siddhartha
chunaav bises

​वामदेव गौतमलाई गौतमकै चुनौती : उनीसँग दम्भमात्रै छ, मसँग जनता छन्


Wednesday, 15 Nov, 2017 2:33 PM
बर्दिया क्षेत्र नं. १ को चुनावी भिडन्त कम रोचक छैन । भावी प्रधानमन्त्रीको रुपमा चर्चा गरिएका एमाले उपाध्यक्ष वामदेव गौतम मैदानमा रहेकाले पनि चर्चा बढी नै भयो । अझ उनको प्रतिश्पर्धामा काँग्रेसले वहालवाला सिंचाइमन्त्री संजय गौतमलाई उम्मेदवार बनाएपछि टक्कर रोचक हुने भएको हो । दोस्रो संविधानसभामा बर्दिया र प्यूठानबाट निर्वाचित भएका वामदेवले उपनिर्वाचनमा प्युठान रोजेका थिए । तर, यसपटक फेरि बर्दिया नै झरे । तीनवटा निर्वाचन क्षेत्र रहेको बर्दियामा अहिले २ वटामात्रै निर्वाचन क्षेत्र छन् । यसअघि वामदेव १ र संजय गौतम २ बाट विजयी भएका थिए । अहिले दुवै गौतमको विजयी क्षेत्र १ नम्बर मा परेको छ । दुवैको आधार क्षेत्र एउटैमा मिसिएपछि प्रतिस्पर्धा झन् कडा हुने पक्का छ । वामदेव बर्दियामा लोकप्रीय छन् । उनी बर्दियाबाट ३ पटक निर्वाचित भइसकेका छन् । उता संजयको लोकप्रियता पनि कम छैन । जिल्ला राजनीतिमा लामो समय बिताएका संजयको व्यक्तिगत सम्पर्क र पकड मजबुत छ । जनतासँग सहज पहुँचमा रहने संजयसँग सरल नेताको परिचय छ । भावी प्रधानमन्त्रीको दौडमा रहेका वामदेवलाई टक्कर दिइरहेका संजयसँग न्यूजसेवाले चुनावी  अभियानवारे केही प्रश्न गरेको छ : 
–बर्दिया क्षेत्र नं. १ मा काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार संजय गौतम
 
चुनावी प्रचार अभियान कसरी अगाडि बढाइराख्नु भएको छ ?
चुनावी प्रचार अभियान एकदमै राम्रोसँग अगाडि बढिरहेको छ । साथीहरु निकै उत्साहित देखिनुभएको छ । अहिलेको परिस्थितीमा मेरो उमेद्वारीले बर्दियावासीमा उर्जा दिएको छ । नेपाली काँग्रेसमा अभूतपूर्व एकता पनि देखिएको छ । लोकतान्त्रिक गठवन्धनका साथीहरुले मलाई सहयोग गर्नु भएको छ । चुनावी अभियान विजयी दिशामा अगाडि बढेको छ । 

घर–दैलोलाई प्राथमिकता दिनु भएको छ कि आमसभालाई ?
घरदैलो त संभव देखिदैन । तर, पनि म अधिकांश गाउँबस्ती, वडा र साथीहरुको बिचमा पुग्ने प्रयास गरिरहेको छु ।     

कस्ता विषयलाई चुनावी एजेण्डा बनाउनु भएको छ ?
पहिलो पटक संविधानसभाको सदस्यको रुपमा निर्वाचनमा म उम्मेदवार हुँदा जनतालाई  संविधान र समृद्विको बाचा गरेकोे थिएँ । अहिले मैले आम बर्दियाली साथीहरुलाई तिनै कुराहरुको पुनःस्मरण गराइरहेको छु । हामीले जितेर गयौं भने संविधान दिन्छौ भनेका थियौं । संविधान निर्माण गर्न सफल भयौं । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको काँग्रेसको सरकारले संविधान निर्माण ग-यो ।  आधा यात्रा पुरा ग-यौं । संविधान निर्माणको प्रक्रियामा हामीले खेल्नु पर्ने भूमिका सफलतापूर्वक बहन ग-यौं । त्यसपछि हाम्रो यात्रा समृद्विको लागि लक्षित थियो । हामीले संविधानको कार्यान्वयन सँगसँगै विकास निर्माण र यहाँका आवश्यकताहरुलाई संवोधन गर्नुपर्छ । गर्वका साथ भन्न सक्छु पछिल्लो कालखण्डमा मुलुकभरका विकसित केही निर्वाचन क्षेत्रलाई हेर्ने हो भने बर्दियाको मेरो निर्वाचन क्षेत्र पनि अग्रपंक्तिमा आउँछ  । मैले यहाँको विकास निर्माण, आवश्यकता र परिस्थितीलाई बुझेर अगाडि बढाएको छु । त्यसले आफ्नो गति लिएको छ । बर्दियाली जनता मसँग खुसी छन् । बर्दियाली जनताले मसँग आशा गरेका छन् । एउटा नयाँ संभावना देखेका छन् । उनीहरुले सोचे अनुसारले काम गरेकाले मैले फेरि एकपटक अवसर देउ भनेको छु । 

