syangyong
cg

​के हो सुगर ड्याडी रिलेशनसिप ?


Tuesday, 4 Sep, 2018 2:54 PM
संसारका कयौं देशका सम्पन्न र धनी व्यक्तिलाई सुगर ड्याडी बनाउने चलन छ । सुगर ड्याडीको अर्थ के हो ? यसलाई बुझ्न त्यति कठिन छैन । खासमा, युवतीहरुले ऐसआराम र सुख सुविधाका लागि एक यस्तो व्यक्तिको छनौट गर्छन्, जो पैसावाल होस् । त्यो पैसावालसँग उनीहरुले मज्जाले समय विताउँछन्, सेक्स पनि गर्छन् । त्यस्ता प्रौढ व्यक्तिहरुलाई सुगर ड्याडी भनिन्छ । 

यसलाई ‘सेक्स’कारोबारको नयाँरुप पनि भनिन्छ । तर, आधारभूत फरक के हो ? यो जान्नको लागि पहिला इवालाई भेटौं । 

नैरोबीको एभिएशन कलेजमा पढ्ने १९ बर्षीया इवा आफ्नो सानो कोठामा बेचैन देखिन्छिन् । उनीसँग जम्मा १०० केन्याई शेलिङ छ । भोलिका दिनको खर्च कसरी धान्ने भन्नेमा उनमा चिन्ता देखिन्छ । 

इबा राम्री बनेर घरबाट बाहिर निस्कन्छिन् । एउटा सिटी सेन्टरमा पुग्छिन् र आफुसँग सेक्स गर्ने पुरुषको खोजी गर्छिन् । दश मिनेटभित्रै उनले यस्तो पुरुष भेट्छिन्, जसले सेक्सको बदलामा १००० केन्यायी शेलिङ दिन तयार हुन्छ । 

फाइदा के हुन्छ ?
इवाको ठिक उल्टो छ शिरोको जीन्दगी । शिरो ६ बर्ष पहिले युनिर्भसिटीमा पढ्थिन् । यस्तै १८– १९ बर्षको उमेर थियो होला । त्यहीबेला उनको भेट एक विवाहित पुरुषसँग भयो जो उनीभन्दा ४० बर्षले जेठो थियो । पहिलो भेटमै त्यो पुरुषले शिरोलाई केही उपहार दियो । सैलुनमा लग्यो । दुई बर्षको सम्बन्धपश्चात उसले शिरोका लागि एउटा राम्रो अपार्टमेन्ट पनि किनिदियो । चार बर्षपछि शिरोका लागि त्यो पुरुषले नियारी काउन्टीमा जग्गा पनि किनिदियो  । यसको बदलामा त्यो पुरुषले आफुले चाहेको बेलामा शिरोसँग सेक्स गर्छ । अब तपाईले बुझिसक्नुभयो होला शिरोले आफ्नो लागि एक ड्याडी सुगर बनाइसकेकी छिन् । 

केन्याको समाजमा शिरोजस्ता युवतीहरुको संख्या बढ्दै गइरहेको छ । जुन सोशल प्लेटफर्मदेखि रेस्टुरेन्ट सबैतिर देखिन थालेका छन् । युनिर्भसिटी अफ नैरोबीमा पढ्ने सिलासा नयानचावनी भन्छिन्, ‘शुक्रबारको रात युनिर्भसिटीको होस्टल बाहिर हेर्नुहोस् । कसको कार आउँदैन– मन्त्री, नेता सबैका ड्राइभर आएर जवान युवतीहरुलाई लिएर जान्छन् ।’ 

यद्यपि कति युवतीहरु सुगर ड्याडी रिलेशनमा छन् भन्ने कुनै यकिन तथ्याङक भने छैन । तर, बीबीसी अफ्रिकाको तर्फबाट ‘बोसारा सेन्टर फर विहेवयरियल इकोनोमिक्स’ले एक अध्ययन गरेको छ । जसमा १८ देखि २४ बर्षका २५२ छात्राहरु सहभागी थिए । तीमध्ये २० प्रतिशत छात्राहरुले आफ्नो शुगर ड्याडी रहेको बताएका थिए । उनीहरुले आफ्नो साथीहरुमध्ये करिब २४ प्रतिशतको सुगर ड्याडी रहेकोसमेत दाबी गरेका थिए ।

