cg electronics
nlic

​साँग्रिला डेभलपमेन्ट बैंकको लघुबित्त सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न


Tuesday, 5 Dec, 2017 11:25 AM
१९ मंसिर, काठमाडौ । साँग्रिला डेभलमेन्ट बैंक लिमिटेडले आफ्ना लघुुबित्त बिभागका कर्मचारीहरुलाई एक दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको बैंकले शनिबार काठमाण्डौको बालुुवाटार स्थित नेपाल हाउस प्रा.लि.को हलमा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकको हालसम्मको प्रगती विवरण सहित बैंकले भविष्यमा अबलम्बन गर्ने योजना तथा रणनीतिको बारेमा बताएका थिए । प्रशिक्षकद्धय झलेन्द्र भट्टराई तथा विकास बैंकका कर्जा प्रमुुख निर्मल कुुमार श्रेष्ठले लघुुबित्त सम्बन्धी प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा बैंकको छ वटै शाखाहरुबाट लघुुबित्त विभागमा कार्यरत करिब १३ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । सम्पन्न कार्यक्रमका अवसरमा आफ्नो अमुल्य समय दिकोमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले प्रशिक्षकद्धयलाई धन्यबाद तथा आभार समेत ब्यक्त गरेका थिए ।

बैंकले पोखरा, बाग्लुुङ्ग, तनहुुं, नवलपरासी, बर्दिया तथा ललितपुुरको ईमाडोल शाखाबाट करिब ३ हजार जना भन्दा बढि अति विपन्न परिवारका महिलाहरुलाई बिना धितो सामुुहिक जमानीमा कृषि, तरकारी तथा अन्य सामान्य जिवीकोपार्जन सम्बन्धी ब्यवसायको लागि लघुुबित्त कर्जा प्रवाह गर्दै आईरहेकोे प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले जानकारी दिए । 
 


Ruslan

paicho

bussewa

राजनीति

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

१३ जेठ, काठमाडौ ।  राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५\७६को नीति तथा कार्यक्रम पारित गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रियसभा बैठकले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम पारित भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफपछि सदस्य राधेश्याम अधिकारी, वृषेशचन्द्र लाल, जीतेन्द्रनारायण देव, प्रमिला कुमारी र अनिता देवकोटाले प्रधानमन्त्रीले 

राष्ट्रियसभा बैठक शुरु

१३ जेठ, काठमाडौ । राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै छन् । प्रधानमन्त्री ओलीले यही जेठ १० गते राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेका थिए । छलफलका क्रममा तीन संशोधनसहित राष्ट्रियसभा सदस्यले आफ्ना धारणा राखेका

​ट्रेड युनियन काँग्रेस प्रदेश–३ मा कार्की

१२ जेठ काठमाडौँ  । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ का अध्यक्षमा विनोद कार्की निर्वाचित भएका छन् । ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ को शुक्रबार राति सम्पन्न मतपरिणामानुुसार २६६ मत ल्याएर कार्की विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी गणेश भट्टराईले २५४ मत प्राप्त गरे । यस्तै उपाध्यक्ष (खुल्ला)मा गोविन्द डंगोल र घनश्याम चापागार्इं, उपाध्यक्ष )महिला)मा ईश्वरीदेवी लौडारी, उपाध्यक्ष )सेवा) मा लीलानाथ चौलागार्इं, उपाध्यक्ष (उत्पादन)मा वीरेन्द्रबहादुर लामा, 

अन्तर्राष्ट्रिय

ट्रम्प-किम बैठक रद्द हुनुमा को जिम्मेवार ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे २४ मा उत्तर कोरियाली नेता किम जोन उनलाई पत्र पठाउँदै सिंगापुरमा जुन १२ का लागि प्रस्तावित शिखर बैठक रद्द गरेको जानकारी गराए। शिखर बैठक रद्द गरिएको खबर त्यतिबेला आयो जतिबेला उत्तर कोरियाले पुङ्गेरीस्थित आफ्नो पारमाणविक परीक्षणस्थललाई नष्ट पारिसकेको थियो। उत्तर कोरियाको त्यो कदमले धेरैलाई आश्चर्यमा पारेको थियो र पछिल्ला हप्ताहरूमा त्यसप्रति प्रतिक्रियाहरू आउने क्रम जारी थियो।

उत्तर कोरियाले दक्षिण र अमेरिकासँग सम्बन्ध सुधार्न गर्यो यस्तो ‘ब्रेक थ्रु’

१० जेठ, काठमाडौं । उत्तर कोरियाले आफ्नो एकमात्र परमाणु परीक्षण स्थलमा रहेको सुरुङलाई ध्वस्त बनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबरअनुसार उत्तर कोरियाले कोरियाई प्रायद्विपमा रहेको तनाव कम गर्न यो कदम उठाएको हो । परमाणु परीक्षण स्थलको नजिक उपस्थित कयौं विदेशी पत्रकारहरुले त्यसक्रममा एक ठूलो विस्फोट देखेको बताएका छन् । 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top