व्यथा लागेको २७ घण्टापछि हेलिकप्टरबाट उद्धार
Tuesday, 13 Aug, 2019 1:20 PM
२८ साउन, सिमकोट । हुम्लाकी एक महिलालाई सुत्केरी व्यथाले च्यापेको २७ घण्टापछि हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्याएर ज्यान जोगाइएको छ ।चंखेली गाउँपालिका–३ रोकायाबाडाकी अबकती बुढालाई व्यथा लागेको २७ घण्टा पछि सदरमुकाम सिमकोटबाट गएको हेलिकोप्टरमार्फत उद्धार गरेर अस्पताल लगिएको थियो ।
.jpg)
हेलिकप्टरबाट उद्धार गरेर अस्पताल लगि भ्याकुमबाट अप्रेशन गर्दा आमा र बच्चा दुवैको ज्यान जोगिएको महिलाका श्रीमान् कालीबहादुर बुढाले बताए । २२ वर्षीया बुढाले दोस्रो सन्तान जन्माएकी हुन् ।
हेलिकप्टरबाट उद्धार गरी ल्याएपछि भ्याकुम अप्रेशन गरेर सफलतापूर्वक तीन केजी सात सय ग्रामको बच्चा जन्मिएको जिल्ला असपतालकी सिनियर अनमी सरिता बोहराले बताइन् । हाल आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको उनले बताइन् ।
चंखेलीमा गर्भवती महिला छट्पटाई रहेको खबर आउना साथ सिमकोटमै रहेका नीजि हेलिकोप्टरहरुसँग कुरा गरेर उद्धारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताइन् ।
मनाङ एयरको हेलिकोप्टरले उद्धार गरेको र यसको आर्थिक व्ययभार संघीय सरकारबाट वा प्रदेश सरकारबाट भुक्तानी हुने उनले बताइन् ।

राजनीति
‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह

१९ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री ¥याण्डम जि स्च्रिभरले बिहीबार भेट गरी ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन आग्रह गरेका छन् । सहायकमन्त्र्री याण्डमले उक्त रणनीतिलाई अमेरिकी सहकार्यको नीतिका रुपमा बुझिदिन आग्रह गरेका थिए भने जवाफमा उपप्रधानमन्त्री पोखरेलले सो रणनीतिप्रति आफूहरु सकारात्मक भएको जनाएका थिए । उप्रधानमन्त्री पोखरेलले सार्वभौमिकता र स्वाधीनताका आधारमा दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अझ विस्तार हुनुपर्नेमा जोड दिए ।
जमिन फिर्ताका लागि कूटनीतिक पहल भइरहेको छः मन्त्री भट्ट

१९ मंसिर कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन फिर्ता गर्न भारत सरकारसँग कुटनीतिक पहल भइरहेको बताएका छन् ।बिहीबार धनगढी विमानस्थलमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । सरकारले नतिजा निकालेर देखाउने भन्दै मन्त्री भट्टले सोही अनुरुप आफ्नो जमिन फिर्ता गराउन कूटनीतिक र राजनीतिक पहल गर्ने बताए ।
सीमा रक्षाका विषयमा सबै दल एकजुट हुनुपर्छ : झलनाथ खनाल

१९ मंसिर इलाम । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताएका छन् । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न दिइने छैन भन्दै पूर्व प्रधानमन्त्री खनालले मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिए ।सरकारको मात्र प्रयासले सम्भव
अन्तर्राष्ट्रिय
राष्ट्रपति ट्रम्पविरुद्व महाअभियोग लगाउन प्रसस्त प्रमाण : अनुसन्धान समिति

१८ मंसिर, काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको अनुसन्धान गरिरहेको एउटा टोलीले उनलाई पदको दुरुपयोगमा महाभियोग लगाउन प्रशस्त प्रमाण रहेको जनाएको छ । ट्रम्प–युक्रेन महाभियोग अनुसन्धान नामक प्रतिवेदनलाई मङ्गलवार संसद्को तल्लो सदनको गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिले सार्वजनिक गरेको छ । समितिले राष्ट्रपतिले व्यक्तिगत लाभका लागि पदको दुरुपयोग गरेको आरोप लगाउँदै महाभियोगसम्बन्धी उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा ट्रम्पमाथि न्यायमा अवरोध र्पुयाएको तथा आगामी चुनावमा आफ्नो हितका लागि यूक्रेनलाई मुछ्न खोजेको आरोप लगाइएका छन् ।
कतार–साउदी अरब तनाव : कतारका अमिरलाई साउदी राजाले गरे निम्तो

१८ मंसिर, काठमाडौं । कतारका सरकारी सञ्चारमाध्यमहरूले देशका अमिरलाई साउदी अरबका राजा सलमानले आगामी साता रियादमा आयोजना हुन लागेको एउटा क्षेत्रीय सम्मेलनमा भाग लिन निम्तो दिएको उल्लेख गरेका छन् । तर ती समाचारसंस्थाले कतारी अमिर शेख तामीम बिन हमाद अल–थानीले निम्तो स्वीकारिसकेका छन् या छैनन् भनेर पुष्टि गरेका छैनन् । यदि त्यसो भयो भने दुई देशबीच लामो समयदेखि विद्यमान कूटनीतिक विवाद अब समाधानतर्फ जान लागेको एउटा बलियो सङ्केत मिल्नेछ । साउदी अरबको नेतृत्वमा चार छिमेकी देशले सन् २०१७ देखि कतारमाथि आर्थिक नाकाबन्दी लगाएका थिए ।
विचार / ब्लग
सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन्