श्रीकृष्ण श्रेष्ठको तस्बिर सजाउन दिनेसँग मात्र विहे गर्छु श्वेता खडका


Friday, 24 Jan, 2020 3:23 PM
काठमाडौं । अभिनेत्री श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन । श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरूले बिहे गरे । तर, विवाहको एक महिनामा नै श्रीकृष्णको निधन भयो । त्यसपछि वि’क्षिप्त बनेकी श्वेता अहिले नयाँ जीवन बाँचिरहेकी छिन । उनी श्वेता श्री फाउन्डेसन’मार्फत माझी बस्ती निर्माण पनि गरिरहेकी छिन । उनि भन्छिन म आजका लागि बाँच्छु । आज जसरी पनि खुसी हुने प्रयत्न गर्छु । भोलि के हुन्छ, सोच्दै सोच्दिनँ । अरूले के भन्छ सोच्छ पनि ख्याल गर्दिनँ ।

उहाँ (श्रीकृष्ण श्रेष्ठ)ले मलाई यसरी अधुरो बाटोमा छाडेर जानुहुन्छ भनेर कसरी थाहा हुन्छ ? श्रीकृष्ण श्रेष्ठसँग विवाह हुन्छ भनेर पनि थाहा थिएन नि । एक महिनामा फिक्स भएर विवाह भयो । इन्टरकास्ट, उमेरको ग्याप लगायत हरेक कुराले हाम्रो विवाह नहुनुपथ्र्यो । तर, भयो । भोलिको कुरा कसलाई के थाहा ?पहिलाको श्वेता त उहाँले छाडेर गएको दिन नै जलेर मरिसकी । म अर्को श्वेता जन्मेकी हो । अहिले नयाँ जे पनि सोच्न सक्छु । मेरो जीवनमा जे पनि हुन सक्छ । पहिलाको जिन्दगीको त्यो गाडी, त्यो लुकिङ मिरर हेर्न छाडिसकेँ, जुन बाटोमा मेरा पछाडिका घटना देखिन्छन । त्यही भएर म फ्रेस श्वेता हो । मैले फिल्म पनि बनाएँ र दर्शकको मन जितेँ । बस्ती पनि बनाउँदै छु । जे गर्दै छु, नयाँ गर्दै छु ।नसुक्ने घाउ,नमेटिने दाग त जीवनमा कति हुन्छन् कति । मेरो विवाह भएको दिन २३ असार हो ।उहाँलाई खुबै मिस गरेँ। त्यो पल जुन दिन आउँछ, गाह्रो हुन्छ । कसैले उहाँको कुरा गरिदियो भने पनि एकदम गाह्रो हुन्छ । मैले बिर्सिएकी छैन । तर, अब बिर्सिएकी छैन भनेर अगाडि नबढ्ने कुरा पनि त हुन्न । यदि मेरो विवाह भइहाल्यो भने उहाँलाई राख्ने स्पेस सिर्जना गर्न नसक्नेसँग हुँदैन । मेरो नयाँ घरमा पनि उहाँको तस्बिर राख्न पाउनुपर्छ । उहाँको जन्मदिन हरेक वर्ष सेलिब्रेट गर्न छुट दिने मान्छे आए विवाह गर्छु । श्वेता आज पीडा भुलेर पनि यति बलियो भएर हिँडेकी छ नि, मात्र उहाँको कारणले हो । मेरो बारेमा उहाँले दिनुभएको अन्तर्वार्ता अहिले पनि हेर्छु । मैले उहाँलाई बिजनेसमा प्रवेश गराएँ उहाँले मलाई फिल्ममा प्रवेश गराउनुभयो । हामी दुवैजना दुवै फिल्डमा सफल भयौँ ।उहाँले केटी मान्छे घरमा सीमित भएको मन पर्दैन, केटाजस्तो हुनुपर्छ । केटा मान्छेले दशपटक कोसिस गर्दा नहुने काम केटी मान्छेको एउटा कोसिसले हुन्छ भन्नुहुन्थ्यो।मलाई हरेक कुरामा उहाँले चलाख बनाउनुभयो । उहाँ मेरो इन्स्पिरेसन हो ।