मतदाताले तपाईलाई सबैभन्दा धेरै सोध्ने प्रश्न र गुनासो के हो ?
जसलाई जिताएर पठायो उ फर्केर नआउने भन्ने नै यो क्षेत्रका जनताको मुख्य गुनासो छ । यहाँका पहिलाका जनप्रतिनिधिको चरित्र जनताले बुझिसकेका छन् । त्यसैले म अघिल्लो पटक विजय हुँदा जनतासँग सँधै जोडिएर बसेँ । फेरि पनि म उम्मेदवार बनेर आउँदा उनीहरुमा आशा जागृत गरेको छ । मैले जस्तो खालको भूमिका निर्वाहा गरेँ, जे प्रतिवद्वता गरेको थिएँ, त्यो पुरा गरेको छु । अहिले मसँग जनताको कुनै गुनासो छैन । मानिसहरुको मानवीय स्वभावअनुसार मबाट पनि केही भुलचुक भएको हुन सक्छ । तर, समग्र रुपमा हेर्दा मैले हरेक ठाउँबाट माया र सद्भाव नै पाएको छु । 

चुनावी घोषणापत्रबारे मतदाताहरुले कुनै जिज्ञासा राख्छन् ?
हिजो हामीहरुले बैचारिक यात्रा गथ्र्यौं । बैचारिक संवाद र छलफल गथ्र्यौं । अब नेपाली जनताले वास्तवमा समुन्नती, रोजगारी खोजेका छन् । हाम्रा युवाहरु जो कामको लागि बाहिर जान्छन्, उनीहरु कसरी हुन्छ यहीँ हुन्छ उद्योगधन्दा, कलकारखाना, बाटोघाटो होस् भन्ने चाहन्छन् ।  हामीले लेखेका कुराहरु, घोषणापत्रमा त्यति ठूलो चासो मैले पाईनँ । 

मतदाताको पहिलो रोजाई पार्टी हुँदो रहेछ कि उम्मेदवार ?
अहिले अलिकति केही परिवर्तन भएको छ । बीचमिा हामीले बैचारिक रुपले काम ग¥यौं । पार्टी पद्धतिले प्राथमिकता पाएको थियो । अहिले पार्टी मात्रै मान्छेले हेरेको छैन । व्यक्ति पनि हेर्न खोजिरहेको छ । भएका पार्टीहरुमा पनि राम्रो व्यक्तिले जितिदिए हुन्थ्यो भन्ने मतदाताहरुको चाहना छ । पार्टीगत नाममा मात्रै मतदान गर्न नपरे हुन्थ्यो भन्ने मनोविज्ञान विकसित भएजस्तो लाग्छ । 

मत माग्न जाँदा अन्य प्रतिस्पर्धीको आलोचनामा कत्तिको समय खर्चनुहुन्छ ?
मैले धेरै जोड आफ्नै कुरा राख्नमा दिन्छु । मेरो उमेद्वारी यसकारणले तपाईहरुलाई उचित छ र योग्य छु भनेर मतदातालाई सम्झाउँछु । प्रतिपक्षी र प्रतिस्पर्धीेबाट लागेको आरोप खण्डन गर्ने क्रममा मैले केही भन्नुपर्ने हुन्छ ।  होइन भने म अरुको आलोचनामा समय खर्चने मान्छे होइन । मेरो त्यस्तो स्वभाव पनि छैन । 

