siddhartha
gharjaggakosathi

​‘राजेश हमालजस्तै’ हिरो भन्छन् : जिउडालमात्रै होइन क्षमता र योगदानको मुल्यांकन गरिदिनुस्

शंकर पोखरेल


Saturday, 23 Dec, 2017 4:40 PM
अभिनेता सितल केसीको कुनै बयान गरीराख्नु नपर्ला । नेपाली कलाकारीताको क्षेत्रमा उनलाई नचिन्ने मान्छे बिरलै हुन्छन् । नेपाली कलाकारीता क्षेत्रका एक होनहार अभिनेता हुन् सितल केसी । उनी नेपाली चलचित्रमा मात्रै सिमित नभएर म्युजिक भिडियो तथा टेलिफिल्ममा समेत रुचाइन्छन् । टेलिफिल्म ‘गहना’बाट आफ्नो अभिनय यात्रा शुरु गरेका अभिनेता सितलले आफ्ना जीन्दगीका तिता मिठा पलहरु न्यूजसेवासँग साटेका छन् ।

अर्घाखाँचीदेखि काठमाडौंसम्म
मेरो बाल्यकाल अर्घाखाँचीको सन्धिखर्कमा बित्यो । एसएलसी दिने बेला सम्म म आफ्नो जन्मस्थान अर्घाखाँचीमै बसेँ । बाल्यकाल अन्यको जस्तै सामान्य गर्दै बित्यो । विद्यालय जाने आउने मेलापात गर्ने घाँस दाउरा गर्ने । 

एसएलसी दिएर काठमाडौँमा आएँ । बुटबल क्याम्पसमा उच्च शिक्षा हासिल गर्न लागेँ । सुरुमा त मलाई कलाकारीता तर्फ त्यति रुचि पनि थिएन । सानोदेखि कलाकारमा हुनुपर्ने गुण रुची केहि पनि थिएन । यस बारेमा मलाई केहि ज्ञान पनि थिएन । मेरो शारिरीक बनाबटको कारण कलेजमा सबैले मलाई हिरो भन्थे । कपाल पालेको त्यसैगरी केहि ठुलो र खाइलाग्दो ज्यान थियो । त्यसकारण साथीहरु मलाई हिरो भनेर बोलाउँथे । मानिस बाटोमा क्रसिङ गरेर गएपनि फर्केर हेर्ने गर्थे ।

कलाकारीतामा प्रवेश
म कलाकारीतामा लागेको १३ बर्ष भइसक्यो । सुरुमा म २०६१ सालमा टेलिसिरियल ‘गहना’ बाट प्रवेश गरेँ । यसका साथै बंश, भाग्य आफ्नो लगायतका दर्जनौँ टेलिफिल्म खेलेँ । त्यसपछि म्युजिक भिडियो अनी चलचित्रमा प्रवेश गरेँ । 

शुरुमा गहनाको निर्देशकसँग भेट भयो । त्यतिबेला मसँग सिप केहि थिएन । गरीहालौँ न त भनेर गर्न लागे । त्यसै क्रममा गहनाको निर्माता श्याम सुन्दर रिजालले अर्को सिरियल ‘बंश’पनि बनाउनुभएको रहेछ । त्यसमा अफर गर्नुभयो । त्यसमा सुरु गरेँ । त्यसपछि नशा चढ्दै गयो । यसैतिर माया मोह बढ्दै गयो । दर्शकहरुले चिन्दै जानु भयो । 

म लगातार कलाकारीतामा लाग्दै गएँ । टेलिसिरियल सँगै म्युजिक भिडियोमा प्रवेश गरेँ ।  २०६३ सालमा हेरेर लगनको दिन भ्याईँ पार्यो निरुता सिँह भन्ने गीतको म्युजिक भिडियो मेरो पहिलो म्युजिक भिडियो हो । त्यसपछि लगातार म्युजिक भिडियोमा काम गरीरहेको छु । हालसम्म करिब २ सयजती म्युजिक भिडियो गरीसकेँ । 

यससँगै २०६३ सालमै पहिलो फिल्म ‘जाल’ बाट चलचित्रमा प्रवेश गरेँ । त्यतिबेला निर्देशक ऋषि न्यौपानेले अफर गर्नुभएको थियो । हालसम्म २ दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरीसकेको छु । तीमध्ये ‘जाल’, आफन्तको माया’, ‘त्रिदेव’, मेरो राजेश दाई’, हाम्री चेली’ लगायतका दर्शकमार्फत अत्यन्तै रुचाइए । 