हाम्रो समाज यति साँघुरो छ कि मजस्तीको पनि कुरा का’ट्छ । म एकल महिला । मलाई हेर्ने नजर अझै पनि राम्रो छैन । पहिला सिं’गल हुनु र विवाहपछि सिं’गल हुनुमा एकदम फरक छ । रमाइलो गर्दा, पार्टीमा जाँदा, केटा मान्छेहरूसँग यात्रा गर्दा, आफ्नो बिजनेस पार्टनरसँग मिटिङ गर्दा पनि प्रश्न उठाइन्छ । म उहाँहरूको छोरीजस्तो त हो । उहाँले छाडेर गए पनि मैले उहाँले चाहेको जस्तो जीवन जिउन सक्दिनँ ? उहाँ भइदिएको भए म अर्कै हुन्थेँ होला । अहिले म एकदम मजाले बाँच्न चाहन्छु । म म’रेको भए के पाउँथेँ त ? यदि मेरो विवाह भइहाल्यो भने प्रत्येक पलमा उहाँबारे बोल्दा तारिफ गर्ने मान्छेसँग हुनुपर्छ । धनले, रूपले मलाई अर्थ राख्दैन । मेरो मन राम्रो भएको मान्छेसँग अवश्य जोडिन सक्छु । नयाँ पत्रिका दैनिकसँग गरिएको कुराकानीको आधारमा ।
  




global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

प्रतिनिधिसभाको बैठक दिउँसो एक बजे बस्दै

१३ फागुन, काठमाडौँ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे बस्दैछ । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको बार्गेनिङ गरेको टेप सार्वजनिक भएपछि प्रतिपक्षीको अवरोधका कारण

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने ६ जना पक्राउ

१२ फागुन, पोखरा ।
पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई  कालो झन्डा देखाउन खोज्ने  ६ जना  विद्यार्थी पक्राउ परेका छन् । पोखरा स्थित  सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाई, रेशम सापकोटा,

मध्यराति बेहोस भएपछि नेकपा नेता लामा अस्पताल भर्ना

१२ फागुन, काठमाडौँ ।
नेकपाका केन्द्रीय सदस्य  कमानसिंह लामा गम्भीर बिरामी परेका छन्। गएराति १ बजे काठमाडौँ मूलपानीस्थित आफ्नै निवासमा एक्कासी बेहोस भएपछि उनलाई थापाथलीस्थित

अन्तर्राष्ट्रिय

तस्बिरमा हेर्नुहोस् भारतमा यसरी गरियो ट्रम्पको स्वागत

१२ फागुन, काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि आज अहमदाबाद आएका छन् । उनलाई अहमदावाद विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

९४ वर्षीय महाथिरद्वारा प्रधानमन्त्री पदबाट राजीनामा

१२ फागुन, काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन्। महाथिरले दुई वाक्यको राजीनामा पत्र मलेसियाका राजालाई सोमबार बुझाएका हुन्। केहि हप्तादेखि शुरु भएको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला उनले राजीनामा दिएर नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

चीनबाहिर कोरोना बढी फैलिने मुलुक कोरिया, एकै दिन १६१ व्यक्ति संक्रमित

१२ फागुन, काठमाडौं । दक्षिण कोरियामा कोरोना संक्रमण हुने क्रम तीव्र बनेको छ। त्यहाँ एकैदिन डेढ सयभन्दा बढी संक्रमित भेटिएका हुन्। एएफपी न्युज एजेन्सीका अनुसार त्यहाँ आइतबार मात्रै थप १६१ जनामा कोरोना संक्रमण देखिएको हो।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top