नेपालको विकासमा चीन साझेदार बन्दा भारत किन रिसाउने ?

ओलीको चीन भ्रमण असफल होइन,सफल भो


Friday, 25 Mar, 2016 8:46 AM

रोशन खड्का

संविधान पाएपछि भारतीय नाकाबन्दीको सामना गरेको नेपालको पछिल्लो ६ महीनानिकै सकसपुर्ण अवस्थामा रह्यो । प्रधानमन्त्री भएपछि नेपालका प्रधानमन्त्री केपी ओलीले लामो समयपछि भारतको भ्रमण गरे । त्यसको ठ्याक्कै एक महीना पछि ओली अहिले चीनमा छन् । तुलनात्मक रुपमा मात्रै हेर्ने हो भने ओलीको चीन भ्रमण भारतको भन्दा हाई लेभलमा भएको आभास मैले अनुभुती गरेको छु । नेपालमा ठुलो राजनीतिक उथलपुथल पछि स्थापित गणतन्त्र पछि चीनमा सवैभन्दा ठुलो सम्मान पाउने ओली नै भए । जुन कुरा नेपालको लागी गर्वको विषय हो । 

२१ तोपको सलामी दिएर चीनजस्तो महाशक्तिले नेपालका प्रधानमन्त्रीलाई सम्मान गर्नु सामान्य कुरा होइन् । इतिहास हेर्ने हो भने यस्तो सम्मान नेपालका स्वर्गीय राजा बीरेन्द्र र पुर्व प्रधानमन्त्री मनमोहन अधिकारीले मात्र पाएका छन् । त्यसो त चीन भ्रमणलाई सबैले आ–आफ्नै तरिकाले विश्लेषण गरिरहेका छन् । तर जसरी ओलीको चीन भ्रमणलाई कतिपयले हलुका ढङगबाट व्याख्यागर्दैछन त्यो सर्वदा गलत छ । प्रधानमन्त्रीको चीन भ्रमणले नेपालचीन सम्बन्धलाई नयाउचाईमा पुर्याएको छ ।चीनसंग भएका समझदारी र सम्झौताले नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले राष्ट्रहितको निम्ती विश्वका जुनसुकै देशसंग पनि हात मिलाउन् सक्छ भन्ने सन्देश पनिगएको छ । 
सम्झौताको महत्व :
नेपाल र चीनविच पारवाहन लागयत विभिन्न विषयमा भएका सम्झौताको महत्व निकै ओजीलो छ । यत्तिमात्रै होइन यो दुई मुलुकविच भएको सम्झौता एउटा प्रकारको आइसब्रेक नै हो भन्न सकिन्छ । आर्थीक रुपमा मात्रै होइन सामरीक दृष्टिले समेत यो भ्रमण निकै महत्वपुर्ण रह्यो । नेपाल र चीन विचभएको सम्झौताले चीन र नेपालको सम्बन्धलाई नयाँ उचाई दिएको छ । पोखरा विमानस्थल देखि,रेलमार्गको डिपीआर र पहाडी क्षेत्रमा सडक विस्तारको कुरालाई समान्यमान्न सकिदैन् । चीन संगका थप नाकाखोल्ने कुराले नेपाल चीन व्यापारको मार्ग बलियो भएको छ । हामी एउटैतिर परनिर्भर पर्नुपर्ने अवस्थाको लगभग अन्त्य समेत भएको छ । 


भारतको परनिर्भरता अन्त्य :
जसले जसरी व्याख्या गरेपनि नेपाल  चीन बिचभएको सम्झौताले भारतको परनिर्भरतालाई एक हदसम्म तोडेको मान्न सकिन्छ । भारतको जहिले पनि नेपाललाई हेप्ने,नेपाललाई असल छिमेकी भन्दापनि अघोषित उपनिवेश ठान्ने र नेपालको राजनीतिदेखि हरेक क्षेत्रमा आफ्नो कुनियतपुर्ण प्रभाव जमाउने जुन रवैया थियो त्यो नेपाली जनताले कहिल्यै मन पराएनन् । भारतले नेपाललाई असल छिमेकीको रुपमा व्याख्या गरेपनि वस्तुतः भारत नेपालका जलसम्पदा,प्राकृतिक स्रोत साधन माथी आफ्नो कब्जा जमाउने योजनामा रहदै आएको छ । ९० प्रतिशत सार्वभौम संविधानसभाले अनुमोदन गरेको संविधानलाई दुनियाले स्वागतगर्दा भारतले विरोध मात्रै गरेन,यो लेखिनुपर्छ भन्दै आदेश पनि दियो । 

