सुन्दरादेबी सन्देशको बार्षिक उत्सबमा बिभिन्न व्यक्ति सम्मानित


Friday, 2 Oct, 2015 2:24 PM
१५, असोज नुवाकोटः 
नुवाकोट जिल्ल्लाबाट प्रकाशन भईरहेको सुन्दरादेबी संदेश साप्ताहिकले चौथो बर्ष प्रवेशको अबसरमा बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । नुवाकोटको बट्टार स्तिथ सतान्चुलिको हलमा आयोजित समारोहमा साप्ताहिकले जिल्लाको बिभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई बिभिन्न विधामा सम्मान गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले नुवाकोटको संचार क्षेत्रमा साप्ताहिकले पुराएको योगदानको चर्चा गर्दै साप्ताहिकले जिल्ल्लामा छुट्टै पहिचान बनाएको बताउनुभयो्र । साप्ताहिकको प्रकाशक किरण अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नुवाकोट उदोघ बाणिज्य संघको अध्यक्ष राजन श्रेष्ठ,नेपाल पत्रकार महासंघको अध्यक्ष प्रकाश अधिकारी,नेपाल प्रेश युनियनको पुर्ब केन्द्रीय सदस्य शिब देबकोटा ,जिल्ला सहकारी संघको अध्यक्ष बैकुण्ठ मिश्र ,बिदुर नगर बिकाश समितिको अध्यक्ष बसन्तराज केसी लगायतले शुभकामना दिनुभएको थियो । 

उक्त कार्यक्रममा बिभिन्न क्षेत्रमा रहेर आआफ्नो ठाउबाट योगदान दिने बिभिन्न १० जना व्यक्तित्वहरुलाई बिभिन्न शिर्षकमा सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा सुन्दरादेबी पत्रकारिता सम्मानबाट शिब देबकोटा, सुन्दरादेबी सम्मानबाट ब्यबसायी तथा समाजसेबी रमेश श्रेष्ठ, सुन्दरादेबी बिशेस सम्मानबाट चर्चित मोडेल रश्मि तामांग, सुन्दरादेबी कलाकारिता सम्मानबाट उद्दब कार्की, सुन्दरादेबी सम्पदा  सम्मानबाट लोक गायक लेखनाथ आचार्य , सुन्दरादेबी सहकारीकर्मी सम्मानबाट सबिन राजभण्डारी , सुन्दरादेबी खेलाडी सम्मानबाट तेक्वान्दो खेलाडी रमेश कुमार श्रेष्ठ, सुन्दरादेबी ब्यबसायी सम्मानबाट होटेल ब्यबसायी मधुसुदन थपलिया, सुन्दरादेबी युवा ब्यबसायी सम्मानबाट पवन नेपाल हुनुहुन्छ ।  सुन्दरादेबी सहकारी सस्था सम्मानबाट दर्पण बचत तथा ऋण सहकारी र सुन्दरादेबी संचार सस्था सम्मानबाट टिभी त्रिशुलीलाइ सम्मान गरिएको छ । 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको माग

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रसंगमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा प्रतिक्रिया दिएको छ। बिहीबार बिहान प्रेस वक्तव्य जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी प्रकरणको अनुसन्धान अघि बढाउन माग गरेका हुन्।

७० करोड कमिसन अडियोबारे बोले मन्त्री बाँस्कोटा

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक अडियो टेपबारे सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रारम्भिक प्रतिक्रिया दिएका छन्। स्विस कम्पनीका नेपाल प्रतिनिधिसँग आफूले गरेको कुराकानीको अडियो टेप  भाइरल भइरहँदा कञ्चनपुरमा रहेका सञ्चारमन्त्री बाँस्काटोले यस विषयमा आफू काठमाडौं पुगेपछि विस्तृतमा बताउने जानकारी दिएका हुन्।

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

७ फागुन काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्। नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

अन्तर्राष्ट्रिय

जर्मनीमा बन्दुक हमला : ८ जनाको ज्यान गयो

८ फागुन, काठमाडौं । पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ। अज्ञात व्यक्तिले गराएको घटना त्यहाँको दुई सिसा बारमा भएको हो । घटनामा ५ जना घाइते भएको जनाइएको छ।

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top