huwai hospital
nlic

के सञ्जुले सञ्जय दत्तलाई सफाइ दिएको हो ?


Sunday, 8 Jul, 2018 4:03 PM
बलिउड अभिनेता सञ्जय दत्त भारतकै सबैभन्दा विवादास्पद चलचित्र अभिनेता हुन्। रक्सी र लागुऔषधको उनको कुलत, उनका प्रेम सम्बन्धहरू र आतंकवादसम्बन्धी सबैभन्दा नराम्रो मुद्दामा उनले पाएको सजाय पर्याप्त रुपमा अभिलेखीकरण भएका छन्। तर हालै उनको जीवनीमाथि केन्द्रित रहेर सार्वजनिक भएको एउटा चलचित्रले उनको अँध्यारो विगतलाई ढाकछोप गर्न खोजेको आरोप खेपिरहेको छ भन्छिन्, अर्पणा अल्लुरी।

सार्वजनिक भएको एक हप्तामै चलचित्र सञ्जुले बलिवूडको हालसम्मकै सर्वाधिक सफलमध्येको एक चलचित्रका रूपमा आफूलाई उभ्याइरहेको छ। तर चलचित्र समीक्षकहरूले यसलाई ‘झूटो र भ्रामक’ भनेका छन्। चलचित्र हेरेका कतिपयले यसलाई देवत्वकरणु भनिरहेका छन् भने कतिपयले सामाजिक सञ्जाल ट्विटरमा जनसम्पर्क अभियान पनि भनेका छन्।

यथार्थपरक अभिनय

चलचित्रमा सञ्जय दत्तको भूमिका निर्वाह गरेका रणवीर कपुरले यथार्थपरक उत्कृष्ट अभिनयका लागि राम्रो प्रतिक्रिया पाइरहेका छन्। यो चलचित्रमा देखाइएको सञ्जय दत्त र उनका दृढ संकल्पित पिताबीचको सम्बन्धलाई प्रशंसा गरिएको छ। नभए सञ्जुमा अरू केही यथार्थ नरहेको एकजना समीक्षकले लेखेका छन्। अर्काले भनेका छन्, यो एकजना सफल नायकको एकदमै सकारात्मक चित्रण गरिएको चलचित्र हो र एकजना चलचित्र निर्माताले आफ्ना साथीलाई दिएको एउटा महँगो र मनपर्ने उपहार हो। अर्का समीक्षकले दत्तको व्यक्तित्व गहिरो रुपमा हेर्ने एउटा अवसर गुमेको भन्दै चलचित्र सकिँदा वास्तविक सञ्जु कस्ता छन् भन्ने प्रश्नवाचक चिह्न कायमै रहेको टिप्पणी गरेका छन्।

सञ्जु अभिनेता सञ्जय दत्तको नामको संक्षिप्त रुप हो र उनको उपनामबाट चलचित्रको नाम जुराइएको हो। यसमा सञ्जय दत्तको कथा प्रेम र सहानुभूतिले देखाइएको छ। ५८ वर्षीय दत्त गलत रोजाइका कारण पीडित भएका हुन् भन्ने प्रमाणित गर्न खोजिएको छ। भारतीय सिनेमाका सबैभन्दा चर्चित र मनपराइएका जोडी नर्गिस र सुनिल दत्तका तीन सन्तानमध्ये जेठो सन्तानका रुपमा उनको जन्म भएको थियो। सन् १९८१ मा सिनेमा जगत्‌मा प्रवेश गरेयता उनले १०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। त्यसमा प्रेमकथादेखि, खलपात्रसँग भिड्ने बलियो नायक र पेट मिचीमिची हँसाउने कथाहरू समावेश छन्। चलचित्र हेर्दा दत्तको तर्फबाट कथा भनिएजस्तो देखिन्छ। चलचित्रमा मुख्य ुखलपात्रु बनाइएका सञ्चारमाध्यमले आफूलाई गलत रुपमा प्रस्तुत गरिरहेको ठान्ने सञ्जयले आफ्नो कथालाई न्याय गर्न सक्ने जीवनी लेखकको उनले खोजी गरिरहेको देखाइएको छ।

यो चलचित्र दत्तको पहिलो फिल्म सार्वजनिक भएको समयबाट शुरू हुन्छ। त्यो बेला २२ वर्षका यी अभिनेताले ओजपूर्ण व्यक्तित्वका आफ्ना पिताको अपेक्षाको भारीसँग गरिरहेको संघर्ष र आफ्नी आमालाई पाचनप्रणालीमा क्यान्सर भएको खबरसँग गरिरहेको संघर्ष समेटिएको छ। उनकी आमाको निधन हुँदा दत्त लागुपदार्थ दुर्व्यसनी बनिसकेका थिए।

