siddhartha

​स्टक क्लियरेन्स मेला सम्पन्न, ५० हजार बढीले गरे अबलोकन, २ करोड ९० लाखको कारोबार


Monday, 11 Sep, 2017 6:16 PM
२६ भदौ, काठमाडौ । दशैको अवसर पारी राजधानीको भृकुटीमण्डपमा सुरु भएको स्टक क्लियरेन्स मेला सकिएको छ । ६ दिन सम्म भएको मेलामा २ करोड ९० लाख भन्दा बढीको कारोबार भएको र ५० हजार भन्दा धेरै उपभोक्ता मेलास्थलमा आएको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले बताए । 

दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यो मेलालाई इभेन्ट सोलुसनले आयोजना गरेको हो । भाद्र २१ गतेबाट २६ गते सम्म गरिएको स्टक क्लिअरेन्स मेलामा दशैंका लागि आवश्यक सामाग्रीहरुको कारोबार गरिएको थियो । कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, कस्मेटिक, फुड प्रडक्ट र होम एफिलियन्सको कारोबार भएको थियो ।

मेलामा उपत्यकाका काठमाडौ, भक्तपुर, ललितपुर र आसपासबाट मेलामा उपभोक्ताहरु आएका थिए । अनुमान गरेको जस्तै उपभोक्ता मेलामा आएको बताउँदै मेला संयोजक दिपेश जोशीले आगामी बर्ष पनि यो मेलालाइ निरन्तरता दिने बताए । 
 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​चौतर्फी घेराबन्दीमा पनि एमालेको नतिजा सन्तोषजनकः नेता खनाल

८ असोज, भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेलाई चौतर्फी घेराबन्दीमा पारे पनि २ नं प्रदेशको स्थानीय तहको निर्वाचनमा एमालेले सन्तोषजनक नतिजा हासिल गरेको बताए । 

​महोत्तरीमा मतगणना सकियो, राजपा पहिलो

८ असोज, महोत्तरी । महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ । यस जिल्लामा स्थानीय तह निर्वाचनमा राजपा नेपालले सात स्थान हासिल गर्दै पहिलो भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए । 

राजपा सहमहामन्त्री मिर्जा एमाले प्रवेश, मधेसमा जनमत बढेको ओलीको दावी

८ असोज, काठमाडौं । २ नम्बर प्रदेशको स्थानीय तह चुनावमा दोस्रो पार्टी बन्न प्रयासरत राजपाका सहमहामन्त्री मिर्जा अल्साद बेग एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला आइबार केन्द्रीय कार्यालय धुम्बाराहीमै बेग आफ्ना सहयोगी सहित एमाले प्रवेश गरेका हुन् ।

अन्तर्राष्ट्रिय

रहिनन् संसारकै धनी महिला

सौन्दर्य प्रसाधन बनाउने कम्पनी फ्रान्सीसी कम्पनी लरियलकी उत्तराधिकारी ललियन बेटनकोर्टको ९४ वर्षको उमेरमा निधन भएको छ । बेटनकोर्टको परिवारले यसको पुष्टि गरेको छ। लिलियन बेटनकोर्ट संसारको सबैभन्दा धनी महिला हुन् । सन् २०१७ मा उनको कुल सम्पत्ति ३३ बिलियन युरो आँकलन गरिएको थियो ।

मेक्सिकोमा भूकम्पमा परेर मर्नेको संख्या २ सय ४८ पुग्यो

मेक्सिको । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ । भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । य

प्युर्टो रिकोमा ३५ लाख नागरिक बिजुली र पानीबिना अन्धकारमा

चक्रवातीय आँधी मारियाले क्यारेवयन टापु प्यूर्टो रिकोमा गम्भीर असर पारेको छ। आपतकालीन सेवासँग सम्बन्धित अधिकारीहरुले टापुमा बिजुली आपुर्तिसमेत बन्द भएको बताएका छन् ।

विचार / ब्लग

पूर्वनिर्वाचन आयुक्त गुरुङ भन्छन् – मधेशमा उमेद्वारले फकाउँछन्, धक्याउँछन, नमाने दन्काउँछन्

पहिले उनीहरुले फकाउँछन्, बोलाउँछन्, धम्क्याउँछन्, अनि तर्साउँछन्, भएन भने दन्काउँछन् । संविधानसभा निर्वाचनमा पनि जनकपुरमा ठूला–ठूला गेटहरु बनाए । त्यतिबेला आयोगले सारा गेटहरु भत्काइ दियो ।  दण्ड–जरिवाना गरियो । मोटरहरु ‘सिज’ गर्ने काम भयो । अब उनीहरुले खुल्लमखुल्ला आचारसंहिताको उल्लंघन गरिसकेका छन् । सबैको अगाडि, आफ्नै नाकमुनि त्यस्तो हर्कत हुँदा पनि मुख्य निर्वाचन अधिकृतले के ग-यो ? 

मैले आफैँ बलात्कार भएको मोबाइलमा रेकर्ड गरेँ

यो समयमा यस्तो लाग्थ्यो कि म एक ल्याबका लागि प्रयोग हुने मुसा हुँ । म गन्न सक्दिन, कतिपटक मैले डाक्टरलाई बलात्कारको कुरा भनेँ । एक पटक उनले बलात्कारको अन्तरंग विवरण नै मागे । उनले सोधे, ‘उसले तिम्रो स्कर्ट माथि सार्यो वा तल तान्यो । उसले यो साइडमा घोच्यो वा त्यो साइडमा ? मलाई यी प्रश्नहरुको आशा थिएन । म पागलजस्तै रोएकी थिएँ । 

के हाम्रो बुद्धि घुच्चुकमै छ ?

म पुरुषहरुमाथि मात्रै होइन, मैमाथि (अर्थात् महिलामाथि) प्रश्न गर्छु आजकाल । म मान्दछु, पुरुषप्रधान देशमा महिलामाथि ‘कथित पुरुषत्व’ लादिएको छ । तर म मान्दिन, एउटी महिलाले अर्की महिलामाथि ‘कथित नारित्व’ लादेकी छैन । 
Top