राजेश हमालसँग अनुहार मिल्दा
शुरुमा म पर्दामा देखिँदा राजेश हमालसँग अनुहार मिल्छ भने । कसैले राजेश हमालको डुब्लिकेट भने । कसैले त राजेश हमालको भाई समेत भने । तर मलाई त्यस्तो लाग्दैन । त्यो एउटा संयोग पनि हुनसक्छ । अर्को कुरा मान्छेको मनोविज्ञानले पनि प्रभाव पार्न सक्छ । कपाल पालेको अनी शारिरीक बनाबट त्यस्तै भएको कारणले मानिसहरुले भनेका हुन सक्छन् । अर्को कुरा एकजनाले राजेश हमाल जस्तै भनेपछि अन्य मानिसपनि त्यसैको पछि लागेर त्यसैलाई विश्वास गरेका हुन सक्छन् । पहिले कसैले जुँगा पाल्यो भने अनील कपुर भनेर जिस्काइन्थ्यो । यस्तै हुनसक्छ । तर मैले राजेश दाईलाई गर्ने सम्मान त छँदै छ । दर्शकलाई पनि मैले गरेको काम तथा मैले गरेको योगदानलाई मुल्याङ्कन गरीदिन मेरो अनुरोध छ । 

परिवारको असहयोग
यो क्षेत्र परिवारको रोजाइमा थिएन । मेरो क्षेत्रबाट परिवारमा खिन्नता छायो । म मेरो इच्चा नभइ यस क्षेत्रमा प्रवेश गरिहाले अब मलाई चुनौती पनि थपियो । परिवारले अन्य कामको लागी आग्रह गर्नुभयो । नेपालमा यो पेशा राम्रो छैन भन्दापनि मैले परिवारको कुरा सुनिन र कन्मिन्स गर्न तर्फ पनि लागीन । कलाकारीतालाई पनि अगाडी बढाउनुपर्ने त्यसमाथी कसैको साथ छैन । चुनौतीका बिच मैले केहीगर्न सक्छु भन्ने आँट गरेर म लागीपरेँ । र अहिले यहाँसम्म आइपुगेँ । 

समाजबाट टाढा
म कलाकारीतामा प्रवेश गर्दा व्यक्तिगत कुराहरु, मनोरञ्जनका कुराहरु गर्न पाइन । कलाकार भइसकेपछि जहाँ पायो त्यहि जानु हुँदैन, सबैसँग घुलमिल हुनुहुँदैन लगायतका कुराहरु हामीले अग्रज कलाकारबाट सिक्थ्यौँ । त्यसकारण आफ्ना भित्रि इच्चा चाहानालाई मार्दै पनि जानुपर्ने स्थिती आयो । आफुलाई त सोख हुनछ नी, चाहेको ठाँउमा बसेर खान पाउने, चाहेको ठाँउमा घुम्न पाउने, सबैसँग घुलमिल हने । मलाई पनि अरु युवा जस्तै साथीसँग हिँडौँ, चिया खाँउ गफ गरौँ जस्तो चाहान्त त हुन्थ्यो नी तर ती कुराहरुलाई त्याग गरे । मैले कुनै बिजनेश गरेको भएँ करोडौँ कमाउँथेँ होला , त्यस कुरालाई पनि त्याग गरेँ । अर्को कुरा परिवारको इच्छा विपरित काम गरेँ । परिवारको माया ममता बाट पनि टाढा भएँ । यस्ता त्याग र तपस्या मेरो मात्र नभएर कलाकारीतामा प्रवेश गर्ने सबैको हुन्छ । भनेको बेला खान नपाइने सुत्न नपाइने स्थिती पनि छन् । तितामिठा संघर्षहरु भइनै रहे । 

व्यवसायिक कलाकारीता
नेपालमा कलाकारीताले मात्र बाच्न सकिँदैन पनि भन्ने गरीन्छ । तर अहिलेको सन्दर्भमा व्यवसायिक रुपले लागेको कलाकारले कलाकारीताबाटै बाँच्न सक्ने स्थितीको सिर्जना भइसकेको छ । क्षणिक आकर्षणको लागी करले आएको मान्छेलाई त भन्न सकिँदैन तर जसले मेरो आधार नै यहि हो भनेर लागीपरेको हुन्छ, त्यसको बाँच्ने आधार कलाकारीता भइसकेको छ । मैले पनि विलासी जिवन जिउन नसकेतापनि कलाकारीताबाटै एउटा सामान्य जिवन जिउन सफल भएको छु । म लागीपरेको छु, यसकारण नै १३ बर्षसम्म काम गर्न सफल भएको छु । 

