सिंहदरवार निर्माणको अन्तरकथा : रोपनीको ९० रुपैयाँ, ज्याला ४ आना, बाँकीलाई ढिँडो र नुन


Saturday, 15 Sep, 2018 11:08 AM

वि.स. १९५८ असार १० गते बुधबारका दिन चन्द्र शमशेर सत्तामा आए । सत्तामा आउनासाथ उनले आफ्ना निमित्त एक दरबारको आवश्यकता महसुस गरे अनि वीर शमशेरले निर्माण गराएको लालदरबार र सेतोदरबारहरू खरिद गर्ने इच्छा गरे। सो दरबारहरु खरिद गर्ने प्रस्ताव स्वयम् आफैँ राख्न उनले अप्ठेरो माने। तसर्थ, त्यस कार्यको जिम्मेवारी उनले आफ्ना विश्वासीहरू माहिला पण्डित काशीनाथ आचार्य दीक्षित र डिल्ली शमशेर थापाहरुलाई सुम्पे।

उनीहरू गएर चन्द्र शमशेरको प्रस्ताव सर्वप्रथम तेज शमशेरसमक्ष राखे । तेज शमशेरले आफ्नो लालदरबारका विषयमा जवाफ दिँदै–महाराजलाई मेरो घर ‘लालदरबार’ को आवश्यकता भएको छ भने टक्राउँछु, तर मुमा (तोपकुमारी देवी) लाई मैले कहाँ राखुँ? भनी प्रश्न गरी पठाए।त्यसैगरी गेहेन्द्र शमशेरले पनि आफ्नो सेतोदरबारका विषयमा जबर्जस्त जवाफ दिएर पठाए, जसमा ‘मैले मागेको मोल के महाराजबाट बक्सन सकि बक्सिन्छ? पहिले यसको जवाफ बुझेर मात्र तिमीहरु मकहाँ आउनु’ भनी ती दुवैलाई फर्काए ।

यसरी लालदरबार र सेतो दरबारका धनीहरुको प्रश्न लिएर ती दुवै दूतहरु चन्द्र शमशेरसमक्ष फिर्ता गए र दुवैको कुराहरु सुनाए । चन्द्र शमशेरले ती दुवैको जवाफ दिन नसक्नुका साथै ती दरबारहरु खरिद गर्ने आँट गर्न सकेनन्। त्यसपछि उनले जीत शमशेरको लाजिम्पाट दरबार र रुद्र शमशेरको चाबुर्जा दरबारलाई ६–६ लाख रूपैयाँमा खरिद गर्न सहमत भए। यसरी यी दुई दरबारहरु किन्न लागेका बेलामा तत्कालीन इन्जिनियर कुमारनरसिंह राणा र इन्जिनियर किशोरनरसिंह राणाहरुले चन्द्र शमशेरसँग ‘महाराज यी सोझाहरुको चित्त किन दुखाइबक्सिन्छ, वर्ष दिनमै महाराजका लागि लायकको नयाँ दरबार निर्माण गरी तयार पारीदिन हामी सक्छौं भनेकाले उपरोक्त दरबारहरु खरिद गर्ने इच्छा परित्याग गरी सिंहदरबार निर्माण गर्ने प्रबन्धमा लागे ।

त्यस निर्माणका लागि उनले प्रति रोपनी ९० रूपैयाँका दरले ३५० रोपनी जमिन सिंहदरबारका लागि खरिद गरे। निर्माण कार्य सुरू भयो। सुरूमा चन्द्र शमशेरले आफू बस्न लायकको ठिक्कको दरबार बनाउन चाहेका थिए । तर, बनाउँदा बनाउँदै भव्य दरबार निर्माण गराए। जेजत्रो दरबार बने पनि खर्च चाहिँ तत्काल ५० लाख रुपैयाँभन्दा बढी चन्द्र शमशेरको त्यस दरबारको निर्माणमा खर्च भएन किनकि त्यसमा प्रयोग भएका सम्पूर्ण काठ कामाठमाडौं नजिकको ‘छरिया’ जंगलबाट कटानी गरियो र ढुवानीको काम पनि बेगारीद्वारा गराउँदथे, जसलाई पेटभरि ढिडो र नुन खर्चमात्र दिनु पर्दथ्यो। सिकर्मी, डकर्मीको काम पनि सेना, प्रहरी, पिपा, तथा कैदीहरुद्वारा गराउँथे।

