HIMALAYAN HYDRO
nlic

सप्तरी २ मा यादव भर्सेस यादव : उमेश भन्छन्, ‘भगौडा उपेन्द्रलाई कम्तिमा ५ हजार मतले हराउँछु’


Friday, 1 Dec, 2017 2:58 PM
सप्तरी निर्वाचन क्षेत्र नं २ को चुनावी प्रतिस्पर्धा धेरैको नजरमा परेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव यही मैदानमा भिडिरहेका छन् । राष्ट्रिय नेताको छवी बनाइसकेका उपेन्द्रलाई काँग्रेसले पनि साथ दिएको छ । राजनीतिका पुरानै खेलाडी भएपनि यादव जातिको वर्चश्व रहेको सप्तरीमा भने उपेन्द्र नयाँ खेलाडीका रुपमा भित्रिएका छन् । यो क्षेत्रमा जातीय समिकरणले अर्थ राख्ने विश्लेषण गरिन्छ । तर, तिनै उपेन्द्रलाई चुनौती दिइरहेका छन्, वाम गठबन्धका तर्फवाट माओवादी केन्द्रका उमेश यादवले । ०६४ को निर्वाचनमा  सप्तरी–३ मा पराजित यादव ०७० मा ८ हजार ७ सय ४७ मत प्राप्त गरी विजय भएका थिए । सिंचाईमन्त्री हुँदा सप्तरीमा राम्रै बजेट विनियोजन गराउन सफल यादव स्थानीयमाझ लोकप्रिय मानिन्छन् । तर, के उपेन्द्रको फिगरमा उमेशले दबदबा राख्न सक्लान् ? न्यूजसेवासँग उनले उपेन्द्रलाई जित्ने दाबी गरेका छन् । यस्ता छन् उनका आधार :

टोल–टोलमा चुनावीसभा
बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म निरन्तर चुनावी अभियानमा सक्रिय भएर लागेको छु । न मेरो घरदैलो छ न ठूलो आमसभा ।  म टोल–टोलमा गएर जनतालाई जम्मा गर्ने, आफ्ना कुराहरुलाई राख्ने, जनताका प्रतिक्रिया सुन्ने र समीक्षा गर्दै अगाडी बढ्ने गरिरहेको छु । मसँगै चुनाव लडेका प्रदेशसभाका सदस्यहरु घरदैलोमै लाग्नु भएको छ । उहाँहरुको क्षेत्र पनि अलि सानो भएकाले सहज छ । हाम्रो गठबन्धनका प्रदेशसभा तर्फका उमेद्वारहरुसँग मिलेर प्रचार अभियान चलाई राखेका छौं । 

जमिन्दारको विरुद्धमा जनता 
हामी यो संक्रमणकाललाई टुंग्याउनु पर्छ भन्ने राजनीतिक अभियान बोकेर हिँडेका छौ । हाम्रो पार्टीले संविधानसभामा फरकमत राखेर अघि बढेको थियो । ती विषयवस्तु जनतालाई बुझाउने प्रयास गरिरहेका छौं । सप्तरीको विकास निर्माणको मुद्दालाई पनि प्राथमिकता दिएको छु । मैले चार बर्षमा गरेको  कामको मुल्यांकन गर्न जनतालाई आग्रह गरेको छु । राज्यसत्तामा पहिचान र पूर्ण समानुपातिक व्यवस्थाको स्थापना गर्ने प्रतिवद्धता जनाएको छु । त्यसैगरि, सप्तरीको सम्मान र समृद्विको अभियनालाई मुल एजेन्डा बनाएर म सम्पूर्ण पार्टी पंक्ति र बाम गठबन्धनका साथीहरुलाई परिचालन गरिरहेको छु । जनताले खास गरिकन सप्तरीको विकास निर्माणको एजेन्डालाई नै प्राथमिकता दिएका छन् । त्यसैगरि, जनयुद्ध लडेकाहरुले मधेश आन्दोलनलाई विर्सने र मधेश आन्दोलन गरेकाहरुले जनयुद्धलाई बिर्सने काम भयो । यि त एक अर्काका पुरक हुन्, यिनीहरु एक अर्काको विरुद्वमा किन बिष वमन गर्छ भन्ने जनताको प्रश्न छ । जनताले के पनि भन्छन् भने मधेश आन्दोलन त भयो, जनयुद्धले मधेशका सामन्त र जमिन्दारलाई तह पनि लगायो, तर मधेश आन्दोलनले त्यही सामन्त र जमिन्दारलाई पुनःस्थापित ग¥यो भन्ने गुनासो पनि छ । जमिन्दारहरुको विरुद्वमा, राजनीतिक अपराधीहरुको विरुद्वमा हिम्मतका साथ अघि बढ भनेर जनताले भन्ने गरेका छन् । हामीलाई उत्साहित बनाएका छन् । 

