पुर्नसंरचनाको प्रस्ताव राजनीतिक आधारमा होइन बस्तुगत आधारमा गरिएको छ :एनपी साउद ( अन्र्तवार्ता)


Sunday, 20 Nov, 2016 12:34 PM

संविधान सभाबाट संविधान जारी भएपनि त्यसलाई शतप्रतिशतले चित्त अझै बुझाउन सकेका छैनन् । नेपालको संविधानमा बिशेषगरी मधेसी दलहरुको रुष्टता अझै कायमै छ यद्यपि संसोधनबाट उनीहरुलाई पनि सहमतिमा ल्याउने प्रयासमा सरकारले छलफल चलाइरहेको छ । अहिले सबैभन्दा विवादित विषय बनेको छ स्थानीय तह पूर्नसँरचना । भइरहेको जिल्ला टुक्र्याए स्थानीयवासी विरोधमा उत्रने तर पुर्नसँरचना हुदा सबै जिल्लाहरु  पूर्ववत अवस्थामै रहन नसक्ने अवस्था पनि  छ यसकारण पनि यो विषय निकै विवादित बनेको छ ।  क्षेत्र नंम्बर दुईका नेपाली कांग्रेसका सभासद  तथा पुर्व सिचाइमन्त्री एनपी साउद सँग स्थानीय पूर्नसंरचनाको विषय, संविधान संसोधन ,स्थानीय निकायको चुनाव लगायतको विषयमा न्यूजसेवाकर्मी पिएन ओझाले गरेको कुराकानीको अंश :

स्थानिय तह पुर्नसंरचनाका विषयमा अझै विवाद कायमै छ, विवादीत जिल्लाको समाधान कसरी होला ?

 स्थानिय पुर्नसंरचनाका विषयमा अधिकांश जिल्लामा काम भइसकेको छ । तपाईले भन्नु भएजस्तै केहि सिमित जिल्लामा काम हुन सकैको छैन । विशेष गरेर एक र दुई नम्बर प्रदेशका तराईका जिल्लामा यस्तो विवाद देखिएको हो । यसलाई सहमती र सहकार्यबाट चाँडो टुङ्ग्याएर आयोगले पुर्णता दिनुपर्छ । यसको समाधानका लागि सबै राजनितीक पार्टीहरुले आफ्ना मातहतका प्रतिनिधिहरुलाई छलफलका लागि निर्देशन दिनुपर्दछ ।
 
स्थानियतह पुर्नसंरचना गर्दा ठुला राजनितिक दलले आफ्नो पहुँच र स्वार्थको आधारमा पुर्नसंरचनाको प्रस्ताव गर्यो यसकारण पनि विवाद चुलियो भन्छन् नी ? 

प्रस्ताव गर्दा राजनितिक दलले आ–आफ्नो कोणबाट हेरेका हुन सक्दछन् । तर, यो मुलतः राजनितिक सहमतीमा नै हुने कुरा हो । पुर्नसंरचना गर्दा जिल्ला विकास समीती अन्र्तगत प्राविधिक समिती पनि रहेकोले त्यसको प्राविधिक पक्षलाई नजरअन्दाज गर्न मिल्दैन । त्यसकारण मलाई लाग्छ यसको अन्तिम निक्र्यौल हुने भएकोले राजनितकि आधारमाभन्दा पनि वस्तुगत आधारमा नै सहमती भएर पुर्नसंरचनाको प्रस्ताव गरिएको छ । 

संविधान संसोधनमा तपाइहरु (नेपाली कांग्रेस) कसरी प्रस्तुत भइरहनु भएको छ ? 

संविधान संसोधन गर्नुपर्छ भनेर नेपाली कांग्रेसले पटक–पटक भन्दै आएको छ । मधेस केन्द्रित दलहरुले भनेजस्तै १० दिन वा १५ दिन तथा कुनै धाकधम्कीमा गर्नु  भन्दा पनि सबैलाई सेमट्नका लागि गरिने राष्ट्रिय विषय हो । त्यसकारण यस विषयमा हामी वहस र छलफल गरिरहेका छौँ । यस विषयलाई सहमतीकै आधारमा चाँडोभन्दा चाँडो  निर्णयमा पुर्याउने कोशिसमा छ हाम्रो पार्टी । 

आगामी निर्वाचनमा थ्रेसहोल्ड लगाउने भन्ने प्रावधानको पनि प्रस्ताव छ,साना दललाई मिलाउन कत्तिको चुनौति छ ?