नेपालका राजनीतिक दलले त्यसलाई अस्वीकार गरेपछि नाकाबन्दी जस्तो हर्कतमा उत्रियो भारत । भारतले जहिल्यै पनि नेपालमा अस्थीरता चाहन्छ र चाहान्थ्यो । नेपाल एक सार्वभौम मुलुक हो । हाम्रो भाग्य र भविष्यको फैसला हामी आफै गर्न सक्छौ,मुलुकलाई हितहुने सम्झौता चीनसंग मात्र होइन,भारतले दुश्मन मान्दै आएको पाकीस्तानसंग पनि हुनसक्छ ,र नेपालले गर्नसक्छ । भारतको यसमा टाउको दुखाइको विषय बन्नुपर्ने कुनै कारण छैन् ।
मैले भारतिय मिडिया र त्यहाका विश्लेषकहरुका टिप्पणीहरु हेरिरहको छु । नेपाल चीन विच भएका ऐतिहासिक सम्झौताले तिनको टाउको दुखाई किन भइरहेको छ । वुझ्न त्यती कठिन छैन् । अव ति सवैले के बुझ्नुपर्छ भने आधुनिक नेपाल अब भारतको दलाली र सेवा चाकडी गर्ने पक्षमा छैन भन्ने सन्देश नेपाल चीन सम्बन्धले देखाएको छ । भारतले नेपाल एक सार्वभौम मुलुक हो भन्ने अस्तीत्व जबसम्म स्वीकार गर्न सक्दैन अब भारतले चाहे जस्तो नेपाल भारत सम्बन्ध कायम हुन सक्दैन् । त्यसका लागी भारतले नेपालमा आफ्नो छवि किन् बिग्रदै छ भन्ने कुराको आत्म समिक्षा गर्न जरुरी छ । 

नेपालजस्तो भुपरिवेष्ठीत देशलाई अन्तरराष्ट्रिय पारवहान सम्झौताको समेत खिल्ली उडाउदै नेपाली जनताको पेटमा नाकाबन्दी गरेर लातहान्ने दुस्साहस भारतले जसरी गर्र्यो यसले भारतलाई नै दिर्घकालीन रुपमा ठुलो पीडा दिने निश्चित छ । महाशक्ति राष्ट्रको ख्वाव देखिरहेको भारतले आफ्नै छिमेकिसंगको सम्बन्ध यसरी बिगारेपछि क्षेत्रीय शक्तिका रुपमा पनि उसलाई कसैले पत्याउदैनन् ।  

सम्झौता कार्यान्वयनमा चीनको चासो
सम्झौता एक कोशेढुङ्गा नै हो । तर चीनजहिले पनि नेपालको राजनीतिक अवस्था र अस्थीरताप्रति चिन्तीत हुदै आएको छ  । चीनले यसअघि पनि नेपाललाई सहयोग नगरेको होईन,विभिन्न कालखण्डमा चीनले नेपालाई निस्वार्थ दिलखोलेर स्वागत गर्दै आएको हो । 
तर अब समय र परिस्थितीले बल हाम्रो कोर्टमा आएको छ । अर्थात चीनको विश्वास व्यवहारमा देखाउने कि नदेखाउने हाम्रो चुनौती यहि हो । चीनले जहिलेपनि नेपालमा चीनविरोधी गतिविधीे र एक चीननीतीको बलियो प्रतिवद्धता खोजेको देखिन्छ ।

पाल सरकारले वुझ्न जरुरी छ नेपाल न भारतको न चीनको मैदान हो । यो स्वतन्त्र देश हो । र एक स्वतन्त्र,स्वाधिन मुलुक हुनुका नाताले दुवै छिमेकीको सुरक्षा सम्वेदनशीलता लाई सम्बोधन नेपालले गर्नुपर्ने हुन्छ । नेपालको भुमिकुनै पनि अर्को देशको विरुद्धमा प्रयोग हुन् हामीले पनिदिनु हुदैन् । चीनअहिले विश्ववजारको ठुलो बादशाह नै हो । त्यसैले चीनले जुनप्रकारको सहयोग र सदासायता देखायो त्यस्तो अन्य कैयौ छिमेकीमुलुकसंगउसको सम्बन्ध छ । त्यस अर्थमा चीनसंग भएका सम्झौताहरु अक्षरस पालना हुन्छन कि हुदैनन्,चीनसंगको सम्बन्ध यसमा पनि भर पर्छ । नेपालका लागि भारत र चीन उत्तीकै आवश्यक छिमेकी देश हुन् । यसअर्थमा नेपालले भारत र चीनलाई जोड्ने पुलको कामगर्न सक्छ । जसबाट छिमेकीको उपयुक्त चासो र हाम्रो आर्थीक विकासमा टेवा पुग्ने काम होस् । 
संघाई कोर्पेसनको सदस्य
नेपाललाई चीनले एक असल र विकसीत नेपालका रुपमा हेर्न चाहन्छ । त्यसैको परिणाम हो,नेपाललाई संघाई कोर्पेसनको सदस्यता दिनु । जुन कोर्पेसनमा सदस्य बन्न भारत र पाकिस्तानलाई झन्नै  १० वर्षलाग्यो र अझै पनि उनिहरुले सदस्यता पाएका छैनन् । १० जुलाई २०१५ मा उनिहरुलाई सदस्य दिने निर्णय भएपनि आन्तरीक प्रक्रिया बाकि रहेकाले अझै उनिहरुले सदस्यता नै पाएका छैनन् । तर,हामीलाई एक वर्षमा नै उसले सदस्य राष्ट्रको रुपमा मान्यता दिएको छ । २०१५मा महेन्द्र पाण्डे परराष्ट्रमन्त्री हुदा सदस्यताका लागी नेपालले पत्र पठाएको थियो । उसो त २००७ माप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाहुदा पनि नेपालले सदस्यताका लागी पत्र पठाएको थियो । तर त्यसपछि नेपालको तर्फबाट पनि फलोअफ हुन् सकेन् ।

