kantipur mall

प्रचण्डलाई भेटेपछि ढुक्क भएका छौं : ठाकुर गैरे


Wednesday, 28 Nov, 2018 2:03 PM
१२ मंसिर, काठमाडौं । नेकपा सचिवालय बैठकले एकीकरणको प्रक्रियालाई मूर्तरुप दिन नसक्दा नेता–कार्यकर्ता जिम्मेवारविहीन भएका छन् । लामो समयदेखि केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको छैन । सदस्यहरुको कार्यविभाजन हुन सकेको छैन । सचिवालयको निर्णय एकपक्षीय रुपमा थोपर्न नहुने र कार्यविभाजन चाँडो टुंग्याउन माग गर्दै नेकपाका झण्डै दुई दर्जन केन्द्रीय सदस्यले पार्टीसँग लिखित माग गरेका छन् । त्यसो त केन्द्रीय समितिको माग गर्नेहरुले वरिष्ठ नेता माधवकुमार नेपालको उक्साहटमा ज्ञापनपत्र बुझाएको आरोप लगाइएको छ । ज्ञापनपत्र बुझाउने मध्येका एक केन्द्रीय सदस्य ठाकुर गैरे भने यो आरोपको ठाडै अस्विकार गर्छन । न्यूज सेवासँगको कुराकानीमा उनले आफुहरुको मागलाई विषयान्तर गर्न खोजेको टिप्पणी गरेका छन् :