सन् २०१७ मा एउटा सार्वजनिक मन्तव्य दिने क्रममा उनले भनेका थिए, मैले सेवन नगरेको लागुपदार्थ विश्वमा छैन। पहिलो घण्टा चलचित्र क्षमाशील छैन। त्यसमा नशामा लट्ठ र मति बिग्रेका दत्त, उनले आफ्ना पिता र प्रेमिकाको मन दुखाएको कथा समेटिएका छन्।  आफ्नी आमालाई भर्ना गरिएको अस्पतालको कोठामा उनको निधन हुनुभन्दा केही क्षणअघि उनले लागुऔषध सेवन गरिरहेको दृश्य चलचित्रमा छ। त्यसपछि चलचित्रको बाँकी कथा दत्तविरुद्ध लगाइएको फौजदारी आरोपसँग सम्बन्धित एउटा घटनामा केन्द्रित छ।
सन् १९९३ मा २५७ जना मारिने गरी र ७१३ जना घाइते हुने गरी मुम्बईमा भएको विस्फोटसँग जोडिएको हतियार तथा खरखजनासम्बन्धी कसुरमा सन् २००६ मा उनले सजाय पाएका थिए। दत्तविरुद्ध तीनवटा एके–फीफ्टी सिक्स राइफल र त्यसका गोलीहरू राखेको र ९ एमएम पिस्तोल र त्यसका गोलीहरू र हात्ते ग्रिनेडहरू राखेको आरोप लगाइएको थियो। उनले ती हतियार तथा गोलीगट्ठा बम हमलकारीबाट खरिद गरेका थिए।
तर उनले सन् १९९३ मा भएका हिन्दू–मुस्लिम दङ्गाका क्रममा आफ्नो परिवारको रक्षा गर्न त्यसको आवश्यकता परेको भनेका छन्। आरोप लगाइए अनुसार ती हतियारहरू विस्फोट गराउन ल्याइएका सामग्रीहरूकै एउटा हिस्सा थियो। तर दत्तलाई षड्यन्त्र गरेकोसँग सम्बन्धित सबै आरोपबाट सफाइ दिइएको थियो। तीन वर्ष जेलमा काटेपछि सन् २०१६ मा उनलाई रिहा गरिएको थियो। तर लोकप्रिय अभिनेताको हैसियतका कारण चाँडै रिहा गरिएको भन्दै आलोचना गरिएको थियो। चलचित्रले यी बृहत् तथ्यहरूबारे चर्चा गरेपनि दत्तको जीवनका कतिपय पाटोबारे यसले उल्लेखसम्म गरेको छैन। उदाहरणका लागि अन्डरवर्ल्ड भनिने अपराधसँग सम्बन्धित विश्वसँग रहेको उनको र बलिवूडको सम्बन्ध।

सन् २००१ मा बाहिर आएको एउटा श्रव्य रिकर्डिङ्गमा पाकिस्तानमा बस्ने गरेको भनिएका छोटा सकिलसँगको फोन सम्पर्कबारे चर्चा गरिएको छैन। बलिवूडका लोकप्रिय अभिनेता तथा चलचित्र निर्देशकहरूले लामो समयदेखि अन्डरवर्ल्डसँग नजिकको सम्बन्ध राखेको आरोप खेप्दै आएका छन् र कतिपयलाई त ती सम्बन्ध प्रयोग गरेर चलचित्रमा भूमिका पाएको समेत आरोप लाग्ने गरेको छ। तर चलचित्रले यी कुनै कुरालाई छोएको छैन।

