esewa
kantipur mall

कोख भित्रका शिशुले गर्छन यी ५ अनौठा काम


Monday, 12 Aug, 2019 10:08 AM
९ महिनापछि आकर्षक रुपमा जन्मिनुअघि आमाको कोखमा रहेको बच्चा कुन अवस्थमा कसरी बसेको हुन्छ भन्ने विषयमा सबैलाई खुलदुली हुन सक्छ । कोखमा रहेको शिशु केबल त्यहाँ बस्ने र समयक्रम अनुसार बृद्धि भएको हुन्छ । तर यतिमै सिमित हुदैन उनीहरुको ९ महिने चक्र । पेटभित्रको भ्रुण आफैमा एउटा रहस्य हो जसलाई चिकित्सकले खासै खुलासा गर्दैनन् ।

रुन्छन : आमाको कोखभित्र रहेको बच्चा रुन्छन भन्दा तपाईलाई साहै दुःख लाग्छ होला । तर सत्य यो हो की उनीहरु बारम्बार सुस्तरी रुन्छन् । तर अन्य जन्मिसकेको बालबालिका जस्तो चिच्चाएर भने होइन । गर्भवती महिलाको तेस्रो त्रैमासिकमा लिइएको डिजिटल अल्ट्रासाउन्डमा कोखभित्रको बच्चाले मुख खोलेको, आँशु चुहाएको, ओठ कमाएको र बिस्तारै मुठी पारेर रोएको संकेत देखिन्छ । तापनी भावनात्मक रुपमा उथलपुथल भन्दा पनि शिशुको नियमित विकासको प्रक्रियालाई  लिइन्छ ।

उनीहरुले स्मरण गर्छन :  युनिभर्सिटी अफ हेल्सिन्कीको एक अध्ययन अनुसार कोखभित्र कुनै विशेष गीत वा लयमा आफ्नो दिमाग चलाउने बच्चा जन्मेपछि पनि चलाख र बढी स्मरण शक्ति भएका हुन्छन् ।

स्वाद थाहा पाउछन : पेडियाट्रिकमा प्रकाशित एक अध्ययन अनुसार तेस्रो त्रैमासिक अवधिमा प्रर्याप्त गाजर खाने आमाहरुको शिशु जन्मेपछि सागपात खान बढी रुचाउछन् । अवश्य पनि शिशुले कोखमा बसेर खाना खादैन तर गर्भवती आमाले खाएको खानेकुराको तरल पर्दाथबाट उनीहरु बाँचेका हुन्छन् । र, यसको स्वाद पनि उनीहरुले थाहा पाउछन् । विशेष गरी झोलिलो र फलफुलको स्वाद शिशुले थाहा पाउछन् ।

उनीहरुले सुन्छन : कोखमा रहेका शिशु सुन्ने पनि गर्छन् । त्यही भएर गर्भवती महिलाले राम्रो श्लोक बाचन गराउने परम्परा छ । युनिभर्सिटी अफ फलोरिडाको एक अध्ययन अनुसार आमाहरुले विशेष प्रकारको लय बाचन गर्दा भ्रुणको मुटुको गति घट्छ । अन्य मानिसहरुले चर्को आवाजमा गीत गाउदा वा श्लोक बाचन गर्दा पनि शिशुहरुले सुन्न सक्ने बताइन्छ ।

तनाबप्रति प्रतिकृया जनाउछन : गर्भवती महिलालाई तनाब भयो भने कोखको भ्रुणलाई पनि तनाब हुने गर्छ । त्यही भएर गर्भाअवस्थमा आमाहरुलाई शान्त र आनन्द हुन अनुरोध गरिन्छ । ल्यानकास्टर र डुरहाम विश्वविद्यायलले गरेका दुई भिन्दा भिन्दै अध्ययनमा गर्भवती आमाले नकरात्मक प्रतिकृया र आवेगमा आउछ शिशुहरु पनि उत्तेजित हुने र आफ्नो अनुहार देब्रो हातले ढाक्ने गर्छन । तसर्थ नयाँ जीवनलाई खुसी र आनन्दित बनाउन आनन्दसँग स्वास लिनुहोस र सदैब खुसी बन्नुहोस ।