वास्तवमा निर्वाचनका सन्दर्भमा थ्रेसहोल्ड राष्ट्रिय आवश्यकता भइसकेको छ । साना–साना झुण्डले वा कुनै व्यक्तिले संसदमा अस्वस्थ भूमिका निर्वाह गर्ने गरेका कारण राष्ट्रिय राजनिती र मुलुकको स्थायित्व प्रभावित हुदै आएको छ । त्यसकारण निश्चित प्रतिशत थ्रेसहोल्ड राख्ने विषयमा पनि छलफल भइरहेको छ । हामीलाई पुरा विश्वास छ की प्रतिशतको केहि तलमाथि भएपनि थ्रेसहोल्ड राख्नुपर्नेमा राष्ट्रिय सहमती अनुसार हामी अगाडी बढ्नेछौँ । यसमा केहि चुनौतीहरु रहेका छन् । तर यसले राष्ट्रिय स्थायित्व दिन्छ र साना साना दलहरुको ठाउँमा मुल राजनितीक दलहरुतीर जनताको ध्यानआकर्षण पनि गराउँछ । त्यसकारण यसमा आएका चुनौतीहरुलाई छलफलको माध्यमबाटै समाधान गरिनेछन् ।

हिन्दुराष्ट्र कायम गर्न भनि दुई राप्रपाविच एकिकरणको तयारी भर्इरहेको छ , हिन्दु राष्ट्र कायम हुने सम्भावना चाहि कत्तिको देख्नुहुन्छ ? 

हिन्दु राष्ट्र कायम गर्नका मात्रै लागि कुनै राजनितीक दलहरुमा एकीकरण भएको हो भन्ने कुरा त मान्न सकिदैन । किनभने राष्ट्रिय प्रजातन्त्र पार्टी विगतमा पनि एकै ठाउँमा थिए । उनीहरुका आफ्नै किसिमका एजेण्डाहरु, दर्शनहरु रहेका छन् । उनीहरुका पक्षमा त्यस्तै किसिमको केहि जनमत पनि रहेको छ । त्यसलाई विभाजन हुन नदिनका लागि उनीहरु एकमत भइरहेका छन् भन्ने मलाई लाग्दछ । उनीहरुको एकताका कारणले हिन्दु राष्ट्र आउने र विभाजित भएका कारण रोकिने भन्ने कुरा असम्भव छ । 

अख्तियार प्रमुखलाइ महाअभियोग लगाउने विषयमा नेपाली काँग्रेसको धारण के छ ?

 अब अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउने विषयमा नेकपा एमाले र माओवादी केन्द्रले महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । यस विषयमा संसदमा छलफल चलीरहेको छ । महाअभियोगको लागि एउटा सिफारिस समिती पनि बनेको छ । त्यस समीतीले महाअभियोगका लागि आधारहरु उपयुक्त छन्, की छैनन् भन्ने बारेमा वैधानिक अधिकार राख्दछ । यि सबै प्रक्रिया भइसकेपछी नेपाली कांग्रसले आफ्नो धारण सार्वजनिक गर्नेछ ।

संसदमा एक महिनामा जम्मा चारदिन मात्र छलफछ भएको छ ,संसद सुस्ताएको हो ?
 

संसद सुस्ताएको भन्ने विषयमा जुन तपाँईको प्रश्न छ, त्यसो चाँही होइन । यस बीचमा चाडपर्वहरु पनि परे र त्यो मात्रै विषय नभएर अन्य पन थुप्रै विषयमा पनि छलफल चलीरहेकोले केहि ढिलो भएको हुनसक्दछ । तर, संसदमा बहस चलीरहेको छ र कुनै वृत्तले ज्यादा दबाब दियो भन्ने आधारमा मात्रै हैन की, निष्पक्षतापूर्वक मुद्दाको छानबिन गर्नुपर्ने भएकोले समय लाग्नु स्वाभाविक हो । यसलाई अन्यथा लीनु हुँदैन ।

स्थानिय निकायको चुनाव  चैतमाहुने सम्भावना त निकै न्यून देखिएको छ यदि भएन भने देश कुन दिशातर्फ मोडिन्छ ? 

