esewa
kantipur mall

​ उद्घाटन भए पनि किन सञ्चालनमा आउन सकेन तातोपानी नाका ?


Thursday, 20 Jun, 2019 7:54 AM
ठूलो तामझामका बीच तातोपानी नाका उद्‌घाटन गरिएको करिब तीन हप्ता हुन लाग्दा समेत सञ्चालनमा आउन सकेको छैन । गत महिना उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले एउटा कार्यक्रमबीच नाका उद्घाटन गरेका थिए। 
चार वर्षअघि नेपालमा आएको विनाशकारी भूकम्पपछि बन्द भएको नाका सञ्चालनमा आएसँगै चीनबाट सरसामान आयात गर्न सहज हुने र त्यसले बजार भाउमा समेत सकारात्मक प्रभाव पार्ने भन्दै व्यवसायीहरू उत्साहित देखिएका थिए। तर नेपालतर्फका संरचना पूर्ण रूपमा तयार नहुँदा र काम कारबाही अघि बढाउनका लागि प्रक्रियागत कार्यहरू सम्पन्न हुन नसक्दा उक्त नाका सञ्चालनमा आउन नसकेको उनीहरू बताँउछन्।

“नियमित कार्यका हिसाबले नाका उद्घाटन गरिएको जस्तो देखिन्छ। नाका सञ्चालनमा ल्याउनका लागि आवश्यक पर्ने धेरै काम बाँकी नै छन्,” नेपाल(चीन उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष पञ्चरत्न शाक्यले भने।

हाल केरुङबाट सहजै आयात निर्यातका कार्य सम्पन्न भएको अवस्थामा तातोपानी नाका पूर्ण रूपमा व्यवस्थित भएपछि मात्रै व्यवसायीहरू त्यसतर्फ आकर्षित हुने सक्ने उनले जानकारी दिए। उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष वेदबहादुर श्रेष्ठले हालसालै निर्माण सम्पन्न भएको भनिएको बन्दगाहमा टेबुल र कुर्सीजस्ता सामग्री समेत नरहेको बताउँछन्।

“त्यसबाहेक तातोपानीसम्म पुग्ने बाटो पनि भरपर्दो छैन। पानी पर्ने मौसम भएकाले सडकसम्बन्धी जोखिम झन् बढेको छ,” उनले थपे। “नाका औपचारिक रूपमा खुल्ने बाहेक अन्य धेरै काम बाँकी छन्।” तर सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने तातोपानी पुग्ने सडकमा १२ पाङ्ग्रे ट्रक समेत सञ्चालन हुन सक्ने दाबी गरे।

चीनबाट फलफूल आयात गर्ने एकजना व्यवसायी उत्तम थापा भने हालका दिनमा रेलमार्ग हुँदै सामान चीनको सिगात्सेसम्म आइपुग्ने र त्यहाँबाट केरुङनजिक पर्ने हुँदा सामान आउन चाँडो हुने हुँदा आफूहरूले तातोपानीतर्फ ध्यान नदिएको बताउँछन्। “तातोपानी नाका कस्तो भएको छ मैले बुझ्न पाएको छैन। तर भूकम्पका कारण बन्द हुनुअघिको अवस्थासँग तुलना गर्ने हो भने केरुङ निकै व्यवस्थित छ,” उनले थपे।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक नवराज ढकाल भने व्यवसायीहरूले २-३ महिनाअघि नै सामान ढुवानी गर्ने मार्ग निश्चित गर्ने गरेका कारण सामान आयात वा निर्यात तातोपानी बाट हुन नसकेको बताउँछन्।

“व्यवसायीहरूले तातोपानीबाट सामान ल्याउन शुरू गर्नासाथ नाका सञ्चालनमा आउनेछ,” उनले बीबीसी नेपाली सेवालाई बताए। ढकालले हाल भन्सारमा चाहिने सफ्टवेयर जडान गर्ने कार्य भइरहेको जानकारी दिए। चिनियाँ पक्षले बनाइदिएको सुक्खा बन्दरगाह लगायतका संरचना नेपाललाई हस्तान्तरण गरिएको भन्ने बेहोराको पत्र नेपाललाई हालसम्म प्राप्त नभएको समेत उनले बताए। “तर नाका सञ्चालन नहुनुमा यसको भूमिका छैन,” उनले थपे।

ढकालले मूलतः व्यवसायीले नै केरुङ हुँदै सामान आयात गरेकाले नाका प्रयोगमा आउन नसकेको बताए पनि समितिकै सूचना अधिकारी करुणा अधिकारीले भने बन्दरगाहको आन्तरिक व्यवस्थापन, भन्सारसँग सम्बन्धित विभिन्न विषय वस्तु र नाकामा आवश्यक पर्ने कर्मचारी नहुँदा नाका सञ्चालनमा आउन नसकेको बताइन।

