siddhartha

​तन्त्र, सेक्स र अध्यात्म ! ओशो रजनीश


Saturday, 27 Jan, 2018 1:39 PM
तन्त्रले सबैभन्दा पहिले सेक्सलाई समाजमा आध्यात्मिक बनाउन प्रयास गरेको थियो । खजुराहोमा ठडिएका मन्दिर, पुरी र कोर्णाकमा रहेका मन्दिरहरु यसका प्रमाण हुन । तपाईंले कहिल्यै खजुराहो मन्दिरमा रहेको मूर्तिहरु देख्नु भएको छ । छ भने दुई कुराहरुको अनुभव गर्नु हुनेछ । पहिलो कुरा त यो हो कि नग्न मैथुनको प्रतिमाहरु हेर्दा पनि तपाईलाई यिनीहरु कत्ति पनि अश्लिल जस्तो लाग्ने छैन ।

फोहोरिजस्तो लाग्ने छैन । नग्न प्रतिमाहरु देख्दा यिनीहरु कुरुप, अश्लिल र घिनलाग्दो हैन कि बरु मैथुनका प्रतिमाहरु देखेर एक खालको शान्ति, पवित्रताको अनुभव हुन्छ । जो साच्चि नै आश्चर्यको कुरा हो । ती प्रतिमाहरु जसले आध्यात्मिक सेक्सको अनुभव गरेका थिए त्यस्ता कालीगढबाट बनाइएको हो । तपाईंले शुद्व कामवासनाबाट ग्रसित मान्छेको अनुहारमा हेर्नु भयो भने त्यो घिनलाग्दो, कुरुप, डराएजस्तो प्रतित हुन्छ । त्यस्ता मान्छेहरुको आँखामा हेर्नेवित्तिकै तपाईहरुले यो कुरा महशुस गर्न सक्नु हुन्छ ।

प्यारो भन्दा प्यारो मान्छे पनि कामवासनाले ग्रसित भएर जब कुनै पुरुष एक स्त्रीको सामुन्ने पुग्छ तब त्यो पुरुष स्त्रीलाई दुश्मन झैं लाग्छ । मित्रता हराउँछ । त्यसैगरि कुनै पुरुषले प्यारोभन्दा प्यारो स्त्री आफू निकट कामवासनाले भरिएर आएको देख्यो भने त्यतिबेला उसले त्यस स्त्रीभित्र नर्क नै देख्छ । स्वर्गको आभास गर्न सक्दैन । तर, खजुराहो मन्दिरका प्रतिमाहरुको अनुहारमा हेर्ने हो भने यस्तो लाग्छ, मानौ बुद्वको मुहार हो, महावीरको मुहार हो ।

मैथुनका प्रतिमा अनि मैथुनरत जोडीको मुहारमा जुन भाव छ त्यो समाधिको हो । तपाईंले सबै प्रतिमाहरुलाई हेर्नुहोस ती सब देख्दा एक प्रकारको शान्तिको झलक पाउनु हुने छ । त्यसबाहेक अरु केही होइन । एउटा आश्चर्यको अनुभव हुन्छ । नग्न तस्वीर र मूर्तिहरुलाई देख्दा तपाईभित्र कामुकता पैदा हुन्छ भन्ने लाग्छ भने म भन्छु एक पटक खुजुराहो  जानुहोस ।

खजुराहो पृथ्वीमा यस समय रहेका अनौठा चिज मध्येको एक हो । आध्यात्मिक जगतमा योभन्दा उत्तम चिज, धरोहर यस समय हामीसँग अरु केही छैन । त्यो बरावरको सम्पदा अहिले हामीसँग छैन, जसलाई हामीले प्रत्यक्ष अनुभव गर्न सकौं तर, हाम्रा केही नीतिशास्त्री पुरुषोत्तमदास टंडन र उनका साथीहरुले खजुराहोका मन्दिरलाई माटोमुनी दवाउनु पर्छ भन्दैछन् । उनीहरु भन्छन् यस्ता चिजहरु देखेपछि कामवासना पैदा हुनसक्छ । उनीहरुको यस्तो कुरा सुनेर म आश्चर्यमा परेँ ।

खजुराहो मन्दिर जसले बनाएको थियो उसले यो ख्याल गरेको थियो कीे यदि कोही मान्छे यी नग्न प्रतिमाहरुलाई एकाध घण्टा हेर्यो भने वासना शून्य हुने छ । यी प्रतिमा ‘अब्जेक्ट फार मेडिटेशन’ को रुपमा रहेका छन् । हजारौं बर्षसम्म यी प्रतिमा ध्यानको लागि ‘अब्जेक्ट’ को काम गर्दै रहे । जो मान्छे अति कामुक थिए तिनीहरुलाई खजुराहोको मन्दिरमा पठाएर ध्यान गर्न लगाइन्थ्यो र भनिन्थ्यो ‘तिमी यहाँ बसेर ध्यान गर । यी प्रतिमाहरुलाई हेर अनि यसैमा लीन बन । ’

