esewa
kantipur mall

ह्वाइट हाउसले लुकाउन खोज्यो राष्ट्रपति ट्रम्पको टेलिफोन संवादको विवरण


Friday, 27 Sep, 2019 10:41 AM
१० असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीचको टेलिफोन संवादको विवाद चर्किदै गएको छ ।

केही महिनाअघि ट्रम्पले युक्रेनी राष्ट्रपतिसँग गरेको कुराकानीमा डेमोक्रेटिक पार्टीका नेता तथा राष्ट्रपति पदका उम्मेदवारका प्रत्यासी जोए बिडेनमाथि अनुसन्धान गर्न दबाब दिएको विषय बाहिरिएपछि विवाद उत्कर्षमा पुगेको हो ।

विवादकैबीच राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने प्रक्रिया समेत सुरु भएको छ । संसदीय समितिले छानविनको प्रक्रिया अघि बढाएपछि कुराकानीको विस्तृत विवरण लुकाउन खोजेको आरोप लागेको छ ।

ह्वाइट हाउसका वरिष्ठ अधिकारीले राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानीको विस्तृत विवरण लुकाउने प्रयास गरेको आरोप लागेको हो ।

अमेरिकी राष्ट्रपतिविरूद्ध दिइएको उजुरीमा सो कुरा उल्लेख छ । जसअनुसार ट्रम्पले आफ्ना युक्रेनी समकक्षीलाई आफ्ना घरेलु राजनीतिक प्रतिद्वन्द्वी जोए बिडेनविरुद्ध अनुसन्धान गर्न दबाव दिएका थिए । सार्वजनिक गरिएको पछिल्लो उजुरीमा फोन संवादको प्रतिलिपि नियमित कम्प्युटर प्रणालीमा नराखिको बताइएको छ ।

त्यसको साटो विशेष प्रकारको सूचनाको निम्ति प्रयोग हुने अलग्गै कम्प्युटर प्रणालीमा त्यो राखिएको उजुरीमा उल्लेख छ ।

सभामुख न्यान्सी पेलोसीले रिपब्लिकन राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको औपचारिक अनुसन्धान पार्टीले अघि बढाएको घोषणा गरेकी थिइन् । उनले ट्रम्पमाथि जोए बिडेनको छवि धमिल्याउन विदेशी सहयोग खोजेको आरोप लगाएकी छन् ।

बिडेन सन् २०२० मा हुन लागेको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने दौडको अग्रपंक्तिमा रहेका छन् ।

ट्रम्पले उनीमाथि छानविन गराउन युक्रेनलाई अमेरिकाले दिने सैन्य सहायतालाई अस्त्र बनाएको पेलोसीको आरोप छ। ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग फोनमा कुरा गर्नुअघि सैन्य सहायता आफूले रोकेको स्वीकार गरेका छन् ।

यद्यपि उनले बिडेनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिन त्यसो नगरेको उनको भनाइ छ।

अमेरिकी तल्लो सदनका सदस्यहरूले त्यो उजुरी हप्तौसम्म आफूहरूसम्म पुग्न नदिनुको कारणबारे देशका सबैभन्दा उच्च गुप्तचर अधिकारीसँग सोधेपुछ गरेका छन् ।

नेशनल इन्टेलिजेन्सका कार्यवाहक निर्देशक जोजेफ मग्वाएरले समितिसमक्ष भने, ‘राष्ट्रपतिविरुद्धको उजुरी भए पनि कानुनअनुसार मैले सबभन्दा पहिले ह्वाइट हाउसलाई जानकारी गराउनुपर्छ ।’