समितिअन्तर्गतको तातोपानी सुक्खा बन्दरगाह सञ्चालनका लागि कम्पनी नियुक्ति गर्ने काम पनि हुन सकेको छैन। तत्कालीन आवश्यकता परिपूर्ति गर्ने भन्दै समितिले प्राविधिक पदमा कर्मचारीहरू करार सेवामा लिने भन्दै आवेदन माग गरेको छ। समितिले कर्मचारी करारमा लिने सम्बन्धी सूचना ज्येष्ठ महिनाको अन्तिममा जारी गरेको थियो। आवेदन दिने म्याद असार १५ गते सम्म तोकिएको छ, जसले आवश्यक तयारी विनै नाका खोलिएको देखाउँछ।


global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

केपी ओलीले इन्डो–प्यासिफिक रणनीतिको सेवा गरे : मोहनविक्रम सिंह को आरोप

४ कात्तिक, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारालाई दक्षिणपन्थी विचलन भनेर टिप्पणी गरेका छन् । यद्यपि सी विचारधाराको आलोचना गरे पनि चीनसँगको सम्बन्ध विस्तारलाई नेकपा मसालले महत्व दिने उनले बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको एक सातापछि प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहले भनेका छन, ‘सीको विचारधारा वास्तवमा मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन नभएको दक्षिणपन्थी संशोधनवादी विचारधारा हो । त्यहाँको कथित नयाँ ढाँचाको समाजवादी व्यवस्था वास्तवमा पूँजीवादी व्यवस्था हो र त्यसले अब साम्राज्यवादको रुप लिइसकेको छ ।’

प्रधानमन्त्री बिहीबार बाकु जाने, मुख्य सन्देश–असंलग्न आन्दोलनलाई महत्व

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा हुने असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन यही कात्तिक ७ गते (बिहीबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनी कात्तिक १० गते आइतबार स्वदेश फर्किनेछन् । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छैन । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालले सधैँ असंलग्न आन्दोलनलाई महत्व दिँदै आएको बताउँदै यसपालि पनि महत्व दिएर नै प्रधानमन्त्री स्तरबाट भ्रमण हुन लागेको जनाए । 

महराले सांसदबाट राजीनामा नदिने, नेकपामा नभएको भन्दै दलको निर्देशन नमान्ने

३ कात्तिक, काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो । तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसद्मा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् । 

अन्तर्राष्ट्रिय

​कश्मीरको सीमा क्षेत्रमा गोलाबारी : दुई भारतीय सैनिकको मृत्यु

३ कात्तिक, काठमाडौं । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।

ब्रेक्जिटमा ढिलाईको माग गर्दै बेलायती प्रधानमन्त्रीद्वारा ईयूलाई पत्राचार

३ कात्तिक, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले ब्रेक्जिटलाई ढिलो गर्न आग्रह गर्दै युरोपेली संघ (ईयू)लाई पत्राचार गरेका छन् । ब्रेक्जिट प्रक्रियाको अन्तिम टुंगो लगाउने म्याद यही अक्टोबर ३१ सम्मको रहेपनि शनिबार हाउस अफ कमन्समा भएको मतदानले सो समयावधीलाई अस्वीकार गरेको थियो । त्यसैले जोहन्सनले ईयूलाई पत्राचार गरेका हुन् । तर उनले समयावधी थप्न आग्रह गर्दै पठाएको पत्रमा हस्ताक्षर भने गरेका छैनन् । ईयू काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ट्विट गर्दै जोहन्सनको पत्र पाएको उल्लेख गरेका छन् । कसरी प्रतिक्रिया जनाउने भनेर अब ईयूका नेताहरुसँग छलफल गर्ने उनले जनाएका छन् । 

कुर्द नहटेमा टाउको फुटाइदिने टर्कीका राष्ट्रपतिको चेतावनी

३ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले यदि उत्तरी सिरियाको सीमामा प्रस्तावित ‘सेफ जोन’बाट कुर्द लडाकु नहटेमा उनीहरुको टाउको फुटाइदिने चेतावनी दिएका छन् । टर्की विहीबार सो क्षेत्रमा सैनिक कारवाही स्थगन गर्नका लागि राजी भएको थियो । यद्यपि यो रोक ५ दिनका लागि मात्रै हो । तर शनिबार दुवै पक्षले युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका थिए । टर्कीले कुर्दहरुलाई आतंककारी मान्दै आएको छ र सिरियाको सीमा क्षेत्रमा ‘सेफ जोन’ बनाउने उसको लक्ष्य रहेको छ । अस्थायी युद्धविरामको बावजुद सीमा शहर रास अल अएनमा शनिबार छिटपुट हिंसा भएको थियो । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top