एनआरएन केन्द्रको सचिव पदमा युकेबाट तिगेलाको उम्मेदवारी


Tuesday, 10 Oct, 2017 8:25 AM
गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य विश्वास दीप तिगेलाले आगामी नेतृत्वको लागि केन्द्रीय (आईसिसि) सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

यहि १४ देखि १७ अक्टोबर २०१७ कादिन काठमाडौंको हयाट होटलमा ८ औं विश्व सम्मेलन हुदैछ । उक्त सम्मेलनले आगामी २ बर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

तिगेलाले संस्थाहरु संचालनका आफ्नो अनुभवलाई एनआरएनमा सदुपयोग गरि सबैको जित र सम्मान हुनेगरि  सहमतिय पद्धतिलाई बढावा दिनेछु । विवाद र मतभेदले अगाडी बढन समस्या हुने भएकोले सिंगो आईसिसि समन्वय परिषदमा विवादरहित वातावरण निर्माण गर्न समन्वयकारी भूमिका निर्वाह गर्नेछु भनी आफ्नो उम्मेदवारीको पुष्टि गरेका छन् । तिगेला एनआरएन ब्रुनाईको संस्थापक अध्यक्ष, आईसिसि र पुन दोस्रो कार्यकाल युकेबाट आईसिसि निर्वाचित बनेका हुन ।

एनआरएन भाषा तथा साहित्य कार्यदलका समेत संयोजक तिगेलाले राजनैतिक र साहित्यिक गरि ६ वटा पुस्तक लेखेका छन् भने ७ जना अन्य लेखकका कृतिहरु प्रकाशन गरिदिएर सहयोग गरेका छन् । उनले प्रकाशन गरिदिएका मध्ये झमक घिमिरेको जीबन काँडाँ की फूल ? पुस्तक सर्वाधिक लोकप्रिय बनेको छ । उनी विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष पनि हुन । धनकुटामा जन्मिएका तिगेला हाल युकेमा बसोबास गर्दै क्वान्टवरी क्राइस युनिभर्सिटीमा उच्च शिक्षा अध्ययनरत छन् ।

विश्वका ७७ मुलुकमा स्थापना भई संचालनमा रहेको यस सङ्घले करोडौको परोपकारी कार्य गर्दै नेपालीहरुको विश्वास जितेका छन् । अहिले लगभग ४३ करोडमा लाप्राकमा ५ सस ७३ वटा घर भूकम्प पीडितहरुको निम्ति बनाउदै छ भने काठमाडौ बालुवाटारमा १३ करोडमा जग्गा खरिद गरि लगभग १७ करोडमा केन्द्रीय भवन निर्माणाधिन छ । यस सम्मेलनमा विश्वभरबाट विदेशमा सफल झण्डै ३ हजार नेपालीहरु सहभागी हुनेछन् ।

एनआरएन आईसिसि सचिव पदमा मेरो उम्मेदवारी किन ?
एनआरएन विभिन्न मुलुकमा रहेका, विभिन्न सोच विचार बोक्नेहरुको साझा मंच भएकोले सबैलाई सम्मानजनक रुपमा समेटदै एनआरएनलाई स्थिर ढंगले अगाडी लैजान ।
भूकम्प पीडितहरुको निम्ति एनआरएनको तर्फबाट निर्माणाधिन योजनाहरु पुरा गर्न ।
निर्माणाधिन एनआरएन केन्द्रीय कार्यलय सम्पन्न गर्न ।
राजनैतिक अधिकार सहितको एनआरएन नागरिकताको पहल गर्न ।
समयअनुकुल एनआरएनलाई सुधार गर्दै, सवल र सम्पन्न बनाउन ।
परोपकारी कार्यलाई थप ब्यवस्थित गर्न, राष्ट्र एवं अन्तर्राष्ट्रमा एनआरएन च्यारिटी फाउण्डेशन संचालन गर्न ।
विदेशमा आर्जन गरेका ज्ञानशिप मातृभूमीमा सदुपयोग गर्न ।
विदेशमा रहेका नेपालीहरुको हकहित, अधिकार र भैपरि आउने आपतविपदका बेला चाहिने सहयोग ब्यवस्थापन गर्न ।
प्रतिबद्धताः
संस्थाहरु संचालनका मेरो अनुभवलाई एनआरएनमा सदुपयोग गरि सबैको जित र सम्मान हुनेगरि  सहमतिय पद्धतिलाई बढावा दिनेछु । विवाद र मतभेदले अगाडी बढन समस्या हुने भएकोले सिंगो आईसिसि समन्वय परिषदमा विवादरहित वातावरण निर्माण गर्न समन्वयकारी भूमिका निर्वाह गर्नेछु ।
 
आबद्धता तथा क्रियाशिलताः
क. विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष (१७ मुलुकमा २४ शाखाहरु)
ख. ६ पुस्तकका लेखक
ग. १ गीति एल्बमका लेखक
घ. ७ जना अन्य साहित्यकारका कृतिहरु ब्यक्तिगत रुपमा प्रकाशक । अत्यन्तै चर्चित र लोकप्रिय झमक घिमिरेको जीवन काँडा की फूल ? को प्रकाशक
ड. एक दशक वेलायती गोर्खा सेनाहरुलाई अध्यापन गराएको ।
च. हाल क्वान्टवरी क्राइसचच युनिभर्सिटीमा उच्चशिक्षा अध्ययनरत
छ. सन् २००५ देखि एनआरएनमा आबद्धता,
ज. अध्यक्षः एनआरएन ब्रुनाई सन् २०११–२०१३,
झ. आईसीसी सदस्य सन् २०१३–२०१५
ञ. आईसीसी सदस्य २०१५–२०१७
ट. संयोजकः भाषा तथा साहित्य कार्यदल उपसमिति २०१५–२०१७


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top