पछिल्लो समयको पर्दा
अहिले नेपाली चलचित्रको ट्रेण्ड फेरीएको छ । चलचित्रको ट्रेण्ड परिवर्तन भइ नै रहन्छ । कहिले एक्सन मुभी, कहिले कमेडी यस्तै । यो ट्रेण्ड घुमिरहेको हुन्छ । यो कारणले पनि पछिल्लो समय त्यति धेरै पर्दामा देखिएको पनि छैन । अर्को कुरा मेरा ३ – ४ वटा चलचित्रहरु रिलिज हुने क्रममा छन् । केहि मुभीहरु सुटिङ गरीराको छु । केहि तयारीमा छन् । तर बिडम्बना बजारमा आउन सकेका छैनन् । केहि प्राविधिक वा अन्य केहि कारण हुन सक्छ । चलचित्रहरु रिलिज हुन नसकेका कारण पछिल्लो समय पर्दामा कम देखिएको पनि हुन सक्छ । 

टेलिफिल्मले चिनायो
मलाई चिनाएको टेलिफिल्म ले नै हो । त्यतिबेलाको राम्रो माहोल के थियो भने हिन्दी च्यानलहरु त्यति धेरै आइसकेका थिएनन् । दर्शकहरुले नेपाली च्यानल नै हेर्ने गर्थे । नेपालमा सिरियलको माहोल पनि राम्रो थियो । ‘गहना’, ‘बंश’, ‘तिमी पुरुष’, यी तिनवटा सिरियलहरु टिभीमा आउने गर्थे । जतीबेला टिभी खोलेपनि म मात्रै देखिनै स्थिती थियो । अहिले मलाई चिन्नेहरुले पनि ति सिरियलकै पात्रको रुपमा चिन्नुहुन्छ । मलाई चिनाएको यी तिनवटा टेलिफिल्मले हो । त्यसपछि अन्य कामहरु गर्दै गएँ । एउटा संयोगको कुरा सिरियल मेरो करिअरमा अहिलेसम्म छुटेको छैन । कुनै न कुनै सिरियल मेरो आइरहेको हुन्छ । मलाई सित्तल केसी भनेर चिनाएको नै सिरियलले हो त्यसकारण मैले लगातार सिरियल गरी नै रहन्छु । एउटा चलचित्र हेर्नको लागी सबै दर्शक हलमा जाँदैनन् तर एउटा सिरियल कोठा कोठामा पुगेको हुन्छ । यसकारण म सिरियल गरीरहेको हुन्छु । 

कलाकारीता नशा र चुनौती
कलाकारीता नशा नै हो । कलाकरीतामा लागेपछि यस काममा नै मजा लाग्छ । पछि यसलाई छोडेर कहाँ जाने । अरु काम गर्न पनि आउँदैन । यहाँसम्म आएपछि बिचमा छोड्ने भए किन आउनु । यदि यसलाई बिचमा छाडेर अर्को काम शुरु गर्न लागियो भने जिरोबाट नै शुरु गर्नुपर्ने हुन्छ । यसकारीता नशा मात्र नभएर एउटा च्यालेन्ज पनि हो । 

निर्देशक, निर्माता बन्ने धोको
जहिलेसम्म दर्शकले मलाई रुचाइदिनुहुन्छ त्यसबेलासम्म मेरो कलाकारीता रहिरहन्छ । अब कलाकारीतामा मात्र सिमित नभएर निर्माण गर्ने अनी निर्देशन गर्ने तर्फ लाग्ने योजना पनि छ । यसकारण अब केहि समयमा दर्शकले मलाई एउटा निर्माता तथा निर्देशकको रुपमा पनि चिन्न सक्नुहुनेछ । मैले गर्न सक्ने सिप , मैले सिकेको सिपलाई पनि बजारमा ल्याउँ न त भन्ने सोँच छ । 