उनले संसद्को गुप्तचरसम्बन्धी समितिलाई आफूले उजुरीकर्ता राजनीतिक परिबन्धको शिकार भएको भन्ने ट्रम्पको टिप्पणी आफूले शेयर नगरेको बताएका छन् ।


global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

केपी ओलीले इन्डो–प्यासिफिक रणनीतिको सेवा गरे : मोहनविक्रम सिंह को आरोप

४ कात्तिक, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारालाई दक्षिणपन्थी विचलन भनेर टिप्पणी गरेका छन् । यद्यपि सी विचारधाराको आलोचना गरे पनि चीनसँगको सम्बन्ध विस्तारलाई नेकपा मसालले महत्व दिने उनले बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको एक सातापछि प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहले भनेका छन, ‘सीको विचारधारा वास्तवमा मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन नभएको दक्षिणपन्थी संशोधनवादी विचारधारा हो । त्यहाँको कथित नयाँ ढाँचाको समाजवादी व्यवस्था वास्तवमा पूँजीवादी व्यवस्था हो र त्यसले अब साम्राज्यवादको रुप लिइसकेको छ ।’

प्रधानमन्त्री बिहीबार बाकु जाने, मुख्य सन्देश–असंलग्न आन्दोलनलाई महत्व

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा हुने असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन यही कात्तिक ७ गते (बिहीबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनी कात्तिक १० गते आइतबार स्वदेश फर्किनेछन् । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छैन । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालले सधैँ असंलग्न आन्दोलनलाई महत्व दिँदै आएको बताउँदै यसपालि पनि महत्व दिएर नै प्रधानमन्त्री स्तरबाट भ्रमण हुन लागेको जनाए । 

महराले सांसदबाट राजीनामा नदिने, नेकपामा नभएको भन्दै दलको निर्देशन नमान्ने

३ कात्तिक, काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो । तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसद्मा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् । 

अन्तर्राष्ट्रिय

​कश्मीरको सीमा क्षेत्रमा गोलाबारी : दुई भारतीय सैनिकको मृत्यु

३ कात्तिक, काठमाडौं । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।

ब्रेक्जिटमा ढिलाईको माग गर्दै बेलायती प्रधानमन्त्रीद्वारा ईयूलाई पत्राचार

३ कात्तिक, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले ब्रेक्जिटलाई ढिलो गर्न आग्रह गर्दै युरोपेली संघ (ईयू)लाई पत्राचार गरेका छन् । ब्रेक्जिट प्रक्रियाको अन्तिम टुंगो लगाउने म्याद यही अक्टोबर ३१ सम्मको रहेपनि शनिबार हाउस अफ कमन्समा भएको मतदानले सो समयावधीलाई अस्वीकार गरेको थियो । त्यसैले जोहन्सनले ईयूलाई पत्राचार गरेका हुन् । तर उनले समयावधी थप्न आग्रह गर्दै पठाएको पत्रमा हस्ताक्षर भने गरेका छैनन् । ईयू काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ट्विट गर्दै जोहन्सनको पत्र पाएको उल्लेख गरेका छन् । कसरी प्रतिक्रिया जनाउने भनेर अब ईयूका नेताहरुसँग छलफल गर्ने उनले जनाएका छन् । 

कुर्द नहटेमा टाउको फुटाइदिने टर्कीका राष्ट्रपतिको चेतावनी

३ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले यदि उत्तरी सिरियाको सीमामा प्रस्तावित ‘सेफ जोन’बाट कुर्द लडाकु नहटेमा उनीहरुको टाउको फुटाइदिने चेतावनी दिएका छन् । टर्की विहीबार सो क्षेत्रमा सैनिक कारवाही स्थगन गर्नका लागि राजी भएको थियो । यद्यपि यो रोक ५ दिनका लागि मात्रै हो । तर शनिबार दुवै पक्षले युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका थिए । टर्कीले कुर्दहरुलाई आतंककारी मान्दै आएको छ र सिरियाको सीमा क्षेत्रमा ‘सेफ जोन’ बनाउने उसको लक्ष्य रहेको छ । अस्थायी युद्धविरामको बावजुद सीमा शहर रास अल अएनमा शनिबार छिटपुट हिंसा भएको थियो । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top