अन्य उम्मेदवारहरुको चुनावीशैली कस्तो पाउनु भएको छ । 
मसँग प्रतिस्पर्धामा रहनु भएका आदरणीय वामदेवले जुन स्तरबाट चुनावी प्रचार गरिरहुनु भएको छ, त्यति स्वस्थ्य र सकारात्मक छैन । तर, त्यसलाई मैले पर्वाह पनि गरेको छैन । म संस्कार र संस्कृती बोकेको मान्छे, राजनीतिक ढंगले नै प्रतिवाद गरेको छु । मलाई त्यो उच्छृङ्खलता र अराजकता मन पनि पर्दैन । मैले आफ्नो कुराहरु सभ्य ढंगले नै प्रस्तुत् गरेको छु । 

कुन तप्का र वर्गका मतदाताबाट यहाँले बढी आशा गर्नु भएको छ ?
मसँग सबै बर्गका मान्छेहरु छन् । मुक्त कमैया, सुकुम्बासी, दलित जनजातिका मान्छेहरुले पनि मलाई सहयोग गरिरहेका छन् । मध्यम वर्गीय मतदाताको पनि उत्तिकै साथ र सहयोग छ । अझ विशेष गरेर युवाहरु मेरो पक्षमा देखिनु हुन्छ । महिला दिदीबहिनीहरुको सद्भाव र समर्थन उल्लेखनीय पाएको छु । मैले मेरो क्षेत्रमा जुन लहर आएको देख्छु, आत्मविश्वासलाई अझै उचो बनाएको छ । 

मुख्य प्रतिस्पर्धी कसलाई ठान्नु भएको छ ?
मेरो प्रतिस्पर्धा बामदेव जीसँगै हो । उहाँ एमालेका शीर्ष नेता मध्येकै हुनुहुन्छ । अब आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै हुनुहुन्छ । विभिन्न कालखण्डमा २२–२४ वर्षदेखि सत्तामा हुनुहुन्छ । ठूलो पदमा हुनुहुन्छ । उहाँमा एक खालको दम्भ पनि छ । म त भर्खर न हो । एक पटक चुनाव जितें । सकारात्मक भूमिका खेले । मैले काँग्रेस जिल्ला सभापतिको रुपमा काम गरें । जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरें । चाहे द्वन्द्वको बेला होस् या दुःखको बेला, सधैँ जनतासँग नै जाडिएँ । मलाई यहाँको ‘ग्रासरुट’का मान्छेहरुले माया गर्छन् भन्ने आत्मविश्वास छ । 

तपाईंको जितको आधार के हो ?
म यहिँ जन्मिए, हुर्कें, बढेँ, यहीँको माटोमा खेलेँ । राजनीतिक यात्रा यहीँबाट सुरु गरें । यहाँका हरेक समस्या र सम्भावनासँग परिचित छु । बर्दियाको समग्र विकासमा मेरो भूमिका छ । बाटोघाटो निर्माण, कर्णाली र बबई नदी नियन्त्रण, बबई सिंचाई आयोजनाको व्यवस्थापन, दैनिक जीवनसँग जोडिएका तमाम पाटोमा म जनताकै बीचमा छु । संविधान निर्माणमा पनि यादगार योगदान गरें । आम बर्दियाबासीले यो बिचमा मैले निर्वाहा गरेका हरेक क्रियाकलापको मुल्यांकन गरेका छन् ।  त्यसैले म बर्दियाली जनताको माझमा, मन–मुटुमा छु । यसपाली उहाँहरुको प्रतिनिधिपात्र मै हो । उहाँहरुले मलाई नै विजयी गराउनुहुन्छ भन्नेमा ढुक्क छु । 

 


Ruslan

paicho

bussewa

राजनीति

​सरकार गठन र पार्टी एकता सँगसँगै : महासचिव पोखरेल

२९ मंसिर, काठमाडौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट गरे । 

निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै : रक्षामन्त्री प्रधान

२९ मंसिर, काठमाडौ । रक्षामन्त्री भीमसेनदास प्रधानले संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै गएको बताएका छन् । शहीद शुक्रराज शास्त्रीको १२४औँ जन्मजयन्तीका अवसरमा शहीद शुक्र माध्यमिक विद्यालयले आज यहाँ आयोजना गरेको ‘भवन उद्घाटन तथा शृंखला साहित्यिक मासिक