ज्यालामा जसलाई काम लगाइयो। तिनलाई पनि दैनिक चार पैसादेखि छ पैसा भन्दा बढी दिइएको थिएन। बीचबीचमा राँगो खानेलाई राँगो, खसी खानेलाई खसी काटेर भोज भने अवश्य खुवाउने गरिन्थ्यो। चन्द्र शमशमशेरको लागेको खर्च भनेकै किला, काँटा रेलिङ, पाइप, फलाम आदिमा भयो जुन सोझै भारतबाट किन्नु पथ्र्यो । ती सम्पूर्ण सामानको भन्सार पनि उनलाई तिर्नु पर्दैनथ्यो। ‘झलारी’ द्वारा ढुवानी गराउँदथे जसलाई बेगारीलाई झैं पेटभरि ढिडो र नुन खर्चमा दिनुपर्दथ्यो। त्यसकारण सिंहदरबारको निमार्णमा चन्द्रशमशेरको जम्मा ५० लाख रूपियाँभन्दा बढी पैसा खर्च भएको छैन, भनेर त्यतिबेलाका बुढापाका भन्ने गर्दथे।

सिंहदरबार निमार्ण भइसकेपछि एक दिन चन्द्र शमशेरले आफ्नी कान्छी बडामहारानी बालकुमारी देवीलाई साथमा लिएर दरबारको कौसीमा पुगे । त्यहाँबाट बाघदरबार देखियो। चन्द्र शमशेरले भने, ‘ऊ बाघदरबार’ भन्दै हातले औल्याएर बालकुमारी देवीलाई देखाए। बालकुमारी देवीले, ‘महाराज, त्यो बाघदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला?’ भनिन्। उनको प्रस्ताव चन्द्र शमशेरलाई उचित लाग्यो र नवनिर्मित दरबारको नाम ‘सिंहदरबार’ राखियो। सिंहदरबार निमार्ण कार्य सम्पन्न भएपछि चन्द्र शमशेरले एकदिन ‘भारदारी सभा’ गठन गरी सबै समक्ष प्रस्ताव राख्दै भने कि–आज उप्रान्त श्री ३ महाराज, प्रधानमन्त्री जो हुन्छ, उनी यसै दरबारमा बस्नेछन्। तसर्थ यो दरबार मैले नेपाल सरकारलाई आजै बेचिदिएँ।

चन्द्र शमशेरले सिंहदरबार नेपाल सरकारलाई बिक्री गरी राष्ट्रको ढुकुटीबाट २ करोड रूपैयाँ झिके। यसरी चन्द्र शमशेरलाई सिंहदरबार निर्माण गरी बिक्री गर्दा डेढ करोड नाफा भयो। जंगबहादुरले वि.स. १९२५ मा भाइ, छोरा, भतिजा, भारदार जंगी, निजामती, गुरु, पुरोहित, सन्त, महन्त, साहस–महाजन, शिक्षक, भलाद्मी, रैती, दुनियाँ सकललाई जम्मा गराउनका लागि ठाउँ ठाउँमा सूचना टाँस गरे, इस्तिहार जारी गरे, ढ्याङ्ग्रो पिटाए र टुँडिखेलको त्यो ऐतिहासिक खरीको रुखको चौतारामुनि ठूलो भेला गराए । उक्त जनभेलालाई सम्बोधन गर्दै जंगबहादुरले भनेका थिए, ‘देशमा संकटकालीन अवस्था आई परेमा, दैवी प्रकोप परेमा मात्र राष्ट्रको ढुकुटीको प्रयोग गर्नु अन्यथा नगर्नू, बरु पछि हुनेशासकले यस ढुकुटीमा थप गर्दै जानू। मैले आजका मितिमा यो ढुकुटीमा जम्मा ११ करोड रूपैयाँ राखिदिएको छु भन्दै सार्वजनिक घोषणा गरे।

