आफुनिकट सञ्चार माध्यमलाई मात्रै विज्ञापन दिन्छन सरकारी हाकिम


Wednesday, 6 Jan, 2016 9:01 AM

लक्ष्मी विजले,२२,पुस,वैतडी । 
सञ्चार शिर्र्षकमा आउने बजेट एकलौटि ढंगले वितरण बैतडीका केहि सरकारी कार्यालयहरुले जिल्लामा रहेका सञ्चारमाध्यमहरु माथि विभेद गर्ने गरेका छन् । सरकारी कार्यालयहरुमा सञ्चार शिर्Èकमा आउने बजेट केही सञ्चार माध्यमहरुलाई मात्रै एकलौटि ढंगले वितरण गर्ने गरेपछि अन्य मिडिया विभेदमा परेका छन् । सञ्चार शिर्षकको रकम एकलौटी ढङगले खुसुक्क आफु निकट सञ्चारमाध्यमलाई उप्लब्ध गराउने प्रवृति बढ्दै गएको हो ।
संचारमाध्यम माथि विभेद गर्नेमा जिल्ला स्वास्थ्य कार्यालय र महिला तथा वालवालिका कार्यालय पाटन रहेका छन् । यि कार्यालयहरुको कमिशन मोहका कारण यस्तो समस्या आएको हो । पछिल्लो समय जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जिल्लामै पहिलो पटक स्थापना भएको सामुदायिक रेडियो सौगात एफएम सहित सामुदायिक रेडियो सनशेर र पत्रपत्रिकाहरुलाई वाईपास गरेर सञ्चार शिर्षकमा आउने वजेट एकतर्फि रुपमा जिल्लाको कुनै एक (व्यवसायिक) रेडियोलाई उप्लब्ध गराउंदै आएको हो ।
स्वास्थ्य प्रमुख डा. गुणराज अवस्थीले गत जेठ २० गते कृषि तथा खाद्य सुरक्षा आयोजना सम्वन्धीको कार्यक्रममा १५ मिनेट ढिला पुगेको निउंमा सामुदायिक रेडियो सौगात एफएमका प्रतिनीधिलाई ढोका वाटै वाहिर फर्काएर भित्रवाट ढोका थुनेपछि रेडियोले जिल्ला स्वास्थ्य कार्यालयका औपचारिक कार्यक्रम वहिष्कार गरेको थियो । डा. अवस्थीको उक्त व्यवहार प्रति खेद प्रकट गर्दै रेडियोले उनले भनेकै समयमा पुग्न र कार्यक्रम नसकिदासम्म कुरीराख्न नसकिने भन्दै पत्रकारहरुलाई कार्यक्रमको रिपोर्टिङका लागि सहज वातावरण नभएसम्म औपचारिक कार्यक्रममा नजाने निर्णय गरेको थियो । सोहि वेलादेखी स्वास्थ्य क्षेत्रका सूचनाहरुलाई एकतर्फि रुपमा व्यवसायिक रेडियोलाई दिंदै आएका स्वास्थ्य प्रमुख अवस्थीले रेडियो सौगातको मौनतालाई कमजोरी सोच्दै रेडियो कार्यक्रमका लागि आएको रु ५० हजार रकम पनि सामुदायिक रेडियोलाई वाईपास गर्दै एकलौटी ढंगले दिएको हो । संयुक्त राष्ट्र संघिय जनसंख्या कोषले जिल्ला स्वास्थ्य कार्यालयलाई दिएको रकम मध्ये रेडियो कार्याक्रमका लागि छुट्याएको ५० हजार रकम एक मात्रै रेडियोलाई उप्लब्ध गराएको छ ।
यस्तै महिला तथा बालबालिका कार्यालय पाटन बैतडीले कमिशनका मागेर संचार क्षेत्रमा आएको रकमको दू्रुपयोग गर्ने गरेको पाईएको छ । गत वर्ष रेडियो कार्यक्रमका लागि छुट्याइएको ५० हजार रकम एउटै रेडियोलाई भुक्तानी दिएको उक्त कार्यालयले यसपालि पनि त्यहि नियति दोहोर्याएको हो । संयुक्त राष्ट्र संघिय जनसंख्या कोषले जुलाईदेखि डिसेम्बरसम्म विभिन्न कार्यक्रम संचालनका लागि उप्लब्ध गराएको रकम मध्ये संचार शिर्षकमा छुट्याएको ६० हजार पनि आफूखुसी वांडेको खुलेको हो । कार्यालय प्रमुख वेला वेला सरुवा हुने र समय समयमा निमित्त प्रमुखको जिमेवारी सम्हाल्दै आएकी कार्यलयकी सूचना अधिकारी विस्ना भण्डारीले यस्तो गर्ने गरेकी हुन् । प्रत्येक सरकारी कार्यालयहरुले गर्ने कार्यहरुको बारे सूचना लिने हक सामान्य हरेक नागरिकलाई छ तर, सामान्य नागरिकलाई सूचनाको हक सम्बन्धि जानकारी गराउने स्वतन्त्र सञ्चारमाध्यमहरु माथि सरकारी निकायहरुबाटै विभेद हुन थालेपछि सेवाग्राहीप्रति यि कार्यालयहरुले कस्तो व्यवहार गर्लान ? प्रश्न उव्जाएको छ ।


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top