syangyong
nlic

एक करोड ७२ लाख रूपैयाँ तलव खाने युवती, को हुन यिनी ?


Tuesday, 8 May, 2018 5:43 PM
उमेर २५ वर्ष, तलव महिनाको नौ लाख रुपैयाँ। बिहारकी मधुमिता कुमारकालागि यो सपना होइन, बरु वास्तविकता हो। विश्वको सबैभन्दा ठूलो सर्च इञ्नि कम्पनीका रुपमा चर्चित गुगलले मधुमितालाई एक करोड आठ लाख ( नेरू १ करोड ७२ लाख ८० हजार ) रुपैयाँ वार्षिक व्याकेज दिने गरी जागिर दिएको छ। सोमबार आफ्नो नयाँ जागिर मधुमिताले गुगलको स्विट्जरल्याण्डमा टेक्निकल सोल्युशन इन्जिनियरका रुपमा काम सुरु गरेकी छन्। गुगलमा काम सुरु गर्नु अगाडि उनी बेंगलोरमा एपीजी कम्पनीमा काम गर्थिन्। उनका बुवाका अनुसार केही दिन अगाडि उनलाई अमेजन, माइक्रोसफ्ट र मर्सिडीज जस्ता कम्पनीबाट पनि अफर आएका थिए। आज उनका बुवा मधमिताको सफलताका खुशीयाली मनाइरहेका छन्। पटनासँगै जोडिएको खगोल इलाकामा यो परिवारको चर्चा भइरहेको छ। तर कुनै बेला यस्तो पनि समय थियो, जतिबेला मधुमिताका बुवा उनलाई इन्जिनियरिङ पढाउन तयार थिएनन्।

सुरेन्द्र कुमार शर्मा सम्झिन्छन्, ‘सुरुमा मैले नै इन्जिनियरिङ क्षेत्र छोरी मान्छेकालागि राम्रो होइन। तर मैले फेरि के देखेँ भने छोरी मान्छे पनि ठूलो संख्यामा यो क्षेत्रमा आइरहेका छन्। त्यसपछि मैले मधुमितालाई भने ल तिमी पनि एडमिशन गर।’  त्यसपछि मधुमिताले जयपुरको आर्या कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीबाट कम्प्युटर साइन्समा इन्जिनियरिङको अध्ययन सुरु गरिन्। उनको ब्याच २०१०–२०१४ को हो। त्यसअघिको १२ कक्षासम्मको पढाइ उनले पटनाको डीएवी, वाल्मी स्कुलबाट पूरा गरेकी थिइन्।
आफ्नो परिवारबाट विदेश जाने उनी पहिलो व्यक्ति भएकी छन्। उनी यही वर्ष फेब्रुअरीमा पहिलो पटक अमेरिका गएकी थिइन्। मधुमिताको पहिलो विदेश भ्रमणलाई सम्झिँदै उनका बुवा सुरेन्द्र भन्छन्,‘अन्य परिवारमा जस्तै हाम्रो परिवारमा पनि विदेश जानु ठूलो उपलब्धी थियो। मेरी छोरी विदेश गएपनि सबैलाई के लाग्यो भने हाम्रो ठाउँबाट कोही त विदेश घुमेर आयो।’ तर, अब उनलाई अब आफ्नी छोरी हजारौं मिल टाढा लगातार एक्लै बस्नुपर्छ भन्ने बोध भएको छ।
यत्रो सफलता हासिल गर्न मधुमिताको मेहनत र लगनसँगै जुन व्यक्तिको महत्वपूर्ण भूमिका थियो, उनी हुन भारतका पूर्व राष्ट्रपति र चर्चित वैज्ञानिक एपीजे अब्दुल कलाम। सोनपुरमा रेलवे सुरक्षा बलमा सहायक सुरक्षा आयुक्त पदमा तैनाथ मधुमिताका बुवा सुरेन्द्र शर्मा भन्छन्, ‘चर्चित राष्ट्रपति एपीजे अब्दुल कलाम मधुमिताका सबैभन्दा ठूला प्रेरणाका स्रोत हुन्। उनको किताब र बायोग्राफी मधुमिता सधैं पढ्ने गर्थिन्। उनकै विचारबाट मधुमिताले प्रेरणा लिएकी हुन्।

