syangyong
cg

भारतमा निपा भाइरसका संक्रमितको संख्या बढ्दै, नेपाल समेत उच्च जोखिममा, यस्ता उपाय अपनाऔ


Sunday, 27 May, 2018 10:36 AM
१३ जेठ काठमाडौ । दक्षिण भारतीय राज्य केरलामा हालसम्म दुर्लभ निपा भाइरसबाट १४ जना संक्रमित भएको पुष्टि भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। संक्रमितमध्ये १२ जनाको मृत्यु भइसकेको छ।

केरलाका स्वास्थ्य सचिव राजीव सदानन्दनले निपा भाइरस अब नियन्त्रणमा आएको भन्नेमा आफू आशावादी रहेको बताए। आगामी केही दिनसम्म निपा भाइरसका नयाँ संक्रमितहरू नभए प्रभावित क्षेत्रहरूमा लगाइएको यात्रा प्रतिबन्ध फुकुवा गर्ने आशा आफूहरूले गरेको पनि उनले बताएका छन्।
दक्षिण भारतमा निपा भाइरस फैलिएको यो पहिलो पटक हो। विश्वव्यापी विज्ञहरूले निपा भाइरस–प्रतिरोधी खोप ल्याउन प्रयास गरिरहेका छन्। सो संक्रमणको मुख्य कारक भने ‘फ्रुट ब्याट’ भनिने चमेराको एकप्रकारको प्रजाति भएको ठानिएको छ।विश्व स्वास्थ्य संगठनले आगामी ठूलो महामारीको सम्भावित कारकका रुपमा सूचीकृत गरेको दश घातक रोगहरूमा निपा भाइरस संक्रमण पनि पर्दछ। 

डब्लुएचओका अनुसार यो भाइरस निपाह भाइरस इन्फेक्टेड चमेरोको माध्यमबाट मानिसको शरीरमा प्रवेश गर्ने गर्दछ । भारतको सरकारी हेल्थ डिपार्टमेन्टले यो खतरनाक भाइरसका कारण अलर्ट पनि जारी गरेको छ। भारतसँग नेपालको खुला सीमा रहेको र केरलमा हजारौ नेपाली रहेकाले नेपालीहरु नेपाल–भारत ओहोरदोहोर गर्ने क्रममा नेपालमा पनि आउने सम्भावना प्रवल छ। त्यसैले रोग प्रवेश गर्नुअघि नै सतर्कता अपनाउनु जरुरी छ।

के हो निपा भाइरस ?

विशेषज्ञहरुका अनुसार यो भाइरस केही फलफूलको माध्यमबाट मानिससम्म पुग्ने गर्दछ । त्यसैले त्यस्ता फल सेवन गर्दा सावधानी अपनाउनु जरुरी छ। त्यसमा पनि यो तीन फलबाट बढी खतरा रहेको जानकारहरुले बताएका छन् । भारतको मेदान्त द मेडिसिटी अस्पताल, गुडगाउँका इन्फेक्शियस डिजिज विशेषज्ञ डाक्टर नेहा गुप्ताका अनुसार छोकडा, केरा र आँपको माध्यमबाट यो भाइरस तिब्रताका साथ फैलिरहेको छ। यदि यो फल केरलबाट तपाई नजिकको बजारमा आएको छ भने निपाह भाइरसको खतरा बढी छ भनेर बुझ्न सकिन्छ ।
साथै यदि कुनै फललाई पंक्षीले खाएको छ र त्यो तपाईले खानु भयो भने पनि निपाह भाइरस तपाईको शरीरमा फैलन सक्दछ । तपाई पनि यो भाइरस तपाईको शरीरमा प्रवेश नगरोस भन्ने चाहनु हुन्छ भने निकै सावधानी अपनाउन थाल्नुस्। 
यसरी फैलन्छ निपाह

–निपाह भाइरसबाट इन्फेक्टेड चमेरो वा कुनै अरु पंक्षीले कुनै फललाई चुच्चोले ठुँगेको छ वा खाएको छ भने त्यो फलफूलमा निपाह भाइरस हुन्छ । त्यो फल कुनै पनि हुन सक्दछ।

–भाइरसवाला फलफूल बजारबाट तपाईको घरसम्म पुग्न सक्दछ । यदि तपाई त्यो तपाईले खानु भयो भने पनि तपाई निपाह भाइरसको शिकार बन्नु हुनेछ ।

–यदि कुनै सुँगुरमा यो भाइरस छ भने त्यसको माध्यमबाट पनि यो भाइरस मानिससम्म पुग्दछ ।

–यसका साथै यदि कुनै व्यक्ति यो भाइरसबाट इन्फेक्टेड छ र तपाई उसको सम्पर्कमा हुनु हुन्छ भने पनि तपाई यो भाइरसको शिकार बन्ने सम्भावना बढी रहन्छ ।

सावधानी

–कुनै पनि फलफूल सफा पानीले राम्रोसँग धोएर मात्रै सेवन गर्नुस् ।

–सुँगुर वा चमेरोबाट टाढै रहनुस्।

–विशेषगरी भारत र नेपालको तराई क्षेत्रमा पाइने ताडीजस्ता नशालु पदार्थबाट टाढै रहनुस् ।

–भूँइमा खसेका कुनै पनि फलफूल सेवन नगर्नुस् ।

–स्वास लिन समस्या छ, टाउको दुखेको छ वा कडा ज्वरो आएको छ भने तत्काल चिकित्सकसँग सम्पर्क गर्नुस् । एजेन्सी


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना :तिमिल्सिना

२८ असोज, बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए। उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा

​प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाउछौँ – मुख्यमन्त्री राई

२६ असोज, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन् । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च 

​हाम्रो कर्णाली हामी बनाउँछौ : इन्चार्ज शर्मा

२६ असोज, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् । प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताए। “हाम्रो कर्णाली हामी आफैँ 

अन्तर्राष्ट्रिय

भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदै

थिम्पु । भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदैछ।  भदौ अन्तिम साता भएको पहिलो चरण चुनावमा पहिलो र दोस्रो भएका दुई दलबीच यो निर्णायक प्रतिस्पर्धा हुन गइरहेको हो ।यो निर्वाचनमा विजयी हुने दलले हिमाली अधिराज्य भुटानमा पाँच वर्षका लागि सरकार निर्माण गर्नेछ ।  

निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु

जर्मनी । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन्

फिलिपिन्सको माओवादी युद्ध : लड्दालड्दै ५० वर्ष

फिलिपिन्समा करीब ४५ हजारको ज्यान लिइसकेको माओवादी विद्रोहले ५० वर्षमा पनि गन्तव्य पहिल्याउन सकेको छैन । अमेरिकाको अन्तरिक्ष कार्यक्रम (नासा) को मानव सहितको यान चन्द्रमामा अवतरण गरेर फर्केको ५० वर्ष पूरा हुँदैछ । चन्द्रमाको सतहमा नील आर्मस्ट्रङले पहिलो मानव पाइला राख्नुभन्दा केही महीना अघि दक्षिण पूर्वी एशियाली मुलुक फिलिपिन्समा माओवादीहरूले सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्न ‘जनयुद्ध’ शुरू गरेका थिए । धनी र गरीबबीच अचाक्ली ठूलो खाडल रहेको टापुहरूको यो मुलुकमा निरन्तर युद्ध लडिरहेका माओवादीहरूले ५० वर्षमा न सत्ता–प्राप्तिको लक्ष्य पूरा गर्न

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top