siddhartha
summy

​१५ दिन पहिले देखिनै देखिन थाल्छ हर्ट फेलियरको संकेत ,यी ६ संकेत जसलाई इग्नोर नगर्नु


Friday, 30 Dec, 2016 12:49 PM

हृदयघात सम्बन्धी आम मानिसको धारणा  भनेको यसले एकैपटक मुटुले काम गर्न बन्द गर्छ भन्ने छ । तर यो पुरै सही भने होइन् । हार्ट फेलमा मुटुको पम्पले  काम गर्ने क्षमता कमजोर बनाउँदै जान्छ । यसकारण पनि हरेक व्यक्तिलाई हृदयघातको संकेत जान्नु आवाश्यक छ । धेरै जसो केसमा हृदयघातको संकेत १५ दिन अधि देखि अर्थात त्यो भन्दा अघिदेखि देखिन थाल्छ । यसको समयमै पहिचान हुन सक्यो भने सम्भावित खतराबाट बच्न सकिन्छ । 

के अन्तर छ  हृदयघात,हृदय आक्रमण ,हृदय फेलमा ?

हार्टअट्याक ब्लड सर्कुलेसन भएर हार्टसम्म नपुगेपछि  हर्टअट्याक हुन्छ । हर्टअट्याक कतिको गम्भीर छ भन्ने कुरा अर्टरिज ब्लकमा भरपर्छ । यदि ब्लक ज्यादा छ भने मुटुले काम गर्न छोड्छ । यसमा मानिसको तुरुन्त वा केही समयपछि मृत्यु हुन्छ । 

कार्डियक अरेष्ट 
जब मुटु धड्कन बन्द गर्छ त्यसलाई कार्डियक अरेष्ट भनिन्छ । केही इलेक्ट्रीकल तरंग हुन्छ जो मुटुको धड्कनको जिम्मेवारी हुन्छ । जब यो इलेक्ट्रीक तरंग रोकिन्छ तयसपछि मान्छेको मुटुले काम गर्न छाड्छ र मृत्यू हुन्छ । 

हर्ट फेरियर
यसको मतलब हर्टको पंपको काम गर्ने क्षमता कमजोर हुनु हो । यसले मानिस मरिहाल्दैन तर समय समयमा उपचार गराइरहनुपर्छ । 

 हर्ट फेलको यी ६ संकेत 
शरीरमा रगत प्रवाह बिग्रेपछि फोकसोमा पानी भरिन थाल्छ । यसले गर्दा सास फेर्न अप्ठ्यारो हुन्छ । 
फोकसोृमा पानी भरिएपछि कप र खोकी चलिरहन्छ । 
रगमा अक्सीजनको कमी हुन्छ । यसले गर्दा विना कारण थकान र कमजोरी महसुस हुन्छ । 
म्ुाटुमा पर्याप्त रगत सर्कुलेसन नभएपछि धड्कन बढ्छ । 
अनुहार र खुट्टा सुनिन थाल्छ ।
ब्रेन दुख्ने संकेत । 
स्रोत ः अमेरिक हर्ट एसोसियसन



ruslann

jagadamba srawan 18

paicho

bussewa

राजनीति

काँग्रेस नेता निधि कार्यबाहक सभापतिमा तोकिए

७ भदौ, काठमाडौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई तोकेका छन् । भारतको पाँच दिने राजकीय भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेका सभापति देउवाले भारतबाट फिर्ता नहुँदासम्मका लागि नेता निधिलाई कावा सभापति तोकेको पार्टी कार्यालयले जनाएको छ । 

​माओवादी केन्द्रद्वारा दलका सांसदको पारिश्रमिक प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण

७ भदौ, काठमाडौ । नेकपा माओवादी केन्द्रले आफ्नो दलका सांसदहरुको एक महिनाको पारिश्रमिक बाढी/पहिरोपीडितका लागि प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रु ३४ लाख ९९ हजार २६० हस्तान्तरण

प्रधानमन्त्री देउवा आज औपचारिक रुपमा भारत भ्रमणमा जाँदै

७ भदौ काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार राजकीय भ्रमणमा भारत जाँदै छन् । प्रधानमन्त्री देउवा बिहान १०ः३० बजे नेपाल एयरलायन्सको विमानबाट भारत प्रस्थान गर्नेछन् । देउवाले भारतीय प्रतिपक्षी एवं सत्तारुढ दलका नेतासँग बुधबार दिउँसो भेट्ने कार्यक्रम छ । 