स्कुल पढ्दा मधुमिता म्याथ, फिजिक्स र भौतिक विषय धेरै मन पराउँथिन्। साथै उनी वादविवाद प्रतियोगितामा पनि भाग लिन्थिन्। सुरुका दिनमा मधुमिता आईएएस बन्न चाहन्थिन्। तर, पछि उनले इन्जिनियरिङलाई आफ्नो करियर बनाइन्। २०१० मा उनले १२ कक्षा पास गरेपछि इन्जिनियरिङमा एडमिशन गरिन्।

सरेन्द्र शर्मा भन्छन्, ‘मधुमिताले १२ मा ८६ प्रतिशत अंश ल्याइन्। देशको राम्रो कलेजमा भर्ना हुन यो अंक औसत मानिन्थ्यो। यस्तोमा उनको यो सफलताले के कुरा सावित गर्छ भने बोर्डमा राम्रो अंक नआएपनि सफलताको बाटो बन्द हुँदैन।’

सुरेन्द्र कुमारकी जेठी छोरी रश्मी कुमार अहिले इन्दोरको अरविंदो मेडिकल कलेजमा एमबीबीएसको अध्ययन गरिरहेकी छन्। परिवारको सबैभन्दा कान्छो छोरा हिमांशु शेखर पनि अहिले बेंगलुरुको आरवी कलेज अफ इन्जिनियरिङका मेकानिकल इन्जिनियरिङको अन्तिम वर्षका छात्र हुन्।

मधुमिता भन्दा पहिला बिहारका वात्सल्य सिंहलाई माइक्रोसफ्टबाट एक करोड २० लाख रुपैयाँ वार्षिक व्याकेजमा जागिर मिलेको थियो।
करिव दुई वर्ष पहिला वात्सल्य यो जागिरको अफर आएको थियो। उनी आईआईटी खड्गपुरमा अन्तिम वर्षका छात्र थिए। उनी खगडिया जिल्लाको सन्होली गाउँका थिए। बीबीसी हिन्दीबाट 


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने

४ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङकुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएका छन् ।​नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उनले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे। विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकार 

​निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

४ असोज, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको सर्वसुलभ व्यवस्था मिलाउन आग्रह गरे। सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको 

​विकास निर्माणमा सरकारको ध्यानाकर्षण

४ असोज, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर बनेको भन्दै चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी हुन्। सांसद कमलाकुमारी वलीले प्रदेश 

अन्तर्राष्ट्रिय

महान्यायाधिवक्ता विरुद्ध खनिए ट्रम्प

४ असोज, न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो प्रहार गर्दै आफ्नो कोही पनि महान्यायाधिवक्ता नरहेको बताउनुभएको छ । अमेरिकाको हिल टिभीलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी चुनावमा रुसी हस्तक्षेपको छानबिनबाट अलग बस्ने महान्यायाधिवक्ता सेसन्सको निर्णयको आलोचना गर्नुभयो ।

​सिरियाबाट उडेको रुसी सैनिक विमान बेपत्ता

२ असोज, काठमाडौं । रुसको एक सैनिक विमान बेपत्ता भएको छ । सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । भूमध्य सागरको माथि उडिरहेका बेला रुसी आइआइ–ट्वेन्टी विमानसँगको सम्पर्क टुटेको हो । नेपाली समय अनुसार मंगलबार बिहान पौने २

२०० अर्ब डलरको चिनियाँ सामानमा अमेरिकी कर

​अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत दिँदै २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ। अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो। चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ।
तर स्मार्ट वाच र अग्ला कुर्सी जस्ता समानमा कर लगाइएको छैन।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top