​मलेसियाका फैज बने वर्षकै उत्कृष्ट गोल गर्ने खेलाडि (भिडियो सहित)


Tuesday, 10 Jan, 2017 7:36 AM

२६ पुस  । मलेसियाका मिडफिल्डर मोहद फैजले उत्कृष्ट गोलका लागि प्रदान गरिने फिफा पुसकास अवार्ड जितेका छन् । ज्युरिचमा भएको फिफा बेष्ट अवार्डमा फैजले ब्राजिलका जोनथ मार्लोन र भेनेजुएलाका डानिएस्का रोड्रिग्वेजलाई पछि पार्दै अवार्ड जितेका हुन् । पहिलो पटक मनोनयन परेका फैज पुसकास अवार्ड जित्ने मलेसियाको पहिलो खेलाडी बनेका छन् । फिफा डट कममा विश्वभरका फुटबल समर्थकले गरेको मतका आधारमा फैजको गोल वर्ष २०१६ को उत्कृष्ट गोल घोषित भएको हो ।

 फैजले मलेसियन सुपर लिग अन्तर्गत पेनाङका लागि गरेको गोलले ५९ दशमलव ४६ मत पायो । मार्लोनको गोलले २२ दशमलव ८६ तथा रोड्रिग्वेजको गोलले १० दशमलव ०१ प्रतिशत मत पाएको फिफाले जनाएको छ ।

अन्तिम १० मा परेका लियोनल मेस्सी, नेइमार, हाला रोब्सन कानुसहितका बाँकी सात खेलाडीले कुल ७ दशमलव ६८ प्रतिशत मत पाएको छ । फिफाले सन् २००९ देखि पुसकास अवार्ड दिन थालेको हो । सन् २००९ मा क्रिष्टियानो रोनाल्डो, २०१० मा हामित अल्टिनटप, २०११ मा नेइमार, २०१२ मा मिरोस्लाभ स्टोच, २०१३ मा जाल्टन इब्राहिमोविच, २०१४ मा जेम्स रोड्रिग्वेज र २०१५ मा वेनडेल लिराले अवार्ड जितेका थिए । 



Nmc

bijuli

paicho

bussewa

राजनीति

​प्रधानमन्त्रीले मधेसी मोर्चालाई सोधे,संसोधन प्रस्तावलाई संसदमा लैजाउ की यथास्थितीमै राखु

१७ फागुन,काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित हुने संभावना नरहेको भन्दै अब के गर्ने भनेर मधेसी दलको धारणा मागेका छन् । 

​म्याग्दीमा ७४ हजार मतदाता नामावली दर्ता

 १७ फागुन म्याग्दी । म्याग्दी जिल्लामा ७४ हजार जनाभन्दा बढीको तस्बिरसहितको मतदाता नामावली दर्ता भएको छ । 
जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याग्दीमा हालसम्म ३८ हजार ७९२ जना महिला, ३५ हजार ४८३ पुरुष र एकजना तेस्रो लिङ्गीले तस्बिरसहितको मतदाता 

सेना परिचालन गरेर भएपनि निर्वाचन गर्नुपर्छ : विजुक्छे

१६ फागुन,भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताएका छन्  । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपनि 

प्रवास/अन्तर्राष्ट्रिय

​ट्रम्पले रात्रिभोजको निम्तो बहिस्कार गरे

१६ फागुन, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारकर्मीको समूहले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने बताएका छन् । ह्वाइट हाउस पत्रकार संघले बार्षिक रुपमा आयोजना गर्दै आएको रात्रिभोजमा सहभागी नहुने ट्रम्पले घोषणा गरेका छन् ।

​२ बर्षदेखिनै चुरोटका अम्मली बनेका अल्दी दिनमै ४० चुरोट खान्छन्

इंडोनेशियामा बस्ने अल्दी रिजाल २ बर्षदेखिनै चुरोटका अम्मली बने ।उनले चुरोट पिउदै गरेको फोटो इन्टरनेटमा केही समय अघि निके भाइरल बनेको थियो ।  यि बच्चाले दिनमै ४० ओटा चुरोट पिउँथे । 

रक्सी खाएर मानिसको भिडबाट गाडी चलाउँदा २८ घाइते

१५ फागुन ।  अमेरिकाको न्यु ओर्लिन्स शहरमा रक्सी खाएर एक व्यक्तिले गाडी चलाउँदा २८ जना घाइते भएका छन् । ती ड्राइभरले न्यु ओर्लिन्समा परेड हेर्न जम्मा भएमा भिडको बिचबाट गाडी चलाएका थिए ।  ती घाइतेलाईउपचारका लागि अस्पताल भर्ना गरिएको रोयटर्सले जनाएको छ । 

बिचार

​स्मरण रहोस क्याम्पस युद्ध अभ्यास गर्ने अखडा होइन

एलिजा उप्रेती
विचार/टिप्पणी ।
 स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिदै गर्दा विभिन्न क्याम्पसहरुमा झडप, आगलागी जस्ता घटना हुनु समान्य जस्तै भइसकेको छ । एकअ हिसवाले क्याम्पसहरुमा आगो लगाउनु र विद्यार्थी संगठनका कार्यकर्ताहरुले एकआपसमा भिडन्त गर्नु 

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

​शे–फोक्सुन्डो तालको जिल्ला डोल्पा तर किन सधै ओझेलमा ?

रामचन्द्र न्यौपाने / डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ।विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जाल नहुँदा डोल्पाका अधिकांश क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको हो।

Top