कलाकारको गुण
कलाकार हुनको लागी प्रमुख कुरा अभिनय त चाहियो नै । तर राम्रो कलाकार हुनलाई अभिनयले मात्रै पुग्दैन । अनुशासन हुनुपर्यो । समयलाई ख्याल गर्ने हुनुपर्यो । आफुमा व्यक्तित्व पनि हुनुपर्यो । सबै कुरा भएको मान्छे एउटा राम्रो कलाकार हुन सक्छ । कलाकारीताको भुत, भबिष्य र बर्तमान बुझेर आएमा पक्कै पनि सफल भइन्छ । राम्रो अभिनय गर्ने मान्छे त गल्लि गल्लिमा हुन्छन्, तर सबै कुरा बुझेर निपुर्ण भएर आउनुपर्ने हुन्छ । राम्रो काम गर्दै गएमा विभिन्न अवसरहरु पनि आइरहन्छन् । 

दर्शकलाई सन्देश
मेरो ‘गड फादर’ मेरो प्रेरणाको स्रोत नै मेरा दर्शकहरु हुन् । म यो क्षेत्रमा कसैले डोर्याएर ल्याएको हैन । जे जुन ठाँउमा छु दर्शकले रुचाइदिएको कारणले नै छु । दर्शकले नै मलाई मन पराइदिएकोले विभिन्न प्रोजेक्टहरुमा मलाई अफर आइरहन्छ । त्यसको लागी म दर्शकप्रती आभारी छु । धेरैधेरै धन्यवाद दिन चाहान्छु । अन्य दिनहरुमा पनि यस्तै माया गरीदिनुहोला । मैले पनि सम्पुर्ण दर्शकलाई अझै राम्रो काम गरेर देखाउने छु । 
 


Ruslan

paicho

bussewa

राजनीति

एमालेसँग चाँडो एकता हुन्छः प्रवक्ता भुसाल

४ माघ, काठमाडौ । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेकपा (एमाले)संगको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताएकी छिन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको बताइन् । दुवै पार्टीबीच एकता भएपछि दुवै दलका नेताहरु एउटै पार्टीको हुने भएकाले पार्टी

​संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भएको छ : प्रधानमन्त्री देउवा

४ माघ, काठमाडौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताएका छन् । आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकको प्रारम्भमा उनले संविधान निर्माणपछि तराई 

जनकपुरको विरोधमा वीरगन्जमा प्रदर्शन

४ माघ, वीरगन्ज । सरकारले प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगन्जमा विरोध सुरु भएको छ । वीरगन्जलाई प्रदेशको राजधानी बनाउनुपर्ने माग राख्दै वीरगन्जबासीले बिहानैदेखि वन्दको आह्वान गर्दै प्रदर्शन गरका छन् ।

अन्तर्राष्ट्रिय

अब दुई कोरियाको साझा झण्डा हुने, मिल्ने भए छुट्टिएका दुई मुलुक

४ माघ । आउँदो फेब्रुअरीमा हुने विन्टर शीतकालीन ओलम्पिकमा आपसमा दुश्मनजस्तै रहेका दुई कोरिया उत्तर र दक्षिणले साझा झण्डा लिएर मार्च गर्ने भएका छन् । सीमावर्ती गाउँ पान्मुन्जोममा भएको दुई कोरियाका उच्च नेताको वार्तामा आउँदो फेब्रुअरी ९ देखि दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर 

​क्यालिफोर्नियामा १३ बालबालिकालाई बन्धक बनाउने एक दम्पत्ति पक्राउ

२ माघ, काठमाडौं ।  अमेरिकाको क्यानिफोर्नियामा आफ्नै १३ जना बालबालिकालाई बन्धक बनाउने एक दम्पत्तिलाई प्रहरीले पक्रेको छ । अमेरिकी नागरिक डेभिड ऐलेन र लोइसे आन्ना तर्पिनलाई बालबालिकालाई बन्धक बनाएको आरोपमा घरबाटै पक्राउ गरिएको हो ।क्यालिफोर्नियाको प्यारिसस्थित घरमा उनीहरुले बालबालिकालाई साङ्लाले बाँधेर राखेका थिए । 

प्लेग रोगको महामारीबारे नयाँ तथ्य , जुम्रा र उपियाँबाट पनि संक्रमण !

२ माघ । मानव इतिहासकै भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात ब्ल्याक डेथका लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
प्लेगको संक्रणले 

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top