हामीले दु्रतगतीमा काम गर्यौ भने चैतम चुनाव सम्भव छ, हुन्छ भन्नेमा पूर्ण विश्वस्त छौँ । यदि चैतमा चुनाव हुन सकेन भने यो दुर्भाग्य हुन्छ । लामो समयदेखी स्थानिय निकायहरु खाली छन् । यदि कदमकदाचित सकिएन राष्ट्रिय राजनितीनै अस्तव्यस्त हुन्छ र वर्तमान सरकार गठबन्धनको औचित्य समाप्त हुन्छ ।



Nmc

jutta mela

bijuli

bussewa

राजनीति

​नेपाल र युएईका ऊर्जामन्त्रीबीच भेटवार्ता

३ माघ अबुधावी। ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र संयुक्त अरब इमिरेट्सका ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता भएको छ । अबुधावीस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा जल उर्जा उत्पादनको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा कुराकानी भएको 

चैतमा चुनाव हुने सम्भावना टर्यो, सरकार भाग्न खोज्यो : नेताहरु

३ माघ, काठमाडौं । स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैतमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् । तर  दलहरुवीचको सहमतिमै चुनावको मिति घोषणा गर्ने सरकारको तयारी रहेको  भनेका छन् । 

​ तोकिएकै समयमा तिनै तहको निर्वाचनः सञ्चार मन्त्री

३ माघ, धरान । ​सुचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले तोकिएकै समयमा तिनै तहको निर्वाचन गर्ने वताए । धरानमा गरिएको पत्रकार सम्मेलनमा वोल्दै  उनले स्थानिय निकाय लामो समय देखि जनप्रतिनिधि विहिन भएको छ । यसले गर्दा पनि स्थानिय निर्वाचन तुरुन्त हुनुपर्नेमा 

प्रवास/अन्तर्राष्ट्रिय

​विश्वका शक्तिशाली १० खुफिया एजेन्सी ,जसको नाम सुनरै थररर हुन्छन्

विश्वका हरेक देशमा त्यस देशका नागरिक,दस्तावेज र बौद्धिक सुरक्षाको जिम्मेवारी एक एजेन्सीले निकै मौन र शालिन तरिकाले निभाइरहेका हुन्छन् । यस एजेन्सीमा काम गर्ने मानिसहरुका बारेमा प्रायलाई थाहा हुदैन् ।

​किर्गिस्तानमा विमान दुर्घटनाहुँदा ३२ जनाको मृत्यु, घरमा ठोकिएर दुर्घटना

३ माघ  । किर्गिस्तानमा विमान दुर्घटना हुँदा कम्तिमा ३२ जनाको ज्यान गएको छ । हङकङबाट उडेको टर्किस एयरलाइन्सको कार्गो विमान बोइङ ७४७ किर्गिस्तानको मानस विमानस्थल नजिक दुर्घटना भएको समाचार संस्था रोटर्सले जनाएको छ ।  विमान घरमा ठोक्किएर दुर्घटना भएको हो । 

​सपनामा बारम्बार किन आउँछन् बुद्ध र शिव भन्दै आत्तिए राहुल गान्धी

३ माघ । कांग्रेस आईका उपाध्यक्ष राहुल गान्धीले आफ्नो सपनामा बाराम्बार गौतम बुद्ध र शिव आउने गरेको उल्लेख गरेका छन् ।  उनले शिव र गौतम बुद्धको तस्बिरमा भारतीय कांग्रेस पार्टीको झन्डा देख्ने गरेको र सो कारण आफुलाई निकै डर लागेको भन्दै एक बाबालाई सुनाएका थिए । 

बिचार

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

​शे–फोक्सुन्डो तालको जिल्ला डोल्पा तर किन सधै ओझेलमा ?

रामचन्द्र न्यौपाने / डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ।विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जाल नहुँदा डोल्पाका अधिकांश क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको हो।

ओली कमरेड!संघीयता र गणतन्त्र एमालकोे एजेण्डा होइन भने माओवादीसंग माफि माग्नुस्

एमाले त्यस्तो कुकुरको पुच्छर हो,जसको पुच्छर १२ वर्ष ढुङ्गा्रोमा राखेपनि कहिले पनि सिधा हुनसक्दैन् । उसले आफ्नो असली रुप देखायो । केपी ओलीले संघीयता मनै परेको छैन् भन्न थाले । बामदेव गौतम संघियता लागु हुदैन भन्न थाले । परिणाम संघियता नै धरापमा पर्ने खतरा छ ।  यतिबेला नेकपा एमाले संघीयताको विरुद्धमा उत्रिएको छ ।

Top