त्यतिबेला त्यो ढुकुटीलाई (कौसी तोखाखाना) भनिन्थ्यो। त्यसै कौसी तोखाखानाबाट चन्द्र शमशेरले २ करोड रुपैयाँ झिकेका थिए । चन्द्र शमशेरको २९ वर्षे शासनकालमा २८ वर्ष सिंहदरबारमै बित्यो र वि.स. १९८६ मंसिर ३० गते सोमबार उनको मृत्यु सिंहदरबारमै भयो। त्यसपछि भीम शमशेर प्रधानमन्त्री भएर उनी टंगालदरबारबाट सिंहदरबारमा सरे। वि.स. १९८९ भाद्र ११ गते भीम शमशेरको पनि सिंहदरबारमै मृत्यु भएपछि जुद्ध शमशेर प्रधानमन्त्री भएर पाटन, जाउलाखेल दरबारबाट सिंहदरबार सरे। यसै दरबारबाट जुद्ध शमशेरले दशरथचन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालालको मुद्दाको सुनुवाइका लागि विशेष अदालत गठन गरी उनीहरुको मृत्युदण्डको फैसला गरेको थियो। पछि उनीहरुलाई मृत्युदण्ड दिइएको थियो।

वि.स. २००२ मंसिर १४ गते जुद्ध शमशेर आफूलाई राजर्षि संज्ञा दिँदै अर्गली लागेपछि पद्म शमशेर नियमानुसार सिंहदरबार सर्नुपथ्र्यो तर उनी सरेनन्। आफ्नै विशालनगर दरबारमा बसे। वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारततर्फ लागे। उनी भारततर्फ हुँदा याने वि.स. २००५ वैशाख १ गतेका दिन मोहन शमशेर प्रधानमन्त्री हुनु अगावै याने ‘मुख्तियारी’ कै पदमा उनी सिंहदरबार सरे।
वि.स. १९६० मा मोहन शमशेरकै बुवा चन्द्रशमशेरले सिंहदरबार नेपाल सरकारलाई बिक्री गर्दा जो श्री ३  महाराज तथा प्रधानमन्त्री हुन्छ ऊ सिंहदरबारमा बस्न पाउनेछ भन्ने नियम बनाएका थिए तर त्यो नियम चन्द्र शमशेरकै पुत्र मोहन शमशेरले तोडे। उनी महाराज तथा प्रधानमन्त्री नबन्दै मुख्तियारी पदमा हुँदै पद्म शमशेर भारततर्फ औषधि उपचारमा गएको मौका छोपी उनी जबरजस्ती महाराजगञ्जस्थित आफ्नो निवासबाट सिंहदरबार सरे। वि.स. २००५ वैशाख १६ गते पद्म शमशेरले भारतको राँचीबाट राजीनामा गरी पठाए। पछिमात्र मोहन शमशेर सिंहदरबारका वैद्य उत्तराधिकारी भए।

वि.स. २००९ फागुन ७ गतेपछि सिंहदरबार तत्कालीन ‘श्री ५ को सरकार’को स्वामित्वमा आयो र मोहन शमशेरलाई शीघ्राति शीघ्र सिंहदरबार छाड्नुपर्ने आदेश दिइयो। त्यसपछि मोहन शमशेर आफ्नै महाराजगञ्जस्थित लक्ष्मी निवासमा फिर्ता गए। त्यतिबेलादेखि सिंहदरबार श्री ५ को सरकारको सचिवालयमा परिणत भयो। वि.स. २०३० असार २५ गते सोमबारका दिन सिंहदरबारमा आगो लाग्यो।

