siddhartha

​पुनर्निर्माण प्राधिकरणबाट हटाइएका सुशील ज्ञवाली सरकारविरुद्ध अदालत जाने

आफूलाई हटाउने सरकारको निर्णयले आश्चर्यमा परेको भनाइ


Wednesday, 11 Jan, 2017 6:35 PM


२७ पुस, काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीइओ) बाट आफूलाई हटाइएको निर्णय गरेको भन्दै सुशील ज्ञवालीले आश्चर्य व्यक्त गरेका छन् । आफूले उत्साहजनक रुपमा काम गरिरहँदा पनि सरकारलाई अन्यायपूर्ण निर्णय गरेर पदबाट हटाएको उनको भनाइ छ । 

उनले सरकारी निर्णयविरुद्ध कानुनी उपचार खोज्ने पनि घोषणा गरेका छन् । बुधबार अपराह्न एक विज्ञप्ती जारी ज्ञवालीले आफू पाँच वर्षका लागि प्राधिकरणको सीइओ नियुक्त भएकाले बीचमै हटाउन नपाइने जिकिर गरेका छन् । 

‘भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ बमोजिम प्राधिकरणको कार्यकाल पाँच वर्ष रहेको र प्रमुख कार्यकारी अधिकृतको पदमा मलाई मिति २०७२ साल पुस १० गतेको मन्त्रिपरिषद्को बैठकबाट उक्त ऐनको दफा ११ बमोजिम पाँच वर्षका लागि नियुक्ति गरेको हो,’ ज्ञवालीले विज्ञप्तीमा भनेका छन् । 

अनुदान प्राप्त गर्ने छनौट सूचीमा परेका ६ लाख २६ हजार ३६ भूकम्पपीति घरधनीहरु मध्ये पुस २७ गतेसम्म ५ लाख ४७ हजार २ सय २९ घरधनीसँग अनुदान सम्झौता भइसकेको ज्ञवालीले विज्ञप्तीमा उल्लेख गरेका छन् । जसमध्ये ४ लाख ७३ हजार ५ सय ५५ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान रकम जम्मा भइसकेको ज्ञवालीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

‘अध्यधिक संख्यामा घरहरुको पुनर्निर्माण सुरु भई ६२ हजार ६ सय ३६ निजी आवास पुनर्निर्माण भएको विवरण प्राधिकरणको सूचना प्रणालीमा प्राप्त भइसकेको, ७९ हजार ३ सय २२ वटा गुनासाहरु पुनरावलोकन भइसकेको र ठूलो मात्रामा क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणको नतिजाहरु एकपछि अर्कै गर्दै आइरहेका बेलामा सरकारले मलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी पदबाट हटाएको भन्ने जानकारी प्राप्त भएकोमा आश्चर्य लागेको छ,’ ज्ञवालीले विज्ञप्तीमा भनेका छन् । 

बुधबारको मन्त्रिपरिषदले ज्ञवालीलाई हटाएर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलाई नयाँ सीइओ नियुक्त गरेको छ । 



paicho

nepal life

bussewa

राजनीति

​कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री कोइराला

११ असार, विराटनगर । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानीय तह निर्वाचनमा  कांग्रेस पराजित भए लोकतन्त्र कमजोर हुने बताएकी छन् ।विराटनगरस्थित आफ्नै निवासमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालले शान्ति, सम्बृद्धि, लोकतन्त्र र प्रजातन्त्रको विकासका लागि कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नै  पर्ने बताइन् ।

​नेता महताको निधनमा एमालेबाट दुःख व्यक्त

११ असार, काठमाडौं । नेकपा(एमाले)ले डडेल्धुरा जिल्ला, पर्शुराम नगर कमिटीका अध्यक्ष बहादुर महताको स्थानीय तहको निर्वाचनका क्रममा यही असार ८ गते पर्शुराम–११ मा आयोजित आमसभालाई सम्बोधन गर्दै गर्दा हृदयाघातबाट निधन भएकामा दुःख व्यक्त गरेको छ । वि सं २०२८ मङ्सिर २५ गते जन्मिएका नेता महताले यसअघि तीन कार्यकाल साबिकको

​मधेसी–जनजातिका माग सम्बोधन गर्न आवश्यकः नेता गुरुङ

११ असार, पाँचथर । नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले हिमाल पहाड–तराई सबैलाई गोलबन्द बनाएर मधेसी, जनजाति, आदिवासी र अल्पसङ्ख्यकका मागलाई सम्बोधन गर्न आवश्यक रहेको बताउका छन् । सदरमुकाम फिदिममा आज बिहान प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको अवस्थामा राज्यले सबै दल 

अन्तर्राष्ट्रिय

पाकिस्तानमा तेल ट्यांकरमा आगलागी, १२३ भन्दा बढीको मृत्यु, कैयौं घाइते

११ असार, काठमाडौं । पाकिस्तानको पञ्जाव प्रान्तको सूवे स्थित बहावलपुर शहरमा एक तेल ट्यांकरमा आगलागी हुँदा एकसय जना भन्दा बढीको मृत्यु भएको छ । 

​बङ्गलादेशमा ट्रक दुर्घटनामा परी १६ जनाको मृत्यु

११ असार, ढाका । बङ्गलादेशको उत्तरी क्षेत्रमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । उत्तरी राङ्पुर जिल्लामा सडकबाट चिप्लिएर ट्रक दुर्घटना भएको हो । 

​इदको पूर्वसन्ध्यामा करिब सात सय सिरियाली कैदी रिहा

११ असार, सिरिया । सिरियाली सरकारले मुस्लिम धार्मिक पर्व इद उल फित्रका अवसरमा ६ सय ७२ जनालाई कैद मिनाह गर्दै रिहा गरेको छ ।राष्ट्रपति बसर अल असदविरुद्धको विद्रोहमा सघाएका केही लडाकुसहित अन्य कैदीबन्दीलाई रिहा गरिएको हो ।

विचार / ब्लग

​राजपाको आन्दोलन : बहिस्कार गरेर बैद्य माओवादी बन्ने या तराईको पहिलो शक्ति ?

राष्ट्रिय जनता पार्टी राजपाले आइतबार निर्बाचनमा भाग नलिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्यो । राजपाको आन्दोलनका कार्यक्रम यस्ता छन् कि आफुले बहिस्कार मात्र होइन, जनताले भोट हाल्न पनि नपाउन् भन्ने उद्देश्यले गरिएको आमहड्तालसहित । सरकारले पटक पटक लचिलो ढंगले प्रस्तुत भएर निर्वाचनको मिति सार्दा पनि राजपा सहमत हुन सकेन ।

सुदुरपश्चिमले कर्तव्यको भारी मात्रै कहिलेसम्म बोकिरहने ? सुदुरका समस्या,सम्भावना र सपनाहरु

अभाव, अशिक्षा, गरिबी, बेरोजगारी, जातीय छुवाछुत, महिला हिंसा, छाउपडी, देउकी प्रथा, कमलहरी, हलिया, कमैया, सुकुम्बासी लगायतका शब्दले दिइने सुदूरपश्चिमको परिचय फेरिदै गएको छ । ‘सुदूरपश्चिम’ को सट्टा अब ‘सुन्दर सुदूरपश्चिम’ भन्न थालिएको छ । सुदूरपश्चिम बाहिरबाट आउनेहरुका आँखामा अभावै अभाव र समस्यै समस्याको सुदूरपश्चिम भएपनि सुदूरपश्चिमेली भने ‘सुन्दर सुदूरपश्चिम’ देख्न थालेका छन् । 
Top