३० अप्रिलदेखि यी स्मार्टफोनमा बन्द हुँदैछन् फेसबुक, इन्स्टा र मेसेन्जर, तपाईको फोन कुन ?


Friday, 5 Apr, 2019 2:51 PM
फेसबुक, मेसेन्जर र इन्स्टाग्राम केहि स्मार्टफोनमा ३० अप्रिलबाट बन्द हुँदैछ । विन्डोज फोनमा यो तिनवटै एप्सले काम गर्न बन्द हुनेछ ।  ३० अप्रिलबाट कुनै स्मार्टफोनमा फेसबुक, इन्स्टाग्राम र मेसेन्जर बन्द हुदैछ । माइक्रोसफ्टले यो निश्चित्  गरेको छ कि विन्डोज फोनमा फेसबुक बन्द गर्ने तयारी गरेको छ । यदि तपाई संग पनि विन्डोज फोन छ भने तपाईको फोनमा सोसल मिडियाहरु चल्ने छैनन्  । विन्डोज फोनमा सोसल मिडिया चलाउनका लागि प्रयोगकर्ताले थर्ड पार्टि एप्सको साहारा लिनु पार्ने छ ।  विन्डोजले स्मार्टफोन बनाउन अहिले बन्द गरिसकेको अवस्था छ र माइक्रोसफ्टले धेरै पहिला नै स्मार्टफोन लन्च गर्न बन्द गरेको छ । यति मात्र हैन विन्डोज फोनमा वाट्सएप पहिले नै बन्द भइसकेको छ ।

माइक्रोसफ्टले २०१९ डिसेम्बर बाट विन्डोज फोनका लागि सेक्युरिटी  अपडेट नदिने बताएको थियो । यसको मतलब यो वर्षपछि विन्डोज फोन प्रयोग गर्नु सुरक्षको हिसाबले पनि चुनौतिपुर्ण रहेको छ । 
रेडिटमा केहि प्रयोगकर्ताले यो जानकारीलाई पोष्ट गरेका छन् भने केहि प्रयोगकर्ताले स्क्रिनसर्टलाई पोष्ट गरेका छन् जसमा इन्स्टाग्रामको एउटा नोटिफिकेशन छ । नोटिफिकेशनमा लेखिएको छ, ‘विन्डोज फोनमा इन्स्टाग्राम छिटै चलाउन मिल्ने छैन । ३० अप्रिलबाट विन्डोज फोनमा इन्स्टाग्राम चल्ने छैन । तर पनि तपाईले वेब ब्राउजरबाट इन्स्टाग्राम चलाउन सक्नु हुनेछ ।’

माइक्रोसफ्टले स्मार्टफोनको आयू २०१७ सम्मलाई मानेको थियो । र ठुला बिकासकर्ताले एप्सको सर्पोट नि बन्द गर्दै छन् । अब फेसबुकको पालो छ र फेसबुकले पनि छिट्टै बन्द गर्ने घोषणा गरेको छ । 

अहिलेपनि माइक्रोसफ्ट स्टोरमा फेसबुक, मेसेन्जर र इन्स्टाग्राम टप एप्स रहेका छन् तर ३० एप्रिल पछि कति प्रयोगकर्ता प्रभावित हुन्छन् भन्ने यकिन तथ्याङ्क छैन ।


global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

वामदेवविरूद्ध सर्वोच्च अदालतमा रिट, राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय बदर गर्न माग

५ असोज, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले  गौतमलाई राष्ट्रिय सभामा सदस्यका रूपमा काम गर्न रोक्नू भन्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।  पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो। 

नेकपा सचिवालय बैठक स्थगित, मन्त्रिमण्डल पुनर्गठनबारे दुई अध्यक्षले थप गृहकार्य गर्ने

५ असोज, काठमाडौं । आज (सोमबार) दिउँसो १ बजे पेरिसडाँडामा बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । थप गृहकार्य गरेर बस्ने भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक स्थगित गरेका हुन् । ​हिजो बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनमा छलफल भएको थियो । 

अन्तर्राष्ट्रिय

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, ७० लाख संक्रमित

६ असोज, काठमाडौँ । 
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा दुई लाख बढी व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा हालसम्म २ लाख ४ हजार ५ सय मानिसहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।  अमेरिकामा साढे ७० लाख ४६ हजार २१६ मानिस कोरोना भाइरसबाट संक्रमित बनेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ

३० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्तामा भने, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ ।’

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top