अन्तर्राष्ट्रिय

​‘ज्यानमारा रोबोट’को विकास रोक्न आग्रह

६ भदौ, काठमाडौ । सय जनाभन्दा बढी रोबोट विज्ञहरुले किलर रोबोट्स अर्थात् ज्यानमारा रोबोटहरुको विकास हुनबाट रोक्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । राष्ट्रसंघलाई एउटा पत्र लेख्दै अर्बपति एलोन मस्कसहित आर्टिफिसियल इन्टेलिजेन्सका सदस्यहरुले युद्धकलासम्बन्धी तेस्रो क्रान्तिको चेतावनी समेत दिएका छन् ।

​सिरिया शान्ति वार्ता स्थगित

६ भदौ, काठमाडौ । सिरियाको विषयमा हुने भनिएको शान्ति वार्ता स्थगित भएको काजकिस्तानले मङ्गलबार जानकारी दिएको छ । अगष्टको अन्त्यमा हुने भनिएको यो वार्ता स्थगित भएको काजकिस्तानले जानकारी दिएको समाचारमा जनाइएको छ । स्थगित भएको यो वार्ता काजकिस्तानको राजधानी अस्तानामा मध्य सेप्टेम्बरमा हुने

‘तीन तलाक प्रथा’लाई भारतीय सर्वोच्च अदालतद्वारा असंवैधानिक ठहर

६ भदौ, काठमाडौ । भारतको सर्वोच्च अदालतले मुस्लिम समुदायमा कायम रहेको ‘तीन तलाक’ अर्थात् छोडपत्र प्रथालाई असंवैधानिक ठहर गरेको छ । मंगलबार बसेको अदालतको पाँच सदस्यीय बेन्चको बहुमतले तीन तलाकलाई असंवैधानिक करार गरेको हो । बेन्चका तीन सदस्यले मुस्लिम समुदायमा रहेको छोडपत्रको प्रथालाई असंवैधानिक मान्दै कानुन बनाएर तत्काल अन्त्य गर्न सरकारलाई आदेश दिएका हुन् ।

विचार / ब्लग

के हाम्रो बुद्धि घुच्चुकमै छ ?

म पुरुषहरुमाथि मात्रै होइन, मैमाथि (अर्थात् महिलामाथि) प्रश्न गर्छु आजकाल । म मान्दछु, पुरुषप्रधान देशमा महिलामाथि ‘कथित पुरुषत्व’ लादिएको छ । तर म मान्दिन, एउटी महिलाले अर्की महिलामाथि ‘कथित नारित्व’ लादेकी छैन । 

राप्रपा विभाजन : दुई दिनको पिरती टुट्यो बरिलै...

जनआन्दोलनको सफलतापछि बनेको पहिलो संविधान सभामा अस्तित्व जोगाएका कमल थापाले दोस्रो संविधानसभामा भने अभूतपूर्व सफलता हासिल गर्दै चौंथो ठूलो पार्टी बन्न सफल भए । स्पष्ट वक्ता र कुटिल राजनीतिका खेलाडी थापा अहिले भने आफ्नै सहकर्मीहरुबाट खेदिएका छन् ।

मनकामनाका होटल कविहरू : खानाभन्दा कविता मिठो !

शुक्रबार नै काठमाडौंबाट गएर कुरिनटारमा बसियो । सपरिवार थियौं, पाँच जना । यो अघिल्लो शुक्रबार (साउन ७ गते)को प्रसंग हो । छोरी जन्मिँदा, अन्तिम क्षणमा मनकामना माईलाई स्मरण गरेकी थिएँ । त्यसैले, मेरै जोडमा यो यात्रा भएको थियो । र मेरा लागि यो नै मनकामनाको पहिलो यात्रा थियो । शनिबार बिहान झिसमिसेमै उठेर नुहाइधुवाई गरियो । कुरिनटारमै पूजाका सरदम तयार पारियो । मुखमा पानीसमेत हालिएको थिएन । अनि, केबलकारको पहिलो लटमै मनकामना मन्दिरका लागि हाम्रो यात्रा सुरु भयो ।
Top