कोर्पेसनमा रसिया,काजकिस्तानतन,ताजिकिस्तान र उज्वेकिस्तान जस्ता सम्पन्न मुलुकहरु छन् । जहा नेपालपनिअब समावेश भएको छ,यसले नेपालको सम्बन्ध अन्य मुलुकहरुसंग पनि हुन जान्छ, संघाई कोर्पेसनमा नेपाल सदस्य भएपछी हाम्रो सम्बन्ध सेन्ट्रल एसिया,पुरानो विकास साझेदार  रसिया र चीनसंगझन् बलियो हुन्छ । यसलाई राम्रोसंग उपयोग गर्न सकियो भने कनेक्टिभि,आर्थीकविकास र म्युचल सेक्युरीटीमा हामीलाई फाइदा पनि हुन्छ ।


नेपालले अब आफुलाई रुपान्तरण गर्नैपर्छ । र आट गर्नपर्छ हाम्रा लागि सवै छिमेकीउ त्तिकै समान छन र भारतले पनि आफुलाई सच्याउनै पर्छ र नेपालको अस्तीत्व स्वीकार गर्नैपर्छ । सवै छिमेकीले बुझ्नुपर्ने कुरा के हो भने नेपालमा स्थिरता हुनुमा नै छिमेकीको हित हुन्छ  । त्यसैमा नै सवैलाई फाइदा छ । नेपालमा अस्थिरता पैदा भयो भने त्यसले नेपाललाई मात्रहोईन् छिमेकका उदयमान शक्ति राष्ट्र चीन र भारतलाई पनि त्यसको असर पर्छ । 
हाल बेइजिङमा रहेकापत्रकार रोशन खड्कासंग कुराकानिमाआधारीत । खड्का सुरक्षा मामिलामा कलम चलाउदै आएका छन् 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

प्रधानमन्त्री ओलीलाई हटाउने तयारी

१५ फागुन, काठमाडौँ ।
नेकपाका स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ‍ओलीले  बुधबार बसेको सचिवालय बैठकको निर्णय नमाने ओलीलाई प्रधानमन्त्रीबाटै हटाउने गृहकार्य भएको छ ।

संकटमा प्रधानमन्त्री, निर्णय उल्टाए गम्भिर अवस्था आउने चेतावनी

१५ फागुन, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेसँगै नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्रीले भने मेराविरुद्ध खेल भए, मुकाबिला गर्न तयार छु

१४ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध षड्‌यन्त्र भएको बताएका छन् । बुधबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओली षड्‌यन्त्रपूर्वक चालिएका खेलहरूको  मुकाबिला गर्न आफू तयार रहेको बताए । 

अन्तर्राष्ट्रिय

इटालीमा कोरोना २५ प्रतिशतले वृद्धि, बहराइनमा पनि संक्रमण

१५ फागुन, काठमाडौँ ।
कोरोना भाइरसको संक्रमण चीन हुँदै विश्वभर देखिन थालेको छ ।  कोरोना नियन्त्रणका लागि विश्वव्यापी प्रयास भइरहेका बेला युरोपका इटाली, अस्ट्रिया, क्रोएशिया, ग्रिस, नर्वे र स्विट्जरल्यान्डमा संक्रमण भेटिएको छ। कोरोनाबाट सबैभन्दा बढी इटली प्रभावित भएको छ ।

दिल्ली हिंसामा ज्यान गुमाउने २० पुगे, मुख्यमन्त्री केजरीवालद्वारा सेना परिचालनको माग

१४ फागुन, काठमाडौं । भारतको राजधानी दिल्लीमा नागरिकता कानुनको विषयमा जारी दुई पक्षीय झडपमा मृत्यु हुनेको संख्या २० पुगेको छ। बुधबार बिहानसम्म उत्तरपूर्वी दिल्लीमा मृतकको संख्या बढेर २० पुगेको हो भने २ सय ५० भन्दा बढी घाइते भएका एएनआइले जनाएको छ। दिल्लीमा हिंसा बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय सरकारलाई सेना परिचालन गर्न आग्रह गरेका छन्। 
 

दिल्ली तनाव साप्रदायिक हिंसामा परिणत, १३ को मृत्यु, १ सय ५० बढी घाइते

१४ फागुन, काठमाडौँ ।
भारतको राजधानी दिल्लीमा जारी नागरिकता कानूनविरुद्ध चर्किएको आन्दोलन साम्प्रदायिक हिंसामा परिणत भएको छ । भारत सरकारले ल्याएको नागरिकतासम्बन्धी कानुनको विरोध र समर्थन गर्नेहरुबीच उत्पन्न तनाव, हिन्दु र मुस्लिम समुदायबीच को हिंसामा बदलिएको हो।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top