cg electronics
nlic

के हो साउना र स्टिम ? मुटुरोगीले गर्नै पर्ने विधि


Thursday, 22 Feb, 2018 4:51 PM
तपाईले ‘साउना’ तथा  ‘स्टिम’ भनेको त सुन्नुभएकै  होला । नेपालमा हाल यसको प्रयोग र माग बढ्दो छ । नेपालमा यसलाई केही नौलो मानिएपनि विकसित देशमा त यो निकै पहिलेदेखि प्रयोग हुँदै आएको हो । जापानमा त अझ साउना, स्टिमका साथै आपुरोपद्धती पनि निकै प्रचलित छ । विशेष गरी स्टिम र साउना लिँदा शरिरलाई धेरै किसिमका फाइदा छन् । 
‘स्टिम’ भनेको पानीको बाफ हो । यसमा पानीको तातो वाफ आउँछ । ‘साउना’ भनेको चाहीँ सुक्खा तातो बाफ हो । यी दुवैमा मानिस बस्नको लागि तापक्रम मिलाइएको हुन्छ । यी दुबैमा बस्दा शरीरबाट मस्त पसिना निस्कन थाल्छ । कुनै शारीरिक कसरत वा श्रम नगरी धेरै पसिना बग्छ । यसरी पसिना बग्दा शरीर स्वस्थ राख्न मद्दत पुग्छ।

अहिले अधिकांश देशमा स्टिम र साउनाको माग बढेको छ । स्टिम र साउनाले शरीरमा रगत सञ्चालनमा फाइदा गर्छ । तातोले नसा खुलाउने काम गर्छ र मुटुरोगीका लागि फाइदा पुग्छ । यसलाई हप्तामा १–२ पटक प्रयोग ग¥यो भने उच्च रक्तचाप भएकाहरुको रक्तचाप नियन्त्रण गर्न र तनाव घटाउन पद्दत मिल्छ।
वातावरणको धुलोधुँवाले गर्दा हामी थकित भएका गछौं । स्टिम र साउनामा आधा–एक घन्टा बसेपछि आनन्द महसुस हुन्छ । शरीरमा भएका विकार हटाउँछ र छालाका प्वालहरु खोलेर ‘फ्रेस’ बनाउँछ।
शरीरमा टाँसिएको धुलोधुँवाका कण स्टिम र साउना लिँदा आउने तातोले पसिनाका माध्यमबाट बाहिर निकालिदिन्छ । जसले छाला सफा हुन्छ र अनुहारमा भएका डन्डीफोर हटेर जान्छन्।  
स्टिम र साउना बाथ लिँदा धेरै पसिना बग्ने हुँदा त्यसबेला १–२ लिटर नुन र कागती हालेर पानी पिउनुपर्छ। 
स्टिम र साउना बाथ साना बच्चाहरु, गभवर्ती महिला र छारेरोग भएका मान्छेले गर्नु हुँदैन।

स्टिम र साउनाका फाइदा 

– शरीरमा भएका बिकारलाई हटाउँछ, 
– तनावबाट मुक्ति दिलाउँछ, 
– छालामा जमेको फोहोर निकालेर सफा बनाउँछ, 
– निरन्तरको स्टिम र साउनाले मोटोपना घटाउन मद्दत गर्छ,
– स्वस्थ रगत सञ्चालनमा मद्दत गर्छ, 
– शरीरले आनन्द महसुस गर्छ, आदि । 

गर्मी मौसममा भन्दा जाडो मौसममा स्टिम र साउना बाथ लिनेहरु धेरै हुन्छन् । यसै पनि जाडो मौसममा तातो भएर बस्दा आनन्द आउँछ, त्यसमाथि शरीरलाई पनि फाइदा पुग्छ ।

गर्मी महिनामा पनि स्टिम र साउना लिने गरिन्छ । यसलाई शरीर तातो बनाउने उपायका रुपमा मात्र नभई शरीरबाट पसिना निकाली स्वस्थ रहने उपायका रुपमा लिनुपर्ने हुन्छ । 
स्टिम र साउनासँगै आयुर्वे्दिक ट्रिटमेन्ट (मसाज, फेसियल आदि) गर्दा शरीरलाई धेरै फाइदा पुग्छ । 

