siddhartha
gharjaggakosathi

निद्रामै यौनसम्पर्क गर्ने तर केही थाहा नपाउने यो कस्तो रोग, कतै तपाईलाई पनि यस्तै हुन्छ कि ?


Tuesday, 9 Jan, 2018 9:11 PM
निद्रामै उठेर हिड्ने रोगका बारेमा हामीले सुनेकै छौं । तर निद्रामै यौनसम्पर्कको कोशिस गर्ने रोग पनि हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर, अनौठो मान्नु पर्दैन यस्तै रोगका कारण   बेलायतका एक जोडीले सास्ती व्यहोरेको बीबीसीले जनाएको छ ।  टम र सारा छोटो समयमै असल साथी बनेका थिए । उनीहरू एकअर्काबीच हासीमजाक खुब गर्दथे । सारालाई टामको हासी मजाक गर्ने शैलीले उनको भाइको याद दिलाउथ्यो । उनीहरूबीच चिनजान भएको एक सातामै धेरैपटक डेटमा पनि गए । दोस्ती चल्दै जाँदा कतिपटक सारा टाँमको फ्याटमा नै बिना संकोस बास बसिन । टमले पनि साराको फ्लाटमा पटक पटक रात बिताइसकेका थिए । यो बीचमा दुबैले एक अर्काका बारेमा धेरै कुरा जानिसकेका थिए । एक रात जब ती दुवैजना एउटै विस्तारामा सुतिरहेका थिए तब सारा पूरै बेचैन भइन् ।

मस्त निद्रामा रहेको टमले साराको छातीमा हात लगाउन थाल्यो । एकैछिनमा टमले सारालाई जबरजस्ती यौनकार्य गर्न कोशिस गर्यो । साराका लागि यो निकै अजिव र बेचैन सावित भयो । दुवै जनाको सम्बन्ध सुरूवाती चरणमा भएकाले साराले यस बारेमा केही बोलिनन् । उनी भन्छिन् ‘मलाई लाग्यो की उनी सायद अलि मजाक गर्ने मुडमा छन्, मैले यस विषयलाई नजरअन्दाज गरिदिए ।’  समय बित्दै गयो । सारा र टम झन् झन् करीब हुन थाले । दुबै जना सँगै खाना खाने, फिल्म हेर्न जाने गर्न थाले । दुबैलाई एक अर्काका साथमा समय बिताउन निकै राम्रो लाग्थ्यो । एक दिन दुबैजना सँगै पार्टीमा गए । दुबै जनाले केही मात्रामा रक्सी पनि पिए । आधा रातमा जब साराको निद्रा टुट्यो त्यति बेला टमले आफ्नो साथमा सेक्स गर्न कोशिस गरिरहेको साराले पाइन् ।

सारालाई यी सबै घटना राम्रो लागेनन् र अर्को दिन टमसँगका सबै सम्बन्ध टुङग्याउनु पर्ने सोचाइमा सारा पुगिन् । तर, टमको जवाफ सुनेर सारा तीन छक परिन् । उनले भनिन् ‘टमले आफूलाई केही पनि थाहा नभएको बताए । तर म निकै रिसाएकी थिए किनकी उसको रातीको व्यवहारले मेरो निद्रा बिथोलिएर सुत्नै सकेकी थिइन् ।’ टमको भनाई अनुसार राती सारासँग सेक्सका लागि कोशिस गरेको विषयमा टमलाई केही जानकारी थिएन । उ पूरै बेखबर थियो । साराका साथ जे भएको थियो त्यो सुनेर टम निकैमा तनावमा देखिन्थे । सारालाई आफूले नोक्सान पुर्याएको भन्दै टम निकै चिन्तित बने ।

त्यो समयमा के गरौ कसो गरौ भएको साराले बताइन । टमले झण्डै बलात्कारको ढङ्गमा गरेको क्रियाकलाप अघिपछिका उसका व्यवहार भन्दा धेरै फरक थियो । दिनमा उसको व्यवहार, निकै संवेदनशिल, स्नेही तथा मायालु थियो । सारालाई यो पनि याद थियो की टमसँग उसकी पूर्व प्रेमिकाले बलात्कारको आरोप लगाएर मुद्दा जित्दै टमलाई ७ वर्षको जेल सँजाय समेत भइसकेको थियो ।  यो घटना त्यतिबेला भएको थियो जब टम सानो छोरासँग समय बिताइरहेका थिए । उनले आफ्नी गर्लफ्रेण्ड क्यारनसँगै मदिरा पिएका थिए र फिल्म पनि हेरेका थिए । त्यसपछि टम सुत्न गएका थिए । सुत्ने बित्तिकै उनी निदाएका थिए । सुतेको ४५ मिनेटपछि क्यारेनको चिच्चाहटपछि टमको निद्रा टुट्यो र उनलाई क्यारिनले जोड जोडले गाली गरिरहेकी थिइन । क्यारिनको चिच्चाहटले टम हड्बडाएका थिए ।

