huwai hospital
nlic

सौर्य एयरलायन्सका सबै उडान बन्द, ३ करोड नतिरेपछि त्रिभुवन विमानस्थलले लगायो प्रतिबन्ध


Thursday, 6 Dec, 2018 4:19 PM
२० मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक वायुसेवा कम्पनी सौर्य एयरलाइन्सको सम्पूर्ण उडान बिहीबार (आज) बाट रोकेको छ । सौर्यले विमानस्थललाई तिर्नुपर्ने बक्यौता ३ करोडभन्दा माथि पुगेपछि विमानस्थल व्यवस्थापनले आजबाट उसको उडान रोकेको हो । 
त्रिभुवन विमानस्थल व्यवस्थापनले सौर्यलाई लामो समयदेखि बक्यौता चुक्ता गर्न भन्दै आएको थियो । यसअघि गत कात्तिक तेस्रो साता एक साताको म्यादसमेत दिएको थियो । तर पनि सौर्यले बक्यौता भुक्तानीमा अटेर गर्दै आएको थियो । बीचबीचमा विमानस्थलले सौर्यका उडान दैनिक एकदेखि डेढ घन्टाका दरले रोक्दै समेत आएको थियो । ‘बक्यौता चुक्ता गर्न सौर्यलाई धेरै पटक आग्रह गर्यौं तर उसले आलटाल गर्दै आयो, त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने,‘केही सीप नलागेपछि आजबाट उसका सबै उडान रोकेका छौं । अब हामीले तोकेको न्यूनतम रकम भुक्तानी नगरेसम्म उसका जहाज उड्न दिँदैनौं ।’

विमानस्थल व्यवस्थापनका अनुसार सौर्यले ३ करोड रुपैयाँभन्दा बढी बक्यौता चुक्ता गर्न बाँकी छ । झन्डै एक वर्षदेखिको यो बक्यौता चुक्ता गर्न ताकेता गरिए पनि सौर्यले आलटाल गर्दै आएको छ । सौर्यसँग हाल सञ्चालनमा रहेको ५० सिट क्षमतायुक्त एकथान जहाज अहिले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा  छ । 

सौर्यसँग दुइटा जहाज भए पनि पछिल्लो समयदेखि त्यही एउटामात्र उडिरहेको थियो । सौर्यले एउटा जहाजमार्फत् काठमाडौंबाट नेपालगन्ज, विराटनगर, भैरहवालगायत गन्तव्यमा दैनिक तीनदेखि चार उडान गरिरहेको थियो । 

कूल बक्यौतामध्ये कम्तिमा २० देखि २५ लाख रुपैयाँ तुरुन्त चुक्ता गरेमात्र सौर्यलाई पुनः उडान गर्न दिने महाप्रबन्धक क्षेत्रीले बताए । त्यति रकम चुक्ता गरे केही दिनमात्र उडान गर्न पाइने उनको भनाइ छ ।  

‘सौर्यका अधिकारीहरू हाम्रो सम्पर्कमै छन,’ विमानस्थल महाप्रबन्धक क्षेत्रीले भने,‘बक्यौता चुक्ता गर्न रकमको व्यवस्था गर्दैछौं भनेका छन् र आउने सोमबारसम्ममा केही रकम चुक्ता गर्ने जानकारी दिएका छन् ।’

विमानस्थलका अनुसार २०७४ यता सौर्यको बक्यौता करिब ४ करोडभन्दा माथि थियो । बारम्बारको ताकेतापछि उसले किस्ता–किस्तामा गरी १ करोड ७० लाख रुपैयाँ तिरे पनि अझै ३ करोडभन्दा बढी बाँकी राखेको छ । त्यसपछि पुनः ताकेता गरे पनि रकम चुक्ता गरेको छैन ।
त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने अवतरण (ल्यान्डिङ) र विसान (पार्किङ) शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत सेवा उपयोग गरेबापत सौर्यले उक्त परिमाणबराबरको रकम चुक्ता गर्न बाँकी रहेको छ । यसमा विलम्ब शुल्क पनि जोडिएको छ ।

‘विमानस्थल सेवा शुल्क नियमावली २०६७’ को नियम ३० मा ‘कुनै पनि वायुसेवा वा अन्य कम्पनीबाट ६० दिनभित्र बक्यौता शुल्क उठेन भने सम्बद्ध वायुसेवाको उडानमा रोक लगाउन र अन्य कम्पनीको कारोबार रोक्का गर्नसक्ने अधिकार विमानस्थल प्रमुखलाई हुने’ उल्लेख छ । यही नियमावलीको नियम २९ मा भने ‘विमानस्थलमा तोकिएको शुल्क उठाउने जिम्मेवारी सम्बन्धित विमानस्थल प्रमुखको हुने’ उल्लेख छ ।
२०७१ भदौ पहिलो साता २५ करोड रुपैयाँ लगानीमा सौर्य स्थापना भएको थियो । कम्पनीले क्यानडास्थित जहाज निर्माता कम्पनी बम्बार्डियरमा उत्पादित ५० सिट क्षमतायुक्त ‘क्यानेडियन रिजनल जेट’ (सिआरजे–२००) सिरिजको जहाज एकथान ल्याएपछि त्यही वर्ष मंसिर १ बाट नियमित व्यापारिक उडान सुरु गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७० साउन तेस्रो साता मुलुकका प्रमुख सहरहरूमा उडान गर्ने गरी सौर्यलाई उडान अनुमति दिएको थियो । सौर्यले पोखरा, विराटनगर, नेपालगन्ज, भैरहवा वा अन्य सहरी गन्तव्यमा आधार गर्न पाउने गरी अनुमति पाएको थियो । सौर्यले सुरुमा ३४ सिट क्षमताको ‘डोर्नियर–३२८’ सिरिज एउटा र ३५ सिटे ‘एसएबी–३४०बी’ सिरिजको एउटा जहाजबाट उडान गर्ने योजना बनाएको थियो । 