समाज बदलिएको संकेत 
यो अनुसन्धानको दायरा निकै सानो थियो तर यसमा केन्याइ समाजको बदलिंदो संकेत भने जरुर छ । यस्तै एक युवती छिन्, २० बर्षीया जेन । जेनले आफ्नो लागि दुईजना सुगर ड्याडी बनाएकी छिन् । ग्राजुयशन गरिरहेकी जेन भन्छिन् उनको टम र जेफसँग अलग–अलग सम्बन्ध छ । जेन भन्छिन्, ‘उनीहरुले मलाई मद्दत गर्छन्, तर केबल सेक्सका लागि मात्र होइन । गफ गर्न, आफ्नो मनको बह पोख्न र सँगै बस्न पनि उनीहरु मलार्इं बोलाउँछन् ।’ जेनका अनुसार उनले आर्थिक सुरक्षाको लागि यस्तो फैसला गरेकी थिइन् ताकि आफ्ना साना बहिनीहरुलाई सहयोग गर्न सकियोस् । यस्तै युवतीहरुको कहानी नैरोबी डायरी नामक ‘रियालिटी शो’मा देखाइदै छ । 

जेनजस्तै ब्रिजेट पनि छिन् । नैरोबीको झुग्गी झुपडी इलाकाको काइबेरामा बस्छिन् । उनी घरमा काम गर्ने महिला थिइन् । तर, अहिले सोशल मिडियामा उनको काफी चर्चा छ । उनले आफ्नो एक सेक्स भिडियो सुट गरिन् । यसपछि उनको फलोइङ निकै बढेको छ । 

गुड लाइफको टेस्ट
यत्तिमात्रै होइन । सुगर रिलेशनपछि उनीहरुको दुनियाँ पूरै बदलिएको छ । एकसे एक महंगा ब्रान्डको कपडा र व्याग । ब्रिजेटको मुताविक उनी आफ्नो जीवनमा गुड लाइफको टेस्ट लिन् चाहन्छिन । २५ बर्षीया ग्रेस पनि यस्तै भीडमा सामेल छिन् । उत्तर नैरोबीमा बस्ने ग्रेस एक बच्चाकी आमा हुन् । उनको सपना गायिका बन्ने छ । उनी नाइट क्लबमा गाउँछिन् र यस्तै एक पुरुषको खोजीमा छिन् जसले उनको करियर बनाउन मद्दत गर्न सकोस् । 

तर, यस्तो चलनमा अहिले निकै सवालहरु उठिरहेको छ । मानिसहरु यस्तो संस्कृतिले महिलाहरुको सशक्तिकरण हुन नसक्ने बताउँछन् । बरु यसले महिलाहरुको शरीर पुरुषको लागि आनन्दको लागि मात्र हो भन्ने भावना फैलाउँछ । बीबीसी 

 


Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​गुणस्तरीय शिक्षा प्रवद्र्धनमा लागिपरेका छौँ : मन्त्री पोखरेल

३० कात्तिक, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रवद्र्धनमा नेपाल सरकार लागिपरेको बताएका छन् । दक्षिण कोरियाको राजधानी सोलमा भएको सूचना तथा सञ्चार प्रविधि नेतृत्वसम्बन्धी कार्यशालालाई बिहीबार सम्बोधन गर्दै उनले शैक्षिक उन्नयनका निम्ति सरकारले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरिरहेको बताए।मन्त्री पोखरलले गुणस्तरीय

​राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ : नेता शर्मा

३० कात्तिक, बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ गएका उनले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिएका हुन् । नेकपा बागलुङका नेता तथा जनप्रतिनिधिसँगको छलफलमा 

​कोलम्बो प्रोसेस उच्च अधिकारीस्तरीय बैठक शुरु

२९ कात्तिक, काठमाडौँ । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ । प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री 

अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्रीद्धारा राजीना दिन अस्वीकार

लण्डन ।  बेलायती प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिट मुद्धालाई लिएर आफुले पदबाट राजीनामा दिन अस्विकार गरेकी छन् । ईयूबाट बेलायतको बहिर्गमनसम्बन्धी सम्झौताको मस्यौदालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेसँगै उत्पन्न विवादपछि राजनीतिक बृत्तमा राजीनामाको चर्चा चले पनि प्रधानमन्त्री मेले यसलाई ठाडै अस्वीकार गरेकी हुन् ।

​संसद भवनभित्रै सांसदहरुबीच गोदागोद

२९ कार्तिक, काठमाडौं । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकार सभामुखसँग नभएको बताएलगत्तै सांसदहरुबीच हात हालाहाल र धक्कामुक्की भएको हो।

​पर्खाल नाघेर अमेरिका : १९ वर्षीया गर्भवतीले पनि नाघिन् यति अग्लो पर्खाल !

२९ कार्तिक, काठमाडौं । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top