एमाले मधेश विरोधी छैन 
कतिपय कुरामा विगतमा हामीले एक अर्कालाई दोषारोपण गर्ने गरेका थियौं । एक अर्काको विरोधी कित्तामा उभ्भिएका थियौं । तर, अब शान्तिपूर्ण क्रान्तिको विकास सम्भव भएसम्म गर्ने भन्नेमा एकमत भएका छौं । अर्थात् हामीले देखेका सपनाहरु शान्तिपूर्ण ढंगले कतिहदसम्म विकास गर्न सकिन्छ, राज्यसत्ताले कहाँसम्म अवरोध गर्न सक्दैन, त्यहाँसम्म हामीे सँगै जाने भन्ने मुल बाटो एउटै बनाएका छौं । त्यसैले, विगतमा हामीले र उहाँहरुले गरेका कमिकमजोरीहरुमा पनि आत्मसमीक्षा गरेर नयाँ खालको बाटो कोरिसकेका छौं ।  यही सप्तरीमा दुईवटा नगरपालिका एमालेले जितेको छ । सप्तरीमा स्थानीय तहको निर्वाचनमा एमालेले सम्मानजनक मत पाएकै छ । अब एमालेलाई मधेशविरोधी पार्टी हो भन्दै मत नआउने कुरा त छँदै छैन नि ! कम–बढी भन्नै एउटा कुरा होला । मलाई लाग्छ स्थानीय तहको निर्वाचनले जुन अवस्था देखाएको छ, त्यसले अब पुरानो आरोपको खण्डन गरिसकेको छ । सप्तरीमा वाम गठबन्धन एकदमै प्रभावकारी छ । सबै साथीहरु संयुक्त वाम गठबन्धका साझा उमेद्वारहरुलाई जसरी पनि जिताउन पर्छ भनेर लागिराख्नु भएको छ । 

यादव, ठाकुर र महतो जमिन्दारका मतियार 
मलाई लाग्छ उपेन्द्र यादव सबै आन्दोलनबाट भागेको नेता हो । उहाँ कुनै समय एमालेबाट भाग्नु भयो, जनयुद्वबाट भाग्नु भयो । राजपासँग गठबन्धन गरेर आन्दोलन गर्दा त्यहाँबाट पनि भाग्नु भयो । त्यसपछि सुनसरी, मोरङबाट पनि भाग्नु भयो । उहाँ चर्चित हुनुहुन्छ, त्यो सबैलाई थाहा छ । तर, उहाँ ठूलै भगौडा नेता हो भन्ने कुरा त घटनाक्रमले नै पुष्टी गरेको छ । यसलाई जनताले भुलेका छैनन् ।  