​तराई मधेसमा भएका विभिन्न आन्दोलनबारे गठित छानविन समितिले बुझायो प्रतिवेदन

२९ मंसिर, काठमाडौं ।  तराई, मधेश र थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या र तोडफोडसम्बन्धि घटना छानविन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित ६ सदस्यीय आयोगले प्रधानमन्त्री

अन्तर्राष्ट्रिय

​वर्षेनी स्वासप्रस्वासजन्य रोगबाट साढे छ लाखको मृत्यु : विश्व स्वास्थ्य संगठन

२९ मंसिर, काठमाडौं ।  विश्व स्वास्थ्य संगठन, डब्लुएचओले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष साढे छ लाख नागरिकको स्वासप्रस्वासजन्य रोगबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको छ । विश्व स्वास्थ्य संगठनले बिहीबार जेनेभामा सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष कम्तीमा पनि साढे छ लाख नागरिकको ज्यान जाने गरेको जनाइएको छ । 

​अष्ट्रेलियामा बाल यौन दुव्र्यवहारको कहालिलाग्दो अवस्था, सेना देखि धार्मिक संस्थासम्म बने अखड

२९ मंसिर, एजेन्सी । अष्ट्रेलियामा बाल यौन दुर्व्यवहार सम्बन्धी एउटा जाँचबुझ संयन्त्रले पाँच वर्ष लगाएर आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । उक्त प्रतिवेदनमा बालबालिकको सुरक्षाका लागि एउटा अलग्गै राष्ट्रिय निकाय गठन गर्ने सहितका चारसयवटा सुझावहरु समेटिएका छन् । उक्त शाही जाँच आयोगको प्रतिवेदन १७ वटा खण्डमा बाँडिएको थियो ।

भारतको गुजरातमा फेरि भाजपाकै सरकार बन्ने सम्भावना : सर्वेक्षणहरु

२९ मंसिर,गुजरात । भारत गुजरातमा भएको निर्वाचनमा फेरि पनि प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टी भारतीय जनता पार्टी भाजपाको विजय हुने प्रारम्भीक चुनावी सर्वेक्षणहरुले देखाएको छ । २२ वर्षदेखि गुजरातको सत्तामा रहेको भाजपालाई सत्ताच्यूत गर्न कंग्रेस आईले यसपटक निकै शक्ति 

विचार / ब्लग

यसकारण खेर जान्छ विकाउ नारा दिएर भोट माग्ने साना दललाई दिएको भोट

नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान विजुक्छे सधै  सांसद बने तर कहिल्यै सरकारमा गएनन् । उनको दलले सधैं सरकारका खराब काममा खबरदारी गरी रह्यो । संसदमा सधैं निष्ठाको राजनीति गर्ने अर्का पात्र चित्र बहादुर के.सी. पनि जनताले भरोसा गर्न लायक नेता हुन् । एकपटक उपप्रधानमन्त्री भएका यी नेताले देशलाई बेथितिबाट मुक्त गर्न नखोजेका कहाँ हुन र ? स्वच्छ छविका, केही गरौं भन्ने भावना भएका एकदुई सिटे दलले संसदमा

कर्मकाण्डी चुनावी घोषणा पत्रमा भरिएका झुटा आश्वासन

नोपलमा आम मतदातामध्ये कतिले राजनीतिक दलका  चुनावी घोषणा पत्रलाई  आधार मानेर दल वा उमेद्वारलाई मत दिन्छन् होला ? यसको अनुमान सायद राजनीतिक दल र तिनका उमेरद्वारलाई पनि हेक्का छैन  होला । तर यो कुरा सबैलाई थाहा छ कि यदि मतदाताले स्वतन्त्र रुपमा मताधिकारको प्रयोग गर्न पाउँने हो भने उनिहरुको घोषणापत्र होइन उमेद्वारको इमान्दारिता, उसले विकासमा गरेको योगदान, समाज ससंगको घुलमेल

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । 
Top