बुढेसकाल लागेसँगै उठ्न र बस्न गाह्रो हुनेहरुले स्टिम र साउना लिदाँ उपयुक्त हुन्छ । जोर्नीहरु कडा भएर हिँडडुल गर्न गाह्रो हुनेहरुलाई स्टिम र साउना बाथले जोनीहरु खुकुलो बनाउन सहयोग गर्छ । 
नियमित जिम जान वा व्यायाम गर्न नसक्ने वा नभ्याउने मानिसका लागि शरीर स्वस्थ राख्न स्टिम र साउना बाथ राम्रो विकल्प हो । प्रसस्त पसिना निस्कने भएकाले यसले क्यालोरी बर्न गर्न मद्दत गर्छ । 

हामी हप्ताको दुई पटक स्टिम र साउना लिन सुझाव दिन्छौं । यस्तै, लामो समय तातोमा बस्न त्यति फाइदाजनक मानिदैन । त्यसैले ३० मिनेटदेखि १ घन्टासम्म बस्नु उपयुक्त मानिन्छ ।

स्टिम र साउना बाथ लिँदा सुक्खा छाला हुनेहरुले भने मोस्चराइजिङ क्रिमको प्रयोग गर्नु राम्रो हुन्छ । स्टिम र साउना लिने कोठाको तापक्रम ‘एक्सपर्ट’ ले सेट गरेका हुन्छन् । स्टिम र साउना लिँदा पनि एक्सपर्टले निगरानी गरिहरेका हुन्छन् । 
स्वास्थ्यखबरमा उल्लेखित सामाग्रीको शंपादित अंश 


Ruslan

sponserworldcup

राजनीति

प्रशासकीय अदालतसम्बन्धी विधेयक पेश

३ असार काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले ‘प्रशासकीय अदालतका सम्बन्धमा बनेको विधेयक, २०७५’ पेश गरेका छन् । विधेयक प्रस्तुत गर्दै उनले कर्मचारीका सरुवा, बढुवा र अवकाशका विषयमा प्रशासकीय अदालतले नै छिनोफानो गर्न सक्ने बनाउन विधेयक ल्याइएको बताए । यसअघि राष्ट्रियसभाको विशेष समयमा नरपति लोहार, जीतेन्द्रनारायण देव, विमला राई, कमल ओली, हरिचरण 

सरकार मधेशसँग अनुदार भएको आरोप

३ असार काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।  विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विषयमा भएको छलफलमा भाग लिँदै सांसद दुर्गाबहादुर रावलले सरकार नीति, विधि र थितिअनुसार नचलेको आरोप लगाए । सांसद राजकिशोर यादवले सरकार 

​संविधान संशोधन नभएसम्म सरकारमा जाँदैनौं : महतो

२ असार, लहान । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा नजाने बताएका छन् । सिरहाको चोहर्वामा शनिबार आयोजित कार्यकर्ता भेटघाटमा महतोले संविधान संशोधन, नेता कार्यकर्तामाथि लगाइएको झुटो मुद्दा फिर्ता र रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म सरकारमा नजाने कुनै सम्भावना नरहको बताएका हुन् ।

अन्तर्राष्ट्रिय

ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी विस्फोट, मृत्युहुनेको संख्या ७५ नाघ्यो, १७ लाख मानिस प्रभाव

२३ जेठ काठमाडौ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ

अमेरिकी विदेशमन्त्री मनुसीनमाथि जवाफी हमला, व्यापार युद्धका लागि तयार रहन चेतावनी

अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनले स्टील र एलुमिनियममा कर लगाउने आफ्नो सरकारको निर्णयलाई लिएर क्रुद्ध बनेका औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका अर्थमन्त्रीहरूबाट कडा आलोचनाको सामना गरेका छन्। जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको थियो। क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए भने 

रूसी राष्ट्रपति पुटिनका कट्टर आलोचक खोज पत्रकारको हत्या

१६ जेठ काठमाडौ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक रहेका एकजना चर्चित रुसी खोज पत्रकारको युक्रेनको राजधानी किएभमा गोली हानी हत्या गरिएको छ।प्रहरीको विज्ञप्तिमा आर्काडी बाब्चेन्कोलाई मंगलवार साँझ गोली हानिएको र त्यसको केहीबेरपछि नै उनको ज्यान गएको उल्लेख गरिएको छ। अहिलेसम्मका प्रमाणहरूले सुनियोजित हत्या भएको संकेत गरेका छन्। बाब्चेन्कोकी श्रीमतीले मंगलवार साँझ बाहिर गोली चलेको सुनिन्। 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top