उपेन्द्र जीले आफ्नो पार्टीबाट मधेश शब्द फाले । राजपाले पनि मधेश शब्द फालिसक्यो । अहिले उमेश यादवसँग प्रतिस्पर्धा गर्न सकिदैन भनेर डराएर देउवाको खुट्टा समातेका छन् । हेर्नुहोला, ती सबैको के दुर्दशा हुँदैछ, छिट्टै थाहा पाउनु हुनेछ । सप्तरीका जनताले फैसला गदैछन् । सप्तरीको जनताले भगौडा, सामन्त र जमिन्दारहरुको साँठगाँठलाई परास्त गर्ने छ । काँग्रेसको वर्ग चरित्र र राजपा अनि संघीय समाजवादीको वर्ग चरित्र एउटै हो । मधेशमा जातीय, भाषिक, साँस्कृतिक उत्पीडन छ । त्यसको लागि त हामीले राज्यसत्तामा पूर्ण समानुपातिकको मुद्वा उठाएका छौं । तर, त्यो पहिचान खोस्ने काम यिनै जमिन्दारहरुले गरेका छन् । यसको विरुद्व हामीले चुनावी मोर्चाबाट संघर्ष गरिरहेका छौ । र, मैले सम्पूर्ण जनतालाई आग्रह गर्ने कुरा के हो भने मधेशका सामन्त र जमिन्दारहरुले पंचायतकालदेखि निरन्तर तपाईहरुको विरुद्वमा षड्यन्त्र गरे । तपाईंहरुको पहिचान खोस्ने काम ग¥यो । जसले महेन्द्रदेखि वीरेन्द्रसम्मको खुट्टा ढोगेर मधेशकै जनतामाथि उत्पीडन गर्ने काम गरेका छन् । ती जमिन्दारको विरुद्वमा लडौं । ती जमिन्दारको रक्षक भनेको नेपाली काँग्रेस हो । उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतो हो । यी जमिन्दारका मतियारहरुलाई मधेशबाट बढारौं भन्ने मेरो आग्रह हो । 

उपेन्द्र यादव अन्धजातिवादी 
उपेन्द्र यादवले पैसाका बलमा जनताहरुलाई किन्ने काम गरिरहेका छन् ।  अन्ध जातिवादका नाममा जनतालाई धम्क्याउने र बन्धक बनाउने प्रयास भइरहेको छ ।  तर, यसको दुरगामी असर उहाँहरुले भोग्नुहुन्छ । जनतालाई धम्क्याउने, नोटबाट किन्ने जो शैली उहाँहरुले अपनाउनु भएको छ, त्यसको सजाय  पाउनुहुन्छ । डायरीमा नोट गरे हुन्छ, गाउँ गएर घुम्नुहोस्, उनीहरुको पैसा बाँड्ने तरिका सजिलै थाहा पाउनु हुनेछ ।  उनीहरुले पैसाको खोलो बगाईरहेका छन् । मैले आफ्नो चुनावी खर्च मेरा आफन्तहरु, पार्टी पंक्तिका साथीहरु र शुभचिन्तक समर्थकहरुबाट जुटाएको छु । जनताको मत पैसामा किन्न हुन्न भन्ने मेरो सिद्वान्त छ ।  मलाई लाग्छ यो अन्धजातिवाद त्यो मधेशका नाममा होस् वा मधेशका कुनै निश्चित जातिका नाममा, मलाई सपोर्ट पनि गर्नु परेन र त्यस्ताको सहयोग पनि मैले लिने गरेको छैन । खासगरी मलाई मध्यम वर्ग, निम्न मध्यम वर्ग, गरिव, मुस्लिमहरुले समर्थन गरिरहेका छन् । म जनताको छोरो हुँ । जो जनता हो, त्यसले मलाई सहयोग गरिरहेका छन् । तर, घाँसभित्रका  हरिया सर्पहरुले मलाई निरन्तर ठुँगिरहेको छन् । 

५ हजार मतले हराउँछु 
सप्तरीका जनताले मलाई संविधानसभाबाट संविधान निर्माण गर्नका पठाएका थिए । संविधानसभाको सदस्यको नाताले संविधान निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेँ । आदिवासी, जनजाति र मधेशीका मुद्दाहरु जोडदार ढंगले पार्टी र संविधानसभाभित्र उठाएँ । निर्वाचनमा जितेपछि निरन्तर जनतासँग सम्बन्ध बनाइराखेँ । सप्तरीको विकास निर्माणको सन्दर्भमा मैले जतिपनि काम गरेको छु, यहाँका जनता साक्षी छन् । निर्वाचनबाट चुनिएर जानेहरुमध्ये अहिलेसम्म सबैभन्दा धेरै जनतामा फर्किएर आउने, विकास निर्माणका काम गर्ने र बजेट ल्याउने कुरामा म पहिलो पात्र हुँ । मेरो जित्ने आधार यिनै हुन् । म दलित, मुस्लिम, सर्वाहारा वर्गसँग  मिलेको छु । मध्यम वर्ग र निम्न मध्यम वर्गसँग पनि उत्तिकै निकट छु । राजविराजका व्यवसायीहरु, जसलाई पहिले माओवादीको नामवाट अलि त्रसित बनाउने काम कसैले गरेको थियो । उनीहरुलाई माओवादीको विरुद्व उभ्याउने काम गरिएको थियो । तर, तिनै मध्यमवर्गिय तप्काले मलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए र अहिले पनि उनीहरुले मलाई झनै विश्वासका साथ सहयोग गरिहरहेका छन् । मलाई विश्वास छ कम्तिमा ५ हजार मतले उपेन्द्र यादवलाई पराजित गर्छु । 