आगलागीबाट बचाउनका लागि भगीरथ प्रयास गरिए पनि त्यो प्रयास सफल भएन । त्यसपछि अगाडिको भागमात्रै भएपनि बचाउनका लागि तोप हानीहानी पछाडिको भाग भत्काए अगाडिको भाग जोगाए, बाँकी सिंहदरबार जलेर खरानी भयो। अगाडिको भागसँगै जोडेर अलिकति पछि निमार्ण कार्य गरियो। आजकाल त्यसमा सचिवालय तथा केही मन्त्रालय राखिएको छ। राणाकालीन इतिहासका ज्ञाता पुरुषोत्तम शमशेर राणाद्वारा लेखिएको ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’को सम्पादित अंश ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ

२२ साउन, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको  कोरोना भाइरस कोभिड १९ परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड र  उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ । ६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको निजी सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले जानकारी

प्रचण्डसहित चार नेताले फेरि भने– प्रधानमन्त्रीले पार्टी निर्णय मान्नैपर्छ, यो पदको लडाईं होइन

२१ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार नेताले पार्टीको निर्णय मान्न फेरि पनि ओलीलाई दबाब दिएका छन् । उनीहरुले पार्टीभित्रको अन्तरसंघर्ष, अन्तरविरोध पदको झिनाझम्टी नभएको समेत बताएका छन् । 

अन्तर्राष्ट्रिय

केरला विमान दुर्घटना : दुई पाइलटसहित १७ को मृत्यु, कम्तीमा १६० घाइते

२४ साउन, काठमाडौं । भारतको केरलामा शुक्रबार भएको विमान दुर्घटनामा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको छ। चार जना भने सुरक्षित रहेको एयर इन्डिया एक्सप्रेसले विज्ञप्तिमार्फत जानकारी दिएको छ। विज्ञप्तिअनुसार एयर इन्डिया एक्सप्रेसको विमान दुबईबाट आइरहेको थियो। विमानमा चालक दलका सदस्यसमेत १९० जना थिए। यात्रुमध्ये १० बच्चा पनि थिए।

श्रीलंकाको संसदीय चुनावमा राजापाक्षे दाजुभाइलाई दुई तिहाइ

एजेन्सी । 
श्रीलंकामा बुधबार भएको आमनिर्वाचनमा सत्तारूढ दलले झन्डै दुई तिहाइ मत पाएको छ।  त्यहाँको निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको अन्तिम मतपरिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पिपुल्स पार्टी एक्लैले २२५ मध्ये १४५ सिट जितेको छ भने उनीहरूको गठबन्धनमा रहेका दलले थप पाँच सिट जितेका छन्। बुधबारको मतदानमा  ७१ प्रतिशत बढी मतदान भएको जनाइएको छ। राजापाक्षेको पार्टीले 

उहानमा गरिएको एक अध्ययनको डरलाग्दो नतिजा, कोरोना निको भएका ९० प्रतिशतमा फोक्सोको समस्या

एजेन्सी । 
उहानमा हालै गरिएको एक अध्ययनको नतिजा अत्यासलाग्दो छ । उक्त अध्यननले कोरोना निको भएका ९० प्रतिशतमा फोक्सोको समस्या देखिएको छ ।  कोरोना भाइरसबाट  निको भइसकेका १ सय बिरामीमध्ये ९० प्रतिशतमा अझै फोक्सोको समस्या देखिएको छ । निको भएका ५ प्रतिशतमा फेरि पोजेटिभ नतिजा देखिएको छ ।  उहान विश्वविद्यालयको झोङनान अस्पतालले अस्पतालका इन्टेन्सिभ केयर युनिटका निर्देशक पेन्ग झियोङको 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top