huwai hospital
nlic

रक्सौल रेल्वे लिकमा मृत दुई नेपाली किशोरीको कोठमा जब भेटियो– गुलाबको फूल र सुसाइड नोट...


Monday, 11 Feb, 2019 10:21 AM
२८ माघ, काठमाडौं । आइतबार अपराह्न ३ बजे पर्साको कालिकामाई गाउँपालिका २ भेडिहारका राजेश्वर साहलाई अपरिचित भारतीय नम्बरबाट फोन आयो । आफू भारतीय प्रहरी भएको परिचय दिँदै प्रश्न सोधियो उनलाई, ‘निभाकुमारी साहलाई चिन्नुहुन्छ ?’
राजेश्वरले जवाफ फर्काए, ‘मेरै छोरी हो सर ।’

‘माफ गर्नुहोला । तपाईंकी छोरीको शव रक्सौलको रेल्वेको लिकमा फेला परेको छ । सनाखत गर्न आउनुस् ।’ निभाको कलेजको परिचयपत्रमा भएको फोन नम्बरमार्फत् भारतीय प्रहरीको फोन उनको बुवासम्म पुगेको थियो । 

फोनमा भनिएका शब्दले राजेश्वरका नौनाडी गले । एकैछिन अघिसम्म फूर्तिसाथ बोलका उनी त्यसपछि अहिलेसम्म बोल्न सकेका छैनन् । हिजो मात्रै ट्युसन पढ्छु भन्दै पैसा लिएर घरबाट बिदा भएकी छोरीको यस्तो हालत! सुरुमा राजेश्वरलाई पत्यारै लागेन । 

पत्यार लागे पनि नलागे पनि यथार्थ यही थियो । राजेश्वरकी छोरी निभा मृत भेटिएकी थिइन् भारतको रक्सौलस्थित रेलको लिकमा । 
निभा मात्रै होइन, उनकै नजिककी साथी, क्लासमेट, रुम पार्टनर, किरण चौरासियाको पनि शव भेटिएको थियो सोही स्थानमा ।

आइतबार सरस्वती पूजाको दिन। बिहान साढे ६ बजे एउटै कोठामा बस्ने किरण र निभा पूजा गर्न भन्दै कोठाबाट बाहिर निस्किए । उनीहरु दुबै मिल्ने साथी हुन् । वीरगञ्ज पब्लिक कलेजमा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् दुबै जना । 

निभाको घर कालिकामाई गाउँपालिका–२ भेडिहार हो भने किरणको सोही गाउँपालिका–३ हरिपुर हो । उनीहरुसँगै अन्य २ छात्रा वीरगञ्जको रानीघाटमा कोठा भाडामा लिएर बसेर अध्ययन गर्दै आएका थिए ।
‘एक कान, दुई कान, मैदान’ हुँदै छात्राको मृत्युको खबर उनीहरु अध्ययन कलेज र पर्सा प्रहरीसम्म पुग्यो । उक्त खबर पाउनासाथ पर्साका एसपी रेवती ढकाल रक्सौलतर्फ आफ्नै नेतृत्वमा प्रहरीको टोली लिएर गए ।

नेपाल–भारत सीमा पार गरेर ७ किलोमिटर दक्षिण जानुपर्ने । मेन रोडबाट झरेर खेतको आली हुँदै ५ मिनेट हिँडेपछि हामी घटनास्थल पुगेका थियौं,’ एसपी ढकालले सुनाए, ‘यति टाढा नेपाली युवती कसरी आए ?’ कसैले अपहरण गरेर हत्या पो गरेको हो कि ?’ एसपी ढकालले शंकाका नजरले घटना नियाले । 

कालो ज्याकेट, सेतो पाइन्ट लगाएकी किरण चौरासिया ।

पहेँलो बुट्टे कुर्ता, बाहिर कालो आउटर र निलो पाइन्ट लगाएकी निभा कुमारी शाह ।

दुवैको शवको अवस्था यही हो । दुरी पाँच मिटरको फरकमा । दुबैको शव उत्तानो परेको । चौरासियाको घुँडाभन्दा माथिको भाग काटिएको छ भने शाहको घाँटी छिनेको छ । एसपी ढकालले भने, ‘शवको अवस्था दर्दनाक छ ।’ रक्सौल सुगौली रेल्वे खण्ड अन्तर्गत कंगनाढालामा फेला परेको उनीहरुको शव भारतीय प्रहरीले उठायो । पोष्टमार्टम गर्न पठायो । शव अहिले पनि रक्सौलकै अस्पतालमा पोष्टमार्टमका लागि भनेर राखिएको छ । अनुसन्धानको एउटा पाटो भारतीय प्रहरीले सम्हालिरहेको छ ।

यता एसपी ढकालले किन र कसरी भयो हत्या भन्दै वीरगञ्ज फर्केर अनुसन्धान अघि बढाए । ‘हामीलाई कसैले अपहरण गरेर हत्या गरेको हो कि भन्ने शंका लागेको थियो,’ एसपी ढकालले सुनाए, ’त्यसपछि हामीले पनि आफ्नो तर्फबाट अनुसन्धान थाल्यौं ।’ अनुसन्धान अघि बढाएको एसपी ढकालको टोली निभा र किरण बस्ने वीरगञ्जको रानीघाटस्थित कोठामा पुग्यो । ताला फोडेर कोठाभित्र प्रवेश गर्नासाथ उनीहरु दुबैको हत्याको कारण खुल्छ ।  हत्याको कारण खोल्ने प्रमाण प्रहरीले फेला पार्छ, ‘सुसाइड नोट’।