 


Ruslan

machha bank

ime

राजनीति

कमजोर सरकार र निरीह प्रतिपक्षले जनता निराशः नेता सिटौला

२ माघ, काठमाडौं । नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको बताएका छन् । गृह नगर भद्र्रपुरमा आज पत्रकारसँग कुरा गर्दै नेता सिटौला बहुमत पाएको बलियो वर्तमान सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको विचार व्यक्त गरे । ‘दुई तिहाइको सरकार आएपछि जनतामा ठूलो आशा जागेको थियो’, उनले भने, ‘तर, अपेक्षाकृत काम भएको छैन, प्रतिपक्षमा रहेको काङ्ग्रेसले पनि गतिलो भूमिका 

देशमा अशान्ति र अस्थिरता युगको अन्त्य : वरिष्ठ नेता नेपाल

२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अशान्ति र अस्थिरताको युगको अन्त्य भएको बताएका छन् । भक्तपुरबाट प्रकाशित हुने समय समाज साप्ताहिकको आज आयोजित १४ औँ वर्ष प्रवेश कार्यक्रममा उनले अब देशमा शान्ति र स्थिरता स्थापना भइसकेको बताए । दुई तिहाइको वर्तमान सरकार र नेकपाबाट जनताले विकास र समृद्धिको ठूलो आशा राखेको बताउँदै उनले सरकारले अघि सारेको समृद्ध मुलुक र सुखी 

पहिचान ‘मागेर या बिन्ती चढाएर’ पाइँदैन : प्रचण्ड

२ माघ, धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आप्mनो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने धारणा व्यक्त गरेका छन् । लिःल फङ (घले समाज) केन्द्रीय समितिले आज धादिङ बेँसीमा आयोजना गरेको  ल्होसार कार्यक्रममा उनले घले जातिलाई आदिवासीमा सुसूचित गराउन आफूले सक्दो प्रयास गर्ने विश्वास दिलाए । पूर्व प्रधानमन्त्री प्रचण्डले घले जातिको आफ्नै परम्परा, संस्कृति, वेशभूषा

अन्तर्राष्ट्रिय

फिलिपिन्समा शक्तिशाली भूकम्प

२ माघ, दाभाओ सिटी । दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार बुधबार बिहान ४ बजे सो भूकम्प आएको थियो । सो भूकम्पको केन्द्रविन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो शहरबाट १४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराईमा रहेको सो विभागले जानकारी दिएको 

केन्याको होटल परिसरमा आक्रमण, पन्ध्र जनाको मृत्यु

२ माघ, नैरोबी । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवनहरु र स्वास्थ्य केन्द्रसमेत रहेको यस होटेल परिसरमा मङ्गलबार अपराह्न अल शबाब इस्लामिक आतङ्ककारी समूहले आक्रमण गरेको दाबी गरेका छन् । विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी होटेलमा छिरेको र 

काबुलमा भिषण हमला, चारको मृत्यु, ९० जना घाइते

१ माघ, काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन् । घाइते भएकामा २३ जना बालबालिका पनि छन् । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बिस्फोटमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताएका छन्  । विस्फोटबाट मारिएकाहरुमा तीन जना सैनिक र एक जना सर्वसाधारण छन् । घाइते भएकामा १२ जना महिला पनि छन् । उक्त बिस्फोट निकै

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top