यदि कसैले शान्तपूर्वक बसेर मैथुनको प्रतिमामा हेर्दै केही घण्टा ध्यानमग्न भयो भने उसको भित्र रहेको मैथुन गर्ने पागल भाव छ त्यो विलीन भएर जान्छ । खजुराहो को मन्दिर या कोणार्क वा पुरीको मन्दिर जस्तो मन्दिर देशको गाउँ–गाउँमा हुनु पर्दछ । बाँकी मन्दिरको कोई जरुरत छैन । यसको विरोध गर्नेहरु बेवकूफीका सबूत हुन । तिनीहरुको केही बुद्वि छैन । तिनीहरुमा न केही बैज्ञानिकता छ न कुनै अर्थ न प्रयोजन तर, खजुराहोको मन्दिर जरुर अर्थपूर्ण छ । 

जो मान्छेको मन अति सेक्सले भरिएको छ त्यो यो मन्दिरमा गएर ध्यान गर्यो भने अवश्य पनि हल्का मन लिएर फर्कने छ । शान्त हुने छ । तन्त्रले निश्चय पनि सेक्सलाई आध्यात्मिक बनाउने कोशिश गरेको थियो । तर भारतका आफूलाई नीतिशास्त्री ठान्नेहरुले, ति दुष्टहरुले यस्ता कुरालाई समाजसम्म पुग्नै दिएनन् । उनीहरु मेरो कुरालाई पनि तपाईहरुसामू पुग्न दिन चाहन्नन् । मेरो चौतर्फी विरोध गर्नुपर्नाका कारण अरु केही छैन । म न यी राजनीतिज्ञहरुसँग डराउँछु न नीतिशास्त्रीहरुसँग । जे साँचो हो म त्यही भनिरहन्छु । यसको लागि मलाई चाहे जुनसुकै मुल्य किन चुकाउन नपरोस ।

साभार : ओशो–( संभोग से समाधि कि ओर, प्रवचन–०६)


Ruslan

paicho

bussewa

राजनीति

​काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार

९ फागुन, काठमाडौ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहीबार फागुन १० गते बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी संसदीय दलको विधानलगायत समसामयिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

संघीय संसदका सांसदको सपथग्रहण फागुन २० गते

९ फागुन, काठमाडौं । संघीय संसदका सांसदहरुको सपथग्रहण फागुन २० गते हुनेभएको छ । संसद सचिवालयले बुधबार सूचना प्रकाशित गरी फागुन २० गते अपरान्ह ४ बजे संघीय संसदको प्रतिनिधिसभा बैठक कक्षमा पद तथा गोपनीयताको सपथ ग्रहण हुने जनाएको छ । संघीय संसदमा प्रतिनिधिसभाका

मन्त्रालय भागवण्डा गर्न ओली प्रचण्ड छलफलमा

९ फागुन, काठमाडौं । मन्त्रिपरिषद बैठकलाई पूर्णता दिन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । प्रस्ताविन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय समेत रहेका ओली र प्रचण्डबीच मन्त्रालय बाँडफाँडको

अन्तर्राष्ट्रिय

​रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्नेबारे म्यानमारमा द्विपक्षीय बैठक

९ फागुन, एजेन्सी । बंगलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच मङ्गलबार छलफल भएको समाचार छ । यसअघि बंगलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । उक्त सहमतिको पूर्ण कार्यान्वयन नभए पनि केही शरणार्थीहरु स्वदेश फर्केका छन् । 

सिरियामा हवाई हमला, बालबालिकासहित ७७ जनाको मृत्यु

८ फागुन, काठमाडौं । सिरियाको राजधानी दमास्कसनजिक सरकारी सेनाले गरेको हवाइ आक्रमणमा ७७ जनाको मृत्यु भएको छ ।  ३ सय जना घाइते भएका छन् । सरकारी सेनाले विद्रोहीलाई मारेको दावी गरे पनि मृत्यु हुनेमा २० जना बालबालिका र सर्वसाधारण छन् । राजधानी दमासकस नजिक गुटा भन्ने स्थानमा हवाइ र रकेट आक्रमण गरिएको हो । 

अमेरिकी राष्ट्रपति बन्दुक राख्न पाउने नियम सुधार गर्ने पक्षमा

८ फागुन,वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बन्दुक राख्न पाउने नियममा सुधारको पक्षमा समर्थन जनाएका छन् । नागरिकलाई बन्दुक राख्न इजाजत दिनु अघि उसको पृष्ठभूमिलाई सूक्ष्म ढंगबाट जाँच गर्नु पर्ने प्रस्तावमा उनले समर्थन गरेका हुन् । ह्वाइट हाउसकाअनुसार ट्रम्पले रिपब्लिकन सीनेटर जोन कार्निङले प्रस्तुत 

विचार / ब्लग

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 

१२ वर्षपछि प्रचण्डले सम्झिएकी दिपा

आफ्नो बच्चा बिरामी भएर धौलागिरी अन्चल अस्पताल बागलुङमा उपचार गराउँदै थिइन् दिलमाया रोका दिपा । बिहानको समय, त्यस्तै सवा आठ भएको हुँदो हो, उनको मोवाईलमा घण्टी वज्यो । उनले मोवाईल हेरिन कुनै परिचित नम्वर त थिएन, तै पनि फोन उठाईन । उनले हेलो भन्दा नभन्दै उताबाट आवाज आयो कतै परिचित जस्तो । हेलो दिपा जि हो ?

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :
Top