   
  • केन्द्रीय समिति बोलाउन माग गर्दै तपाईहरुले महासचिवलाई ज्ञापनपत्र बुझाउनु भएको थियो । ज्ञापनपत्रकै सन्दर्भमा मंगलबार अध्यक्ष प्रचण्डलाई पनि भेट्नुभयो । यस विषयमा उहाँको प्रतिक्रिया के थियो ? 
हामीले ज्ञापनपत्र प्रस्तुत गर्नुको कारण, त्यसको आवश्यकता, औचित्य र सन्दर्भका बारेमा भन्यौ । जुन ६ वटा मूल विषय उठाएका छौं त्यसका बारेमा अनुरोध गर्यौं । उहाँले तपाईहरुले जे विषय उठाउनुभएको छ ती पार्टीका महत्वपूर्ण ‘एजेन्डा’ हुन् र छलफल गरेर टुंग्याउन आवश्यक छ भन्नुभयो । सचिवालय बैठकमा हामी यिनै विषय वरिपरि रहेर छलफल गरिरहेका छौ । पार्टीलाई नीति र विधिसंगत ढंगले चलाउनुको विकल्प छैन । तपाईहरुले जे गर्नुभएको त्यसमा हामीले ध्यान दिन्छौं भन्नुभयो । छलफल गर्छौं र तपाईहरुको जुन ‘स्पिरिट’ छ त्यसरी नै पार्टी चलाउँछौं भनेर आश्वस्त तुल्याउनुभएको छ । 
  • तपाईहरुले उठाएका मुद्दाप्रति जसरी उहाँले प्रतिक्रिया र प्रतिबद्धता जनाउनुभयो त्यसमा अध्यक्ष दाहालको गाम्भिर्यता कत्तिको पाउनुभयो ?
अध्यक्ष प्रचण्ड हामीले उठाउँदै आएका पार्टीका सवालप्रति अत्यन्त चिन्तित र गम्भिर रहेको पायौं । 
  • अर्का अध्यक्ष केपी ओलीले तपाईहरुलाई भेट्न नचाहिरहेको हो ?
उहाँसँग पनि हामीले समयको लागि अनुरोध गरिरहेका छौं र समय मिलाएर खबर गछौं भन्ने कुरा भएको छ । 
  • पार्टी अध्यक्षलाई नै भेटेर सबै कुरा राखिसकेपछि अब तपाईहरुले उठाएका विषयले प्राथमिकता पाउने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
हामील के भनेका छौं भने यति ठूलो पार्टी विधि र पद्धतीसंगत ढंगले संचालन नगरेसम्म अगाडि बढ्न सक्दैन । अडाडि बढाउने प्रयत्न निरर्थक मात्र हुन्छ । त्यसैले हामीले पार्टीका नीति,सैद्धान्तिक,बैचारिक बिषयलाई पनि स्पस्ट गर्नु पर्यो । हामीले त स्वयम् पार्टीको विधानमा पार्टी संचालन पद्धतिको उल्लेख गरेका छौं । हामीले बनाएका विधिभित्र बस्नेबाहेकका कुरा हामीले खोजेको पनि हैन । त्यसमा नेताहरुलाई भेट्दा कसैको विमति पनि छैन । खाली कार्यान्वयमा जुन ढिलाई भएको छ त्यो ढिलाईको अन्त्य मात्रै खोजेको हो । सँगै हामीले के पनि भन्ने गरेका छौ भने पार्टीमा विधि र मापदण्ड बनाइएयो भने मात्र न्याय गर्न सकिन्छ । त्यसको कार्यान्वयन पनि हुन्छ । त्यसैले यो विधि र पद्धतिअनुसार चल्ने, संस्थागत निर्णयबाट अघि बढ्ने, पार्टीलाई सिद्धान्तनिष्ठ बनाउने, आमकार्यकर्तालाई पार्टीमा सामूहिक नेतृत्व व्यक्तिगत उत्तरदात्विको परिस्थिति निर्माण गर्ने कुराले स्वयम नेताहरुलाई पनि सजिलो बनाउँछ र यसले पार्टीलाई गति दिन्छ भन्ने अनुरोध गरेका छौं । यसमा सबै नेताहरु सकारात्कम हुन जरुरी छ । 
  • पार्टी एकताको सम्पूर्ण काम सकिएको छैन । फेरिसचिवालय बैठक तारन्तारजसो बस्दै पनि आएको छ । तपाईहरुले अलिकति धैर्य किन राख्न नसकेको ?
केन्द्रीय समितिको कार्यविभाजन र पोलिटब्यूरो गठन गर्न केन्द्रीय समितिको बैठक आवश्यक पर्छ । त्यसैले हामी जिल्ला, प्रदेश र गाउँमा पार्टी, जनसंगठनको एकीकरणको प्रक्रिया नटुंगिएको । केन्दं्रीय सदस्य, स्थायी कमिटी सदस्यको कार्यविभाजन नभएको यो अवस्थामा हामीले प्रश्न उठाएको हो । अर्को, लामो समयसम्म केन्द्रीय समितिको बैठक पनि बस्न नसकेकाले आजको सन्दर्भका राजनीतिक बैचारिक अभिमुखिकरण आवश्यक भएकाले हामीले बैठक बोलाउन माग गरेको हो ।
  • सचिवालय बैठकमा नेताहरु तीनतिर फर्किन्छन् । फेरि यही बेलामा केन्द्रीय समितिको बैठक बोलाउँदा विवादहरु झन बढ्ने खतरा देखेर नेतृत्वले बैठक बोलाउन कतै विलम्ब पो गरिराख्या हो कि ?
केन्द्रीय समितिको बैठक बोलाउँदा त विवाद किन बढ्छ र ? सचिवालयले नेताहरुको बीचमा राम्रो छलफल गरेर स्थायी कमिटीमा आवश्यक निर्णय गरेर केन्द्रीय समितिमा जाँदा त्यो त सहज कुरा हो । असहज परिस्थिति त बैठकहरु नगर्दा, संस्थागत निर्णयको परिपाटी नबस्दा, पार्टी विधि–पद्धतिअनुसार नचल्दा पो हुन्छ । त्यसअनुसार चल्दा समस्या हुने  कुरै भएन नि ।
  • त्यसो हो भने केन्द्रीय समिति बैठक बोलाउन किन ढिलाई भयो ?
हामीले आजसम्म के कारणले बैठक बस्न सकेन, त्यसमा को जिम्मेवार छ भन्ने विषय कोट्याउने भन्दा पनि यो एकीकरणको प्रक्रिया नटुंगिदा जुन अन्यौल उत्पन्न भएको छ । तल्लो तहमा जुन पार्टीविहिनताको परिस्थिति उत्पन्न भएको छ । त्यो छिटो अन्त्य होस् भन्ने कुरामा हाम्रो जोड छ ।  