सौर्यले मुलुकको आन्तरिक उडान इतिहासमै ‘पहिलो पटक’ जेट इन्जिनयुक्त जहाज प्रयोग गरेको थियो । उसले २०७३ फागुन अन्तिम साता दोस्रो सिआरजे–२०० सिरिजको जहाज ल्याएको थियो । 

त्यसयता निरन्तर दुई जहाजबाट नियमित उडान गरिरहेको सौर्यको हाल एउटा जहाज त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छ । एउटा जहाजबाट सीमित गन्तव्यमा सेवा दिइरहेको सौर्यलाई दुई महिनाअघि गैरआवासीय नेपाली श्याम अधिकारीलगायतको समूहले करिब ६७ करोड रुपैयाँमा खरिद गरेको थियो । लामो समय घाटामा सञ्चालन भएपछि पुरानो व्यवस्थापनले कम्पनी अधिकारीको समूहलाई बिक्री गरेको थियो । 


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

प्रतिनिधिसभा बैठक: गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न माग

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाबहादुर राउतले गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । उनले गुठी जमीनलाई रैकरमा लैजाने प्रक्रियालाई वैधानिकता प्रदान नगरेसम्म किसानलाई सधैँ मर्का पर्ने बताए । विसं २०६४ माघ १० गते सर्वोच्च अदालतले गुठी जमीनलाई रैकरमा परिणत गर्न नमिल्ने फैसला गरेको थियो । सांसद नरबहादुर धामी, नारायणप्रसाद खतिवडा र पवित्रा निरौलाले कृषिमा राज्यको लगानी बढ्दै गए पनि उत्पादन वृद्धि

बेलायती रक्षामन्त्री र प्रचण्ड बिच भेट, गोर्खा सैनिकको समस्याबारे चासो व्यक्त

१० फागुन, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गरेका छन् । आज आफूसँग शिष्टाचार भेटका लागि पुगेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राखेका थिए । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती सहयोगका

स्वतन्त्रताको सीमा हुँदैन– मन्त्री बाँस्कोटा

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गरेका थिए । सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताए । सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गरिन् । सांसद गगन थापाले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक नरहेको 

अन्तर्राष्ट्रिय

पाकिस्तानी दुई संस्था प्रतिबन्धित

१० फागुन, इस्लामावाद । पाकिस्तान सरकारले यहाँका दुइ ओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ । ती संस्थालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि आर्थिक प्रतिबन्ध लगाउनुपर्ने सूचीमा राखी सकेको छ । आर्थिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन राष्ट्रसंघले यसअघि नै सिफारिश गरेका ती दुई संस्थालाई पाकिस्तानको सरकारले पनि प्रतिबन्ध लगाएको हो । भारत प्रशासित काश्मिरमा भएको हालैको आतंककारी हमलापछि ती संस्थालाई प्रतिबन्धित गरिएको बताइएको 

​मोल्दोभा र सेनेगलमा आइतबार मतदान

१० फागुन, चिसिनाउ । मोल्दोभामा आइतबार संसदका लागि मतदान हुँदैछ । सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा हुने यस चुनावमा रुस समर्थक र युरोप समर्थकबीच कडा टक्कर हुने अनुमान गरिएको छ । सोभियत युनियन सन् १९९१ मा विघटन भएसँगै स्वतन्त्रता प्राप्त गरेको मोल्दोभा रुस र युरोपेली मुलुकको तानातानमा फसेको छ । करिब ३५ लाख जनसंख्या रहेको मोल्दोभाका बहुसंख्यक जनता मस्कोसँग घनिष्ट सम्बन्ध बनाउन चाहन्छन्, तर रोमानीयाको मोडेल पछ्याउन उपयुक्त

सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेराहरु मारिए

१० फागुन, नाइजेरिया । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् । ‘५९ जना लुटेराहरु मारिएका छन् र भिडन्तका क्रममा हाम्रा सात जना गाउँलेको पनि ज्यान गयो । यो भिडन्त झण्डै चार घण्टा चलेको थियो,’ डानिजिग्बा गाउँका निबासी बुबे शेगुले बताए । स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top