पलङमाथि किताबहरु असरल्ल छरिएका छन् । 
पलङमाथिको किताबको नजिक एउटा रातो गुलाब । गुलाबमुनि एउटा नयाँ घडी टल्कन्छ । गुलाब र घडीले थिचेको अवस्थामा एउटा कागजको चिर्कटो प्रहरीले फेला पार्यो । जहाँ सुरुमै लेखिएको थियो, ‘आदरणीय आमाबुबा क्षमा गर्नुहोला...।’

दुबै जनाले संयुक्त रूपमा आमाबुवालाई सम्बोधन गर्दै लेखिएको सुसाइड नोट भएको कागज प्रहरीले फेला पारिसकेको थियो ।  ‘हामीलाई बाँच्न सक्छौ जस्तो लागेन । जे निर्णय गर्दैछौं, यो हाम्रो स्वतन्त्र निर्णय हो । यसमा कसैको केही गल्ती छैन । अलबिदा ।’

दुबै जनाले संयुक्त रुपमा लेखेको उक्त सुसाइड नोटमा हस्ताक्षर दुबै हस्ताक्षर भएको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान सुसाइड नोट लेखेर पूजा गर्न भन्दै निस्किएका उनीहरु अन्ततः आत्महत्या गर्न रक्सौल पुगेको कुरा खुल्छ । रेलको लिकमा हाम फालेर आत्महत्या गर्छन् । 

उनीहरुले बिहान साढे ८ बजेदेखि १० बजेको बीचमा आत्महत्या गरेको प्रहरीले जनाएको छ । 
त्यसपछि खुल्छ आत्महत्याको कारण । विवाह गर्न पारिवारिक दबाब ।  साहलाई विवाह गर्न दबाब थियो । उनले मानेकी थिइनन् ।
अझ चौरासियाले आफ्नो मन्जुरी बिनै परिवारको दबाबमा टिकाटालो समेत गरिसकेकी थिइन् । गुलाबको फूलले थिचेर राखेको नयाँ घडी उनले इन्गजमेन्टमै पाएकी थिइन् ।


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

बौद्धिक देखाउन अरुको भाषाको नक्कल गर्ने बढ्दै : उपराष्ट्रपति पुन

९ फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१९’ का अवसरमा आज प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उद्घाटन सत्रमा उनले आफ्नो कुरा अरुलाई बुझाउन प्रविधिको विकास भएकाले अरुको भाषा बोल्नुपर्ने बाध्यता नभएको बताए । सरकारी विद्यालयमा अङ्ग्रेजी भाषाको प्रयोग बढ्नु दुःखद् भएको उनले 

नेकपा बैठक : कार्यदलको सुझावमाथि छलफल

९ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरिएको जानकारी दिए । उनका अनुसार बैठकमा सबै सदस्यले अहिलेसम्म गरेका काम, समस्या, आजको आवश्यकता तथा सदस्यले आफ्नो 

प्रदेश नं १ : प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत

८ फागुन, विराटनगर । प्रदेश नं १ को प्रदेशसभामा ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव प्रस्तुत गरिएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेश गरेका थिए । उनले प्रदेश भवन व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफमा कार्यान्वयनमा समस्या नआउने खालको कानून 

अन्तर्राष्ट्रिय

भारतमा पाकिस्तानी कैदीको ढुङ्गाले हानेर हत्या

९ फागुन काठमाडौ । राजस्थानमा जयपुरको केन्द्रीय जेलका एक पाकिस्तानी बन्दी शकरुल्लाहको अन्य कैदीहरूले पीटीपीटी हत्या गरेका छन्। पाकिस्तानको सियालकोटका बासिन्दा शकरुल्लाह उक्त जेलमा जन्मकैद भोगिरहेका थिए। उनलाई जेलकै अन्य चार बन्दीले ढुङ्गाले हानेर हत्या गरेको आरोप लगाइएको छ। प्रहरीका अनुसार यो घटना बुधबार दिउसो भएको थियो। जयपुर प्रहरीका वरिष्ठ अधिकृत लक्ष्मण गौडले जेलको बाहिर जम्मा भएका पत्रकारसँग

कोरियामा कामदारको उच्चतम उमेर ६५ वर्ष

९ फागुन, सियोल । दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ । अदालतको यस आदेशले अवकाशको उमेर र केही उद्योगमा प्रभाव पार्नेछ । सर्वोच्च अदालतको पूर्ण इजलासमा १०–३ मतदानबाट उक्त आदेश भएको हो । परिवारका एक सदस्य डुबेको सम्बन्धी मुद्दामा पीडितको उमेर ६० वर्ष कायम गर्नेगरी पुनरावेदन अदालतले सुनाएको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याएको हो । बिहीबारको उक्त आदेशसँगै पुनरावेदन 

बांग्लादेशको राजधानी ढाकामा भिषण आगलागी, मृत्यु हुनेको संख्या ७० पुग्यो

९ फागुन काठमाडौं । बांग्लादेशको राजधानी ढाकामा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७० पुगेको छ । अधिकारीहरूका अनुसार थुप्रै घाइते भएका छन्। घाइतेमध्ये केही गम्भीर रूपमा जलेको हुँदा मृत्यु हुनेको संख्या बढ्ने बताइएको छ । अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले  राति १० बजपछि आगो लागेको बताए । त्यहाँबाट १२ जनाको शव निकालिएको छ। राजधानीको पुरानो शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top