उनी त्यहि समयमा आफ्ना समान लिएर राती नै फ्ल्याट छोडेर हिडे । टम भन्छन्, ‘क्यारिनले चिच्चाउनु भन्दा अगाडी के भएको थियो मलाई केही पनि थाहा छैन् ।’ टमले राती देखाउने अजिव व्यवहारका कारण सारा चिन्तित थिइन र कुनै राम्रो चिकित्सकसँग चेकअप गराउनुपर्ने उनलाई लाग्यो । उनीहरूले चिकित्सकसँग सल्लाह लिए र लण्डनको गाथ्ज एण्ड सेट थोमस हस्पिटलको स्लीप क्लिनिकमा गए । त्यहाँ टमको शरीरको धेरै भागमा इलेक्ट्रोड लगाइयो र राति सुत्नका लागि भनियो ताकी उनको दिमागमा भइरहेको क्रियाकलापका बारेमा जानकारी मिलोस् । यो बीचमा चिकित्सकहरूले जे भेटे त्यसले टमको पूरा जिन्दगी बदलदियो । टमको केस कन्सलटेण्ट न्यूरोलोष्जिट डा. गाय लेच्सजिनरले हेरिरहेका थिए ।  डा. गायका अनुसार टम गहिरो निद्रामा भएको बेला उनको दिमागमा एक अजिव खालको क्रियाकलाप पैदा हुनेगर्छ । उनको दिमागको सानो दिमाग एक लयमा चलिरहेको भेटियो जुन दिमागले यो संकेत गरिरहेको भेटियो कि मानिस अझै निदाइसकेको छैन् जागै छ ।

टमको जाँच, साराले टमका बारेमा बताएका घटना लगायतको विश्लेषणपछि डा. गाय निद्रासँग जोडिएको एक अजीव रोग सेक्सोमनियाद्वारा टम ग्रसित रहेको निश्कर्षमा पुगे ।  सेक्सोमनियाको सम्बन्ध निद्रामा हिड्नेदेखि राती डराउनेसम्म रहेको चिकित्सकहरू बताउँछन् । येल विश्वविद्यालयका प्रोफेसर मीर क्राइगर भन्छन् ‘सबै खालका स्लीप डिसअडरलाई पारासोमनिया भनिन्छ ।  यसको लक्षण रातको पहिलो चरणमा देखिन्छ जब व्यक्ति गहिरो निद्रामा पुगेको हुन्छ । प्रोफेसर येलका अनुसार निद्रामा हिड्नेवाला व्यक्ति जागै भएको एउटा दिमागले सूचना दिइरहेको हुन्छ तर, खासमा त्यो सत्य होइन् ।


Ruslan

paicho

bussewa

राजनीति

एमालेसँग चाँडो एकता हुन्छः प्रवक्ता भुसाल

४ माघ, काठमाडौ । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेकपा (एमाले)संगको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताएकी छिन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको बताइन् । दुवै पार्टीबीच एकता भएपछि दुवै दलका नेताहरु एउटै पार्टीको हुने भएकाले पार्टी

​संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भएको छ : प्रधानमन्त्री देउवा

४ माघ, काठमाडौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताएका छन् । आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकको प्रारम्भमा उनले संविधान निर्माणपछि तराई 

जनकपुरको विरोधमा वीरगन्जमा प्रदर्शन

४ माघ, वीरगन्ज । सरकारले प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगन्जमा विरोध सुरु भएको छ । वीरगन्जलाई प्रदेशको राजधानी बनाउनुपर्ने माग राख्दै वीरगन्जबासीले बिहानैदेखि वन्दको आह्वान गर्दै प्रदर्शन गरका छन् ।

अन्तर्राष्ट्रिय

अब दुई कोरियाको साझा झण्डा हुने, मिल्ने भए छुट्टिएका दुई मुलुक

४ माघ । आउँदो फेब्रुअरीमा हुने विन्टर शीतकालीन ओलम्पिकमा आपसमा दुश्मनजस्तै रहेका दुई कोरिया उत्तर र दक्षिणले साझा झण्डा लिएर मार्च गर्ने भएका छन् । सीमावर्ती गाउँ पान्मुन्जोममा भएको दुई कोरियाका उच्च नेताको वार्तामा आउँदो फेब्रुअरी ९ देखि दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर 

​क्यालिफोर्नियामा १३ बालबालिकालाई बन्धक बनाउने एक दम्पत्ति पक्राउ

२ माघ, काठमाडौं ।  अमेरिकाको क्यानिफोर्नियामा आफ्नै १३ जना बालबालिकालाई बन्धक बनाउने एक दम्पत्तिलाई प्रहरीले पक्रेको छ । अमेरिकी नागरिक डेभिड ऐलेन र लोइसे आन्ना तर्पिनलाई बालबालिकालाई बन्धक बनाएको आरोपमा घरबाटै पक्राउ गरिएको हो ।क्यालिफोर्नियाको प्यारिसस्थित घरमा उनीहरुले बालबालिकालाई साङ्लाले बाँधेर राखेका थिए । 

प्लेग रोगको महामारीबारे नयाँ तथ्य , जुम्रा र उपियाँबाट पनि संक्रमण !

२ माघ । मानव इतिहासकै भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात ब्ल्याक डेथका लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
प्लेगको संक्रणले 

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top