  • पार्टी एकीकरण निकै सकसपूर्ण ढंगले अघि बढिरहेको छ । टुंगिन पर्ने विषय थुप्रै छन् । कहाँनिर समस्या देख्नुहुन्छ, केले अल्झायो ?
पार्टी एकताको घोषणाहुँदा तीन महिनाभित्र टुंग्याउने भनेर स्वयम् सचिवालयले निर्णय गरेको थियो । त्यसको प्रदेश र राष्ट्रिय स्तरको भेलाको मिति समेत तोकेको थियो । तर, त्योअनुसार त सचिवालयले गर्न सकेन । किनभने सचिवालयले एउटा कार्यदल बनाएर कार्यदलमार्फत एकीकरण गर्ने बाटो लियो र त्यसअनुसार कार्यदलले तल गएर सायद सचिवालयको स्पिरिटअनुसार काम गर्न सकेनन् । त्यसले गर्दा समस्याहरु उत्पन्न भए । त्यसैले हामीले के भनेका छौ भने यो जिल्ला कमिटिहरुको एकीकरणका विषयमा एउटा मापदण्ड र विधि बनाएर जिल्ला कमिटिहरुलाई यो विधिभित्र बसेर आफै एकीकरण गर्नुहोस् भन्दा त्यो स्वतःस्फूर्त हुन्छ । एकाध जिल्ला र केही जनसंगठनबाहेक सबैमा अत्यन्त सजिलैगरी एक हप्ताभित्र एकीकरण हुने संभावना छ । 
  • एकीकरण प्रक्रिया लम्बिदै जाँदा पार्टीलाई कस्तो क्षति भएको अनुभव गर्नुभएको छ ?
सबैभन्दा पहिलो कुरा हामीले बुझेको आज स्थानीय सरकार, प्रदेश सरकार जुन बनाएका छौं । त्यसको संचालन र प्रभावकारितका लागि ति सरकारले जनपक्षिय काम गर्नका लागि त्यहाँ पार्टीको ‘सपोर्ट’को आवश्यकता छ ।  त्यहाँ पार्टी नै छैन । त्यसैले यो सरकारलाई सफल बनाउको लागि अथवा सरकारको तर्फबाट कतिपय ठाउँमा भएका देखिएका कमिकजोरीलाई हटाउन पार्टीको एकीकरण तत्काल गर्नु आवश्यक छ । त्यसमा ढिलाई गर्नु हुँदैन । यसले पारेको सबैभन्दा ठूलो प्रभाव भनेको एक त एकीकरण सम्पन्न नहुँदा तल को जिम्मेबार भएर पार्टीको पक्षमा कसले के काम गर्ने भन्ने कुरा नै यसले अबरुद्ध गर्यो । प्रदेश, जिल्ला, गाउँपालिका, नगरपालिकामा आज औपचारिकरुपमा पार्टी भेट्टाउन सक्दैनौं । एकीकरण नभएकैले आज माथि पनि कार्यविभाजन हुन सकिरहेको छैन । जनसंगठनहरु पनि सविककै हिसाबले चलिराखेको छ । त्यो पनि एक ठाउँमा आउन सकिरहेको छैन । यसले सबैलाई अन्यौलता सिर्जना गर्यो । मैले के गर्ने भन्ने कुरा पनि थाहा भएन । संगठनभित्र जुन सांगठनिक अन्यौलता र पार्टीविहिनता उत्पन्न भएको छ । जसको कारणले आमजनतामा पनि यसले अन्यौलता उत्पन्न गर्यो र क्रमशः निराशा पनि थप्दै गयो । बढ्दो निराशा र अन्यौललाई अन्त्य गर्नका लागि एकीकरण छिटो हुनु पर्यो भनेर हामीले आवाज उठाएको हो
  • माधवकुमार नेपालले उक्साएर तपाईहरुले ज्ञापनपत्र बुझाएको भनिएको छ नि ? 
यो विषय हामी कुनै नेतालाई सोधेर अथवा कुनै नेताको योजनामा आग्रहमा गरेको हैन । हामी यो ज्ञापनपत्र बुझाएको एक हप्तापछि स्वयम् माधव नेपाललाई समेत भेटेर ज्ञापनपत्र बुझाएका छौं । अनुरोध गरेका छौं । हाम्रो मागका बारेमा अध्यक्ष दाहाललाई पनि भेटेर कुरा गरेका छौं । अन्य वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतमलाई पनि भनेका छौं । त्यसैले यो कसैको भनेर गरियो भन्ने टिप्पणी मैले पनि सुनें । त्यो भनेको एजेन्डामा प्रवेश गर्न नचाहने र यसलाई विषयान्तर गर्ने खोज्ने निहुँमात्र हो । यसले कुनै अर्थ राख्दैन । 
  • प्रधानमन्त्रीले बेला बखत पार्टीका नेता र कार्यकर्ताले सरकारले गरेका राम्रा कामको प्रचार पनि गरेनन् । विपक्षीले लगाएको आरोपको प्रतिवाद पनि गरेनन् भनेर गुनासो गरिरहनुभएको छ । तपाईहरुले सरकारको पक्षमा किन ‘लबिङ’ नगरेको ?
प्रधानमन्त्रीले भन्ने गरेजस्तै सरकारले गरेका राम्रा कामहरुको बारेमा सिंगो पार्टी पंक्ति उभिनु पर्यो । पार्टीले त्यसको पक्षधरमा लिनु पर्यो भन्ने कुरा गर्नका लागि नै हामीले संस्थागत निर्णय, पार्टी र सरकारको सम्बन्ध नङ र मासुको जस्तो बनाउने, माटोको भर ढुंगो, ढुंगोको भर माटो बनाउन खोजेको हो । नेकपाको नेतृत्वमा समाजवाद सम्भव छ । हामीले भनेको समाजवाद यो हो । चुनावअगाडि हामीले घोषणापत्रमा जुन प्रतिबद्धता गरेका छौं त्यो प्रतिबद्धता नेकपा नेतृत्वको सरकारले पूरा गर्छ, सम्भव छ भन्ने कुरा दृढतापूर्वक उभिएर देशभरका कार्यकर्ताले एक स्वर भएर भन्ने परिस्थिति निर्माण गर्नका लागि नै एकीकरणको पूर्णताको आवश्यकता भएको हो । संस्थागत, विधिसम्मत निर्णय प्रक्रियाको आवश्यकता भएको हो । सामुहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको माग गरेको हो । यि सबै काम गर्न सकियो भने अध्यक्ष एवं प्रधानमन्त्रीको अपेक्षालाई पूरा गर्न सकिन्छ । 