उनीहरुले अभिव्यक्त पनि गर्छन : डुरहाम र ल्यानकास्टर विश्वविद्यालयलेगरेका अध्ययनअनुसार २४ साता भएका शिशुले ङिच्च हास्ने र ३६ सातामा आँखीभौ उचाल्ने गर्छन् । 


global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

केपी ओलीले इन्डो–प्यासिफिक रणनीतिको सेवा गरे : मोहनविक्रम सिंह को आरोप

४ कात्तिक, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारालाई दक्षिणपन्थी विचलन भनेर टिप्पणी गरेका छन् । यद्यपि सी विचारधाराको आलोचना गरे पनि चीनसँगको सम्बन्ध विस्तारलाई नेकपा मसालले महत्व दिने उनले बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको एक सातापछि प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहले भनेका छन, ‘सीको विचारधारा वास्तवमा मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन नभएको दक्षिणपन्थी संशोधनवादी विचारधारा हो । त्यहाँको कथित नयाँ ढाँचाको समाजवादी व्यवस्था वास्तवमा पूँजीवादी व्यवस्था हो र त्यसले अब साम्राज्यवादको रुप लिइसकेको छ ।’

प्रधानमन्त्री बिहीबार बाकु जाने, मुख्य सन्देश–असंलग्न आन्दोलनलाई महत्व

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा हुने असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन यही कात्तिक ७ गते (बिहीबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनी कात्तिक १० गते आइतबार स्वदेश फर्किनेछन् । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छैन । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालले सधैँ असंलग्न आन्दोलनलाई महत्व दिँदै आएको बताउँदै यसपालि पनि महत्व दिएर नै प्रधानमन्त्री स्तरबाट भ्रमण हुन लागेको जनाए । 

महराले सांसदबाट राजीनामा नदिने, नेकपामा नभएको भन्दै दलको निर्देशन नमान्ने

३ कात्तिक, काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो । तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसद्मा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् । 

अन्तर्राष्ट्रिय

​कश्मीरको सीमा क्षेत्रमा गोलाबारी : दुई भारतीय सैनिकको मृत्यु

३ कात्तिक, काठमाडौं । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।

ब्रेक्जिटमा ढिलाईको माग गर्दै बेलायती प्रधानमन्त्रीद्वारा ईयूलाई पत्राचार

३ कात्तिक, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले ब्रेक्जिटलाई ढिलो गर्न आग्रह गर्दै युरोपेली संघ (ईयू)लाई पत्राचार गरेका छन् । ब्रेक्जिट प्रक्रियाको अन्तिम टुंगो लगाउने म्याद यही अक्टोबर ३१ सम्मको रहेपनि शनिबार हाउस अफ कमन्समा भएको मतदानले सो समयावधीलाई अस्वीकार गरेको थियो । त्यसैले जोहन्सनले ईयूलाई पत्राचार गरेका हुन् । तर उनले समयावधी थप्न आग्रह गर्दै पठाएको पत्रमा हस्ताक्षर भने गरेका छैनन् । ईयू काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ट्विट गर्दै जोहन्सनको पत्र पाएको उल्लेख गरेका छन् । कसरी प्रतिक्रिया जनाउने भनेर अब ईयूका नेताहरुसँग छलफल गर्ने उनले जनाएका छन् । 

कुर्द नहटेमा टाउको फुटाइदिने टर्कीका राष्ट्रपतिको चेतावनी

३ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले यदि उत्तरी सिरियाको सीमामा प्रस्तावित ‘सेफ जोन’बाट कुर्द लडाकु नहटेमा उनीहरुको टाउको फुटाइदिने चेतावनी दिएका छन् । टर्की विहीबार सो क्षेत्रमा सैनिक कारवाही स्थगन गर्नका लागि राजी भएको थियो । यद्यपि यो रोक ५ दिनका लागि मात्रै हो । तर शनिबार दुवै पक्षले युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका थिए । टर्कीले कुर्दहरुलाई आतंककारी मान्दै आएको छ र सिरियाको सीमा क्षेत्रमा ‘सेफ जोन’ बनाउने उसको लक्ष्य रहेको छ । अस्थायी युद्धविरामको बावजुद सीमा शहर रास अल अएनमा शनिबार छिटपुट हिंसा भएको थियो । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top