित

१० फागुन, इस्लामावाद । पाकिस्तान सरकारले यहाँका दुइ ओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ । ती संस्थालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि आर्थिक प्रतिबन्ध लगाउनुपर्ने सूचीमा राखी सकेको छ । आर्थिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन राष्ट्रसंघले यसअघि नै सिफारिश गरेका ती दुई संस्थालाई पाकिस्तानको सरकारले पनि प्रतिबन्ध लगाएको हो । भारत प्रशासित काश्मिरमा भएको हालैको आतंककारी हमलापछि ती संस्थालाई प्रतिबन्धित गरिएको बताइएको 

​मोल्दोभा र सेनेगलमा आइतबार मतदान

१० फागुन, चिसिनाउ । मोल्दोभामा आइतबार संसदका लागि मतदान हुँदैछ । सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा हुने यस चुनावमा रुस समर्थक र युरोप समर्थकबीच कडा टक्कर हुने अनुमान गरिएको छ । सोभियत युनियन सन् १९९१ मा विघटन भएसँगै स्वतन्त्रता प्राप्त गरेको मोल्दोभा रुस र युरोपेली मुलुकको तानातानमा फसेको छ । करिब ३५ लाख जनसंख्या रहेको मोल्दोभाका बहुसंख्यक जनता मस्कोसँग घनिष्ट सम्बन्ध बनाउन चाहन्छन्, तर रोमानीयाको मोडेल पछ्याउन उपयुक्त

सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेराहरु मारिए

१० फागुन, नाइजेरिया । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् । ‘५९ जना लुटेराहरु मारिएका छन् र भिडन्तका क्रममा हाम्रा सात जना गाउँलेको पनि ज्यान गयो । यो भिडन्त झण्डै चार घण्टा चलेको थियो,’ डानिजिग्बा गाउँका निबासी बुबे शेगुले बताए । स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top