एकजना समीक्षकका भनाइमा सन् १९९३ को विस्फोटसँग सम्बन्धित दृश्यलाई चाँडै र चनाखो भएर सम्बोधन गरिएको छ। आफैँ सचेत कुनै पनि चलचित्रले एके(फीफ्टी सिक्स र ुआत्मरक्षाु बीचको सम्बन्धबारे के रहेछ भन्ने पहिल्याउने प्रयास गर्ने थियो। आलोचकहरूले सञ्चारमाध्यमलाई खलपात्रका रुपमा सजिलै प्रस्तुत गरिएको पनि टिप्पणी गरेका छन्।
समाचारको चक्र माफी दिन नसकिने खालको हुनसक्ने स्वीकार गर्दै एकजना समीक्षकले लेखेका छन्, उक्त तर्क कहिल्यै समाप्त नै नहुने गरी प्रयोग गरिएको छ। जस्तो कि त्यसले के छनक दिन्छ भने यदि पत्रपत्रिकाहरू थप जिम्वेवार भइदिएका भए सञ्जुले दु ःख नै पाउनुपर्ने थिएन। एउटा आत्मकथा हुनका लागि चलचित्रले धेरै कुरालाई छोडिदिएको छ।
जस्तै उनका तीनमध्ये दुई विवाह, एकजना सन्तान र उनकी बहिनीहरूसँगको सम्बन्धको तिक्तता र सहकर्मी अभिनेत्रीसँगको प्रेम लगायतका विषय। बीबीसी एसिया नेटवर्कका हारुन रसिदसँग चलचित्रका निर्देशक राजकुमार हिरानीले भनेका छन्, तपाईँले एउटा व्यक्तिको जीवनलाई अढाई घण्टाको कथामा समेट्नुछ भने तपाईँले के सान्दर्भिक छ भनेर छान्नुपर्ने हुन्छ।  उनले उनको चलचित्र महिनौँको अनुसन्धान र अन्तर्वार्तामा आधारित रहेको पनि उल्लेख गरेका छन्। मैले उनलाई गिरफ्तार गर्ने प्रहरी अधिकारीलाई भेटेको छु। त्यसपछि मैले उनको पक्षमा वकालत गर्ने सबै वकिलहरूलाई पनि भेटेको छु।
मैले धेरै पत्रकारहरूलाई पनि भेटेको छु, ४० देखि ५० जनालाई भेटेर, उनीहरूका कथा सुनेर मैले त्यसलाई कथामा ढालेको हुँ। धेरैले यो एकपक्षीय कथा हो भन्ने धारणालाई अन्यथा नलिइ चलचित्रलाई स्वागत गरेका छन्। तर यसले एउटा स्वभाविक प्रश्न उठाइदिएको छ : के बलिवूडले आफैँबारे एउटा वास्तविक र पूर्वाग्रहरहित आत्मकथामा चलचित्र बनाउनसक्छ  । बीबीसी 


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

बौद्धिक देखाउन अरुको भाषाको नक्कल गर्ने बढ्दै : उपराष्ट्रपति पुन

९ फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१९’ का अवसरमा आज प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उद्घाटन सत्रमा उनले आफ्नो कुरा अरुलाई बुझाउन प्रविधिको विकास भएकाले अरुको भाषा बोल्नुपर्ने बाध्यता नभएको बताए । सरकारी विद्यालयमा अङ्ग्रेजी भाषाको प्रयोग बढ्नु दुःखद् भएको उनले 

नेकपा बैठक : कार्यदलको सुझावमाथि छलफल

९ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरिएको जानकारी दिए । उनका अनुसार बैठकमा सबै सदस्यले अहिलेसम्म गरेका काम, समस्या, आजको आवश्यकता तथा सदस्यले आफ्नो 

प्रदेश नं १ : प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत

८ फागुन, विराटनगर । प्रदेश नं १ को प्रदेशसभामा ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव प्रस्तुत गरिएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेश गरेका थिए । उनले प्रदेश भवन व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफमा कार्यान्वयनमा समस्या नआउने खालको कानून 

अन्तर्राष्ट्रिय

भारतमा पाकिस्तानी कैदीको ढुङ्गाले हानेर हत्या

९ फागुन काठमाडौ । राजस्थानमा जयपुरको केन्द्रीय जेलका एक पाकिस्तानी बन्दी शकरुल्लाहको अन्य कैदीहरूले पीटीपीटी हत्या गरेका छन्। पाकिस्तानको सियालकोटका बासिन्दा शकरुल्लाह उक्त जेलमा जन्मकैद भोगिरहेका थिए। उनलाई जेलकै अन्य चार बन्दीले ढुङ्गाले हानेर हत्या गरेको आरोप लगाइएको छ। प्रहरीका अनुसार यो घटना बुधबार दिउसो भएको थियो। जयपुर प्रहरीका वरिष्ठ अधिकृत लक्ष्मण गौडले जेलको बाहिर जम्मा भएका पत्रकारसँग

कोरियामा कामदारको उच्चतम उमेर ६५ वर्ष

९ फागुन, सियोल । दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ । अदालतको यस आदेशले अवकाशको उमेर र केही उद्योगमा प्रभाव पार्नेछ । सर्वोच्च अदालतको पूर्ण इजलासमा १०–३ मतदानबाट उक्त आदेश भएको हो । परिवारका एक सदस्य डुबेको सम्बन्धी मुद्दामा पीडितको उमेर ६० वर्ष कायम गर्नेगरी पुनरावेदन अदालतले सुनाएको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याएको हो । बिहीबारको उक्त आदेशसँगै पुनरावेदन 

बांग्लादेशको राजधानी ढाकामा भिषण आगलागी, मृत्यु हुनेको संख्या ७० पुग्यो

९ फागुन काठमाडौं । बांग्लादेशको राजधानी ढाकामा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७० पुगेको छ । अधिकारीहरूका अनुसार थुप्रै घाइते भएका छन्। घाइतेमध्ये केही गम्भीर रूपमा जलेको हुँदा मृत्यु हुनेको संख्या बढ्ने बताइएको छ । अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले  राति १० बजपछि आगो लागेको बताए । त्यहाँबाट १२ जनाको शव निकालिएको छ। राजधानीको पुरानो शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top