 


global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

सीमा निरीक्षण समिति निमार्ण गर्ने सरकारको निर्णय

६ मंसिर, काठमाडौं । सरकारले सीमानिरीक्षण समिती मार्फत नेपाल भारत र नेपाल चिनबिचको सीमा विवाद हल गर्ने भएको छ ।  बिहिबार मन्त्रिपरिषद बैठकमा निर्णय सार्वजानीक गर्दै सीमा विवाद निरीक्षण समिति गठन गर्ने निर्णय भएको सरकार प्रवक्त गोकुल प्रसाद बासकोटाले जनाएका छन । भारतले तयार गरेको नयाँ राजनितिक नक्सामा नेपाली भूमी आफ्नो नक्सामा समावेश गरेपछि नेपालमा विरुद्ध चर्को विरोध 

जिल्ला अदालतको आदेश विरूद्ध न्याय माग्दै उच्च अदालत पुगे पूर्बसभामुख कृष्णबहादुर महरा

५ मंसिर काठमाडौं । यौन दुर्व्यवहारको अभियोगमा कारागार  चलान भएका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावदेन दर्ता गरेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पूर्वसभामुख महरा अदालत पुगेका हुन् । निवेदन दर्ता भइसकेको महरा निकट स्रोतले बतायो । महराले फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ बमोजिम थुनछेकउपरको निवेदन दिएका हुन् ।  संसद सचिवालयकी कर्मचारीसमेत रहेकी महिलालाई यौन दुर्व्यवहार 

​नयाँ मन्त्रीले लिए सपथ

५ मंसिर, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नयाँ मन्त्रीहरुलाई राष्ट्रपतिले सपथ खुवाएकी हुन् ।  हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ नयाँ मन्त्री बनेका छन् । त्यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहेका छन् । मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट तथा राज्यमन्त्रीहरुले प्रधानमन्त्री 

अन्तर्राष्ट्रिय

ट्रम्पले कुटनीतिज्ञलाई धम्क्याएको आरोप, आलोचनात्मक ट्वीटले तरंग

३० कात्तिक, काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई गरिएको छ । आफूविरुद्ध सार्वजनिक सुनुवाइमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले सार्वजनिक सुनुवाइमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गरेका हुन् । महाअभियोग अनुसन्धानको क्रममा मरी योवानाविचको सुनुवाइ भइरहेका बेला ट्रम्पले ट्वीट गरेका हुन । 

हङकङ आन्दोलन : शान्तिको कामना गर्दै मुस्लिम समुदायले गरे विशेष प्रार्थना

३० कात्तिक, काठमाडौं । हङकङमा चलिरहेको हिंसात्मक आन्दोलनले जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा यहाँका मुस्लिम समुदायले शुक्रबार शान्तिको कामना गर्दै ‘विशेष प्रार्थना ’ गरेका छन् । चिम सा चुई नाथन रोडस्थित काउलुन मस्जिदमा मुसलमानहरुले भेला भएर शान्ति, सामाजिक सद्भाव र मेलमिलापको कामना गर्दै प्रार्थना गरे । आयोजक ईन्कर्पोरेट ट्रष्टी ईस्लामिक कम्युनिटीका अनुसार उक्त प्रार्थनामा ४ हजार भन्दा बढी मुसलमान समुदायका मानिसहरु सहभागी थिए । कम्युनिटिका अध्यक्ष जोहेर तेबखानले भने,‘हङकङ सँधै शान्तिपूर्ण स्थान हो । हामी सोही शान्ति कायम रहिरहोस् भन्ने कामना गर्दछांै, मलाई लाग्छ हङकङबासी सबैले शान्ति चाहन्छन् ।’

​श्रीलंकामा राष्ट्रपति निर्वाचन : पूर्वराष्ट्रपति राजपाक्षेका भाइ पनि उम्मेदवार

३० कात्तिक, काठमाडौं । श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपति बन्ने होडमा ३५ जनाले उम्मेदवारी दिएका छन्।  यसपटको निर्वाचनमा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र साजिस प्रेमदासबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले फेरि राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top