मलेसियामा अवैधानिक भएका नेपाली कामदार स्वदेश फर्किन थाले


Saturday, 17 Aug, 2019 1:28 PM
३२ साउन, काठमाडौं । मलेसियामा अवैधानिक भएर बसेका नेपाली कामदार स्वदेश फर्किन थालेका छन् । मलेसियाले गएको साउन १६ गतेदेखि अवैधानिक कामदारलाई स्वदेश फर्कने अवसर दिएपछि नेपाली पनि फर्किन थालेका मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । साउन १६ अर्थात अगस्ट १ देखि पुस १५  अर्थात डिसेम्बर १ सम्मको लागि मलेसियाले आममाफीको समय दिएको छ । मलेसियामा अवैधानिक रहेका नेपाली सहित अरु देशका नागरिकले यो समयमा आफ्नो देश फर्कन पाउनेछन् । 

वैधानिक बनेर स्वदेश फर्किनको लागि दूतावास आउनेको संख्या बढिरहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

‘अगस्ट १ देखि ९ सम्म दूतावासबाटै २ सयवटा ट्राभल डकुमेन्ट बनिसकेको र त्यसबाहेक क्वालालम्पुर बाहिर गएर पनि थप ८० वटा डकुमेन्ट बनाइसकेका छौँ’ दूतावासका द्वितीय सचिव प्रतिक कार्कीले जानकारी दिए  । उनले यो पटक १२ देखि १४ हजारसम्मले सेवा लिने अपेक्षा गरेको भन्दै बढीभन्दा बढी अवैधानिक भएका नेपाली कामदारलाई नेपाल पठाउन आफूहरु लागिपरेको बताए । ‘दूतावासका कर्मचारीहरु क्वालालम्पुरबाहिर विभिन्न ठाउँमा पुगेर पनि अवैधानिक भएकाहरुको ट्राभल डकुमेन्ट बनाउने काम गरिरहेका छौँ’ उनले भने, ‘केही अध्यागमन कार्यालयमा सेवा लिन चाहने नेपाली कामदारलाई सजिलोको लागि दूतावास आफैले यातायात सेवा प्रदान गरेको छ ।’

नेपाली दूतावासले गर्न सक्ने काम आफूहरुले गरेको भन्दै पैसा नभएका अथवा समस्यामा परेकाहरुलाई ट्राभल डकुमेन्ट निःशुल्क बनाइदिएको उनले बताए । यस्तै अवैधानिक भएका सबै नेपाली कामदारलाई अझै समय बाँकी छ भनेर नबस्न र जतिसक्दो चाँडो नेपाल फर्किनको लागि प्रक्रिया सुरु गर्न पनि उनले जानकारी दिए । 


global ime

runner bike

राजनीति

सभामुखमा नेकपाका सापकोटाले दिए उम्मेदवारी, राजपाको समर्थन

७ माघ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट संसद अग्नि सापकोटाले सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले मंगलबार मध्यान्ह सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

​कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

७ माघ, काठमाडौं । पुष्पा भुसाललाई सभामुखको उम्मेदवार बनाउने तयारीमा रहेको कांग्रेस अन्ततः पछि हटेको छ । पार्टी संसदीय दलको कार्यसमितिको बैठकले सभामुख निर्वाचनमा उम्मेदवारी नदिई तटस्थ बस्ने निर्णय गरेको मीन विश्वकर्माले बताए । 

सभामुखमा पुष्पा भुसाललाई अघि सार्ने काँग्रेसको तयारी

६ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन । कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ । कांग्रेस स्रोतका अनुसार यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको छ । ‘पार्टीमा यस विषयमा छलफल भइसकेको छ,’ कांग्रेसका एकजना नेताले भने,‘व्यक्ति हत्याको आरोप लागेकालाई सभामुख बनाउन हुँदैन ।’नेकपा सचिवालय बैठकले आइतबार स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको थियो ।

अन्तर्राष्ट्रिय

प्रशान्त महासागरमा अचानक तापक्रममा बृद्धि, १० लाख चरा मरे

६ माघ, काठमाडौं । पछिल्लो १२ महिनामा १० लाख भन्दा बढी समुद्री चराहरु मारिएकाबारे वैज्ञानिकहरुले विशेष चिन्ता व्यक्त गरेका छन् । चराहरुको एकसाथ मृत्युको यो इतिहासकै  सबैभन्दा ठूलो रेकर्ड भएको उनीहरुको भनाइ छ ।यसमा प्रशान्त महासागरको एउटा ठूलो सतही भाग अधिक तातो भएकाले नै यस किसिमका घटना भइरहेको अनुसन्धानकर्ताहरुले चेतावनी दिएका हुन् , जसलाई ‘ब्लब’ नाम दिइएको छ । सामान्य अर्थमा ब्लबको परिभाषा समुद्रको सतहबाट १६०० किलोमिटर सम्मको भूभाग ३ देखि ६ डिग्री बढीले तातिनु हो ।

भाजपा नेताको चेतावनी –५० लाख मुसलमानलाई लखेट्छौं

६ माघ, काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टीका प्रमुख दिलीप घोषले मुसलमान घुसपैठियाहरुको पहिचान गरेर आवश्यक परेमा उनीहरुलाई भारतबाट बाहिर लखेटिने जनाएका छन् ।  एक र्यालीलाई आइतबार सम्बोधन गर्दै भाजपाका राज्यका प्रमुख घोषले भनेका छन, ‘५० लाख मुसलमान घुसपैठियाको पहिचान गरिनेछ र जरुरत परेमा उनीहरुलाई देशबाट बाहिर निकालिनेछ ।’ उनले अगाडि भनेका छन, ‘पहिला उनीहरुको नाम मतदाता सूचीबाट हटाइनेछ । जसले नागरिकता संशोधन कानुनको विरोध गरिरहेका छन् उनीहरु कि भारत विरोधी छन् कि बंगाल विरोधी हुन् । त्यसैले उनीहरु हिन्दु शरणार्थीलाई नागरिकता दिने कुराको विरोध गरिरहेका छन् ।’ 

यमनमा क्षेप्यास्त्र आक्रमण, ७० सैनिक मारिए

५ माघ, काठमाडौं । यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र  सैनिक स्रोतले जानकारी दिएको छ । शनिबार भएको यस आक्रमणमा परी ७० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको छ । यमनी राष्ट्रपति आबेद्राब्बो मानसुर हादीले कायर र आतङ्ककारी आक्रमण भनि निन्दा गरेका छन् । यस घटनामा परी अरु दर्जनौँ घाइते भएका छन् र तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।  घटनाका बारेमा हुथी विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top